शशी पौडेल
(यो लेख मैले गत वर्ष एभरेष्ट टाइम्सको लागि लेखेको हू)
सूचना, समाचार एंव अनेकन जानकारी खोज इन्जिन गुगलका अनुसार गत हप्ता संसारभर सवभन्दा बढी योग गुरु रामदेवको समाचार बारे खोज भयो । सुत्रका अनुसार भ्रष्टाचार र विदेशमा पैसा पु¥याइएको भन्नेबारेको रामदेवको भनाई पहिलो नम्वरमा थियो भने दोस्रो खोजको विषय रामदेवको पक्राउ बारे रहेको थियो ।
योग गुरु रामदेवलाई दिल्लीको रामलिला मैदानमा अनशन बसिरहेको बेला प्रहरी गई त्यहाबाट उठाइएको थियो र उनलाई राजधानीबाट वेपत्ता पारियो । त्यसको भोली पल्ट रामेदव देहरादुनको हिमालयन अस्पतालबाट सम्पर्कमf आएका थिए । रामदेवलाई रामलिला मैदानबाट हटाइए पछि इन्टरनेट मार्फत उक्त समाचार विश्वभर फैलिएको थियो । विशेष गरी फेसबुक र ट्युटरमार्फत फैलिएको समाचार केही घण्टा भित्रै छापा पत्रिकाहरुमा पनि आएको थियो । दिल्लीबाट प्रकाशित एक दैनिकले रामदेवको अनशनबारे लेखेको समाचार उनको पक्राउ पछि सचाएर छाप्नु पर्दा हजारौंप्रति रद्धिको टोकरीमा फाल्नु परेको समेत बताएको छ । Continue reading