“म एक्लो वृहस्पति”

–शशी पौडेल

“म एक्लो वृहस्पति” उक्त वाक्य नेपाली प्रजातान्त्रिक आन्दोलनका पथ प्रर्दशक विशेश्वर प्रसाद
कोइरलाद्वारा राष्ट्रिय मेलमिलापको कार्यक्रम लिएर नेपाल फर्के पछि पटक पटक व्यक्त गरिएको हो । विपीको यो अभिव्यक्तिले संकेत गर्दथ्यो कि विपीले त्यसवेला आफु आफ्ना सहयोद्धा एंव सहयात्रीबाट अलग्गिएको अनुभव गरेका थिए । तर पनि विपी आफ्नो निष्ठा र प्रतिवद्धताहरुकै बीचमा बाँचेर “एक्लो वृहस्पति” को अनुभूतिको संवेदनाशीलतालाई यसरी प्रकट गरेको पाइन्थ्यो–“राष्ट्रिय मेलमिलाप नत राजतन्त्रसंगको सम्झौता हो नत संघर्ष”

स्व शैलजा आचार्य

राष्ट्रिय मेलमिलापको कार्यक्रम लिएर वीपी र गणेशमानजी संगै नेपाल फर्किए । त्यतिवेला नेपाली कम्यूनिष्ट आन्दोलनका घरोहर पुष्पलालसंग व्यापक छलफल भएको थियो 
गतबर्ष दुई संगठनहरुले छुट्टाछुट्टै ढंगले वीपी र पुष्पलाल स्मृति दिवशहरु मनाए । नेपाली जनसम्पर्क समिती बेलायतले वीपीको ३० औं स्मृतिदिवश अली भव्य र एउटा लक्ष्य, केही आर्थिक संकलन गर्ने र सोसलिष्ट इन्टरनेशनलको सदस्यता वापत बाँकी रहेको वक्यौता चुक्ता गर्ने उद्धेश्यले अभिपे्ररित भै निकै मेहनत ग¥यो । तर यसरी भब्य रुपमा बीपीको संझना गरिरहंदा बक्ताका रुपमा मंचमा पुगेका शेखर कोइराला देखिका ब्यक्तिहरुले गणेशमान र शैलजा आचार्य प्रति संझना गर्ने आबश्यकता संझेनन् । त्यस्तै पुष्पलालको भने नेपाली लोकतान्त्रिल मंच बेलायतद्धारा आयोजित कार्यक्रममा उनको सम्झना र उनीप्रति श्रद्धाञ्जलीमात्र दिने रहेको थियो ।
२०२५ साल देखि २०३३ सालसम्म वीपीले आफ्ना दिनहरु भारतको वनारसमा विताउनु प¥यो । गणेशमानजी बिशेश्वर प्रसाद कोइरालाका साथ २०२५ साल कार्तिक महिनामा सुन्दरीजल जेलबाट
रिहाई भएपछि निर्वासित हुनु परेको थियो । निर्वाशित कालमा पनि भारत पक्षले वीपी, गणेशमानको सुरक्षाको कारण देखाई नेपाल भारत सीमाको नजीक बस्ने नदिने चलखेल भएको थियो । नेपाली प्रजातान्त्रिक आन्दोलनमा यदि गणेशमान सिहंको नाम छुटाएर कसैले वीपीको मात्र नाम लिन्छ भने त्यो अपुरो हुने छ । किनभने वीपी सरकारमा रहदा गणेशमान पनि सरकारमा थिए । वीपी जेलमा हुदा गणेशमान पनि जेलमा थिए । वीपी निर्वासमा हुदा गणेशमान पनि निर्वासमा थिए । वीपी राष्ट्रिय मेलमिलापको कार्यक्रम लिएर नेपाल फर्किदा गणेशमान पनि संगै थिए । लगभग आठबर्षको जेलजीवन पछि उनीहरु दुवैजना सुन्दरीजल जेलबाटसंगै रिहा भएका थिए । विपी र गणेशमानका प्रसंग उठाउदा लाग्छ उनीहरुको दुईवटा शरिर भएता पनि नशानशामा एउटै रगत संचार भएको थियो । दिमागमा एउटै सोचाई र चिन्तन थियो, यो मुलुकलाई कसरी तानाशाहीको चंगुलबाट मुक्त गर्न सकिन्छ भन्ने, उनीहरुको हृदयमा नेपालीहरुप्रति एउटै माया थियो, कसरी समग्र नेपालीहरुलाई हातमुख जोड्ने समस्याबाट मुक्त गर्न सकिन्छ भन्ने, उनीहरुको हृदयमा नेपालप्रति एउटै सम्मान थियो । कसरी नेपाललाई सम्भाव्य विदेशी हस्तक्षेपबाट जोगाउन सकिन्छ भन्ने, उनीहरुको खुट्टामा एउटै कदम थियो, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विकासको ध्वजा फहराउने । हो दुई व्यक्तित्वबीच कहिलेकाही राजतन्त्रका बिषयलाई लिएर विवाद नभएको होइन तर यस्ता अवस्थामा विपीको राजनैतिक विश्वासपात्र आफ्नै भाञ्जी शैलाजा आचार्यले एउटा विचारको पुलको महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्थिन् ।
वीपी र गणेशमानको निर्वासनकालको सम्झना गर्दै एकठाउँमा वीपीका भाइ एंव प्रजातान्त्रिक आन्दोलनका सहयोद्धा गिरिजा प्रसाद कोइराला लेख्छन्– “विपी वनारसमा हुनुहुन्थ्यो । २०१७ साल देखिनै निर्वासित भएर पुष्पलालजी पनि वनारसमै रहनु भएको थियो । पछि २०२८ साल देखि म पनि निर्बासित हुनु प¥यो । त्यही निर्वासनकालमा मैले पुष्पलालजीलाई अझै नजिकबाट चिन्ने मौका पाएं । उहाँ विपीलाई भेट्न आउनु हुन्थ्यो । वीपी पनि उहालाई भेट्न जानु हुन्थ्यो । देशको वस्तुस्थितीवारे पुष्पलालजीसंग निरन्तर  छलफल हुन्थ्यो ।”
हो गिरीजावावुले भने जस्तै त्यतिवेला पुष्पलाल र वीपी कोइराला संयुक्त मंचमा आएर आ–आफ्ना विचारहरु प्रस्तुत् गर्थे । यसरी विचार प्रस्तुत् गर्दा पुष्पलाल संयुक्त आन्दोलनमा जोड दिन्थे तर वीपीको जोड भने संयुक्त रुपमा नभएर जो जसको जहाँ प्रभाव छ त्यसले ती ती ठाउँमा आन्दोलनहरु शुरु गर्ने भन्नेमा रहन्थ्यो । वीपीको यो जोडको यथार्थता के हुन सक्थ्यो भने– कम्यूनिष्टहरुसंग मिलेर जाँदा पश्चिमा उदार पूजीजीवी राजनैतिक शक्तिको समर्थन नेपाली काँग्रेसले पाउन सक्तैन कि भन्ने कुरा प्रति विपीको सर्तकता ।
तर पुष्पलालको जोड भने वाहिरी समर्थनमा हैन । नेपाली जनताको सक्रियतामा रहन्थ्यो । त्यतिवेलाको नेपालको आन्तरिक राजनीतिका कारण वीपी र पुष्पलाल नेपालको राजनीतिमा सर्वाधिक चर्चित भए । उनीहरुकाबीच आवत जावत र भेटघाट भइरहदा राजनीतिका गंभीर बिषय भन्दा बढी अनौचारिक कुरा पनि हुने गथ्र्ये । तर यदि औपचारिक छलफल गर्नु प¥यो भने सामान्यता अचानक भेटेजस्तो गरी अन्य कुनैठाउँमा भेटगराउने पुलको काम शैलजा आचार्यले गर्ने गर्थिन । शैलजा आचार्य वीपीको भँन्जी मात्र नभएर विपीले राजनीतिमा सवभन्दा बढी विश्वास गरेकी व्यक्ति थिइन् । यसो हुनुको खास कारण चाही नेपालको राजनीतिमा वाहिरी शक्तिहरुको त्यसमा पनि विशेष गरेर शितकालिन शक्तिहरुको अत्याधिक चासो बढ्दै गएको कुराप्रति वीपीको सजकता रहेको हुनु पर्छ ।
२००७ सालको त्रिपक्षीय नेपाली काँग्रेस, राणाहरु र निर्वासित राजाबीच दिल्लीमा जवाहरलालनेहरुको मध्यस्थतामा भएको सम्झौताप्रति असहमती जनाउदै पुष्पलालले भनेका थिए–राणा र राजालाई विश्वास गर्ने कुनै आधार छैन उनीहरुले कुनै पनि बेला वैधानिक सुधारका कुरा खारेज गरेर मध्ययुगीन शैली लागू गर्ने छन् । पुष्पलालले  भने जस्तै प्रधानमन्त्री  बनाइएका मोहन सम्शेरले सबैखाले वैधानिक सुधारका कुराहरु खारेज गरे । यस्तै २०१५ सालको निर्वाचन पछि प्रधानमन्त्री पदमा निर्वाचित विपी कोइरालालाई पुष्पलालले राजालाई बढी विश्वास नगर्न अनुरोध गरेका थिए । दुर्भाग्य २०१७ साल पौष १ गते आयो । त्यसपछि राजनीतिलाई द्वन्दवादी दृष्टीकोणले हेर्नु पर्छ भन्ने संकेत वीपीले प्राप्त गरेको हुनु पर्दछ । त्यसैले उनले नेपालका राजनैतिक बिषयमा कुनैपनि निर्णय गर्नु पर्दा पुष्पलालसंग छलफल गर्ने परम्परा वसाले । यसैकारणले हुनु पर्छ वीपीले राष्ट्रिय मेलमिलापको कार्यक्रम लिएर नेपाल पर्किएपछिको प्रतिवन्धित अवस्थामा र पुष्पलालको मृत्युको खवर सुने पछि आफुलाई “एक्लो वृहस्पति” को महसुस गरेको । यस अर्थमा विपी जयन्ती भनाइरहदा यदि कसैले पनि पुष्पलाल, गणेशमान सिहं र शैलजा आचार्यप्रति श्रद्धान्जलीका दुइशब्द पुष्पगुच्छा स्वरुप टक्राइदैन भने वीपीजयन्तीको सार्थकतामा कमी आउने छ ।
यस अवसरमा स्वर्गिय महान नेताहरु वीपी, पुष्पलाल, गणेशमान,  कृष्ण प्रसाद  र शैलजाप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण  गर्न चाहान्छु । नेपाली नेताहरुमा सदवुद्धी पलाओस् र पुष्पलालले भनेजस्तै संयुक्तता र एकताले मात्र मुलुकले आजको कठिन परिस्थितीबाट मुक्त पाउने छ ।

 

Bookmark the permalink.

One Response to “म एक्लो वृहस्पति”

Leave a Reply

Your email address will not be published. Required fields are marked *