इराक बिश्व मानचित्रबाट हराउने ?

अमेरिका र बेलायतले २००३मा इराकमाथी सैनिक आक्रमण गरेको दिन देखि बलेको आगो इराकमा अहिले आएर झन दन्केको छ । इराकले कुबेत माथी कब्जा गरेको र अल का इदाका हर्ताकर्ता ओसामा बिन लादेनलाइ सहयोग पुर्याएको आरोपमा अमेरिकाको नेतृत्वमा बेलायतको संलग्नतामा इराकमाथी सैनिक आक्रमण गरेका थिए । सैनिक आक्रमण मात्र गरेनन् कि… Continue reading

औषधीय बिज्ञान र टेकनोलजीको चमत्कार

फुटवल प्रेमिहरुकालागि फुटवल बिश्वकप यसैपनि चासो र महत्वको बिषय हुने भयो । यो बाहेक पनि दुइ भिन्न बिषयहरु यसपाली ब्राजिलमा भैरहेको फुटबल बिश्वकपमा चर्चाका बिषय बने । एउटा त फुटवल खेल उद्धघाटन गर्ने बेला भयो तर रंगशाला तैयार भैसकेको थिएन । अर्को  औषधी बिज्ञान र टेक्नोलजीको चमत्कार । यद्यपी यो… Continue reading

हाम्रो परम्पराको हत्या

-शशी पौडेल लण्डन, पेरिस वा अन्य ठुला शहरहरुमा यदि कसैले आफ्नो गाडी पार्किंग गर्न ठाँउ खोजी रहेको छ भने उसले थुप्रै खाली पार्किंग स्पेशहरु देख्ने छ तर ती सबैमा रिजर्व भनी लेखेका । यता घुम्यो उता घुम्यो जताततै ब्यस्त । ब्यस्त यस मानेमा कि ठाँउहरु खाली छन् तर रिजर्व भनि… Continue reading

खलनायक को हुन्, प्रचण्ड कि बाबुराम ?

-शशी पौडेल एमाओबादीको पार्टी भित्र प्रचण्ड र डाक्टर बाबुराम भट्टराइ मध्य को नायक हुन् र को खलनायक हुन् भन्ने अझै एकिन हुन सकेको छैन । तर हामी आम नेपालीका नजरमा भने यी दुबैले खलनायकको बिल्ला भिरीसकेका छन् । बाबुराम भट्टराइले गोप्य माइनुटिंग गरेका माइनुटबुक प्रचण्डको दरबारमा पुग्यो रे ! डाक्टर… Continue reading

युरोपले भोट हाल्योः तेलमा आगो लागेपछि

—शशी पौडेल यसपालीको युरोपियन युनियनको संसदको निर्बाचनमा सोसल डेमोक्रेटहरु हल्का अगाडि बढेका छन् भने कन्जरभेटिभहरुको गठबन्धन पार्टी युरोपियन जन पार्टीले गत निर्बाचनको तुलनामा केही शिट गुमाए पनि पहिलो ठुलो पार्टीको दर्जा भने गुमाउनु परेन । तर युरोपका ठुला र शक्तिशाली मुलुकहरुमा भने अती दक्षिणपन्थीहरु बलियोगरी युरोपियन संसद भित्र पस्न सफल… Continue reading

मोदी र युरोप

युरोपले सायद भारतबाट केही सिक्न सक्ने छ ।  त्यहाँको लोकतन्त्र अथवा त्यहाँको धैर्यता अथवा त्यहाँको राजनैतिक मध्यस्तता । किनभने युरोपियन युनियन र भारतमा अहिले केही कुराहरु मिल्दा जुल्दा अगाडी बढेका छन् । एउटा युरोपियन नागरिक पोर्तुगलको आटलाण्टा महासागरको किनारबाट जर्मनीको उत्ररी समुद्रसम्म बिना भिसा वा बिना कुनै कागज गाडिमा बसेर… Continue reading

जगको इटा भत्के पनि युरेसियाको न्वारन

-शशी पौडेल गत बिहिबार आस्तानामा युरेसियाको न्वारन भएको छ । यद्यपी यो २०१० सालमै रसियन राष्ट्रपति ल्भादिमिर पुतिनको सक्रीयतामा जन्मेको हो । यसको गठनकालमा चार मुलुकहरुको सदस्यता थियो । रस्सा, बेलारुस, काचास्थान र युक्रेन । यो संगठन खासगरि यी चार मुलुकहरुबीच स्वतन्त्र बन्द ब्यापार गर्ने उद्धेश्यले परिकल्पना गरिएको हो ।

खहरे खोलाको दम्भ

-शशी पौडेल, युरोपको राजनितीमा यसपाली कुनै पनि रंगले बहुमत पाउन सकेन । यसबर्षको निर्वाचनमा न कालो न त रातो रंगको बाहुल्यता रह्यो । न पहेंलो वा न हरियो नै । यदि युरोपको २८ वटै मुलुकहरुको निर्वाचन परिणाम हेर्यौं भने युरोपियन संसद रंगीचंगी देख्ने छौं । युरोपिय मतदाताहरुले यसपाली राम्रोसंग इजार… Continue reading