ऐतिहासिक पाल्पा अर्गली दरबार सौचालयमा परिणत

पाल्पा समाचारदाता ,पाल्पा पाल्पा, असार २२ गते । पाल्पा सदरमुकाम तानसेनबाट झण्डै २५ किलोमिटर उत्तर पश्चिममा रहेको ऐतिहासिक अर्गली दरबार उचित संरक्षणको अभावमा सौंचालयको रुपमा परिणत भएको छ । पबित्र तीर्थ स्थल रुरु क्षेत्रमा रहेको उक्त दरवार वर्षौदेखि वेवारिसे अबस्थामा रहेको छ । तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर राणले १९९७ सालमा… Continue reading

यसकारण एमाले मधेस बिरोधी होइन

-रघुवीर महासेठ अहिले मधेसमा खासगरी एकीकृत माओवादी, मधेसी दल र केही कांग्रेसभित्रबाट पनि एमालेलाई मधेसविरोधी पार्टीको रूपमा चित्रण गर्न खोजिएको छ । ‘एमाले भनेको मधेसविरोधी पार्टी हो । एमालेले मधेसलाई उत्तर–दक्षिण काटेर संघीयता बनाउन खोजेको छ । एमाले नागरिकताको सवालमा गम्भीर छैन । मधेसीलाई नागरिकता दिन हँुदैन भन्ने एमालेको चाहना… Continue reading

सरकारी हाकीम

— आनन्दराम पौडेल खुट्टा छन् गति छैन हात छन् कर्म छैन आँखा छन् दृष्टि छैन विवेक त झन् छँदैछैन न त्यहाँ जीवन छ उत्साह, सम्बेदना, जोश र जाँगर सबै मरिसकेको छ उसँग आकार नमिलेको धमिलो अतीत छ वर्तमान स्थीर छ भविष्य शून्य छ

बाबुरामको घोषणाले स्थाइत्व पाओस्

नेपाली राजनितीक बृत्तमा तिक्ष्ण बौद्धिक ब्यक्तित्वका रुपमा गनिने तर  प्रधानमन्त्रीका रुपमा भने असफल डा बाबुराम भट्टराइले अव कुनै पनि सार्वजनिक पदभारको उत्तरदायित्व नलिने घोषणा गरेका छन् । यो घोषणा उनले नेपालका अन्य राजनैतिक दलका नेताहरुसंग मोलतोलका लागि मात्र गरेका हुन् कि साच्चै गरेका हुन् ? यो भने अझै गर्भमै छ… Continue reading

स्कटलैण्डः स्वतन्त्र राज्यबारे उठेका प्रश्नहरु

शशी पौडेल केही समय यता बेलायती राजनैतिक बृत्तमा स्कटलैण्डको स्वतन्त्रताको प्रश्न फेरी उठेको छ  । यद्यपी २०१० को आम निर्बाचन प्रचार प्रसारक्रममा यस कुरालाइ सबै पार्टीहरुले थाती राखेका थिए । यहाँ सम्म कि  २०११ मा भएको स्कटलैण्डको निर्बाचन सम्म पनि स्कटलैण्ड स्वतन्त्रताको प्रश्न उठेको थिएन तर यो निर्बाचनमा स्कटिश नेशनल… Continue reading

चार कम्युनिष्ट पार्टी एक हुने ?

नेपालका बिभिन्न चार कम्युनिष्ट घटकहरुले नेपालमा अब राजनितीक धुर्बिकरण हुनु पर्ने कुरा औल्याएका छन् ।नेपाल कम्युनिष्ट पार्टीका विभिन्न चार घटकहरु एक ठाउँमा बसेर देशको समसामयिक राजनीतिक विषयहरुमा छलफल गर्दै वर्तमान अवस्थामा क्रान्तिकारी पार्टी र शक्तिहरुबीच एकीकरण र ध्रुवीकरण आवश्यक रहेको निष्कर्षमा पुगेका हुन् ।

“ट्रेडमार्क कम्युनिजम”को पिडा

-डम्बर खतिवडा केही महिनाअघि ताप्लेजुङ सदरमुकाम फुङलिङको एक औपचारिक कार्यक्रमपश्चात् अनौपचारिक कुराकानीमा एकजना सहभागीले मलाई सोधे, ‘सर  तपाईंहरू अलिक बढी नै लेखपढ गर्नुहुन्छ । राजनीतिक टिप्पणी पनि लेख्नुहुन्छ । आफूहरूलाई स्वतन्त्र पनि भन्नुहुन्छ । विश्लेषण पनि गर्दै हिँड्नुहुन्छ । लौ भन्नुस् त, नेपालमा यतिका धेरै कम्युनिस्ट छन्, को चाहिँ खाँटी… Continue reading

अष्ट्रेलियाली प्रधानमन्त्री समक्ष बुद्ध मूर्ति उपहार

अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरुले त्यहाँकी प्रधानमन्त्री जुलिया गिलार्डलाई शान्तिको प्रतिकस्वरुप बुद्ध मूर्ति उपहार दिएका छन् । प्रधानमन्त्री कार्यालय क्यानबेरामा बुधबार आयोजित कार्यक्रममा लुम्बिनी कपिलबस्तु अभियानका बिश्व संयोजक रामकुमार श्रेष्ठ र त्यहाँका अध्यागमनमन्त्रीका लागि नेपाली समुदायका तर्फबाट सल्लाहकार महेन्द्र लम्सालसहितको टोलीले बुद्ध मूर्ति हस्तान्तरण गरेको हो ।