बेलायतले एउटा चुनौती पार गर्यो

-शशी पौडेल जहाँ कृया हुन्छ त्यहाँ प्रतिकृया आउछ । यसैले होला भर्खरै सम्पन्न स्कटलैण्ड स्वतन्त्रताको सवालको जनमतसंग्रहबारे बिश्वब्यापी रुपमा प्रतिकृयाहरु आए । अठारौं, उन्नइसौं र बिशौं सताब्दीको अघिल्लो आधा भागसम्म बिश्वको एकचौथाइ भूभागमा राज्य गरेको बेलायत झण्डै आफैले फुटाएर सानो टुक्रा बनाएको बंगलादेश जत्रै सानो बन्ने अवस्था आएको थियो ।… Continue reading

चोट दिनु र आफैले चोट पाउनुको फरक

यो तस्वीर मित्र जनकमान डंगोलको फेसबुकमा देखेपछि मलाइ थुप्रै प्रश्नहरुले सताए । केही प्रश्नहरुको कनिकुथी उत्तर पाउन सकेजस्तो लाग्यो तर एउटा प्रश्नले भने अझै सताइरहेको छ । त्यो प्रश्न हो अरुलाइ चोट दिनु र आफैले चोट पाउनुमा कति इन्चको फरक हुन्छ ? पोष्टबहादुर बोगटीले जनयुद्धकालमा अरुलाइ मात्र चोट दिएनन् कि… Continue reading

पुटिन रोएको एक दृश्य

सर्व साधारण जनताको आँसुको मूल्य हुदैन । संसारमा करोडौं मानिस सत्ताधारीहरुले दिएको पिडाका कारण रोए, रोइरहेका छन्, लाखौं लिटर आँसु बगाए, बगाइरहेका छन् तर त्यसको मूल्य वा त्यसको लेखा जोखा भने कसैले गरेन । तर रसियन राष्ट्रपति ल्भादमिर पुटीन गत तीन सेप्टेम्बरका दिन रोएको दृश्य भने संसारभर देखाइयो ।

बाइ बाइ एलिजाबेथ !

—शशी पौडेल दुइ बसाहा साँढेहरुको जुधाइ हेर्न अव चारदिन पनि बाँकी छैन । अर्थात स्कटलैण्डले यही बिहिबार आफु स्वतन्त्र राज्य हुनेकी नहुने भन्ने निर्णय गर्ने छ । बेलायत र संसारका अन्य देशहरुमा पनि निकै चासोको बिषय भएको स्कटलैण्ड स्वतन्त्रताको सवालमा यही १८ सेप्टेम्बरका दिन जनमतसंग्रह हुदैछ । स्कटलैण्मा हुन गैरहेको जनमतसंग्रहले रानी… Continue reading

सूर्यबहादुर थापाले फेरी बेइमानी बोले

-शशी पौडेल हुनत नेपालका नेताहरुले इमान्दारितापूर्वक बोल्लान वा उनीहरुले इमान्दारितापूर्वक काम गर्लान् भनेर कल्पना सम्म गर्नु पनि मृगतृष्णा जस्तै हो । तर पनि अहिले ठुलो शक्तिमा नभएका र जीबनको उत्तरार्धमा पुगिसकेकाले कमसेकम सूर्यबहादुर थापाले देश र जनताकालागि हित हुने काम गर्लान् कि भन्ने आशा भने नमर्दो रहेछ त्यसैले कतै कसैमाथी… Continue reading

प्रसंग: पृथ्वीनारायण शाह र २७ पुसको

“एमाओवादी मोर्चाले सम्झ्यो पृथ्वीनारायण” शिर्षकमा हिंजो कान्तिपुरले लामै समाचार छापेको छ । कान्तिपुरले के लेख्यो वा गोपाल किराँतीले के भने भन्ने प्रश्न भन्दा पनि यो समाचारलाइ नेपाली जनताले कसरी लिए भन्ने प्रश्नको उत्तर खोज्नु आजको आबश्यकता हो । भनिन्छ मानिसका देखिने कान दुइवटा मात्र भए पनि यथार्थमा सुन्ने कान चारवटा… Continue reading

Criminalisation of Politics ! Bribery and crime defaming Nepal

-by Chiranjibi Paudyal How can Nepal improve when politicians advocate for criminals and local administration staff demand bribe openly? Though the people voted sensibly objecting the extremist views of Maoists and their associates during the election, there is frustration among the masses as the politics has been criminalised. The speeches… Continue reading

प्रजातन्त्र मात्र सबैथोक होइन रहेछ दधीजी

१९९०मा बिश्वभर भएको प्रजातन्त्र स्थापनार्थको संघर्षले संसारभर थुप्रै परिवर्तनहरु ल्याए । नेपालमा पनि पंचायती ब्यवस्थाको जरा उखेल्यो । त्यसको बीशवर्ष नबित्दै अढाइ सताब्दीसम्म नेपालमा राज्य गरेको  शाहा बंशको समेत अन्त भयो । यही प्रजातन्त्र प्राप्तीका निम्ति संघर्ष गर्नेहरुमा भने अहिले बितिक्ष्णा पलाएको छ । अरु त अरु के बिशौं बर्षसम्म… Continue reading

जातीय राज्यको लिगलिग दौड जातीय हिंशा निम्त्याउने खेल

-दिल निसानी मगर जब म, यी भोकमा डुबेका चोकहरुमा यी वैलाएका कली जस्ता गल्लीहरुमा हेर्छु एक–दुई दिन बसेर बास तब मलाई गलत लाग्छ मेरो देशको इतिहास यो मेरो सत्य इतिहास । कवि भूपि शेरचलने ‘गलत लाग्छ मेरो देशको इतिहास’ कविता त्यसै लेखेका होइनन् । यो पंक्तिकार निसानी पनि त्यस्तै कबिता… Continue reading

कहिले सासुको पालो कहिले बुहारीको पालो

राजनितीमा पनि यस्तै हुंदो रहेछ कहिले सासुको पालो कहिले बुहारीको पालो । गत आइतबार जर्मनीको एउटा राज्य साक्सनको संसदीय निर्बाचनमा अचानक गत दुइबर्ष अघि मात्र गठित अति दक्षिणपन्थी चिन्तक पार्टी अल्टरनेटिभ फर जर्मनी नामक पार्टीले दश प्रतिशत भन्दा वढी भोट ल्याएर चौथो ठुलो पार्टी बनेको छ । यस्तै जर्मनी एकता… Continue reading