बाराक ओवामा दाश वंशका होइनन् – डेबरा डिकरसन

-शशी पौडेल

बिगत चार वर्ष अघि अर्थात अमेरिकाको चवालीसौं राष्ट्रपतिको निर्वाचन पछि पत्रपत्रिका एवं अन्य संचार साधनहरुले ‘‘अमेरिकामा पहिलो कालो राष्ट्रपति’’ भनेर चर्चा गरिरहेको बेला यस पंत्तिकारलाई पनि यसबारे निधार खुम्चाउन मन लागेको थियो । के बाराक ओवामा साँच्चै काला हुन् त ?
बाराक ओवामा राष्ट्रपति पदमा निर्वाचित भए पछि अफ्रिकी मूलका काला नागरिकहरु असाध्यै आशावादी र खुसी देखिन्थे । त्यस्तै एशियाली मूलका नागरिकहरु पनि बाराक ओवामा राष्ट्रपतिमा निर्वाचित भएकोमा खुसी देखिन्थे , किनकि उनी इन्डोनेशियामा बढे हुर्केको र पढलेख गरेका हुन् । जीवनको बाल्यकाल र कुखुरे बैंशको बेलामा परेका छापहरुले मानिसलाई जीवनको उत्तरार्धकाल सम्म पछ्छाई रहन्छ । त्यसैले शायद उनी एशिया प्रति नरम हुन सक्छन् । र अफ्रिका प्रति पनि, किन भने उनका बाबु काला हुन्, यसमा शंका रहेन ।

बाराक ओवामा साँच्चै  दाश वंशका काला हुन् त ? यो तपाईले कसलाई र कहाँ प्रश्न गर्नु हुन्छ ? त्यहाँ निर्भर हुनेछ । कुनै व्यक्तिहरु वा समुदायहरुलाई बाराक ओवामा काला हुन् भन्ने कुरामा शंका नरहन सक्छ तर अन्य केहीका लागि भने यो सत्य नहुन सक्छ ।
‘‘बाराक ओवामाको वंश दास वर्गबाट आएको हैन त्यसैले उनी पूर्ण रुपमा काला जाती हैनन् ।’’ उक्त भनाई एक प्रसिद्ध अफ्रिकी–अमेरिकी लेखिका डेबरा डिकरसनको हो । उनले अगाडि लेख्छिन् – ‘‘बाराक ओवामाका बाबु काला थिए तर उनको आमा गोरी थिइन् यसकारण उनलाई पूर्णकाला जातीका भन्न मिल्दैन ।’’ यस्तै गरी अमेरिका मै ओवामालाई काला जातीको भन्ने प्रचार प्रसार भैरहेको बेला केही पक्षले विरोध जनाइ रहेका थिए । ती हुन् खास गरी पूर्वी एशियन मूलका नागरिकहरु जो अमेरिकामा बसोबास गर्दे छन् । उनीहरुका अनुसार बाराक ओवामा मिश्रीत हुन् ।
यदि वंशीय प्रश्न अर्थात यसको शुद्धता माथि प्रश्न उठाउने हो भने प्रश्न स्वयं आफ्नै घेरा भित्र बाधिन सक्छ । किन कि यस प्रकारको वंशीय शुद्धता पत्ता लगाउन सकिने छ र यसको उत्तर आजको बैज्ञानिक युगमा भेटाउन असजिलो पर्ने छैन । यसरी हेर्दा वंश एक वास्तविकता हो, र जुन जन्मसिद्ध निर्धारित  र प्राकृतिक हो । हुनत कही कतै यो सिद्धान्तलाई गलत सावित गरेर जातीयतालाई अवस्था, समय, वतावरण र स्थान अनुसार बदलिदै जान्छ भन्ने कुरा पनि सामाजिक शिक्षा विद्हरुले भन्दै आएका छन् । यसलाई शिक्षा विद्हरुले ‘‘समाजिक निर्माण’’ नामाकरण गरेका छन् । यद्दपी समाज शास्त्रले यसलाई पूर्ण रुपमा स्वीकार गरिसकेको छैन । यदि बहुसंख्यक जन समुदायले बाराक ओवामा काला जातीका हुन् भन्छन् भन्ने उनलाई विश्वास छ भने उनले आफुलाई पनि कालै देख्ने छन् । र उनले सोच्ने छन् कि संपूर्ण बाराक ओवामा साँच्चै काला जतिका हुन् ? जन समुदायले उनलाई कालै देखुन् ।
मेरो विचारमा उनलाई विश्वले कालो देख्नुको मतलब यो पनि हुन सक्छ कि उनको विकास र संघर्षको बीचको सम्बन्ध स्वीकार गर्ने आँट गरिरहेका छन् । तर तर्क माथि तर्क गर्ने हो भने र बाराक ओवामा मिश्रीत हुन् भन्ने मान्नका लागि उनको आमा गोरी हुन् भनेर उनका बाबुलाई निश्चित रुपमा छायाँमा राख्न सकिन्छ ।
बाराक ओवामालाई मिश्रीत भन्नुको अर्थ वंशीय शुद्धता माथि प्रश्न उठाउने हजारौं बर्ष देखिको हाम्रो परम्परालाई स्वीकार गर्नु हो । यदि आज भन्दा दश बीस वर्ष पहिलेनै बाराक ओवामाको वंशीय प्रश्न उठेको भए यसको उत्तर पाई सकिन्थ्यो । किनकि हामी पित्री सत्तात्मक समाजमा बाँचीरहेका छौ । यदि आदिम साम्यवादी समाज जहाँ मातृ सत्तात्मक थियो त्यतिबेलाको यो प्रश्न भए अवश्य पनि बाराक ओवामा गोरा वंशका हु्न् भन्ने उत्तर पाइन्थ्यो । तर महत्वपूर्ण कुरा के हो भने बाराक ओवामालाई मिश्रीत भनेर स्वीकार गर्नेहरुले पनि यो बुझ्न जरुरी छ कि अमेरीकाको इतिहासमा मिश्रीत वंशको पहिचानले मान्यता पाएको कुरा यस पंत्तिकारको जानकारीमा आएको छैन । किन कि अमेरिकी समाज अचम्मको छ । त्यहाँका समाज शास्त्रीहरुले समेत त्यहाँको यथार्थतालाई अध्ययन गरेर मिश्रीत वंशलाई समाजमा प्रष्ट¥याउने तर्फ लागेको पाइएको छैन ।

जब सम्म समाजशास्त्रले यसको अध्ययन गर्देन तब सम्म राज्यले स्वीकार गर्देन । अझ सरल शब्दमा बाराक ओवामा काला हुन् या मिश्रीत वंशका हुन् । यो प्रश्नले ती अन्तर जातीय समुदायको अध्ययन मनन र यसलाई समाजमा स्वीकार गराउने तर्फ कदम नचाल्नु असमझदारी हो भन्ने देखाउछ । जुन कुरा शीत युद्ध पछि देखा परेको थियो । ‘‘म अफ्रिकी—अमेरिकी बाबु र एशियाली—अमेरिकी आमाको छोरा हु“ अथवा गोरी आमाको छोरा हु“ । म वंशागत परिवर्तनसंग संघर्ष गरिरहेको छु ।’’ जस्ता वंशीय आडम्बरका कुराहरु शीत युद्धताका अमेरिकामा नआएका हैनन् । त्यति मात्र कहाँ हो र ‘‘मैले आफ्ना पिता माताबाटै पहिलो प्यार पाउनुको बदला वंशीय पूर्वाग्रहको महशुस गरेको हु“ ।’’ भन्ने जस्ता टिप्पणीहरु पनि ।

काल माक्र्सले आफ्नो ऐतिहासिक भौतिकवादको सिद्धान्तमा मानव सभ्यताको व्याख्या गर्दे – पहिलो सभ्यता आदिम साम्यवादी युग थियो – जहाँ मातृ सत्तात्मक थियो र बच्चाहरुका बाबु पत्ता लगाउन कठिन थियो । त्यतिबेला मानिसहरु जंगली अवस्थामा थिए । राज्यको कुनै उपस्थिती थिएन । मानिसहरु मिलीजुली झुण्ड झुण्ड भएर बस्ने गर्थे र आफ्नो आवश्यकता पुरा गर्थे । त्यस पछि पशुपालन, कृषि र समान्ती अनि पूँजीवादको विकाश हुदै समाजवाद र बैज्ञानिक साम्यवाद सम्म पुग्ने कुराको व्याख्या गर्छन् । यसरी ऐतिहासिक भौतिकवादलाई हेर्दा मानववंश सर्वप्रथम ती झुण्ड झुण्डहरुबाट विकाश भएको अनुमान गर्न सकिन्छ । विकासको क्रम र गतिसंगै स्वार्थ पूर्ती गर्ने उद्धेश्यले वंशीय सभ्यताको विकास गर्दे गएको पाइन्छ । पूँजीवादको विकास संगै झिनो मात्रामा भए पनि अन्तर्जातीय विवाहहरु हुन थाले र मिश्रीत वंशको उत्पत्ति हुन थाल्यो । सामन्तवादी शक्तिहरुले यसलाई विकृतीको संज्ञा दिए पनि । यो समाजको विकासको क्रममा हुने एउटा सामान्य प्रकृया हो । हुन त नेपाली राजनीतिमा बाराक ओवामा काला हुन् वा मिश्रीत हुन्भन्ने प्रश्नले कुनै भिन्नता राख्दैन । यद्यपी नेपाली समाज यस प्रकारको विरोधभास पूर्ण अवस्थासंग धेरै परिचित छैन । तै पनि यसले नेपाल र नेपाली समाजलाई मानव विकास क्रमको घुमन्ते युगहरु पछि आएको एउटा उदाहरण दिन सक्ला । इष्ट मित्र, वंश, छर छिमेकी, समुदाय, विवाहित छोरा छोरीहरु बीच मात्र नभै चार जात छत्तिस वर्णको नेपाललाई आपसी सद्भावनामा गाँस्दै, मान मर्यादा बढ्दै जाने र आपसी इष्र्या, जात जातीय कलह, राग र द्धेषलाई समाप्त पार्ने मनोबल दिनेछ र अन्र्तजातीय विवाहका निम्ति अझ बलियो र सोझो मूलबाटो खन्ने छ र नयाँ पुस्ताहरुलाई खुला हृदयले स्वागत गर्ने छ ।

 

Bookmark the permalink.

One Response to बाराक ओवामा दाश वंशका होइनन् – डेबरा डिकरसन

  1. Rana Bir says:

    very good expression about Race, intercast and interrace marriage.
    I thought this issue is very vague but how you pick the subject, I like it.

Leave a Reply

Your email address will not be published. Required fields are marked *