विवादित एनएचएस रिर्फम

 – शशि पौडेल बेलायती वर्तमान सरकारका संशोधन नवीकरण एवं पुनः निर्माण गर्ने कार्यक्रमहरुमध्ये सबैभन्दा विवादित रहेको राष्ट्रिय स्वास्थ्य सेवाको संशोधन गर्ने प्रस्तावमाथि प्रधानमन्त्री डेविड क्यामरुनले अन्ततः टिप्पणी गरेका छन् । हुनत राष्ट्रिय स्वास्थ्य सेवालाई संशोधन गर्नुपर्छ भन्ने प्रस्ताव झण्डै २५ वर्षअघि पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचरको पालादेखि आएको हो र लेडी थ्याचरले… Continue reading

यूरोको अन्त्य सुरु ?

—शशी पौडेल यूरोपियन यूनियनद्वारा २००२ सालदेखि लागू गरिएको यूरोपको मुद्रा यूरो कोल्याप्स हुने सम्भावना इन्टरनेश्नल मनिटरी फण्डले गत हप्ता बताएको छ । बेलायत यूरोपियन यूनियनको एक सदस्य राष्ट्र भए पनि यसले यूरो मुद्रा स्वीकार नगरी पौण्ड राख्दै आएको छ ।

बर्मामा लोकतान्त्रिक गणतन्त्रका निम्ति आन्दोलन

— शशी पौडेल लामो संघर्ष पछि वर्माकी नेतृ आङ्ग साङ् सुची अत्यधिक मतले संसदको निर्वाचनमा बिजयी भएकी छन् । यद्यपी उनको पार्टी नेशनल लिग फर डेमोक्रेसी पाटीको संसदमा ठूलो मत हुने छैन किनकि उक्त निर्वाचन एक रिक्तस्थानको निर्वाचन थियो । त्यसैले उनले आफनो बिजय पश्चात आफना समर्थक एवं शुभ चिन्तक… Continue reading

बेलायत : शव्दमा नै बहुसाँस्कृतिकता छ

-शशी पौडेल “राज्य बहुसाँस्कृतिकता असफल भयो । ” उक्त कुरा बेलायती प्रधानमन्त्री डेविड क्यामरोनले गत बर्ष जर्मनीको म्यूनिकमा ब्यक्त गरेका हुन् । उनले सुरक्षा सम्वन्धी आयोजित एक सम्मेलनमा भने– विभिन्न प्रकारका अतिवादवाट जोगिनका निम्ति अव बेलायतलाई बलियो राष्ट्रिय पहिचानको आवश्यकता छ । प्रधानमन्त्री डेविड क्यामरोनको उक्त भनाईका कारण बेलायतमा केही… Continue reading

चारसयलाख करोड फिर्ता हुनु पर्छः रामदेव

शशी पौडेल (यो लेख मैले गत वर्ष एभरेष्ट टाइम्सको लागि लेखेको हू) सूचना, समाचार एंव अनेकन जानकारी खोज इन्जिन गुगलका अनुसार गत हप्ता संसारभर सवभन्दा बढी योग गुरु रामदेवको समाचार बारे खोज भयो । सुत्रका अनुसार भ्रष्टाचार र विदेशमा पैसा पु¥याइएको भन्नेबारेको रामदेवको भनाई पहिलो नम्वरमा थियो भने दोस्रो खोजको… Continue reading

२०११ ले शैतानहरु बढारोस्

२०११ साल लाग्दा नलाग्दै दरबारहत्याकाण्ड अगाडि र पछाडिका केही प्रसंगहरुका साथ राजा विरेन्द्रका प्यारा सैनिक विवेक शाहले एक पुस्तक विमोचन गराएका छन् । ‘‘मैले देखेको दरबार’’ नामक पुस्तकमा उनले नेपालको तत्कालिन राजनैतिक अवस्था तथा विदेशी शक्ति खास गरी भारतको भूमिकालाई उल्लेख गरेको बिबिसि मा उनले दिएको एक अन्तर्वार्ता मार्फत थाहा… Continue reading

समाजवादको भविश्य

शशी पौडेल १९८९ मा बर्लिनको पर्खाल भत्केपछि र १९९१ मा सोभियत संघको विघटन पछि विश्वमा समाजवादको भविश्य बारे निकै ठूला ठूला बहस हुन थाले । समाजवादीहरु भित्र केही निराशाको र थोरै आशाका टुसाहरु देखिए भने पूँजीवादीहरु भित्र भने विभिन्न तर्क गर्दे समाजवाद अब ५० वर्षका लागि पछाडि धकेलियो भन्दै भोज… Continue reading