-रोशन राइ
गत हप्ता जापानमा एनआरएनएको आठौं क्षेत्रीय भेला सम्पन्न भएको छ । त्यहाँ आउने जमात करिब २ सयको हाराहारीमा थियो । सहभागि व्यक्तिहरुकोबीचमा आफूले बोकी ल्याएको हरियो नेपाली पासपोर्टलाई जापानी अध्यागमन विभागको कठोर निगरानीप्रति उदेकलाग्दो चर्चा भएको थियो । कार्यक्रमको सञ्चालनदेखि अन्तिमसम्म लाग्दथ्यो कि एनआरएनए जापानको कार्यसमितिको औचित्य र उनीहरुको क्षमतालाई केन्द्रले चुनौती दिँदै सायद असक्षमताका कारणले होला– न त त्यहाँका महासचिव न त त्यहाँको अध्यक्षको कुनै भूमिका रह्यो । त्यसो त यसभन्दा अघिको स्पेनको क्षेत्रीय भेलाजस्तै एउटा उदाहरण बनिरहेको थियो । भाग लिन आउनेहरुसँग प्रतिव्यक्ति ८ सय अमेरिकी डलरका दरले करिब १ लाख ६० हजार अमेरिकी डलर सङ्कलन गरिएको थियो । त्यसमा उपस्थित व्यक्तित्वहरुको आफ्नो यात्रा र जापान बसुञ्जेलको खर्च त उसको छँदैछ । त्यहाँ मेरो विशेष चासोको कुरा चाहिँ यस सम्मेलनले विदेश बस्ने नेपाली डायस्पोरालाई कस्तो खालको प्रभाव हुने खालका भावि कार्यक्रमहरु तय हुनेछन् भन्ने थियो ।
क्षेत्रको हिसाबले धेरै महत्वपूर्ण देश देश हो जापान , जहाँ दोस्रो विश्वयुद्धको एकै सातामा करिब ३ लाख ५० हजार संख्यामा मानबीय क्ष्यति भएको थियो । साथै मानव बस्ती र त्यो सुन्दर नगरी हिरोसिमा र नागासाकी आगोको ज्वाला र खरानीमा परिणत भएको थियो । त्यतिखेर ती जापानीहरुले त्यस दिनबाट आफ्नो देशलाई विश्वको सबैभन्दा समृद्ध र मानव इतिहासको एउटा उदाहरणीय देश बनाउने भनी कसम खाएका थिए र प्रण गरेका थिए, । उनीहरुले बनाए पनि ।
प्रसङ्ग हा े जापानमा भएको क्षेत्रीय भेलाको १ उपस्थित सहभागी व्यक्तिहरुको कुरामा धेरै देशप्रेम भए पनि कार्यक्रममा केही देखिएन । तिनीहरुले सम्झिएनन् ती नेपाल आमाका अभागी सन्ततिका आत्माहरु जो निर्भिक रुपमा आज पनि त्रिभुवन विमानस्थलमा हरेक दिन दुई चार जनाको दरले लास बनेर फर्कने गरेका छन् । ती लासहरु आउने देशहरुबाट न त कुनै प्रतिनिधिहरु नै त्यहाँ देखिन्थे न त त्यहाँ कुनै चर्चा गरियो । ती नेपाली चेलीबेटीहरुको पनि चर्चा भएन, जसलाई न त यो संसारको कुनै मानव अधिकारवादीले चर्चा गर्छन् न त आफ्नै देशका एनआरएनएहरुले । ती चेलीहरुलाई आज पनि बाध्यता छ, विदेश जानुपर्ने र परिवारलाई हातमुख जोर्न पर्ने । अझ पनि ग्रामीण क्षेत्रहरुका स्कुलहरुमा बच्चाहरु छानो बिना नै पठनपाठन गर्नुपर्ने बाध्यतामा छन् । आज पनि थुप्रै सुत्केरी महिलाहरु सामान्य उपचारको अभावमा धर्तीबाट बिदा लिनुपर्ने अवस्था छ । ती झुपडी घरका अभागी बालबालिकाहरु शिक्षा र स्वास्थ्यको अभावले अझ पनि ग्रसित नै छन् । यी सबै समस्याको समाधान एनआरएनएको जिम्मा नभए पनि हरेक पटक गर्ने गरिने यस्ता क्षेत्रीय भेलामा गरिने तडकभडक र खर्चिने रकमहरुबाट कुनै गाउँको एउटा स्कुल या कुनै गाउँको एउटा हस्पिटलको सुधार या त खाडीबाट ल्याइने मृतकहरुलाई व्यवस्थित रुपमा समयमा नै नेपाल पु¥याउन सक्ने एउटा संयन्त्रको विकास पनि गर्नका निम्ति कुनै ठूलो कुरा हुने थिएन । नेपालबाट विदेश जाने ती देशहरु मलेसिया, कोरिया, कतार लगायतका अन्य खाडी मुलुकहरुमा जानुभन्दा अगाडि उनीहरुलाई एउटा सीप र तालिमको सामान्य व्यवस्था मिलाउन न त एनआरएनएको लागि ठूलो कुरा थियो न त सरकारको लागि पनि । ताकि यस्तो खालको तालिमबाट त्यहाँ जाने नेपालीहरुले आफ्नो पारिश्रमिक तीन गुणा बढी पाउने थिए ।
यदि यो संस्थाले आफूलाई सामाजिक संस्थाको रुपमा रुपान्तर नगरी यसैगरी अगाडि बढेमा छिटो नै यस संस्थाको सामाजिक हैसियत खस्किँदै जानुको साथै ग्लोबल रुपमा नै दुई चार सय नेपालीहरु बीचको मात्र साझा संस्था हुँदै जान थालेकोमा यस संस्थाका पूर्वजहरु संस्थाको भविष्यप्रति चिन्तित पनि देखिन्छन् । त्यसका निम्ति यो संस्थाका केही संरचनाहरु सुधार गरी खाली यस्ता खालका क्षेत्रीय सम्मेलनमा खर्च हुने समय र पैसालाई सामाजिक कार्यक्रममा सदुपयोग गरेमा भविष्यमा यस खालका कुनै पनि अर्थविहीन कुम्भ मेलाको आवश्यकता देखिँदैन ।
एनआरएनएको अर्को कुम्भ मेला
Bookmark the permalink.
उ जस्तो बिद्द्वान र जान्ने अरु कोहि छैन भनेर अमिताभ बच्चन 'खुदा गवाह' को सुटिंग गर्न नेपाल आउँदा ईन्टरभ्यु लिन…