– शशी पौडेल
लेबर पार्टीको महाअधिवेशनबाट पार्टी नेताको पदमा विजयी भएकोमा बधाई ।
पार्टी नेताको उम्मेदवारको रुपमा प्रचारप्रसार क्रममा तिमीले आफुलाई परिवर्तनको उम्मेद्वार भनेर घोषणा ग¥यौं । तिमीले नया“ लेबर पार्टी अब नया“ पुस्ताले जिम्मा लिइएको छ भन्यौं । त्यतीबेला लाग्यो, कुरा ठिकै ग¥यौं होला परिवर्तन हुन्छकी भन्ने आशा हर बेलायतीले गरेका थिए, तर यी सबै कुरा विश्वास गर्न निर्वाचन प्रचार गर्ने क्रममा भाषण गरेर मात्रै पुग्दैन । सत्य कुरा के हो भने टोनी बेल्यरको पालादेखि पार्टी प“ुजीवादतिर लम्केको हो । पार्टी पुनः समाजवादी प्रजातन्त्र तर्फ फर्किन हचुवा भाषणले मात्र प्रयाप्त छैन । तिमीले आफ्नो प्रतिवद्धता भाषणमा पनि प्रयाप्त विश्वास दिलाउन सकेनौं कि भन्ने मेरो विश्वास रहेको छ । निर्वाचन प्रचार क्रममा तिमीहरु दुई भाई, दुई ध्रुव भएर सिंग जुधाएको देखे पछि मलाई लेबर पार्टी भित्र गहिरिन मन लाग्यो । खोज्दै जाने क्रममा तिमीहरुको पार्टी १९१८ मा प्रतिपादित घोषणा पत्र हातमा प¥यो । सिडनी वेबले प्रस्तुत गरेको र लेबर पार्टीले १९१८ मा स्वीकार गरेको घोषणा पत्रको चौथो बु“दामा लेबर पार्टीको मुल उद्देश्य यसरी प्रस्तुत गरिएको रहेछ ।
To secure for the worker by hand or by brain the full fruits of their industry and the must equitable distribution these of that may be possible upon the basis of the common ownership of the means of production, distribution and exchange and the best obtainable system of popular administration and control of each industry or service.
अहिले सम्म मैले पढेको थुप्रै घोषणा पत्रहरु मध्य उक्त प्याराग्राफ उच्चतम समाजवादी प्रजातान्त्रिक व्याख्या हो भन्न म हिचकिचाउन्न । लेबर पार्टीको शुरुवातदेखि मैले सुनेको र पढेको– यो पार्टी समाजवादी पार्टी भनेरै भेटेको हु“ । र, यो पार्टीभित्र समाजवादी र प्रजातान्त्रवादीहरुको जमघट छ भनेर पनि बुझेको हु“ । तर जब १९९५ मा तिमीहरुले पार्टीको व्याख्या पुनः ग¥यौं त्यही चौथो बु“दालाई परिवर्तन गरि नवउदारवादी दक्षिणपन्थी धार तिर लग्यौं । तिमीहरु सरकारमा छ“दा कन्जरभेटिभ पार्टीले ल्याएको प्राइभेटाइजेसन जस्ता कार्यक्रमहरुलाई समर्थन मात्र गरेनौं कि उनीहरुको शुरुवातलाई अघि बढायौं । यदि तिमीले अब लेबर पार्टीको घोषणा पत्रको चौथो बु“दा पुनः लागू गर्न चाहन्छौं भने बेलायतमा कन्जरभेटिभ पार्टीले शुरु गरेको प्राइभेटाइजेसनको अन्त हुनु पर्छ । यदि तिम्रो नेतृत्वमा रहेको लेबर पार्टीलाई सा“च्चै समाजवाद र प्रजातान्त्रिक पार्टी बनाउन चाहन्छौं । र, ब्रिटेनलाई समुन्नत बनाउन चाहन्छौं भने राष्ट्रिय सम्पत्ति बेच्ने काम बन्द हुनु पर्छ । जस्तै बेलायतको रेल सेवा व्यक्तिगत पूजी नभै पूर्ण सरकारी स्वामित्वमा फर्किनु पर्छ । त्यस्तै हुलाक सेवा, स्वास्थ्य सेवा र युटिलिटी कम्पनीहरुको स्वामित्व पूर्ण सरकारी हुनु पर्दछ ।
गत वर्षको सर्भे अनुसार बेलायतको रेल यात्राको टिकट र युटिलिटी बिल जस्तै ग्या“स, ईलेक्ट्रीसिटी र पानीको बिल अन्य युरोपियन मुलुकहरुको तुलनामा चार गुणा महंगो भएको पाइएको छ । बेलायतको रेल टिकट दर युरोपका अन्य मुलुकहरुमा भन्दा महंगो रहेको छ । त्यस्तै ग्या“स र बिजुली पनि । हो, एड तिमीलाई चारैतिरबाट अवश्य दवाव आउने छ । त्यसै पनि तिमीलाई रातो एडको नाम दिइसकेका छन् । तर तिमीले बेलायतको वर्तमान सामाजिक, आर्थिक र राजनैतिक अवस्था मुल्याङ्कन गर्नु पर्दछ । सर्वप्रथम बेलायतको सामाजिक संरचनालाई हेर्नुपर्छ । राजनीतिले सही ढंगले ट्याकल गर्न नसक्दा हाम्रो समाज दिनप्रति दिन खस्कदो छ । युवा पिढीमा निराशा छाएको छ । माथिल्लो वर्ग मात्र स्कूल युनिभरसिटी जान सक्षम रहेको छ । मजदुर वर्ग शिक्षा हासिल गर्नबाट वञ्चित भएका छन् । यसका मुख्य दुई कारण छ न्– प्रथम उनीहरुलाई पढ्नु पर्छ र देश सेवामा सहभागी हुनु पर्छ भन्ने प्रेरणा राज्यले दिन सकिरहेको छैन । दोश्रो शिक्षा महंगो भैदिनाले मजदुर वर्गले शिक्षा किन्न सकिरहेका छैनन् । जबसम्म ठूलो समुदायमा रहेका मजदुर वर्ग शिक्षित र व्यवस्थित हु“दैनन् तब सम्म सामाजिक संरचनाले स्थायित्व पाउ“दैन । बेलायतको सामाजिक संरचना भत्कीई सकेको छ । यसलाई जोड्नु पर्छ । यसको जिम्मेवारी अब तिम्रो का“धमा आएको छ । बेलायतको आर्थिक अवस्था कमजोर हुनुमा नवउदारवादी राजनीति जिम्मेवार देख्छु म । जुन तिम्रो पार्टीले यस अघि अंगिकार ग¥यो । त्यसो नगर्नु पथ्र्यो । जसका कारणले बेलायतमा भएका उद्योग धन्दा बन्द हुन पग्यो । एमजी रोभर बन्द भयो । जब उद्योग धन्दा बन्द हुन्छ अनि राज्यको आम्दानीको ढोकामा ताला लाग्छ । राज्यको आम्दानीको बाटो बन्द भए पछि राज्यको खर्च के ले चलाउने ? जनताबाट कर उठाएर ? कर पनि त्यतिबेला उठाउन सकिन्छ, जुन बेला जनताले काम, उद्योग धन्दा गरेर आम्दानी गर्न सक्छन् । जब काम, उद्योग धन्दा नै छैन्– कर कहा“बाट लिने । एकातिर भने अर्कोतिर बेलायतको डेमोग्राफी उल्टिईसकेको छ । काम गरेर कर तिर्नेहरुको समुदाय भन्दा वृद्ध भत्ता लिनेहरुको समुदाय ठूलो हुन लागेको छ । जब समाजमा १८ वर्ष देखि ६५ वर्ष सम्मका जुन काम गर्न र कमाउन सक्षम छन् त्यो संख्या भन्दा ६५ माथिको र १८ वर्ष मुनिको संख्या ठूलो भयो भने सरकार त्यसको जिम्मेवार हुनु पर्छ । र, उनीहरुलाई पाल्नु पर्छ । तर के ले ? यी सबै अवस्थाको सृजना गराउन एकहदसम्म नवउदारवादी अर्थनीति जिम्मेवार रहेको छ ।
राजनैतिक पार्टी र पार्टीका नेताहरु नितान्त आफ्नो, आफ्नो पार्टीको स्वार्थ भन्दा माथि उठेर समग्र देश र जनताको निम्ति प्रतिवद्ध हुनसक्नु पर्दछ । राष्ट्र सेवक हुन सक्नु पर्छ । जसले आगामी निर्वाचनका निम्ति मात्र सोचिरहेको हु“दैन कि ऊ आगामी पुस्ताका लागि चिन्तित रहन्छ ।
बेलायत यस्तो मुलुक हो जहा“ निर्यात गर्ने साधन नगन्य छ । जसले निर्यात भन्दा बढी आयात गर्नु पर्छ । त्यस्तो मुलुकले आफ्नो अर्थतन्त्र कसरी चलाउने ? यसको निम्ति बिशेष नीति चाहिन्छ । अहिले सम्म विश्वमा साम्राज्य चलाएर आएको धाक र अमेरिकास“ग मिलेर हात हतियार निर्यात गरेर बा“चेको छ । बेलायत अन्य गरीब मुलुकहरुलाई युद्धका लागि प्रेरित गरेर आफ्नो हात हतियार बेच्नु स्वस्थ राजनीति र अर्थ नीति होइन । यसको बदला बेलायतले शिक्षा र टेक्नोलोजी सप्लाई गर्न सक्ने हुनु प¥यो । युवा पुस्तालाई शिक्षा हासिल गर्न प्रेरणा दिनु प¥यो । गोर्डेन ब्राउनको पालामा शिक्षा सप्लाई गर्ने योजना अन्तर्गत एशिया र अफ्रिकी मुलुकहरुका विद्यार्थीहरुका लागि भिसा सहज गरियो । त्यति खेरको नीति जन्मिनु अघि नै नितान्त गलत नियतले प्रेरित भयो । जसका कारण अहिले सम्म हजारौं विद्यार्थीहरु अलपत्र परिरहेका छन् । कसैले नियमतः काम गर्न पाउने २० घण्टाप्रति हप्ताको काम पाएका छैनन् भने कतिपय आफु भर्ना हुने कलेज नै ब्लाक लिष्टमा परेर अलपत्र परे ।
नया“ पुस्ता आशावादी छन् किन भने तिमीले भन्यौ– नया“ पुस्ताले अब जिम्मेवारी लिएको छ । हामी आशावादी छौं । र, तिमीले थप्यौं– हामी एक भएर बेलायतलाई परिवर्तन गर्ने छौं । अवश्य हो, नया“ पुस्ताले बेलायतको का“ध थापेको छ । तर नीति र योजनाहरु पनि नया“ आउनु प¥यो । अझै कताकता पार्टी मित्र र तिमीभित्रै भ्याकुम देखिएको छ । तिमीले भ्याकुम भर्नु पर्छ । तिमी लेबर पार्टीका नेता मात्र होइनौं प्र.म.का विकल्प पनि हौं । तिमीले विगतका कुराहरु सही ढंगले उठाउन सक्यौं र भविष्यका लागि पनि केही प्रतिवद्धता ग¥यौं तर तिम्रा कामहरु अभै परिभाषित हुनसकेका छैनन् । त्यसैले तिम्रा राजनैतिक, आर्थिक योजनाहरु प्रष्ट र पारदर्शी हुनु प¥यो । तिम्रो आवाज र बोलीमा सत्यता हुनु प¥यो । तब मात्र लेबर पार्टी सा“च्चै परिवर्तन भएछ भन्न पाउने छौं । यदि तिमीले शिक्षा सहज गराएर, प्राइभेटाइजेसन बन्द गराएर देखाउन सक्यौं भने तब मात्र सा“चो अर्थमा नया“ लेबरको मृत्यु हुनेछ । नया“ पुस्ताले जिम्मा लिएको ठहर हुनेछ । आशा छ, तिमीले यो ऐतिहासिक अवसर चुकाउने छैनौं र फेरि एक पटक लेबर पार्टीलाई सा“च्चै बेलायती मजदुरहरुको पार्टी बनाउने छौं । धन्यवाद ।
2 Responses to एड मिलिल्याण्डलाई खुला पत्र