बेलायतमा “मह”को आबश्यकता

—शशी पौडेल बाबु आमाबिना हुर्कनु पर्दाको पीडा कस्तो हुन्छ भन्ने कुरा हरिबंश आचार्यले आफ्नो पुस्तक “चिना हराएको मान्छे”भित्र उल्लेख गरेको कुरा एक अन्तवार्तामा बताएका छन् । झण्डै दुइबर्ष अघि दिल भुषण पाठकसंग टफटकमा कुरा गर्दै उनले आफु तीनबर्षको हुदा आफ्ना बाबु गुमाएर आधा टुहुरो भएको र एघार बर्षको हुदा आमा… Continue reading

“पाडो लाटो भएकाले दुध खान्छ काग बाठो ……”

नेपालीमा एउटा उखान छ “पाडो लाटो भएकाले दुध खान्छ तर काग बाठो भएकाले आची  खान्छ ।” हो यस्तै भएको छ नेपालमा अहिले । आफुलाइ निकै बाठी भन्ने प्रहरीको भिडन्तमा मारिएका गुण्डा चरीको प्रेमिका खुश्बु ओलीको अवस्था । चरी मारिएपछि मेडियामा आएर निकै चर्चित हुन पुगेकी खुस्बुले अन्ततः चरीको मुत्युमा प्रत्यक्ष… Continue reading

के युद्ध नहुन सम्भव छ ?

-शशी पौडेल अव बिस्तारै मानवजातीको मन धर्मराउन थालेको छ । इजरायलले गाजामाथी बम फाल्न छोडेको छैन । युक्रेनको आकाशमा हवाइजहाज क्ष्यत बिक्ष्यत पारिन्छ । आफुलाइ राष्ट्रबादी भन्न मन पराउने रसियन एउटा समुहले तेस्रो बिश्वयुद्धको सपना देखिरहेका छन् । युद्ध, युद्ध, र फेरी पनि युद्ध । मध्य पूर्ब र बिश्वका अन्य… Continue reading

सानो देशका ठुला मान्छे

-शशी पौडेल अघिल्लो हप्ता एक नेपाली बहिनी आफ्नो पतिका साथ छोरा पनि लिएर मकहाँ भेट्न आइन् । यस्तै डेड दशक अघि ती बहिनीको बिबाहमा म अनुबादक एवं केटी पट्टीको साछीका रुपमा उपस्थित थिंए । त्यसपछि मेरो उनी र उनको पतिसंग लामो समयसम्म सम्पर्क थिएन । हामी हाम्बर्गमा आएपछि उनिसंगको सम्पर्क… Continue reading

औषधीय बिज्ञान र टेकनोलजीको चमत्कार

फुटवल प्रेमिहरुकालागि फुटवल बिश्वकप यसैपनि चासो र महत्वको बिषय हुने भयो । यो बाहेक पनि दुइ भिन्न बिषयहरु यसपाली ब्राजिलमा भैरहेको फुटबल बिश्वकपमा चर्चाका बिषय बने । एउटा त फुटवल खेल उद्धघाटन गर्ने बेला भयो तर रंगशाला तैयार भैसकेको थिएन । अर्को  औषधी बिज्ञान र टेक्नोलजीको चमत्कार । यद्यपी यो… Continue reading

प्रसंग: स्वस्थानीको

“हे ! स्वस्थानीमाता आशा छ मलाइ माफी दिने छौ । यस वर्ष पनि मैले तिम्रो भक्तिमा एकाग्र चित्त लगाउन सकिन ।” भन्दै त्यही नजिकै झुण्डिएका दुइ तस्वीरमा फुल चढाइन् करुणाले । एउटा तस्वीर उनको माता र पिताजीको थियो भने अर्को मेरो पिताजीको । उहाँहरुले यो संसार छोडेर जानुभएको दशकौं बितिसकेको… Continue reading

द ग्रान्ड डिजाइनः अध्यात्मबादमाथी हवकिङ्गको नयाँ प्रहार

शशी पौडेल सैद्धान्तिक भौतिक बिज्ञानका बिश्वप्रसिद्ध बैज्ञानिक डा स्टिफान बिलियाम हवकिङ्ग फेरी एक पटक निबृत्त भएको एक बर्षमै बिबादमा मुछिएका थिए । डा स्टिफान हवकिङ्ग प्रशिद्ध सिद्धान्तकार हुन् । उनका यस अघिका पुस्तकहरुले पुँजीबादीहरुलाइ मात्र बिचार दिएन कि मार्कसबादी दार्शनिकहरुलाइ र मार्कबादको द्धन्द्धात्मक भौतिबबादी बिचारधारालाइ पनि मलजल दियो । हुनत… Continue reading