अगाडि के छ देख्न सक्तिन ।
आफ्नै आँखालाई विश्वास गर्दिन ।
छोड्ने आँट गर्न सक्तिन ।
पहाड माँथि चढे आकाश छोइन्छ जस्तो लाग्छ,
गन्तब्य नजिकै भए जस्तो लाग्छ ।
संग संगै थियौं, ठूला ठूला कुरा ग¥यौं
तर घाम छायामा आउने इन्द्रेणी जस्तै
एक अर्का प्रतिको विश्वासले हावा खायो
थरी थरीका रुप र रंग देखिन थाल्यो
एकले अर्कालाई अगाडि बढाउने प्रयास ग¥यौं
तर अल्झियौ बल्झियौ गन्तब्य नभेट्दै ।
सत्य बोल्नु पर्छ अव,
हामी अल्मलिएको एक अर्कामा विश्वास गुमाएकाले हो ।
जीवन एउटा उपन्यास हैन,
हो एउटा गन्तब्य मात्र † एउटा कथा मात्र,
त्यसको पनि व्यक्ति एउटा पात्र हुन सक्छ ।
आचरण डुब्यो झन गरिहियो फेरी नउत्रने गरी,
सबै कुराले मान्यता पायो,
दिउसोको निद्रामा आएको सपनाले जस्तै ।
गन्तब्यको मूल धार सुनामीले बगायो
असन्तुष्टीले अब काम गर्ने छैन ।
हो गन्तब्य निर्मल छैन ।
छैन यो सफा शुद्ध र न्याययुक्त,
छैन यो पवित्र र इमान्दार पनि ।
एक अर्कामा आ–आफै तगारो भएका छौं ।
विश्वासको जरा खल्बलिएको छ ।
जरा खलवलिएको रुख जस्तै ढल्न लागेको छ गन्तब्य ।
तर लाग्छ कहिले,
गन्तब्य सम्म पुग्नै पर्छ,
गन्तब्य भेट्न कोशिष गरे
असम्भव भन्ने त डर मात्र हो ।
किन कि ढिलो भएको छैन,
तर पर्खिने बेला पनि हैन ।
यात्रा शुरु गरे पछि अस्तित्व गासिएको हुन्छ ।
तर फेरी कहिले लाग्छ ।
गन्तब्य सम्म पुग्ने बेला टल्यो ।
यात्रा अगाडि बढाउने साइतमा वादल लाग्यो ।
भवितव्यले पर्खे जस्तो लाग्छ अव ,
तर आत्मा भन्छ,
हाँक दिएर अघि बढ्नु पर्छ ।
तव मात्र सागुरिएको गन्तव्य खुल्ने छ ।
गन्तव्य सुरक्षित हुनु पर्छ ।
विश्वास दरिलो हुनु पर्छ ।
जव आत्मविश्वासको पर्दा खुल्ने छ ।
तव मात्र गन्तब्य देख्न सकिने छ ।
Exactly this is happening with nepalese Politics.
No one knows wher is heading our aims
thank you