-करुणा पौडेल
म नेपालमा छंदा कहिलेकाँही गोरखा पत्रका लागि लेख्ने गर्थे । तर नेपाल छोडे पछि लेख्ने कुरा ओझेलमा प¥यो । तर आज बिएफ् बिएस् रेडियो सुने पछि केही न केही लेख्नु पर्छ भन्ने मनोबलको बिकाश भएको छ ।
म सानै थिए पाँच कक्षामा पढ्थें मेरो पिताजीले नेपाल छोडेर भारत गएर बस्ने निधो गर्नु भयो । उहाँमा यो के बाध्यता थियो मलाइ थाहा भएन । मेरो मनमा के लागेको थियो भने केही न केही बाध्यता नभैकन एक सम्पन्न परिबारको घरमुली आफ्नो परिवार चटक्क छोडेर जीवनको उत्तरार्धमा बिदेश लाग्दैन । मलाइ अझै सम्झना छ, मैले त्यतिबेला दुइ चिजलाइ अगोध माया गर्थें, ती दुइ हुन् प्रथम पिताजी अनि दोस्रो मेरो स्कूल । म कहिलेकाही अस्वस्थ्य हुदा आमाले स्कूल नजाने आग्रह गर्दा पनि लुकेर तयार भै पछाडीको बाटो स्कूल पुग्ने गर्थें । एकदिन म स्कूलबाट फर्केर घर आउदा बाबा भारत तिर प्रस्थान गर्नु भयो । बाबा बिना मलाइ घर असाध्यै नियास्रो लाग्यो । तर पनि स्कूल छोडेर बाबासंगै जाने हिम्मत पनि पलाउन सकेन । Continue reading