—शशी पौडेल
बिसौं सताब्दीका राजनितीक परिवर्तनका कुरा गर्दा हजारौं प्रश्नहरुको धारा लाग्ने गर्दछ । यसरी आउने प्रश्नहरु मध्य १९१७ को रुसी अक्टोबर क्रान्तिको प्रश्न प्रमुख रहने गरेको छ । रुसी अक्टोबर क्रान्ति पुरा भएको र संसारले राजनितीक कोल्टे फेरेको अव केही महिना पछि ९५ बर्ष पुरा हुने छ । यस अवसरमा अझ धेरै प्रश्नहरु उठेका छन् ।
यसबारे हजारौं पुस्तक लेखिइ सकेका छन् , लाखौं रेडियो र टी भी कार्यक्रमहरु बजिसकेका छन् र अनगिन्ति बिद्धानहरुले यसबारे अध्ययन गरि सकेका छन् ।
तर महत्वपूर्ण कुरा केहो भने १९१७ को अक्टोबर क्रान्तिले यसको झण्डै एक सताब्दी बित्न लाग्दा सम्म पनि हामी तेश्रो मुलुकका नागरिकहरुका लागि के के कुरामा महत्व राख्छ त ? भन्ने ।
अमेरिकी प्रशिद्ध पत्रकार जोन रिडले यस क्रान्तिका बारेमा “दश दिन जसले संसार हल्लायो” भनेर लेखेका थिए । बिसौं सताब्दीका अन्य कुनै घटनाले यसरी संसारलाइ हल्लाएन कि जति अक्टोबर क्रान्त्लिे हल्लायो । यद्यपी दोस्रो बिश्व युद्ध पनि २० औं सतब्दिीमै भएको थियो । तर अक्टोबर क्रान्तिले राजतन्त्र र पूजीबादका बिरुद्ध सत्ता आफ्नो हातमा खोस्न सफल भयो ।
क्रान्ति बिजेता बोल्सेभिक पार्टी जो मजदूर बर्गबाट नेतृत्व गरिएको, मजदूर बर्गका निम्ति अर्थात मजदूर वर्गद्धारा उठाइएका ब्यक्तिहरुले सत्ता संहाले । यी नयाँ सत्ताशीनहरुको उद्धेश्य मजदूर बर्गको अधिनायकबाद लागु गर्ने थियो, समग्रमा भन्दा मजदूरबर्गको हकहित सुरक्षा गर्ने थियो ।
क्रान्ति सम्पन्न पछि पनि यसबारे भिन्न भिन्न मतहरु देखिए । यो धेरै टिक्न सक्तैन कसैले भने, कसैले अब यसले बिश्वलाइ नेतृत्व गर्छ भने । कतिले यसलाइ वालख कालमै ढाल्ने प्रयास गरे । यसै प्रयासको फलस्वरुप दोस्रो बिश्व युद्ध छेडियो तर यो झन बलियो हुदै पूर्बि युरोपका बिभिन्न मुलुकहरुमा आफुलाइ उभ्याउन सक्यो । संक्षेपमा भन्दा यसले सात दशक सम्म सोभियत संघको नाममा सत्ता सम्हाल्यो । सोभियत युनियन कम्युनिष्ट सरकार संसारका सर्बहारा बर्गको पथ प्रदर्शक बन्यो ।
साठीको दशक पछि यसलाइ पूजीबादको बाटो तिर कोल्टे फेरेको आरोप पनि लाग्यो । अर्को पक्षले यसलाइ गणतन्त्र बिरोधी भनेर दाबी गर्दै तानाशाही भएको आरोप लगाउन थाले र पार्टीले संचार साधनमाथि नियन्त्रण लगाएको आरोप पनि लगाइए ।
माथिका सबै आरोपहरुको आधार सोभियत संघ भित्र पारदर्शी नरहेको अवस्था निकिता ख्रुस्चोभ देखि मिखायल गोर्भाचोभ सम्मको अवस्थाहरु लाइ लिन सकिन्छ । हुन पनि हो साठीको दशक पछिका दिनहरुमा सोभियत संघले के चाहेको थियो भन्ने निक्र्योल गर्न अहिले पनि कठिन परिरहेको छ ।
तर अर्को तिर एक सत्य के हो भने बोल्सेभिक क्रान्तिले बिश्वमा थुप्रै परिवर्तनहरु ल्यायो । बिश्वलाइ समाजबादको बाटो देखायो, चिनिया, कोरिया, भियतनाम र ल्याटिन अमेरिकामा भएका क्रान्तिलाइ हातेमालो गरेर पाइला चाल्न सिकायो ।
रसियनहरुका बारेमा कुरागर्दा उनिहरु ९५ बर्ष अगाडि भोकको अन्त, लडाइको अन्त र बास, शान्ति र टाउको ओत्ने छत चाहन्थे । यी कुराहरु आज सोभियत संघको बिघटन पछि पनि चाहिएको छ । सरकार अन्तरराष्ट्रिय क्षेत्रमा जतिसुकै लोकपृय भएपनि मुलुक भित्र यदि मुलुकलाइ समाजबादीकरण गर्न सक्दैन र गास, बास, कपास, स्वास्थ्य र शिक्षाको सुनिश्चितता गर्न सक्तैन भने त्यसको औचित्य रहदैन ।
सोभियत संघको बिघटनको पहिलो बर्ष पुरा नहुदै यसै प्रसंगलाइ लिएर एक जर्मन पत्रकार पिटर सोल लाठोर (जसलाइ मध्यपूर्व र रुसको राजनितीक बिशेषज्ञ मानिन्छ ।) ले “एउटा बिश्वको अन्त” भनेर पुस्तक लेखे । उनले आफ्नो पुस्तकमा लेख्छन् —“बिना क्रान्ति, बिना युद्ध र बिना रक्तपात सोभियत संघको बिघटन भएको छ ” पुस्तकमा उनले एउटा महत्वपूर्ण प्रश्न सोध्छन् —बुस र ल्किनटनद्धारा परिभाषित कथित शान्ति र स्वतन्त्रताका निम्ति अव कुन अन्तले पर्खिरहेको छ ? यसले युरोप र तेस्रो बिश्वलाइ कस्तो उपदेश दिन्छ त ?
उनको प्रश्न न्यायीक छ । यसैलेत अहिले बिश्वका बामपंथीहरु ल्याटीन अमेरिकी राजनितीमा बढी केन्द्रित देखिन्छन् । सायद उनिहरु बिश्वमा अझैपनि बोल्सेभिक क्रान्ति जिउदैछ भन्ने देखाउन चाहान्छन् ।
बिभिन्न मुलुकहरुमा सरकारका निर्वाचनहरु पनि भए । समाजबाद प्राप्तीका निम्ति बषौं युद्ध गरेकाहरु सरकारमा आए । उनिहरुले नवउदारबादी अर्थतन्त्र र तानाशाही राज्यब्यवस्थाको अन्त गर्ने तर स्वतन्त्र बजारको ब्यवस्था गर्ने बाचा पनि गरेका छन् । मुलुकमा प्राकृतिक श्रोत र साधन जस्तै पानी, ज्ञास र संचार साधन) प्रयाप्त भएको जानकारी पनि पाए । तर उनिहरुले यसलाइ सर्व सुलभ गराउनुको बदला निजीकरण गर्दै गइरहेका छन् । यो कस्तो समाजबादीकरण हो ? सर्बत्र प्रशन उठिरहेको छ ।
माथिका प्रसंगहरु भेनेजुएला, वोलिभिया र एक्वाडोरको हो । त्यहाँका सरकारहरुले अहिले नयाँ राज्य तौर तरिका अपनाउन थालेका छन् । जसको स्वरुप पहिलेको सोभियत संघको जस्तै देखाउन खोजिएको छ । अर्को शब्दमा बोल्सेभिक क्रान्ति जिउदैछ भन्ने देखाउन खोजिरहेका छन् ।
अर्को तिर आज पनि केही मानिसहरु भेटिन्छन्, जसले स्टालिनको पालाको प्रजातान्त्रिक अनुशासन माथी कुनै संका गर्न सकिन्न भन्ने तर्क गर्दछन् । किन भने ग्रासरुट लेभलबाट राजनिती गर्ने, त्यही वर्गलाइ अधिकार सम्पन्न गराउने, उनिहरुबाटै निर्णय गराउने र ती निर्णयहरु माथिल्लो पार्टी कमिटीलाइ उपलब्ध गराउने र माथिल्लो पार्टी कमिटीले ती निर्णयहरु हुबहु लागु गराउने कम्युनिष्ट सिद्धान्तको मोडेललाइ आज पनि उच्च कम्युनिष्ट मोडेल मानिन्छ । भनिन्छ सैद्धान्तिक रुपमा स्तालिनको पालामा उक्त मोडेल लागु गरिएको थियो ।
बिश्वले सोभियत संघको समाजबादी ब्यवस्थाका बारेमा जे सुकै र जस्तो सुकै धारणा राखेपनि रुस अहिले शिक्षित नागरिकहरुको एक महत्वपूर्ण औद्योगिक राष्ट्र बनेको छ ।
सोभियत संघ जार र नाजीहरुसंगको संघर्षमा बिजयी भएको मुलुक मात्र नभएर प्रथम सोभिययत नागरिक अन्तरिक्षमा पठाउन सफल मुलुकको रुपमा आफूलाइ चिनाएको छ ।
यसले आफ्नो ७४ बर्षको अबघिमा आफ्ना कला संस्कृति र बिभिन्न पुस्तक पत्रिकाहरु एकशय भन्दा बढी भाषामा अनुबाद गराइ आफूलाइ र आफ्नो साहित्य र कला बिश्वसामु परिचित गराउन सफल भएको छ ।
म जर्मनी आउदा सम्म सोभियत संघ बिघटन भएको थिएन । तर वर्लिनको पर्खाल चाही भत्काइने क्रममा थियो । मेरो एक जर्मन पत्रकारसंग चिनाजान थियो । उनि २०३६ सालको आन्दोलनताका नेपाल पनि पुगेकी रहिछन् र त्यस पछि उनि सोभियतसंघ (मास्को)मा गएर लगभग पाँच बर्ष जर्मनीको फ्रङ्कफोर्टबाट प्रकाशित हुने एक दैनिकको सम्बाददाताको रुपमा बसेकि रहिछन् । उनिसंग लगभग साथीभाइको जस्तै सम्बन्ध थियो । सोभियतसंघको बिघटन भएपछि मेरो उनिसंग यसबारे गफ भयो , उनले भनिन् —“जव म मस्कोमा थिंए त्यहाका नागरिकहरुले सोभियतसंघको राजनैतिक ब्यवस्थालाइ मन पराउदैनथे, मलाइ अचम्म लाग्थ्यो” उनले भन्दै गइन् “ “त्यतिबेला त्यहाँका युवापिढीहरु भन्ने गर्थे कि अहिले भन्दा त जारको पलामा राम्रो थियो, कम्यनिष्ट सरकारले राज्य भित्र भन्दा राज्य बाहिरको कुरा बढी गर्ने गर्छ, रकेट छोड्छ, अन्तरिक्षमा बैज्ञानिक पठाउछ । तर मुलुकको ब्यवस्था राम्रो छैन । म लगभग पाँच बर्ष मस्कोमा बसें तर मैले त्यहाँ उनिहरुले मलाइ भनेको भन्दा अली भिन्न पाएं । त्यहाँ बच्चाहरुको रेखदेख, शिक्षा, स्वास्थ्य उपचारको ब्यवस्था र सुरक्षा संयन्त्र उच्चकोटीको थियो । जर्मनीमा भन्दा कताकता ब्यवस्थित । त्यतीमात्र कहाँहोर संसारका एकशय भन्दा बढी मुलुकका आप्रबासीहरुका लागि पनि एउटै सुबिधा । यो सव देखेर मैले भन्ने गर्थें —राम्रो पक्षलाइ हेर, नराम्रा पक्षलाइ सुधार्ने तर्फ लाग । तर अहिले बिगारी छाडे । दुखको कुरा दशबर्ष भित्र रुस एक पक्षतिर तस्कर, लुटाहा र माफीयाको देश बन्ने छ भने अर्को पक्ष भोका र नाङ्गाको देश बन्नेछ । अर्थात गरीव र धनीबीचको खाडल निकै ठूलो बन्नेछ । ” ठीक अहिले त्यस्तै भैरहेको छ, गरीव अझ गरीव बन्दैछन् भने माफीया अकुत सम्पत्तीवाला बनेकाछन् ।
सोभियतसंघले महिलाका शिक्षाको निम्ति जोड दियो, मजदूरवर्गको हितको निम्ति आवाज उठायो । यदि अक्टोबर क्रान्ति सम्पन्न नभएको भए पश्चिम युरोपियनहरुले पनि पूजीबादको सायद यतिका बिकाश गर्थेनन् होला । सामन्तबादको अबशेष अझै रहीरहने थियो होला किन भने सोभियतसंघ संगको प्रतिस्पर्धाका कारण पश्चिमेली पूजीबादले पनि जनताको गास, बास, कपास, स्वास्थ्य र शिक्षाका सुरक्षाका कुराहरु उठाए र गरे ।
मलाइ यतिखेर गोर्भाचोभको सल्लाहकार ल्भादीमिर के जेगोरोभले लेखेको पुस्तकको सम्झना हुन्छ । “एउटा तारा झ¥यो” ठीकहो जेगोरोभजी एउटा तारा झ¥यो तर त्यो तारा बिहानीको तारा हो र बिहानीको तारा सधै आशाको तारा हुन्छ ।
उ जस्तो बिद्द्वान र जान्ने अरु कोहि छैन भनेर अमिताभ बच्चन 'खुदा गवाह' को सुटिंग गर्न नेपाल आउँदा ईन्टरभ्यु लिन…