अझै पैसाले पुगेन कामरेड तिमीलाइ ?

“खाने मुखलाइ जुँगाले छेक्दैन” भन्ने एउटा प्रचलित उखान छ । यो उखान अहिले बामदेव कामरेडलाइ फलिफाप भएको छ । धन्य हाम्रा कामरेड ? कामरेड बामदेवले शुशिल कोइरालाको नेतृत्वमा बन्ने सरकारको उप प्रधान मन्त्री र गृहमन्त्री बन्ने जबरजस्ती रहर त्यसै गरेका रहेनछन् भन्ने उनका बिभिन्न बिबादास्पद निर्णयले प्रमाणित गरेको छ ।… Continue reading

मिनेन्द्र रिजाल, सारी, चोली, चुरा र धन

संचारमनत्री मिनेन्द्र रिजालका आँखा अगाडि यतिखेर नयाँ र  पुराना अभिनेतृहरु  अप्सरा जस्तै फनफनी नाचीरहेका छन् भने केही दुहुनो गाइ बनेका छन् । यस्तै उनले यस क्षेत्रमा अर्का एक राजेन्द्र केशीलाइ पनि दुहुनो गाइ बनाएर अमेरिका पठाउदै छन् । एकातिर सामान्य  प्रशासनमन्त्री लालबाबु पण्डितले  विदेशमा बसोबासको अनुमति लिएका सरकारी कर्मचारीलाई कारबाही… Continue reading

धन्य ! काँग्रसी उरन्ठेउलाहरु

“बर्मा गए पनि कर्मसंगै” भन्ने उखान अहिले अमेरिका पुगेर बसोबास गरिरहेका नेपाली कांगे्रस समर्थक नेपालीहरुले चरितार्थ गरेका छन् । प्रधानमन्त्री शुशिल कोइराला नियमित स्वास्थ्य परिक्षण गराउने उद्धेश्यले अमेरिका पुगेका छन् । त्यहाँ उनलाइ आफु नेपाली कांग्रेस हुँ भन्ने उरन्ठेउलाहरुले नियमित स्वास्थ्य परिक्षणका निम्ति त के नियमित खानु पर्ने औषधी खान… Continue reading

नयाँ नेपालका राजा ?

कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टीको ठुलो समस्या हल भएको छ । राजतन्त्रको स्थापना ।  दुइसय चालिस बर्षको राजतन्त्र अन्त भएर नेपालमा गणतन्त्र आएको भनिए पनि नेपाली काँगे्रस र एमाले मिलिजुली सरकारले यसपालीबाट नयाँ राजा स्थापित गरेका छन् ।

स्नोडेनको एक बर्ष

गत बर्ष जुन महिना हो संयुक्त राज्य अमेरिकाका गोप्य कुराहरु संसार सामु प्रत्यक्ष्य भएको । एन्एस्ए (नेशनल सेक्युरिटी एजेन्सी अफ अमेरिका) मा कार्यरत एक युबकले अमेरिकी गोपनियता संसार सामु सार्वजनिक गरे । ती युवक थिए २९ बर्षीय एडुवार्ड स्नोडेन । उनको बिचारमा यो संसारलाइ ललाइ, फकाइ, झुक्क्याइ, धम्क्याइ र आतंक… Continue reading

हाम्रो परम्पराको हत्या

-शशी पौडेल लण्डन, पेरिस वा अन्य ठुला शहरहरुमा यदि कसैले आफ्नो गाडी पार्किंग गर्न ठाँउ खोजी रहेको छ भने उसले थुप्रै खाली पार्किंग स्पेशहरु देख्ने छ तर ती सबैमा रिजर्व भनी लेखेका । यता घुम्यो उता घुम्यो जताततै ब्यस्त । ब्यस्त यस मानेमा कि ठाँउहरु खाली छन् तर रिजर्व भनि… Continue reading

मोदी र युरोप

युरोपले सायद भारतबाट केही सिक्न सक्ने छ ।  त्यहाँको लोकतन्त्र अथवा त्यहाँको धैर्यता अथवा त्यहाँको राजनैतिक मध्यस्तता । किनभने युरोपियन युनियन र भारतमा अहिले केही कुराहरु मिल्दा जुल्दा अगाडी बढेका छन् । एउटा युरोपियन नागरिक पोर्तुगलको आटलाण्टा महासागरको किनारबाट जर्मनीको उत्ररी समुद्रसम्म बिना भिसा वा बिना कुनै कागज गाडिमा बसेर… Continue reading

उफ् ! एमाओबादी फेरी फुट्ने भो

दुई वर्षअघि एमाओवादीबाट बाहिरिएका मोहन वैद्यकै नियतिमा डा. बाबुराम भट्टराई अहिले पुगेका छन् । त्यतिबेला धोबीघाट गठबन्धनका नाममा मोर्चाबन्दी गरेर उनलाई प्रधानमन्त्री बनाइए पनि, पछि मन्त्रीमण्डल विस्तारमा चित्त नबुझेपछि वैद्यको नेतृत्वमा एमाओवादी विभाजन भएको थियो । विभाजनका बेला वैद्य समूह दाहालभन्दा पनि भट्टराईप्रति बढी आक्रामक थियो ।

छापा पत्रिका मर्दै जाने

— शशी पौडेल छापा पत्र पत्रिकाहरु अव बजारमा प्रत्यक्ष्य उपस्थित हुन नसक्ने अवस्था सृजना हुदै आएको छ । यसको ठाँउ अनलाइन मेडियाले ओगट्यो । संसारभरका मानिसहरु छापा पत्रिका हातमा लिएर पढ्नु भन्दा इलेक्ट्रोनिक मेडिया मार्फत आफु सुशूचित हुन मन पराउने भएका छन् । यसका दुइ प्रमुख कारणहरु भएको कुरा एक… Continue reading