–शशी पौडेल
बेलायतमा एकलाखको हाराहारीमा नेपालीहरुको संख्या पुगेको छ । लगभग आधा सताब्दी पहिले देखि नेपालबाट कामका लागि बेलायत भित्रिने क्रम शुरु भए पनि नब्बेको दशकसम्म अत्यन्तै कम रहेको थियो । यद्यपी नेपाल, भारत र बेलायतवीच सम्पन्न त्रिपक्षीय सन्धी पश्चात दुईसय बर्ष अघि नेपालीहरु गोर्खा आर्मीको नामबाट पेशागत सैनिकका रुपमा बेलायत आउन थालेका हुन् । गोर्खालीहरुलाई ९० को दशक सम्म पनि ज्यादै कम बेलायत ल्याइन्थ्यो । विशेष गरेर सिङ्गापुर प्रहरी र हङ्गकङ्गमा सैनिक सेवामा राखिने गर्दथ्यो । र उनीहरुलाई बेलायतले आवाशिय अधिकार दिएको थिएन । तर विश्व ग्लोवलाइजेशनले संसारलाई एक कुनाबाट अर्को कुनामा चिनाउन सजिलो पारीदियो । अर्कोतिर नेपालमा २०४६ (१९९०) को राजनैतिक परिवर्तन पछि नेपालीहरुले पनि आफ्नो उज्यालो भविश्य हेर्न संसारका विभिन्न मुलुकमा उड्न र गुड्न थाले । र नेपालीहरु बिकशित मुलुकहरु बेलायत, अमेरिका, क्यानाडा, अष्ट्रेलिया एंव युरोपका विभिन्न मुलुकहरुमा मात्र हैन अरवका खाडीमा समेत पुगेर जीविकोपार्जन गरिरहेका छन् ।
जब जब नेपालीहरु संसारका बिभिन्न मुलुकहरुमा स्थाइत्व लिएर बस्न थाले र नयाँ पुस्ताको जन्म दिने र हुर्काउन थाले तव तब उनीहरुलाई एउटा महत्वपूर्ण तर अहिले सम्म अनुत्तरित प्रश्नले सताउन थालेको छ । त्यो प्रश्न हो ‘हाम्रो नयाँ पुस्ताको परिचय के ?’
हो साँचो अर्थमा हाम्रा नयाँ पुस्ताले अव परिचय खोज्न थालेको छ । जव व्यक्ति मातृभूमीमा जन्मिन्छ, हुर्कन्छ र लेखपढ गर्दछ । त्यो व्यक्ति आफ्नो मातृभूमी छोडेर अर्को मुलुक पुग्छ भने उसले हरेक चिजप्रति सम्झौता गरेको हुन्छ । उसको कला, उसको संस्कृति, उसको धर्म, उसको समाज, उसका दिन चर्या, उसको छिमेकी संगको सम्पर्क, भेटघाट, खानपान, रहन सहन आदि आदि । तर उसका सन्तती चाहे विदेशमा जन्मेका हुन्, चाहे उनीहरु नावालक अवस्थामै विदेशीएका हुन् । उनीहरुले यी उपरोक्त कुराहरुसंग कुनै सम्झौता गर्नुपर्ने आवश्यकताको महसुस गर्दैनन् र उनीहरु आफु जन्मे हुर्केको स्थान, क्षेत्र, देशमा आफु त्यत्तिकै अधिकारी ठान्दछन् जति त्यहाँका आदिवासीले ठान्दछन् । उनीहरु त्यहीको स्कूल, कलेज वा विश्वविद्यालय पढ लेख गरेका हुन्छन् र त्यति मात्र नभएर उनीहरु त्यहा“को नागरिक भैसकेका हुन्छन् । यस्तो अवस्थामा उनीहरुले आफ्ना पिता वा माताले गरेको जीवनको सम्झौता गर्न आवश्यक सम्झिदैनन् । तर उनीहरुलाई त्यहा“को आदिवासी समाज, संस्कृति, कला एंव रहनसहनले विदेशी भनिरहेको हुन्छ । यद्यपी उ भाषामा आदिवासी भन्दा अझ उच्च ज्ञाता किन नहोस् । अर्कोतिर उनीहरुले नेपालको कला, संस्कृति, रहनसहन एंव समाजको यथार्थ परिचय पाइरहेको हुदैन । अव उसको सही धरातल अर्थात ठेट नेपाली शब्दमा भन्दा टेक्ने डालो र समाउने हा“गा के त ? यो प्रश्न प्रति अभिभावकहरु अत्यन्त चनाखो हुनुपर्ने भएको छ ।
‘हाम्रो नयाँ पुस्ताको परिचय के ? भेटाउन अत्यन्त जरुरी भएको छ । तर भन्न जती सजिलो छ भेटाउन त्यति गाह्रो छ । अन्यथा हाम्रो आगामी पुस्ता कुईरो भित्र रुमलिएको काग जस्तो हुन कत्ति वेर लाग्ने छैन । र आगामी पुस्ताले हामीलाई उनीहरुले सही बाटो नदेखाएको अनि सही सूचनाबाट वञ्चित गराएको आरोप लगाउने छन् । किनभने उनीहरुसंग नत नेपाली कला संस्कृति, भाषा, भेषभूषा एंव सामाजिक परम्परा रहने छ नत उनीहरु जहाँ अहिले छन् त्याहाँको कला संस्कृति र सामाजिक परम्परामा चुर्लुम्म छन् ।
हामी नेपालीहरुले कता कता लगभग भारतीयहरुको देखासिखि गर्ने तर्फ लागेका छौ तर भारतीयहरु दोस्रो विश्व युद्ध पछि नै बिभिन्न मुलुकहरुका लागि जुत्ताको तना कसेका थिए । त्यतिवेला यी बिकशित मुलुकहरुको राजनैतिक, सामाजिक एंव आर्थिक अवस्था फरक थियो विश्व युद्धले बिश्व झण्डै ध्वस्त थियो । बिश्वलाई र यिनीहरुको सामाजिक परम्परालाई भारतीयहरुले हामीले भन्दा नजिकबाट हेर्न, छाम्न र महसुस गर्न पाएका थिए । कुनै न कुनै रुपमा बेलायतीहरु भारतमा स्थाइत्व जमाइ सकेका थिए । दुई मुलुकको सामाजिक परम्पराको अन्तरबाट भारतीयहरु परिचित थिए । जसका कारणले उनीहरुलाई माथिको प्रश्नले कम सताएको थियो । तर हामी नेपालीहरु यसकुराबाट अनभिज्ञ छौं । नितान्त अलग र छुट्टै परम्परामा आफुलाई समावेश गराउन त्यती सजिलो छैन जति हामी इन्ट्रिगेशनका कुरा गर्छौ । कुरा कुरामै मात्र सिमित हुने छ । मानवजाती प्रकृति र जीव विज्ञानको सिद्धान्तबाट अलग रहन सक्तैन । एउटा भनाई छ रुख पाको भएपछि सार्न सकिन्न, त्यस्तै मान्छे पनि हो ।
केही समय अघि एउटा असाध्य मर्माहत घटना घटेको थियो । घटना यसप्रकार थियो । प्रो डा. कास्यम सत्तरीको दशकको शुरुदेखि जर्मनीको फ्राङ्कफोर्टमै घरजम गरे, एक इराकी नारीसंग जो जर्मनीमै जन्मेकी थिइन् । उनीहरुबाट एउटा छोरा जन्म्यो, पढलेख गरेर काम गर्न योग्य समाजशास्त्री वन्यो । उसको मनमा आफ्ना बाबुआमाको मातृभूमीमा गएर सेवा गर्ने इच्छा जागेछ र उ कामका लागि इराक पुग्यो । इराक जानु अघि दर्खास्त आदि दिएर त्यहाँको समाजकल्याण मंत्रालयमा समाजशास्त्रीको पदका लागि सम्झौतापत्र गरी इराकको राजधानी वगदात पुग्यो ।
जब उ त्यहाँ पुगेर काम शुरु ग¥यो, उसले काम गर्न सकेन । कुनै सरकारी पत्र पढ्न र लेख्न नसक्ने विशेषज्ञका रुपमा उ उभियो । उसले त्यहाँको सामाजिक रहनसहन र परम्परालाई बुझ्न सकेन, त्यहाँको कला, संस्कृति पछ्याउन असक्षम भयो । यस्तैमा उसको दिमागमा थुप्रै कुरा घुम्न थाल्यो र आफ्ना आमावावुलाई सबभन्दा दोषी ठह¥यायो । दुई महिना पछि उ जर्मनी फक्र्यो एक मानसिक रोगीका रुपमा । उसको यो दयनीय अवस्थाका कारण वावुआमावीच झगडा शुरु भयो र अन्तमा उनीहरुको पनि छुट्टीभिन्न भयो । सम्पत्तीका नाममा एउटा छोरा, त्यो आफ्नै गल्तीले विरामी प¥यो । लोग्ने स्वास्नी छुट्टीन प¥यो । उनीहरुलाई आफुले कमाएको भौतिक सम्पत्तिले सघाउन सकेन ।
भविश्यमा नेपालीहरुको पनि यो अवस्था नआउला भन्न सकिन्न । त्यसैले यसबाट बच्न दिन घर्केको छैन, हामीले प्रयास ग¥यौं भने सफल हुने छौं ।
परिचय खोज्दै बिदेशमा नयाँ पुस्ता
Bookmark the permalink.
Yo samasaya ta belayat ma matrai hoina amerika australia Canada jasta mulukma pani chha