-शशी पौडेल,
महाभारत कथा र युद्धका कुराहरु अहिले पनि नेपाली र भारतीय समाजमा एउटा धार्मिक युद्धकथाका रुपमा लिइने गरेको छ । यसबारे प्रश्न उठाउने र यसबारे अनुसन्धान भए गरेको कुरा प्रकाशमा ल्याइएको कमै पाइन्छ । यस बिषयमा मैले आजभन्दा झण्डै ३१ वर्ष अघि महाभारत कथाबारे एउटा प्रश्न उठाएको थिंए ।
२०४२ सालको कुरा हो, धेरै दिन पछि बिचार साप्ताहिकका सम्पादक करुणा निधी शर्मासंग लगनटोलमा मेरो भेट भयो । उनि भैरहवाबाट काठमाण्डौमा बसाइ सरेका र म पनि । पुरानो मित्रताका कारण एक कप चिया पिउन लगनटोलकै एउटा चिया पसलमा पस्ने निधो गर्यौं । चियाको सुर्कीसंगै पुराना भैरहवामा गरिएका पत्रकारिताका प्रसंग उठे । उनले अचानक मैले त्यतिबेला भैरहवाबाट प्रकाशित हुने दैनिक निर्यायमा यस्तै २०३८, ३९ मा लेखेको लेखबारे चर्चा गरे । त्यो लेख माघमहात्म्य स्वस्थानीको प्रसंगमा थियो ।
उनले मलाइ सोधे, महाभारत कथा बारे तपाइलाइ कत्तिको ज्ञान छ ? अहिले काठमाण्डौमा हरेक आइतबार छरछिमेकबाट पनि जम्मा भएर महाभारत सिरियल हेर्ने र टेलीभिजनमै फुलमाला चढाएर ढोग्नेहरुको हुल बढ्दै छ, के यसबारे केही लेख्न सकिन्छ ?
उनको यो प्रश्नले मलाइ अचानक मेरो बाल्यकालको सम्झना गरायो । मैले होस सम्हाल्न थालेदेखि १२ बर्षको उमेर सम्म अर्थात म स्कूल पढ्नका लागि घर नछोड्दासम्म बर्षमा झण्डै ९ महिना सुनेको महाभारत र रामायणको कथाले मेरो दिमाग एकफन्का घुमायो । हुनत त्यस पछि भने मैले बेला बेलामा एक दुइ च्याप्टर हेर्नु बाहेक महाभारत वा रामायणलाइ पढनै पर्ने पुस्तकका रुपमा हातमा लिएर अर्थात ध्यान दिएर कहिल्यै पढिन यद्यपी मेरो किताब राख्ने दराजमा एउटा महाभारत र रामायणको पुस्तकले मलाइ हेरेर बसीरहेको हुन्छ ।
मैले उनलाइ प्रतिप्रश्न गरें, किन तपाइ महाभारतकथा प्रति सहमत हुनुहुन्न र ? उनले जवाफमा भने म सहमत वा असहमतको कुरा होइन, कुरा मात्र यथार्थताको हो । उनले अगाडि भन्दै गए मैले नास्तिक दार्शनिक नित्सेको पुस्तक अनुबाद गरेर मेरो बिचार साप्ताहिकमा लगातार दिने गरेको छु, यससंग संगै महाभारतका केही प्रसंगलाइ राम्रो जीवनका यथार्थतासंग जोडेर लेख्न पाए राम्रै हुन्थ्यो भन्ने मात्र हो ।
मैले भनें दाइ ! लगातार त म सक्तिन किनभने मैले साप्ताहिक बिमर्शको दाना पानी खाएको छु तर आगामी अंकका लागि भने भोली साँझसम्म एउटा दिने छु भनें । यसरी हामी त्यहाँबाट छुट्टिीयौं ।
त्यतिबेलाको लेख अहिले मैले हुबहु त लेख्न सक्तिन तर मेरो लेखमा मैले महाभारतकथा लेखकको चतुर्याँइ र कथामा देखिएका अमिल्दा प्रसंगलाइ कोट्याउने प्रयत्न गरेको थिंए । त्यहाँ मैले कतै त्यतिबेलानै हिन्दु धर्म बिरुद्ध अर्को शक्ति देखिएको र त्यसको प्रतिनिधित्व धृतराष्ट्रले गरेको होकि भन्ने तर्क पनि अघि सार्ने प्रयत्न गरेको थिंए ।
धृतराष्ट्रपत्नी गान्धारी अहिलेको अफगानिस्थानको गान्धार अहिले कान्दाहार भनिने गर्छ क्षेत्रबाट बिबाह गरी ल्याएकाले उनलाइ गान्धारी भनिने गरेको हो । धृतराष्ट्र अन्धा भएका कारण बिबाह हुनु अघिनै गान्धारका बाइसे चौबिसे राजाका छोरीसंग बिबाह गरे पछि उनिबाट जन्मेको छोरालाइ राजपाठ सुम्पिने बचनबद्धता गरेको कुरा बुझ्न कथामा प्रश्ट यी कुराहरु नलेखिए पनि गाहारो छैन र गान्धारीले आफ्नो भाइ सकुनी मार्फत आफ्ना चाहाना जस्तै छोरालाइ राजपाठ सुम्प्याउने कुरा देखि लिएर हिन्दु धर्मको आचार मुल्य र मान्यता बिरुद्ध पति धृतराष्ट्र र छोरा दुर्योधनलाइ भाइ सकुनी मार्फत उक्साएको कुरा बुझ्न समेत कठिन छैन भनी लेखेको थिंए । यस्तै कथाका अर्का शक्तिशाली पात्र कर्ण, युधिस्ठीर र कर्ण स्वयं भाइ भाइ हुदा हुदै पनि कर्णलाइ युधिस्ठीर बिरुद्ध उक्साएको प्रसंग पनि त्यतीखेरको अबस्थामा हिन्दुधर्मकै बिरुद्धमा एउटा शक्ति योजनाबद्ध रुपमा लागेको तर्क गरेको थिंए । धर्मको नाममा जनतालाइ डर देखाएर राज्य गर्ने र जनता माथी तानाशाही लागुगर्ने हिन्दु धर्मलेनै सिकाएको र खाडी क्षेत्रमा इस्लाम धर्मले त्यही तौर तरिका अनुसार राज्य गरिरहेको र जनता खासगरी महिलाबर्गलाइ मानवका रुपमा नहेरी आफ्नो सम्पत्तीका रुपमा हेर्न सिकाउने कथाका रुपमा महाभारतलाइ प्रस्तुत गर्न खोजेको थिंए । किनकि यद्यपी गान्धारीले भाइ सकुनी मार्फत आफ्नो चाहाना पुरा गर्न र धृतराष्ट्रका तर्फबाट गरिएको बचनबद्धता पुरा गराएर आफु शक्तिशाली बन्ने प्रयत्न गरेको भए पनि (महाभारत कथामा यी कुराहरु भने लुकाउने प्रयत्न गरिएको छ ) तर पर्दा बाहिर भने आफुलाइ अन्धो लोग्नेको स्वास्नी अन्धीनै हुनु पर्छ भने जस्तो गरी आखाँ बाधेर बस्ने गरेको प्रस्तुतीका बिरुद्ध तर्क गरेको थिंए । मेरो तर्क थियो इस्लाम धर्ममा महिलाहरुलाइ मुख छोप्न वा बुर्का लगाउन बाध्य गराउने सभ्यताको बिकाश हुनुको कारण कतै गान्धारीको महाभारतमा भएको पर्दा बाहिरको दैनिकी पनि एउटा त होइन भनी तर्क गरेको थिंए । किनभने यदि हामीले धर्मशास्त्रका कुनै पनि पुस्तक पढ्यौं भने कतै न कतै एकरुपता पाउने छौं, चाहे बेद वा बाइबल चाहे कुरान ।
अनि अन्तमा मेरो तर्क थियो उपरोक्त तर्कहरुबारे लामो र गहिरो अध्ययन, अनुसन्धान गर्नु पर्ने छ । महाभारतकथा वा भनौं महाभारत युद्ध बारे अहिलेसम्म जेजती अध्ययन, अनुसन्धान भएका छन् ती एक तर्फी छन् । महाभारत कथालाइ समाजको दैनिक दिन चर्यासंग मेल खाने र मेल नखाने अर्थात यसका सवल र दुर्वल पक्षलाइ अलग अलग छुट्याएर दुबैकोणबाट अनुसन्धान हुन नसकेका कारणले हाम्रो समाजले यसको सवल पक्ष भन्दा बाह्य पक्षलाइ अंगालेको छ । यस अर्थमा महाभारत कथाले समाजलाइ पुर्णता दिन सकेको छैन ।
महाभारत नरसंहारी युद्ध तर अपूर्ण कथा
Bookmark the permalink.
उ जस्तो बिद्द्वान र जान्ने अरु कोहि छैन भनेर अमिताभ बच्चन 'खुदा गवाह' को सुटिंग गर्न नेपाल आउँदा ईन्टरभ्यु लिन…