— करुणा पौडेल
झण्डै चार बर्ष अघि एन् आर एन बेलायतले ट्रिवुट टु द लिजेन्ड नामक एक सांगीतिक कार्यक्रम गरेको थियो, करुणा पौडेलले त्यसैको समीक्षा गरेकि थिइन् । यो लेख त्यतिबेला बेलायतबाट प्रकाशित हुने एभरेष्ट टाइम्सले प्रकाशन गरेको थियो । यसमा समेटिएका बिचारहरु अझै पनि सान्दर्भिक भएकाले यहाँ पुन दिएको छु । । यो लेखको शिर्षक थियो “ट्रिवुट टु द लिजेन्ड एक महिलाको आँखामा” ।(द ल्गोबल डट को डट गुके )
एनआरएन यूकेले गत ११ अप्रेलका दिन वेलायवासी समग्र नेपालीहरुलाई नयाँ वर्ष २०६७ को हार्दिक शुभकामना व्यक्त गर्दे नेपाली आधुनिक गीतका श्रष्टा सदास्मरणीय तारादेवी, नारायण गोपाल, गोपाल योञ्जन, अरुणा थापा, अरुणा लामा प्रति अनुकरणीय सम्मान ग¥यो । संयोगले तारादेवीको १९ औ पुण्य तिथी पनि त्यसै दिन परेको रहेछ ।
जसरी यस कार्यक्रमको प्रचारप्रसार गरिएको थियो । त्यसरी नै यस क्षेत्रमा वस्ने नेपालीहरुवाट पनि उक्त कार्यक्रमको सम्मान साथ उपस्थिती देखाए ।
कुनै पनि कार्यक्रम गर्दा गल्ती कमजोरी नहुने भन्ने त अपवाद मात्रै होला । कार्यक्रमको शुरु शुरुमा भ्वाईस सिस्टमले चाहेजती सघाउन नसकेपनि कार्यक्रम आयोजकको विश्वास र मेहनतका कारण पुर्ण सफल रहयो ।
आफु जन्मिनु भन्दा पहिले अरु कसैले गाएको गीत गाएर श्रष्टाको सम्झना गराएर श्रोताहरुलाइ आ—आफ्नो अतित तिर फर्काउन सकेका कलाकारहरु शर्मीला वर्देवा, सितु खरेल, विवेक श्रेष्ठ, सपन राई लगायत यु एण्ड अस व्याण्डका गायक संगीतकार एंव वाध्य वाधनमा संलग्न युवाहरुको धैर्यता अनुकरणीय थियो । कार्यक्रममा राजनीतिज्ञ वा कुन गोराको उपस्थिती थियो र अव कस्ले भाषण गर्छ भन्ने भन्दा पनि समग्र श्रोतागणले अब अर्को गीत कति खेर प्रस्तुत हुन्छ भनेर उत्सुकता प्रदर्शन गरेको प्रस्ट बुझिन्थ्यो ।
संगतिले मान्छेलाई व्यापक एकतामा पु¥याउछ । वैयक्तिक इर्षा र द्वेषलाई हटाउछ । भनिन्छ जीवनकालमा गीत नगाउने ब्यक्ति नै हुदैन । चाहे उसले नुहाउदा पानीको धारा मुनी उभिएर होस । चाहे मंचमा चाहे अन्यत्र कतै । तर गाउनुका भाँती हुन्छन् , कला चाहिन्छ । त्यही भाँती र कला भएकाहरुलाइ गायक भनिन्छ । तिनहिरुनै रेडिङको मंचमा उभिएका थिए ।
विविसि नेपालीसेवामा कार्यरत सुमन खरेल, विविसि नेपालीसेबाका पुर्व कार्यरत खगेन्द्र नेपाली एंव विमला सुव्वाले पनि आफ्नो उद्घोषण गर्न सक्ने कला देखाउन पछि परेनन् । लामो समयसम्म रेडियोमा आफ्नो स्वर सुनाउदै आएका हस्तीहरु के कम हुन्थ्ये, कार्यक्रमलाई रोचक बनाई छाडे । यदि कार्यक्रमलाई यो भन्दा वढी औपचारिकता दिन खोजेको भए सायद त्यती रोचक हुने थिएन होला ।
गीत, संगीतकोे आलोचना वा समालोचनाका दुई मापदण्ड हुन्छन् । बिषयबस्तु शब्दचयन र कलात्मक । अर्थात भाषात्मक र कलात्मक । सर्वप्रथम त्यो गीतले के भन्न खोजेको छ, कुन परिस्थिती र परिवेशमा सृजना गरिएको हो र दोस्रो त्यसलाई कसरी प्रस्तुत गरिएको छ वा कलात्मक । यहाँ एक राजनैतिक मापदण्ड र दोस्रो कलात्मक मापदण्ड छ । यी दुईमा के सम्बन्ध छ त ? राजनीतिलाई कलाको दाजोमा राख्न सकिदैन । नत व्यापक विश्व दृष्टिकोणलाई कलात्मक सृजना र आलोचना वा समालोचनाको पद्धतीको दाजोमा राख्न सकिन्छ । अमुर्त र विलकुलै अपरिवर्तनशील कलात्मक मापदण्ड हुन्छ भन्ने कुरालाई पनि मान्न मिल्दैन । प्रत्येक वर्गिय समाजमा हरेक वर्गको आफ्नै राजनीतिक र कलात्मक मापदण्ड हुन्छ । तर सवै ठाँउमा यो कुरा लागु नहुन सक्छ । यती हुँदा हुदै पनि सवै वर्गिय समाजमा सवै वर्गले अनिवार्य रुपवाट राजनैतिक मापदण्डलाई पहिलो र कलात्मक मापदण्डलाई दोस्रो स्थान दिएका हुन्छन् । साहित्य श्रष्ठाले कत्तिको प्रगतिशिल साहित्य सृजना गर्न सकिन्छ भन्ने कुरा तत्कालिन परिस्थिती र परिवेशले निर्देशित गरेको हुन्छ । त्यस अर्थमा कोइली देवी, तारादेवी वा अरुण लामाले पूँजीवादी सामन्तवादीहरुकालागि मात्र गीत गाएका थिए भनेर आरोप लगाउन मिल्दैन । बरु तत्कालिन परिवेशलाई मूल्याङ्कन गर्दा उनिहरुको कदम प्रगतिशील थियो भन्दा हिचकिचाउनु पर्दैन ।
राजनीति र कलाको एकता, विषयवस्तु र कलात्मक रुपको सर्वोच्च संभव पूर्णताको एकता हो । राजनैतिक रुपमा जति सुकै प्रगतिशिल भएपनि कलाका कृतिहरुमा कलात्मक गुण भएन भने त्यो गीत वा संगीत वन्न सक्तैन । त्यो त एउटा नारा मात्र वन्न जान्छ ।
भनिन्छ साहित्य विधा जाहे गीत, गजल, कथा, कविता निवन्ध होस । यी सवैमा तत्कालीक सामाजिक, राजनीतिक अवस्थालाई इङ्गित गरिएको हुन्छ । त्यसमा पनि गीत भनेको लेखेर मात्र पुग्दैन यसलाई संगित भर्नुपर्छ । त्यतिले मात्र कहाँ पुग्छ र गाउन सक्नु पर्छ । गांउनु पनि भीर पाखा कन्दरामा घांस दाउरा गर्दा वा नुहांउदा पानीको धारा मूनी मात्र हैन । विशाल जुनसमूहका सामुन्य उभिएर त्यो स्वर प्रस्फुटन हुनुपर्छ । खुट्टा लगलग काम्छन् । हात, ओठ र जिव्रो थरथराउन थाल्छन् । एउटा भाषणकर्ता जव समुहमा उभिन्छ , उ पनि काम्न थाल्दछ । उसले त वरु आफुलाई मनमा लागेको कुरा आफनो स्वरमा वाहिर ओकल्ने हो । तर गीत गाउनु भनेको अरुले लेखेको वाक्य अरुले गाएको स्वरमा अनि वाध्यवाधनको तालमा गाउनु कम कठिन छैन ।
यस्तो जमाना थियो कि छर छिमेकमा भजन वा रामनाम गाँउदा समेत हामी केटीहरु भजन सुन्न वा गाउन मनलागेर गाउने समुहमा वस्यौं भने मात्र पनि “तिमी केटहिरु हो गइहाल । यहाँवाट भागीहाल गाउने ठाँउमा बिग्रन बस्ने होइन” भनेर हामीलाइ भगाइन्थ्यो । नेपालको त्यतिबेलाको त्यसप्रकारको सामाजिक संकिर्णता भित्र उकुस्मुकुसिएको सामाजिक अबस्थामा पनि नेपालवाट भारतको एक अजंगको शहर कलकता सम्म पुगेर गीत रेर्कड गरेर हामी नेपालीको मन जीत्न सक्ने कलाकारहरु सदास्मरणीय तारादेवी, अरुणा थापा, अरुणा लामा प्रति मरो व्यक्तिगत तर्फवाट पनि आदरपुर्ण सलाम गर्न चाहन्छु ।
राजनीतिलाई कलाको दाँजोमा राख्न सकिदैन
Bookmark the permalink.
उ जस्तो बिद्द्वान र जान्ने अरु कोहि छैन भनेर अमिताभ बच्चन 'खुदा गवाह' को सुटिंग गर्न नेपाल आउँदा ईन्टरभ्यु लिन…