-शशी पौडेल
चुनाव जित्न जति गाहारो हुन्छ त्यो भन्दा दशौं गुना गाहारो हुने रहेछ आफुले दिएको बचन पुरा गर्न । त्यही गर्न नसकेर अरबिन्द केजरीवालले दिल्लीको मुख्यमंत्रीको पद छोड्नु पर्यो र अन्तत लोकसभाको चुनाव समेत हार्नु पर्यो । आधा बर्ष अघि नेपालीहरुका फेसबुकका भित्ता रंगाउने अरबिन्द केजरीवालको पार्टीले पञ्जाबका चार पदमात्र लिन सफल भए । अर्कोतिर सत्ताधारी पार्टी कांग्रेस पार्टीले नराम्रो हार खान बाध्य भयो । स्वतन्त्र भारत पछिको इतिहाँसमै काँग्रेसको यो हार सबभन्दा नराम्रो हार रह्यो भने जनता पार्टीका नरेन्द्र मोदीले पूर्ण बहुमत ल्याउन सफल भए ।
स्वतन्त्रता पछि भारतमा भएका निर्वाचनमा कुनै पनि पार्टीले सरकार बनाउन क्षेत्रिय पार्टीको सहयोग बिना प्राय असमभव हुन्थ्यो । तर यसपाली भने नरेन्द्र मोदी एक्लै सर्बे सर्बा हुने भएका छन् । केही अपबाद क्षेत्रीय पार्टी छोडेर थुप्रै क्षेत्रीय पार्टीहरु संसदबाट बाहिर बस्न बाध्य भएका छन् । जस्तै उत्तर प्रदेशमा समाजबादी पार्टीलाइ ठुलो धक्का लाग्यो भने हाम्रो छिमेकी उत्तर प्रदेशको दोस्रो ठुलो पार्टी मानिने पार्टी बहुजन समाज पार्टीले एउटा पद पनि लोकसभा भित्र पसाउन सकेन । यस्तै हाम्रो पूर्बी छिमेक बिहारमा पनि यस्तै अवस्था रह्यो । बिहारका निकै चल्तापूर्जा मानिने राज्यस्तरीय पार्टी जयदु र राजद दुबै लोकसभामा प्रतिनिधित्व गर्न पाएनन् । बिहारकै एक अर्को जनशक्ति पार्टी(राम बिलास पासवान) ले भने भारतीय जनता पार्टीसंग गठबन्धन गरेका कारण लोकसभा भित्र पस्ने मौका पायो ।
पश्चिमेली संचारसाधनले यदि भारतमा नरेन्द्र मोदी निबाचित भएको खण्डमा भारतमा बसोबास गर्ने अन्य धर्माबलम्बीहरुको सत्यानास हुने जस्तो गरि मोदीको बिरोधमा प्रचार प्रसार गरे पनि अति अल्पसंख्यक हिन्दु बसोबास गर्ने प्रान्तहरु जस्तै बहुसंख्यक मुसलमानहरुको बसोबास रहेको पश्चिम बंगाल, बहुसंख्यक क्रिस्चियनहरुको बसोबास रहेका दक्षिणी प्रान्तहरु तमिलनाडु, ओडिसा, आन्द्रप्रदेश, कर्नाटक आदीहरुबाट पनि भारतीय जनता पार्टी खालीहात हुन परेन ।
त्यति मात्र नभएर ९० प्रतिशत भन्दा बढी बुद्धिष्टहरुको बसाइ रहेको लडाकामा समेत यसले जीत हासिल गर्यो ।
महाराष्ट्र मा जवकि तीनै(हिन्दु, मुसलमान र क्रिस्चियन) धर्माबलम्बीहरुको बराबर बसाइ रहेको तथ्यांक केही समय अघि पश्चिमेलीहरुले अघि सारेका थिए र जर्मनीबाट प्रसारण हुने राष्ट्रिय रेडियो सेवा “डचे,वेले”ले मुम्बइमा हिन्दुहरु भन्दा मुसलमानहरु सम्पन्न भएका कारणले नरेन्द्र मोदीको पार्टीले त्यति ठुलो प्रभाव पार्न नसक्ने भनी हिन्दुहरुलाइ हतोत्साहित पार्ने खालको समाचार प्रसारण गरेको थियो तर त्यहाँ नै ४८ स्थान मध्य २३ स्थान भाजपाले र १८ स्थान शिबसेनाले हत्याउन सफल भए ।
मेरो आसय यहाँ नरेन्द्र मोदीको जीतको प्रसंसा गर्ने पटक्कै होइन, मात्र केहो भने कसरी यी पश्चिमेलीहरुले आफ्नो धर्म गरीव मुलुकहरुको राजनीतीमा घुसाएर आफ्नो स्वार्थ पूर्ती गर्छन् भन्ने मात्र हो । अनि मलाइ अनौठो लागेको कुरा केहो भने यी पश्चिमेलीहरुले नरेन्द्र मोदीलाइ हिन्दु धर्मको प्रतिनिधीका रुपमा उभ्याएर बिरोध गर्दा पनि क्रिस्चियनहरुको बाहुल्य भएका प्रान्तहरुबाट पनि भारतीय जनता पार्टी निर्वाचित हुनु ?
यसको मतलव मैले के बुझ्ने कोशिष गरेको छु भने अव संसारभरका जनताको ध्यान मास्लोभले गरेको मानवको आवश्यकताको पिरामिडको ब्याख्या तर्फ आकर्षण भएको छ । किनभने मास्लोभले “धर्मको आबश्यकता तव मात्र महसुस हुन्छ जव मानिसलाइ बाँच्नका लागि चाहिने न्यूनतम आबश्यकता पुरा हुन्छ” भनि ब्याख्या गरेका थिए । खान नपाएको पेटलाइ “ल पहिले तँ मन्दीर,चर्च वा मसजिद गएर प्रार्थाना गरेर आइज अनि मात्र तलाइ खान दिने वा नदिने भन्ने बारे सोंचुला” भन्यो भने उसले यो कुरालाइ पत्यार मान्य छैन तर “ल तँ भोकाएको छस् पहिले खा अनि त्यस पछि प्रार्थाना गर्न जाँउला भन्यो भने बरु ल पहिले प्रार्थाना नै गरौं न” भन्ने छ ।
अव अर्को प्रसंग
केही समय पहिले मैले नेपाली संचार माध्यममा “यदि नरेन्द्र मोदी भारतको प्रधानमन्त्री निर्बाचित भएमा नेपाललाइ पुन हिन्दु राज्य बनाउन सघाउ पुग्ने छ ।” भनेर लेखेको पढेको थिंए । अनि त्यतिबेलानै मैले केही साथीहरुसंग यसबारे छलफल चलाउने प्रयास गरेको थिंए । तर पछि मैले नै भारतको निर्वान सकिएकै छैन यसबारे के कुरा गर्ने भन्ने सोचेर आफै पछि हटें । तर अव भने यसबारे चासो राखेर र छलफल चलाएमा प्रासांगिक हुने छ ।
के साँच्चै नरेन्द्र मोदी नेपाललाइ हिन्दु राज्य बनाउने भन्ने सवालमा दत्तचित्त होलान् ? सर्व प्रथम यो प्रश्नको उत्तर खोज्नु जरुरी हुन्छ । मेरो बिचारमा नरेन्द्र मोदीलाइ आगामी दिनमा यो भन्दा अन्य चुनौतीहरु बढेर आउने छन् । जस्तै मोदीकालागि सवभन्दा ठुलो चुनौती उनको यो आफ्नो सफतानै हुने छ । यस बाहेक भारतीय जनतामा उनिप्रति पलाएको आशा अर्को चुनौती हुने छ । किनकि उनी हिन्दुहरुको मात्र भोटले बिजयी भएका होइनन् । अर्कोतिर उनको भारतमा अलग्गै ढंगको छबि रहेको छ । उनी भारतीय राजनितीमा मात्र होइनकि भारतीय समाजमा पनि अत्यन्त बिबादित ब्यक्तित्यका रुपमा परिचित छन् । उनी राजनितीमा परिचित भए देखिनै मुसलमानहरुले उनीमाथी हिन्दुत्वको प्रतिनिधीका रुपमा आरोप लगाउदै आएका छन् ।
हो उनलाइ सरकारभित्र आफ्ना कुराहरु लागु गर्न सहज हुनेछ किन भने उनको सरकार एकलौटी सरकार हुने छ । तर पनि आफ्नै देशभित्रको समाजमा एकता ल्याउन उनलाइ हम्मेहम्मे पर्ने छ । किनभने उनी धार्मिक बिबादको छवि भित्र परिसकेका हुनाले उनको नेतृत्वको सरकारले पनि यो आरोप खेप्नु पर्ने छ । हो त्यही सम्भावनालाइ कम गर्न “बहुजन हिताय, बहुधर्म हिताय”को कार्यक्रम ल्याउनु बाहेक उनका अगाडि अर्को बिकल्प रहने छैन । सरकारमा नरहँदा अर्थात कम जिम्मेवारी हुदा गरेका बचनबद्धताका मूल्य र मान्यता र जिम्मेवारी संहाली सकेपछि गरेका बचनबद्धताका मूल्य र मान्यता फरक हुने गर्दछन् । हिजो उनि यदि हिन्दुका पक्षमा मात्र बोले भने कुनै राज्य उलट पुलट हुनेवाला थिएन तर अवको अवस्था त्यो रहने छैन । त्यसैले कमल थापा वा ज्ञानेन्द्र शाहाका आशाका किरणहरु दिल्लीबाट निस्किनु अघिनै अन्तरिक्षमा बिलाउने छन् जसरी कतिपय अपराधपूर्ण घटनाहरु समेत इतिहाँसको गर्भमा बिलाउदै आएका छन् जस्तै बिरेन्द्रको बंशनास गराउने अपराधी पत्ता लगाउने वा मदन, आश्रितका हत्यारा पत्ता लगाउने काम ।
अर्को तिर नरेन्द्र मोदीलाइ अन्तरराट्रिय स्तरमा ल्किन छबि बनाउन पनि त्यति सहज हुने छैन किनभने उनका अगाडि यस अघिको आफ्नै बिबादित छबिका कारण इन्ट्राकन्ल्फिक्ट(आफै भित्रको बिबाद) पलाउने छ । हेरौ भित्र – भित्रै पलाउने यस प्रकारको इन्ट्राकन्ल्फिक्ट(आफै भित्रको बिबाद)को सामना नरेन्द्र मोदी कसरी गर्ने छन् । फुर्सद भए यो पनि पढ्नुहोस् theglobal.co.uk/केजरीवालको-लडाइ-मन्त्रा/
Like us on Facebook
Categories लेख तथा समाचार
Monthly Magazine मासिक-पत्रीका
Coming Soon..................