शशी पौडेल
वुद्ध धर्मका धर्मगुरु दलाइ लामालाई अमेरिकी एंव पश्चिमेली शक्तिहरुले तिब्बतको सिमित घेरा भित्रको चीन विरोधी राजनीतिमा सक्रीय गराउदै आए । दलाई लामालाई मात्र तिव्वतको नेता बनाई चीन विरोधी राजनीतिमा सक्रीय गराउनु उनको अपमान हो । उनी त अलास्का देखि दक्षिण अफ्रिका सम्म र जापान देखि अष्ट्रेलिया सम्म, समग्र विश्वमा बस्ने रहने मानव जातीका आदर पुरुष हुन् र विश्वमा छरिएर रहेका वुद्ध धर्मावलम्वीहरुका धर्म गुरु हुन् । गत बर्ष देखि वल्ल दलाई लामाले आफ्नो जिम्मेवारी तिव्वतको मात्र नभै समग्र विश्वको हो भन्ने बुझेको अनुभूति भएको छ । अव उनले चीन विरोधी राजनीतिक जिम्मेवारी आपूmले नलिने निर्णय गरेका छन् । तिव्वतबाट अन्य मुलुक गई बसोवास गर्दै आएका तिव्वतीहरुले मार्च महिनाको दोस्रो हप्ताको मध्य अर्थात दश मार्चका दिनलाई कालो दिन मान्दै आएका छन् । यस दिनमा बिश्वभर तिब्बती बुद्ध भिक्षुहरु आन्दोलित हुने गर्थे । तर गत बर्ष देखि उनिहरुले त्यस प्रकारको कुनै आन्दोलन गरेनन् ।
१९५९ मा तिव्वतबाट फरार भएका वौद्ध भिक्षु दलाइ लामाको निर्देशनमा हुने यो आन्दोलनलाई कसरी हेरिनु पर्दछ भन्ने बारे मैले गत तीन बर्ष अघि बेलायतबाट प्रकाशित एक अर्को साप्ताहिक नेपाली सन्देशका लागि लेखेको थिएं । प्रस्तुत छ तिव्वत आन्दोलनलाई बहुआयामिक दृष्टिले हेरिनु पर्छ भन्ने आसयको ८ अप्रिल २००८ मा प्रकाशित उक्त लेख ।
केही समयदेखि तिब्बती बौद्ध भिक्षुहरुले तिब्बतमा आन्दोलन गरिरहेका छन् । आन्दोलनको स्वरुप र मागहरु चा“ही धार्मिक दृष्टिकोणले भन्दा राजनीतिक दृष्टिकोणले प्रेरित भएको देखिन्छ । आन्दोलनलाई राजनीतिक नेताहरु, संचारमाध्यमका पंडितहरु (बिशेष गरी पश्चिमेली), गायक र प स्टारहरु, हलिउडका कलाकारहरुले ह“ मा ह“ साथ मिलाएका छन् । त्यति मात्र नभएर आगामी अगस्त महिनामा चीनमा हुन गइरहेको ओलम्पिक खेल पनि वहिस्कार गर्नु पर्छ भन्ने तर्क दिएका छन् ।
यतिखेर विश्वका मजदुर वर्ग, चीन र तिब्बत सम्वन्धका बारेमा ज्ञान राख्ने विश्व समुदाय र समाजवादी दृष्टिकोण राख्ने बुद्धिजीवी वर्गहरुका लागि चीनको तिब्बत क्षेत्रमा भएको सो आन्दोलनले के महत्व राख्छ र आन्दोलनलाई कसरी हेरिनु पर्छ त ? प्रश्न गम्भिर छ ।
तिब्बत–चीनको प्रश्नमा पश्चिमेली संचार माध्यमले मात्रै हैन आपूmलाई राजनीतिका पण्डित भन्नेहरुले पनि एक तर्फी व्याख्या गरिरहेका छन् । उनीहरु भन्छन् ‘कम्यूनिष्ट चीनले स्वतन्त्र तिब्बतमाथि आक्रमण ग¥यो र आफ्नो कब्जामा लियो । दलाई लामा बिदेशिनु प¥यो । जसले गर्दा तिब्बतको धर्म एंव संस्कृति समेत बा“चिरहन सकेन ।’
अब हेरौं उक्त भनाईमा कति सत्यता छ । अथवा यो एक दन्त्य कथा मात्र हो ।
चीनको केन्द्रिय सरकारले १९४९ मा बेजिङ्गमा तिब्बतसंग दुई पक्षीय दुतावासीय संझौता गरेको थियो । उक्त सम्झौतामा भनिएको छ । ‘ऐतिहासिक तथ्यका अनुसार तिब्बत चीनको एउटा भाग मात्र हो ।’
जब जब तिब्बतमा तनाव शुरु हुन्छ तब तब पश्चिमेली शक्तिहरु चीनका विरुद्ध क्रुर भएर विष वमन गर्न थाल्छन् र ऐतिहासिक यर्थाथता, चीन र तिब्बतका दुवै सामन्तवादी सामाजिक इतिहासलाई बुझ्ने कोशिष गर्दैनन् । चीनले १९४९ भन्दा पहिलो भएका तिब्बत चीनवीचका सम्झौताहरु अघि सार्न चाहन्न किनभने ती सम्झौताहरु अन्यायपूर्ण थिए । यदि हामीले तिब्बतको इतिहासलाई बुझ्ने प्रयास गर्छौ भने तिब्बत चीनको बिसौं शताब्दी भन्दा अगाडिको इतिहास पल्टाउनु पर्छ । अनि मात्र वर्तमान तिब्बत–चीन तनावलाई बुझ्न मद्दत पुग्ने छ ।
तिब्बत लगभग तेह्रसय बर्षसम्म चार राज्यका रुपमा सामन्ती राजा मंगोल र मंचुहरुवीच बा“डिएको थियो । त्यतिखेर थुप्रै विखण्डनहरु भए र पछि फेरि मिल्दै गए । लगभग छैटो देखि नवौं शताब्दीसम्म तिब्बतले यति ठूलो साम्राज्य बढायो कि चीनको तत्कालिन राजधानी छियाङ्गसम्म कब्जा गर्न पुग्यो । त्यतिबेलै चीनमा तिब्बतीयन राजा मार्फत बुद्ध धर्म भित्रभित्रै दशौं बर्षसम्म तनाव रहिरह्यो र तिब्बतमा प्रथम लिपी संस्कृत लिपी ल्याइयो । त्यस पछि तिब्बत र चीनवीच ‘काका भतिजा’ जस्तै दुई पक्षीय संझौता भयो ।
नवौं शताब्दीको मध्य देखि तेह्रो शताब्दीको मध्यसमम तिब्बत टुक्रा–टुक्रा भयो । दर्जनौं राजा रजौटाहरु भए, दर्जनौं क्षेत्रमा बा“डिए । त्यति खेर तिब्बतमा बुद्ध धर्म पनि विभिन्न समूहमा विभाजन थिए । तर एउटा पक्षले चा“ही नेतृत्व गर्दै आयो । जसलाई राज्यले यो हाम्रो धर्म हो भनी घोषणा ग¥यो र त्यसैलाई मुख्य धार्मिक शक्तिको रुपमा मानियो । तेह्रौं शताब्दीको मध्यतिर मंगोलहरु चीनमा शक्तिमा आए र तुरुन्तै आफ्नो पहु“च तिब्बतसम्म पु¥याए ।
तिब्बतको त्यतिखेरको इतिहास असाध्यै तनावपूर्ण थियो । किनभने त्यतिखेर तिब्बती राजा–रजौटाहरुको शक्ति र अल्पमतमा परेका अन्य धार्मिक समूहवीच मंगोलहरुका कारणले ठूलो संघर्ष भएको थियो ।
मंगोलहरु तिब्बतका बुद्धधर्मावलम्वी शाक्य मुनीहरुसंग सम्झौता गर्न पुगे । जसले गर्दा मंगोल–शाक्यमुनी बुद्ध धर्मको समूह एक ठूलो र बलियो धार्मिक समूह बन्यो । जब त्यो बुद्धधर्मालम्वीहरुको समूह बलियो बन्यो तब बुद्धधर्म र युरोपियन चर्चहरुसंगको तनाव झन चर्किएर गयो । मंगोलियनहरुले तिब्बती बुद्धधर्मलाई स्वीकार मात्र गरेनन्, संस्कृति, चालचलन, चाडपर्व र राजनीति समेतलाई आत्मसात गरे ।
पन्ध्रौं शताब्दीताका चीनिया मंगोल र तिब्बती शाक्यमुनीहरुको शक्तिशाली झुण्डबाट एउटा समूह टुक्रियो । उक्त टुक्रिएको समूह गोलुक्याको नामबाट परिचित भयो । त्यतिबेला तिब्बतमा उक्त समूह गोलुक्यालाई ‘पहिलो टोपी‘ बुद्धिष्ट भनिने गरिन्थ्यो । सो समूहले हामी सही तिब्बती बुद्धिष्ट हौं भन्दै बुद्ध धर्मको धार्मिक ग्रन्थलाई मान्न थाले । यसरी गोलुक्याहरु मंगोलवीच हावी हुदै गए ।
गोलुक्याका मुख्य धर्म गुरु सोनाम गियात्सो १५७८ मा धार्मिक उपदेश दिनका निम्ति मंगोलिया पुगे । उनको धार्मिक उपदेशवाट प्रसन्न भई मंगोलका नेता आल्टान खानले सोनाम गियात्सोलाई ‘दलाई लामा बज्रधारा’ नामक उपाधी दिए । ‘दलाई’ भनेको तिब्बती भाषामा समृद्ध भनिएको हो । उनी धार्मिक शिक्षा र ज्ञानका समृद्ध हुन् । ‘लामा’ को अर्थ तिब्बतीयन भाषाको ‘पंडीत’ हो र बज्रधारा भनेको संस्कृतमा ‘बिजुली’ अर्थात ‘बज्र’ भनिएको हो ।
दलाई लामाहरुको अगामन र गोलुक्या धर्म समृद्ध र मंगोल साम्राज्यलाई नजिकबाट चिहाउ“दा चौथा दलाई लामा गोलुक्या समूहका नभएर मंगोल साम्राज्यका थिए । उनको नाम ‘योन्तेन ज्यात्से’ थियो र अनि आल्टान खानका परिवार मध्येका एकजना थिए । यसरी हेर्दा दलाई लामाको जिम्मेवारी तिब्बतका धर्मगुरु बनेर तिब्बतमा मात्र हैन खास गरी उनी मंगोल साम्राज्यबाट नियुक्त भएका हुन् र उनलाई मंगोल साम्राज्यको भित्रको धार्मिक गुरुको रुपमा नियुक्त गरिएको हो । गोलुक्या नेतृत्वको जिम्मेवारी समग्र तिब्बतमा छैन किनभने तिब्बतकै केही भागमा गोलुक्याहरुलाई मंगोलहरुको मध्यस्थता भएकाले सोह्रौं शताब्दीको मध्यतिर राता टोपीवाला भनेर भनिने गरिन्थ्यो । अझ गहिरिएर इतिहास पल्टाउने हो भने दलाई लामा गोलुक्याहरुको धार्मिक गुरु हैनन् । तिब्बती गोलुक्याहरुको धार्मिक गुरु त ग्रान्डेन डिपा हुन् । यद्यपि ग्रान्डेन डिपा दलाईलामाबाट नियुक्त हुन्छन् ।
अहिले सम्म चौधवटा दलाई लामाहरु मध्ये खास गरी तीनवटाले मात्र शासन चलाउन सके । केही दलाई लामाहरुको त अठार बर्षको उमेर पनि हुन पाएन । सत्रौं शताब्दीदेखि विसौ शताब्दीसम्म तिब्बत ठूलो राजनीतिक षडयन्त्र, हत्या र आंतकको तनाववाट गुग्रिरहेको थियो । एक दलाईलामाको मृत्यू दश बर्ष सम्म लुकाएर राखे । नत मृत्यू घोषणा गरे, नत नया“ दलाई लामा नियुक्त गरे , किनभने त्यति खेर भिक्षुहरु सुरक्षित थिएनन् । यहा“सम्म कि अविवाहित महिला भिक्षुहरु पनि असुरक्षित थिए ।
तिब्बतले निरन्तर रुपमा आफ्नो सुरक्षाको खोजी गर्दै आयो । कहिले मंगोल साम्राज्यवाद त कहिले चीनका मंचुहरुबाट । मंगोलियन साम्राज्यले तिब्बतबाट चासो घटाउदै लग्यो र त्यसको ठाउ“ चीनमा मंचुहरुले लिए । १७२० मा तिब्बतमा चिनिया“ सैनिकहरुले पहिलो पटक तिब्बतमा शान्ति स्थापना गरे । त्यस पछि फेरि लडाई भयो । १७५० मा पुनः चिनिया“हरुले तिब्बतमा शान्ति स्थापना गर्नु प¥यो । नेपालका स्वर्गिय राजा पृथ्वीनारायण शाहको पालामा १७७१ मा तिब्बतमा शान्ति स्थापना गर्न सिचुवाको खासा क्षेत्रमा भएको युद्धको कारण नेपालबाट गोर्खालीहरु प्रवेश गर्नु प¥यो ।
उपरोक्त ऐतिहासिक प्रमाणका कारण नवौं शताब्दीदेखि बिसौं शताब्दीसम्म तिब्बतको कसैसंग न त आधिकारिक एकता थियो । नत तिब्बत स्वतन्त्र नै थियो । तिब्बतको सामान्तवादी सत्ता भौगोलिक कारणले एक्लै परिरहेको थियो र बाहिरी शक्तिले छेंडपेच गर्ने भौगोलिक क्षेत्रको रुपमा रह“दै आएको थियो । कुनै पनि बाहिरी शक्ति तिब्बत प्रति चासो दिन्थेनन् किनभने त्यहा“ नत तेलको खानी छ न त सुन वा चा“दीका खानीहरु तर बिसौं शताब्दीवाट जब प्रजातान्त्रिक तवरबाट त्यहा“को एकलपनको अन्त भयो र विश्वको अगाडि ‘तिब्बत’ भनेर परिचित गराउन चिनिया राज्यले अर्थशक्ति र जनशक्तिको लागनी ग¥यो तबदेखि अमेरिकी साम्राज्यवादी शक्ति अझ खास गरी सिआइएले दलाई लामालाई बार्षिक एकलाख छयालिस हजार अमेरिकी डलर तलब दिएर आफ्नो राजनीतिक स्वार्थ पुरा गर्न चीनको विरोधमा लगाउदै आइरहेको छ ।
One Response to तिब्बत आन्दोलनलाई हेर्ने आ“खा वहुआयामिक हुनुपर्छ