साँढा साँढीको जुदाइ बाच्छा बाच्छीको मिचाइ

—    शशी पौडेल सम्बिधान सभाको निर्वाचन देखि अहिल सम्म आइपुग्दा मुलुक क्ष्यत बिक्ष्यत भैसकेको छ । एकातिर तराइ मूलका नागरिकहरुले अधिकारको खोजी गरिरहेका छन् भने अर्को तिर पहाडिया, बाहुन क्षेत्री ठकुरी, दशनामी, दलित  जनजाती लगायत सम्बिधानमा सुनिश्चितताको लागि संघर्षरत छन् .  त्यतीमात्र हैन हरेक तह र तप्काबाट आ आफ्नो अधिकारको कुरा उठेको छ… Continue reading

बारोनेश वार्सी र बासबसेको भाडा

—शशी पौडेल कन्जरभेटिभ पार्टीकी सहअध्यक्ष भ्रष्टाचारमा मुछिएकी छिन् । २००९ सालमा दैनिक टेलिग्राफले पार्टी नेताहरू एवं. सांसद सदस्यहरूले संसदको आर्थिक नियमावलीको गलत व्याख्या गरी खर्च असुल्ने गरेको कुरा प्रकाशमा ल्याएपछि दर्जनौं सांसद अनियमित ढंगले सरकारबाट रकम लिने गरेको आरोपमा मुछिएका थिए । तीमध्ये कतिपय लेबर पार्टीका थिए भने धेरैजसो कन्जरभेटिभ… Continue reading

इजिप्टः निर्वाचनको मुखमा

– शशी पौडेल आगामी हप्ता इजिप्टमा दोस्रो चरणको निर्वाचन हुन गइरहेको छ । निर्वाचनका निम्ति मुस्लिम ब्रदरहुडका अग्र पंतिमा रहेको छ । मुस्लिम ब्रदरहुड एक मुस्लिमहरुको उग्र संगठन हो । २०११ मध्यपूर्बका लागि लोकतान्त्रिक आन्दोलनको बर्ष भनेर चिनियो । त्यतिखेर अर्थात आन्दोलन सुस्ताउन लाग्दा जनवरी २०११मा मैले इजिप्टमा भैरहेको लोकतान्त्रिक… Continue reading

डेविड र निकको पिलोको सानो खिल निस्कने

शशी पौडेल बर्तमान मिलीजुली सरकारको पिलोको एउटा सानो खिल निकट भविश्यमै निस्कने भएको छ, जुन खबरले प्रधानमन्त्री डेविड क्यामरोन र उप प्रधान मन्त्री निक ल्केगलाइ खुसि तुल्याएको हुनु पर्छ ।  कन्टेवरीका आर्च विशोफ डा.रोआन विलिआम्स निकट भविश्यमै पद त्याग गर्दै छन् । गतबर्ष  चर्च र प्रधानमन्त्रीवीच वाकयुद्ध  भएको थियो ।… Continue reading

सम्भवतः आगामी दलाइलामा एक नारी हुनेछिन् ? दलाईलामा

—शशी पौडेल यही जुन महिनामा दलाइलामा बेलायत आउदै छन् । उनको उपस्थितीमा बी सी सी युकले अल्डरसटमा एक भब्य कार्यक्रम गर्न गइरहेको छ । सो कार्यक्रममा धेरै भन्दा धेरै नेपालीहरु उपस्थित भएर दलाइ लामाका ज्ञान बर्धक प्रवचन सुनेर ज्ञान हासिल गर्ने मौकाको फाइदा लिनु हाम्रो कर्तब्य हुने छ । किन… Continue reading

आध्यात्मको गगनचुम्बी बिश्वास बनाउनु प¥यो —स्वामी आनन्द अरुण

— शशी पौडेल ओशो वा तपोवन आश्रम नेपालीहरुका लागि अपरिचित होइन । तपोवन आश्रमका संस्थापक एवं ओशो गुरु स्वामी आनन्द अरुण अहिले बेलायतको यात्रामा रहेको बेला बेलायत स्थित नेपाली राजदूताबासले एक स्वागत सम्मान कार्यक्रमको आयोजना ग¥यो । बिश्वका बीश मुलुकमा आफ्नो प्रचार प्रसार पु¥याएर शाखाहरु खोल्न सफल ओशोको एक क्याम्प… Continue reading

जी आठको बैठकमा युरो संकट मुख्य मुद्धा

– शशी पौडेल विश्वका सबभन्दा शक्तिशाली नेताहरुलाई सायद यति धेरै ध्यान केन्द्रित गर्नु पर्दैन जति अहिले यूरोका बारेमा परिरहेको छ । विश्वका आठ शक्तिशाली राष्ट्रका नेताहरु गत शुक्रवार अमेरिकाको राजधानी वासिङटनमा उत्रेका हुन् । फ्रान्स, जर्मन, इटली, जापान, रसिया, क्यानडा र बेलायती नेताहरुलाई अमेरिकी राष्ट्रपतिले स्वागत गरे ।

अमेरिका यात्राको उपलव्धी ?

शशी पौडेल हुन त बेलायतमा हामी नेपालीहरुका लागि राजनीति भनेको सुत्दा घुर्नुसरह बाहेक अन्य हुने छैन । हरेक हप्ता ढोका भित्र खुत्रुक्क छिर्ने पत्रिकाको लिफामा खोलेर बाहिर झिकेर हेर्नुको एउटै मात्र कारण प्रायः हुन सक्छ । हाम्रा सयभन्दा बढी बेलायतमा रहेका संगठनहरु मध्य  कसले कहाँ के गरे भनेर हेर्ने ।… Continue reading

सत्तासिनवीच खैलाबैला

शशी पौडेल बेलायतमा गत मइ महिनाको पहिलो हप्ता सम्पन्न स्थानीय निर्वाचनको परिणमले सत्तामा बसिरहेका दुबै पर्टीहरु कन्जरभेटिभ र लिवरल डेमोक्रेटिक पार्टी भित्र खैलाबैला परेको छ । निर्बाचनको परिणाम प्रतिशतको आधारमा सवभन्दा बढी लिवडेम पराजीत भएको छ भने मिलीजुलि सरकारको दाजूको भूमिका निर्बाह गर्दैै आएको कन्जरभेटिभ पार्टी पनि कम पराजय भएन… Continue reading