विश्वका करोडौं करोड मानिसहरुको भावनामाथि चोट

नेकपा एमाले उपत्यकाका कृष्णगोपाल श्रेष्ठले हिजो एक बिज्ञप्ती जारी गर्दै अमेरिकन आइकन शु डिजाइन कम्पनीले बिश्वका वौद्ध धर्ममार्गीहरुमा अपमान गर्दै बिश्वका न्यायप्रेमी जनसमुदायको भावनामाथि गहिरो आघत पारेकोमा दुख ब्यक्त गरेका छन् । उनको बिज्ञप्ती यस प्रकार छ । नेपाल एउटा बहुसाँस्कृतिक, बहुजातीय, बहुभाषिक, क्षेत्रीय सद्भाव रहेको नमूना देश हो ।… Continue reading

नेकपा एमालेको धारणा

नेकपा एमाले भित्रका केही असन्तुष्ट पक्षको बिषयलाई लिएर पार्टीले ७ राज्यको प्रस्ताब सहित आफ्ना धारणा सार्बजनिक गरेको छ । पार्टीको धारणा जस्ताको तस्तै यस प्रकार छ । राज्यको पुनःसंरचना, विशेषगरी संघीय इकाईहरुको नामाङ्कन, सीमाङ्कन र संख्या सम्बन्धी दृष्टिकोणमा देखापरेको राष्ट्रिय वहसले हाम्रो पार्टीभित्र समेत गम्भीर मतभिन्नता उत्पन्न गरायो । त्यो… Continue reading

म कबिता लेख्न सक्तिन

                                                            – शशी पौडेल म कबिता लेख्न सक्तिन कविता लेख्न कल्पनाको सागरमा पौडी खेल्न सक्नु पर्छ । कविता लेख्न वास्तबिकताको धरातलमा उभिन सक्नु पर्छ । अहिले म यी दुबै गर्न सक्तिन । त्यसैले म कविता लेख्न सक्तिन । मालामाल हुने रहरमा घरवार वन्धकी राखेर युरोप नसके अरव तिरको यात्राको कविता लेखँकि?

भट्टराई सरकारका एक वर्ष: जनता र राष्ट्रविरुद्धका कामहरुको फेहरिस्त

भट्टराई सरकारले एक वर्षमा राष्ट्रिय हितको अबमूल्यन, लोकतान्त्रिक मूल्यमान्यता र कानुनी शासनको उपहास, भ्रष्टाचार र दण्डहिनताको संरक्षण, मूल्यवृद्धि र कालाबजारीलाई प्रोत्साहन, राज्यको ढुकुटीमा ब्रम्हलुट र आफ्नो सस्तो लोकप्रियताका लागि अनेको ढोग गरेको छ । एक वर्षका भएका यिनै घटनाक्रमका केही प्रतिनिधि उदाहरणहरु यहाँ प्रस्तुत गरिएको छः गफमा सुशासन, कर्मचारी प्रशासनमा… Continue reading

प्रधानमन्त्री सत्ताकब्जाको लागि अनुकूल बातावरण बनाउँदै

नेकपा एमालेका संविधानसभा–संसदीय विभागकाप्रमुख भरतमोहन अधिकारीले एक बक्तब्य प्रकाशित गरी मुलुक क्षतबिक्षत भएको, प्रधानमन्त्रीले राष्ट्रियता धरापमा पुर्याएको एवं सत्ताकब्जाका लागि आफ्नो अनुकूल बनाएको भन्दै एक बक्तब्य प्रकाशित गरेका छन् । बक्तब्यको पूर्ण पाठ यसप्रकार छ । डा.बाबुराम भट्टराईको नेतृत्वमा गठित सरकारले आज १ बर्ष पूरा गरेको छ । शान्ति, संविधान, सुशासन… Continue reading

आइपर्ने अपठेराहरुलाई सहज रुपमा लिएका छौं

हाम्रो सोचाइ र चिन्तन के हो भने कसैसंग झैंझगडा नगर्ने, शान्त रहने आफूले सके सम्म राम्रो कर्म  गर्ने अरुको बाटोमा तगारो नहुने, अनि स्वतन्त्र भएर बाँच्ने । अहिले यही मूल मन्त्रलाई बोकेर हाम्रा सक्रिय साथीहरु उएटै कित्तामा उभिन आइपुग्यौ र हाम्रो इमान्दारिता, स्पस्टता एवम् समर्पणलाई साथ दिने संसार भरि थुप्रै दरिला… Continue reading

लहरो तान्दा पहरो गर्जीयो

नेपालीमा एउटा उखान छ “लहरो तान्दा पहरो गर्जीयो” । हुन पनि हो कहिलेकाँही त्यस्तै हुने रहेछ । अपराधको सन्जाल कहाँबाट कहाँ पुगेको हुन्छ भन्ने बुझ्न त्यति सजिलो रहेनछ । भनिन्छ अपराध गर्नेले केही न केही कमजोरी छोडेको हुन्छ । कतिपय मान्छेहरु भोक लागेर भोक मेटाउन साना तिना अपराध गर्दछन् तर… Continue reading

प्रेम र मायाँबीचको अन्तरः प्रेम निर्मल, मायाँ स्वार्थी

“हामीले प्रेम गर्न सिकौं । पे्रम भनेको निर्मल, निश्चल र स्वार्थ रहित हुन्छ । तर मायाँमा छलकपट र स्वार्थ लुकेको हुन्छ । हामीले आमा, बाबु वा आमा बाबुले छोरा छोरी प्रति गरिने माँया हो । यद्यपी आमा बाबुले छोरा छोरीबाट भबिश्यमा ठूलो आशा गरिएको हुदैन । तथापी सदैभरी उनिहरुको रक्षा,… Continue reading

सत्ता टिकाउने सतरन्जको चाल

पूर्ब प्रधान मन्त्री पुष्पकमल दाहालले यदि यस्तै अवस्था रहिरहे बाबुराम भट्टराइ बीस बर्ष सम्म सत्तामा बसीरहन सक्ने कुरा बताएका छन् । उनलाइ कसैले गलहत्याउन नसक्ने उनको दाबी छ । सडकमा रोइ कराइ तथा आन्दोलन गर्दैमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कुनै हालतमा राजीनामा नदिने दावी स्वयं सरकारका मन्त्रीहरुले पनि गर्दै आएका… Continue reading

मुठभेड र द्वन्द्वको कुचक्र कस्को लागि ?

–भीम रावल द्वन्द्व कस्को हितमा? राज्य र सरकार संचालन गर्नेहरुको पहिलो दायित्व देशको अस्मिताको रक्षा गर्दै जनतालाई शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउनु हो । समाजमा उत्पन्न हुने अन्तरविरोध र राजनीतिक मतभेदहरुलाई व्यवस्थापन गरेर आर्थिक समृद्धिबाट जनताको जीवन सुखमय बनाउन हरसम्भव प्रयास गर्नु सरकारको कर्तब्य हो । तर बिडम्बना, नेपालमा एनेकपा (माओवादी) का… Continue reading