२०११ साल लाग्दा नलाग्दै दरबारहत्याकाण्ड अगाडि र पछाडिका केही प्रसंगहरुका साथ राजा विरेन्द्रका प्यारा सैनिक विवेक शाहले एक पुस्तक विमोचन गराएका छन् । ‘‘मैले देखेको दरबार’’ नामक पुस्तकमा उनले नेपालको तत्कालिन राजनैतिक अवस्था तथा विदेशी शक्ति खास गरी भारतको भूमिकालाई उल्लेख गरेको बिबिसि मा उनले दिएको एक अन्तर्वार्ता मार्फत थाहा लाग्यो । उनको अन्तर्वाता सुन्दा केही राजनैतिक दल तथा तिनका नेताहरुलाई शंका गर्नु पर्ने अवस्था सृजना भएको छ । तीन दशकभन्दा बढी दरबारमा बिताएका विवेक शाहको उक्त पुस्तक प्रकाशन र उनको अन्तर्वार्ताको भोली पल्ट पंचायतीकालमा सबभन्दा धेरै पटक प्रधानमन्त्री बन्न सौभाग्य पाएका सूर्य बहादुर थापाको अन्तर्वार्ता पनि बिबिसी मार्फत सुन्ने मौका पाइयो । उनको प्रतिरक्षात्मक शैली र झोकिएको आवाजले के आभास हुन्थ्यो भने उक्त पुस्तकले सबभन्दा बढी सूर्य बहादुर थापालाई चोट परेको देखिन्छ । Continue reading
Like us on Facebook
Categories लेख तथा समाचार
Monthly Magazine मासिक-पत्रीका
Coming Soon..................