— शशी पौडेल
अमेरिकी राष्ट्रपति पदका निम्ति पहिलो चरणको प्रजातान्त्रिक पार्टी भित्रको निर्वाचन लडिरहेका बाराक ओबामाले २३ मे २००८ का दिन गरेको भाषण बीबीसी मार्फत सुन्ने मौका प्राप्त गरेको थिएं । जुन मैले मेरो डायरीमा नोट गरेर राखेको रहेछु । उनले रोबोर्ट केनेडीको सम्मmनामा न्यूयोर्कमा आयोजित एक समारोहमा बोल्दै भनेका थिए “यदि रोबोर्ट केनेडीको आज भन्दा ४० बर्ष अघि निर्वाचन प्रचार प्रसार क्रममा हत्या नभएको भए उनि त्यतिबेला राष्ट्रपति पदको निर्वाचनमा बिजयी हुने थिए । किन भने उनि एक आशाबादी प्रजातान्त्रिक ब्यक्तित्व थिए । उनि दुरदर्शी थिए र उनले भन्ने गर्थे कि सरकार जनता समक्ष पुग्नु पर्छ । जनतालाई इज्जत र न्याय दिन सक्नु पर्छ ।” बाराक ओबामाले दर्शनशास्त्री बर्नाड श ले भने जस्तै गरी अगाडी भने “धेरै जसो मान्छेहरुले सोच्दछन् आफूहरु त्याहाँ छन् तर किन र कसरी छन् ? उनिहरु स्वयंलाइ थाहा छैन । तर म यो सोंच्दछु जुन कुनै कुरा छदै छैन र म त्यही नभएको कुरा माथी प्रश्न गर्दछु यो अर्थात त्यो किन छैन भनेर ? म पनि अमेरिकाका लागि नयाँ भिजन बोकेको रोबोर्ट केनेडी जस्तै आशाबादी ब्यक्ति हूं ।”
बाराक ओबामाले भने जस्तै उनको निर्बाचन प्रचार प्रसारको मोडेल पनि रोबोर्ट केनेडीको जस्तै थियो । ओबामा इलिनोसका जुनियर सेनेटर थिए र रोबोर्ट केनेडी पनि न्यूयोर्कमा सिनेटर थिए । दुबै सिनेटर कुनै ल्ग्यामोरस उपलब्धी बिनाका । रोबोर्ट केनेडीले यथनिक माइनोरिटीका जनसमुदाय र युवा पिढीलाइ उत्तेजित बनाएका थिए भने बाराक ओबामाले अमेरिकी जनताको अप्रिय इराक युद्धको अन्त गर्ने बचन दिएका थिए । त्यसैले अहिले अमेरिकी जनता सामु एक प्रश्न उभिएको छ , त्यो हो के बाराक ओबामाले आफुले बोलेका सबै कुराहरु इमान्दारीताका साथ पुरा गर्न सके त ? त्यो सबै उनका लागि सम्भव रहेन किन भने उनले ठाँउ अनुसार बेग्ला बेग्लै र कही कतै त बिबादास्पद भाषण पनि गरे । त्यतिबेला इन्टरनेशनल हेराल्ड ट्य्रुबनले बाराक ओबामाले कहाँ के बोले भनेर थाहा पाउन छोडिसकेको भनेर प्रतिक्रिया पनि जनाएको थियो ।
रोबोर्ट केनेडीले भियतनाम बिरुद्ध युद्धको समर्थन गरेका थिए । उनले खास गरि आफ्ना दाजु जे एफ् केनेडीको राजनैतिक रणनीतिलाइ आफ्नो रणनीति बनाएका थिए । उनको हत्या भएपछि रिपब्लिकन पार्टीका रिचार्ड निक्शन राष्ट्रपति पदमा निर्बाचित भएका थिए ।
बाराक ओबामा क्यलिफोर्निया पुगेको बेला आफुलाइ एकदम प्रगतिशील उम्मेदवारका रुपमा प्रश्तुत गरेका थिए । प्रगतिशील जनसमुदायले उनको समर्थन पनि गरेका थिए । अनि ल्फोरिडा तिर पुग्दा फिडेल कास्त्रोको राजनितीको आलोचना गर्न पछि परेनन् । किन भने त्यस क्षेत्रमा क्युबाबाट भागेर आएका बहुसंख्यक क्युबालीजनसमुदायको घुइचो छ र उनिहरु फिडेल कास्त्रोको आलोचना सुन्न मनपराउंछन् । त्यस्तै उनि हामसायर पुग्दा नव उदारबादी सिद्धान्तको आलोचना गरे । किनभने त्यस क्षेत्रमा धरैजसो औद्योगिक मजदूरहरु र युद्ध बिरोधी जनसमुदायको बहुमत छ । अव प्रश्न उठ्छ के उनि साँच्चै अमेरिकी सैनिक आक्रमणबाट क्षति पुगेका बिश्व जनसमुदायको पक्षमा थिए त ? इजरायल र प्यालेस्टाइनको राजनितीमा न्यायको पक्षमा छन् त ?
बाराक ओबामाले अमेरिकी जनताको अप्रिय बनेको इराक युद्धको तुरुन्त अन्त गर्ने बचन दिएका थिए । यो बचन उनले आफुले युद्ध मननपराएर दिएको भने होइन बरु निर्वाचनमा बिजयी हुने एक रणनिती थियो भन्ने प्रश्ट बुझिन्छ । किनभने अमेरिकामा इराक युद्ध असाध्यै अप्रिय बनिसकेको थियो ।
बाराक ओबामा २००९को जनवरीमा ह्वाइट हाउसमा पसेपछि उनलाइ आफ्ना भाषणहरु “काँचो पिडालु निल्नु न ओकल्नु” भएको थियो ।
मलाइ अझै पनि सम्झना भएअनुसार उनले हामसायरको निर्वाचन प्रचार प्रसार क्रममा त्यस अघि भनेका थिए “म राष्ट्रपति पदमा निर्बाचित भएपछि अमेरिकाले कुनै पनि बिदेशी मुलुकहरुको आन्तरिक मामला माथि हस्तक्षेप गर्ने छैन ।” यसरी उनले निर्वाचन जित्ने रणनिती तयार पारेका थिए ।
हुनत राजनितीमा निर्वाचनका बेलामा जति सुकै बचनबद्धता गरेपनि निर्वाचन पश्चात सबैजसो नेताहरुले आफ्नो बचनबद्धता बिर्सने गर्दछन् । चाहे बिकशित मुलुक होस वा अबिकशित । फरक के मात्र हुन्छ भने बिकशित मुलुकका जनताले निर्वाचन पश्चात नेताका कठालो समाउन थाल्दछन् , तर गरीव अबिकशित मुलुकका जनताहरु रोजी रोटीकै खोजीमा दिनचर्या बिताउनु पर्ने हुन्छ । बाराक ओबामा, हिलरी ल्किन्टन वा जोन म्याकक्यान मध्य को योग्य थिए वा थिएनन् भन्ने आशय यो पंतिकारको पटक्कै होइन । आशय जुन जोगी आए पनि कानै चिरेकोे भन्ने मात्र हो । डेमोक्रेट वा कन्जरभेटिभ, दुबैले नव उदारबादी नितीलाइनै अगाडी बढाउदै लैजाने हुन् र अमेरिकी बिदेश नितीमा कुनै भिन्नता आउने होइन ।