लौ ! अब त साम्य भो होला भनेर चुप लागेकी त फेरी पो झन् के ‘ के सुनिन्छ बा !!!!!!!! अब नलेखी भो त हामी लाटा कलमकर्मीले ?????????? यो इेमेलको देन रह्यो यो गजल उमार्न ।मेरो काम त लेख्ने मात्र । मलाई झगडामा फँस्नु छैन । अनेसासको हित सम्झने बस । इेमेल जे देखेँ, देख्नसाथ यस्तै लेखेँ एउटा गजल ।
– आचार्य प्रभा
टाउकेहरु लड्दै गर्छन् ,हामी लेख्न छाड्दैनौं
गिद्दे आँखा ढुकुटीमा हामी कैल्यै गाड्दैनौँ ।
ऐलेसम्म हामी भने अन्धोसरी रहेछौं
सोझा हामी साहित्यलाई कहिले नि भाँड्दैनौँ ।
साहित्य नै सिरिखुरी सम्पत्ति थ्यो लेखकको
साहित्यको इेतिहास बिद्रोही भइे फाड्दैनौँ ।
लेखन धर्म नछाडी नै हामी अघी बढ्नेछौं
साहित्यको मह पनि लोभी बनी काड्दैनौँ ।
सच्चा मन लगाएर ऐलेसम्म लेखियो
चाकरी र चाप्लुसीमा हामी हात माड्दैनौँ ।
रचना जुलाइे १७/ १२
wa kanchhi wa !!!
very good.
Prabha ji,
do not stop to write, your poems are really touchable
Well done Prabha ji