घर र समाजबाटै पीडित दलित महिला
– नेहा शर्मा काभ्रेको भकुन्डेबेसीकी सानु सुनारलाई गाउँलेले बोक्सीको आरोप लगाए। गाउँलेको लहैलहैमा आफ्नै छोराबुहारीले समेत बोक्सी नै हो भन्दै घरनिकाला गरेपछि उनी अहिले घरको न घाटको भएकी छिन्। सानुको पीडा यतिमा मात्रै सीमित छैन। ‘लोग्नेले समेत बोक्सी भन्दै सधैँ कुट्थे,’ उनले श्रीमान् र छोरा–बुहारीले कल्पित आरोप लगाएको पीडा सुनाइन्।