नेपाली राजनितीक बृत्तमा तिक्ष्ण बौद्धिक ब्यक्तित्वका रुपमा गनिने तर प्रधानमन्त्रीका रुपमा भने असफल डा बाबुराम भट्टराइले अव कुनै पनि सार्वजनिक पदभारको उत्तरदायित्व नलिने घोषणा गरेका छन् । यो घोषणा उनले नेपालका अन्य राजनैतिक दलका नेताहरुसंग मोलतोलका लागि मात्र गरेका हुन् कि साच्चै गरेका हुन् ? यो भने अझै गर्भमै छ । तथापी उनको यो घोषणाले नेपाली जनमानसलाइ खुसी तुल्याएको छ भने अन्य पार्टीका बुढा नेताहरुलाइ भने मार हानेको छ । नेपाली कांग्रेसका शेर बहादुर देउवा, राम चन्द्र पौडेल एमालेका माधब नेपाल, के पी ओली हरुलाइ बज्रपात परेको हुनु पर्छ किनभने उनिहरुलाइ भबिश्यमा नेपाली जनताले पद छोड्न दवाब दिने छन् । सुनिन्छ यिनीहरु डा बाबुरामको उक्त घोषणा फिर्ता गराउन निमित्त दौड धुप गरिरहेका छन् ।
Like us on Facebook
Categories लेख तथा समाचार
Monthly Magazine मासिक-पत्रीका
Coming Soon..................