कहिलेकाँही हामीलाइ राजनेताहरुबाट ठगिएको महशुस हुदा, राजनेताहरुले भ्रष्टाचार गरेको देख्दा, हाकाहाकी ढाँटेको सुन्दा र उनिहरुले मुलुकको समस्यालाइ एकातिर थन्क्याएर अनाबश्यक बुंदाहरु वा जनताको चाहाना र इक्षा बिपरितका कुराहरुलाइ महत्वपूर्ण बनाएर सर्बसाधारण जनताको मनमा असन्तुष्टी मात्र होइनकि आक्रोस समेत पैदा गराएको देख्दा मुलुकमा फेरी एकपटक पुष्पलाल, मनमोहन, बीपी, गणेशमान, कृष्ण प्रसाद भट्टराइ र मदन भंडारी एवं जीबराजहरु जन्मिनु पर्ने महशुस हुने गरेको छ । तर कहिलेकाँही भने यो सोचाइ आफैमा गलत लाग्ने नभएको पनि होइन । किन भने केही समय यता मैले नेपाली राजनितीलाइ अर्कोढंगले बुझ्ने प्रयास गरेको छु ।
मुलुकमा अहिले सम्बिधान बनाउने वा मुलुकका अन्य समस्या जस्तै जनताका गास बासका कुरा, मुलुकमा शिक्षा योजनाका कुरा, मुलुकमा आबश्यक इन्फ्राइस्ट्रकचरका कुरा, अर्थतन्त्र कसरी बलियो बनाउने भन्ने कुरा, भर्खरै मुलुकको बिभिन्न ठाँउमा पैरो र बाडीले जन र धन क्ष्यति पुर्याएका कुराहरु हाम्रा नेताहरुलाइ दोस्रो प्राथमिकतामा परेका छन् । यसैले यी सब कुराहरु थाती राखेर चरी मरेको शोकमा नेताहरु ब्यस्त रहेका छन् । चरीलाइ प्रहरीको गोली लागेर मर्यो । त्यसैले अव आइन्दा चरीले ल्याउने चारो बन्द हुने भयो ।
धत्तेरीका मैले पनि कस्तो भुतुक्कै कुरा नबुझेको वा ? चारो नहाली बल कसरी आउछ त ? जोत्ने गोरुलाइ पनि त जोत्नु अघि घाँस खुवाउनु पर्छ । भोको गोरुले कहिल्यै जोत्छ ? यस्तो ज्ञानका कुरा बुझेका चरीले चारो ल्याउने गर्थे । अव हामीले नेताहरुलाइ मात्र किन गाली गरिरहने । बरु यसो चारोको ब्यवस्था गरिदिन सके हुने थियो कि ।
गाली गर्दा नेपाली जनता र गाली सुन्दा नेपाली नेताहरु अव थाकिसकेका छन् । हुन पनि हो जुनसुकै कुरा पनि धेरै खाएपछि त्यसलाइ पचाउने तागतको पनि बृद्धी हुदै जान्छ यस्तै नेपाली नेताहरुलाइ पनि गाली पचाउने तागतको बृद्धी भैसकेको छ । उनिहरुको कानमा ठेट्नो ठोकिएको छ । उनिहरुको आँखामा पट्टी बाँधिएको छ । उनिहरुको मुखमा बुझो लागेको छ । नलागोस् पनि किन ? भनिन्छ राजनिती माफिया र गुण्डा बिना चल्दैन । संसारका आफुलाइ शक्तिशाली र संसारको प्रहरी भन्न भनपराउने मुलुक त गुण्डाको सहयोग बिना चल्न शक्तैनन् । अरु त अरु के आफुलाइ प्रजातन्त्र र मानब अधिकारको मसिहा भन्न मनपराउने अमेरिकाको राष्ट्रपतिको चुनावमा पुजीबादी माफिया यहुदीहरुको आर्थिक सहयोग बिना कुनै पनि नेताले चुनाव जित्न सक्तैन । भनिन्छ रस्साको राजनितीमा भयंकर माफियातन्त्रले पर्दा पछाडीबाट निर्णय गर्छ र अनिमात्र मुलढोकाबाट बाहिर निकालिन्छ । भ्रष्टाचार, अपराध र गुण्डागर्दी नभएको राजनिती सायद हुदैन होला । यसको स्वरुप र आकारमा मात्र फरक हुने हो । त्यसो भन्दा पनि राजनितीको पर्दा भित्र गरिने अपराध, भ्रष्टाचार र गुण्डागर्दी कुन हदसम्म सार्वजनिक हुन्छ भन्ने प्रश्नले मात्र यसको निक्र्योल गर्ने गरेकोछ ।
एक बर्षका लागि भनि निर्बाचित सम्बिधान सभाको झण्डै ९ महिना अबधी बित्दा सम्म पनि मनोनित हुनु पर्ने २६ सम्बिधान सभासद मनोनित हुन सकेका छैनन् । एक अर्थमा यो पनि एउटा अप्रत्यक्ष भ्रष्टाचार हो, अपराध हो । समयमै सम्बिधान बन्ने र सम्बिधान बनेपछि राहत पाउने आशा र आकांक्षा लिएका तीन करोड नेपाली प्रति राज्यसत्ताले गरेको बेइमानी हो । सत्ताधारीहरुले गरेको नेपाली जनता माथिको गुण्डागर्दी हो । नेपालको राजनितीको हरेक कुनामा बेइमानीतन्त्र मौलाएको छ । गुण्डागर्दीले मलजल पाएको छ । सर्वसाधारण जनता अपमानित र असुरक्षित हुदै गैरहेका छन् । बहुसंख्यक नेपालीहरुमा आज बाँचे पनि भोली के खाने ? भन्ने चिन्ताले सताउन छोडेको छैन । राजनितीक नेताहरु दिन दुगुना रात चौगुना मटाइ रहेका छन् । हुनेखाने र पेटमा पटुका कस्नेहरुबीचको दुरी बढ्दो छ । यदा कदा भएको मध्ययम बर्ग पनि अस्ताउदो छ । यो समग्रमा भन्दा नेपाली राजनितीमा बिष भरिएको हो ।
राजनितीमा बिष भरिएपछि
Bookmark the permalink.
उ जस्तो बिद्द्वान र जान्ने अरु कोहि छैन भनेर अमिताभ बच्चन 'खुदा गवाह' को सुटिंग गर्न नेपाल आउँदा ईन्टरभ्यु लिन…