-शशी पौडेल
गत बिहिबार आस्तानामा युरेसियाको न्वारन भएको छ । यद्यपी यो २०१० सालमै रसियन राष्ट्रपति ल्भादिमिर पुतिनको सक्रीयतामा जन्मेको हो । यसको गठनकालमा चार मुलुकहरुको सदस्यता थियो । रस्सा, बेलारुस, काचास्थान र युक्रेन । यो संगठन खासगरि यी चार मुलुकहरुबीच स्वतन्त्र बन्द ब्यापार गर्ने उद्धेश्यले परिकल्पना गरिएको हो ।
यो बर्ष रसियन राष्ट्रपति ल्भादिमिर पुतिनलाइ साढे साती दशाले घेरेको हुनु पर्छ । उनलाइ वीन्टर ओलम्पिक सोचीबाट सुरु हुदै सेवार्तोपोल, क्राइमेया सम्मको यात्रामा अनगिन्ती काँढाहरु बिझे । थुप्रै तगाराहरु भत्काउनु पर्यो उनले । तर पनि उनले आफ्नो यात्रामा बिश्राम गरेका छैनन् र अहिले २०१० सालमै उनले परिकल्पना गरेको युरेसियाको गति दिन आफ्ना छिमेकी मुलुकहरु बेलारुस र काचास्थानका राष्ट्रध्यक्ष्यहरुलाइ निम्त्याइ सोभियतसंघको भूमिमै यसको न्वारन गरे । “युरेसिया” । तर यसको परिकल्पना ताकको जगको एउटा बलियो इटा भने बाहिरिएको छ ।”युक्रेन” । यो संगठन बिशुद्ध स्वतन्त्र अर्थतन्त्रको सरलिकरणकालागि भनिएको छ । र यसको चरित्र हेर्दा ६० को दशकमा कोइलाको ब्यापारका निम्ति भनि गरिएको युरोपियन संगठन गठनकालको जस्तो बुझिन्छ ।
रसियन राष्ट्रपति ल्भादिमिर पुतिनद्धारा यसप्रकारको संगठनको परिकल्पना गर्दा यसमा युक्रेन पनि सम्मिलित थियो । यो संगठनको परिकल्पना कालदेखिनै युरोपियन युनियनले आफ्नो प्रतिद्धन्दीका रुपमा हेरिरहेको थियो र यसको न्वारन अघिनै यसको मुन्टो निमठ्ने प्रयास स्वरुप युरेसियालाइ कसरी छिन्न भिन्न पार्ने भन्नेमा युरोपियन युनियनको एउटा पंती सक्रीय थियो । त्यो पंतीको नेतृत्व जर्मनीले गरेको थियो । रस्सालाइ कमजोर नपारे सम्म युरेसिया छिन्न भिन्न हुदैन भन्ने युरोपियन युनियनले बुझेको थियो । अझ खासगरि रस्सा भन्दा पनि राष्ट्रपति पुतिन यसको बलियो खम्बा हुन् भन्ने युरोपियनहरुको बिस्वास रहेको छ । त्यसैले २०१० सालमै युरोपियनहरुले अमेरिकासंग यसको बिरुद्ध जान गुहार मागेका थिए । युरोपियनहरुले त्यसप्रकारको गुहार मागे पछि अमेरिका र रस्साबीचको तनाव अझ बढ्यो । अमेरिकाले भारत, चाइना र पूर्बी एसियासंग ब्यापार बढाएर रुसलाइ कमजोर बनाउने योजना तय गर्यो तर अमेरिकाको त्यो चालले युरेसियालाइ त्यति प्रतिकूल प्रभाव पारेन । युरोपियन युनियनले पनि आफ्नो तर्फबाट युरेसिया फुटाउने हर प्रयत्न गरे । युरोपियनहरुको प्रयत्न बाबजुद पनि युरेसिया अगाडि बढ्दै गयो र जुलाइ २०११ देखि यी मुलुकहरुमा हुने बन्दब्यापारमा भंसार छुट गर्ने निर्णय गरे । यो निर्णयले युरोपियन युनियनलाइ झन ठुलो पिडा दियो । युरेसिया फुटाउन थुप्रै राजनैनिक एवं आर्थिक दवाबहरु परे । तर युरोपियन युनियनको कुटिल चाल भने सफल भएन । त्यस पछि यिनीहरुले युक्रेनी मुलको बक्सिंग खेलाडी भिटाली ल्किच्कोभलाइ किन्न सफल भए । अनि भिटाली मार्फत २०१२ को अन्ततिर देखि पश्चिम युक्रेनमा पेट्रेल छर्कन थाले । सलाइ कोर्ने मौका हेर्दै थिए । अनि नोभेम्बर २०१३मा जर्मन चान्सलर अंगेला मेर्केलले युक्रेनको राजधनी किभमा आगो सल्काइन् । यसरी युरोपियन युनियन युरेसियाको जगको एउटा इटा भत्काउन सफल भयो ।
२०१०मा यसको परिकल्पना गर्दा यसका थुप्रै सकारात्मक पक्षहरु थिए । पुर्व योजना अनुसार जुलाइ २०११ देखि रस्सा, बेलारुस र काचास्थानबीचको बन्द ब्यापारमा भंसार छुट गरिएको छ । त्यसको एकबर्ष पछि संयुक्त आर्थिक योजनाको बिकाश गरेका छन् । आगामी १ जनवरी २०१५ देखि यी तिन मुलुकमा तीनै मुलुकका मुद्रा संचालन गरिने र कामदारहरुका लागि भीसा र वर्क परमिट छुट गर्ने योजना तय गरेका छन् । त्यस पछि यसको युरेसिया आर्थिक कमिशन भनी नामाकरण गर्ने भएका छन् । यो नाम राख्न नदिन ब्रसेल्सले नाटो समेतलाइ प्रयोग गरेर बिरुद्धमा उत्रिएको छ ।
युरेसियाको घोषणा पत्र र उनिहरुले तय गरेका कार्यक्रमहरु हेर्दा यो युरोपियन युनियन भन्दा नितान्त भिन्न छ । युरेसियाको घोषणा पत्रमा कुनै राजनैतिक संकेत छैन । युरेसिया भित्र रस्सामा मात्र तीन चौंथाइ भन्दा बढी जनसंख्या रहेका छन् । अस्सी प्रतिशत भन्दा बढी अर्थतन्त्र रस्सामा मात्र रहेको छ । भूभागको हिसाबले पचासी प्रतिशत भूभाग रस्सामै रहेको छ ।
युरेसिया युरोपियन युनियनको प्रतिद्धन्दी किन पनि हुन सक्तैन भने वर्लड पपुलेशनक रिपोर्टका अनुसार युरोपियन युनियन भित्रका २८ मुलुकहरुमा गरी ५०५,७ मिलियन जनसंख्या बसोबास गर्दछन् भने रस्सामा १४३,५ मिलियन, काचास्थानमा १७,५ मिलियन र बेलारुसमा ९,४ मिलियन गरी जम्मा जम्मी १६०,४ मिलियन मात्र बसोबास रहेको छ । त्यस्तै अर्थतन्त्रका हिसावले हेर्यौं भने पनि सम्पूर्ण युरोपियन युनियनको बार्षिक आम्दानी १७३७१ त्रिलीयन युएस् डलर रहेको छ भने रस्साले जम्माजम्मी बर्षमा २१०० त्रिलीयन डलर आफ्नो तराजुमा जम्मा गर्छ । त्यस्तै काचास्थानले २२० त्रिलीयन र बेलारुसले ७२ त्रिलीयन । युरोपियन युनियनले युरेसियाको जगको एउटा इट्टा भत्काइदिदा ४५ मिलियन जनसंख्या कम हुन गएको छ । जुन युरेसियाकालागि दोस्रो बलियो जग हुनेथियो । यसको परिपूर्ती गर्न युरेसियाले अव आफ्ना पूर्व सोभियत युनियनबाट स्वतन्त्र भएका मुलुकहरु मात्र होइन कि आर्थिक शक्तिशाली मुलुकहरु जस्तै मंगोलिया, चाइना र रस्साका अन्य पूर्बी छिमेकी मुलुकहरुबीच बिस्तार गर्नु पर्ने छ ।