शशी पौडेल
सैद्धान्तिक भौतिक बिज्ञानका बिश्वप्रसिद्ध बैज्ञानिक डा स्टिफान बिलियाम हवकिङ्ग फेरी एक पटक निबृत्त भएको एक बर्षमै बिबादमा मुछिएका थिए । डा स्टिफान हवकिङ्ग प्रशिद्ध सिद्धान्तकार हुन् । उनका यस अघिका पुस्तकहरुले पुँजीबादीहरुलाइ मात्र बिचार दिएन कि मार्कसबादी दार्शनिकहरुलाइ र मार्कबादको द्धन्द्धात्मक भौतिबबादी बिचारधारालाइ पनि मलजल दियो । हुनत स्टिफानले चाहेर मार्कबादलाइ मलजल दिएका होइनन् । किनकि उनी बिशुद्ध पुजीबादी हुने खाने बर्गका बैज्ञानिक हुन् । आजभन्दा सात दशक अघि बेलायतको अक्सफोर्डमा जन्मेका स्टिफान हवकिङ्गलाइ उनको पहिलो भौतिक सिद्धान्त “एम् थ्यौरी” ले दशकौं देखि बहसमा ल्याएको हो । उनले आफ्नो सिद्धान्तलाइ प्रमाणित गराउन जर्मनीका अर्का भौतिक बिज्ञानका प्रशिद्ध बैज्ञानिक अलबर्ट आइनस्टाइनको सिद्धान्तलाइ पनि अघि सारे । अहिले आएर उनि बैज्ञानिकहरुकाबीच मात्र बहसमा छैनन् अपितु अध्यात्मबादीहरुको प्रहारमा समेत परेका छन् ।
डा स्टिफान बिलियाम हवकिङ्गको लगभग चार बर्ष अघि एउटा नयाँ पुस्तक प्रकाशन भए लगत्तै बेलायतका सबैजसो संचार माध्यमहरुले प्रथम पृष्ठमा ल्याए । उनको पुस्तक “द ग्राण्ड डिजाइन” मा यो बिश्व ब्रमाण्डको उत्पत्तीबारे उल्लेख छ । ब्रमाण्डको उत्पत्ती कुनै भगवानले गरेको होइन, यो त रासायनिक तत्वको रियाक्सनबाट भएको हो र जसरी आयो त्यसरीनै कालान्तरमा नस्ट हुने छ भनी उनको पुस्तक प्रकाशन भए पछि संसारभरका चर्चका पादरीहरु र आफुलाइ भगवानका प्रतिनिधी ठान्ने पप र पंडितहरुले आफुमाथि बज्र प्रहार भएको महसुस गरेका छन् । यद्यपी डा स्टिफान बिलियाम हवकिङ्गले यसै प्रकारको पुस्तक यस अघि लेखिसकेका थिए । उक्त पुस्तक बिश्वका पचास भन्दा बढी भाषामा अनुबाद भइसकेको छ र बिश्वभर एक करोड भन्दा बढी बिकिसकेको छ । जुन पुस्तकको नाम हो “ए ब्रिफ हिस्ट्री अफ टाइम” अर्थात नेपालीमा समयको छोटो इतिहाँस ।
जव “ए ब्रिफ हिस्ट्री अफ टाइम” नामक पुस्तक १९८८मा प्रकाशित भयो । त्यतिबेला पनि उनको यो पुस्तक र उनलाइ बिश्व ब्रमाण्डबारे के थाहा छ ? भन्ने प्रश्न आफुलाइ भगवानका ठेकेदार हु भनठान्ने गिर्जाघरका पादरीहरुले उठाएका हुन् । प्रश्न सहज थिएन । उनि माथी असहज प्रश्न उठेको बाइस बर्ष पछि स्वयं डा हवकिङ्गले यसको उत्तर दिएका छन् । उनि माथी उठेको प्रश्न र उनले दिएको उत्तरले बिश्वभर धर्मको आडमा धर्मलाइनै आफ्नो गरिखाने भाँडो बनाउनेहरुलाई अर्को चोटिलो प्रहार गरेको छ ।
कार्ल माकर््स र फ्रेडरिक एंगेल्सले डेड सताब्दी अघि द्धन्द्धात्मक भौतिकबादी दर्शन प्रतिपादन गर्दा पनि गिर्जाघरका मालिकहरुले कार्ल माक्र्सलाइ अधर्मी, पापी बोक्सो भनि आरोप लगाए । उनलाइ एक दार्शनिकका रुपमा नहेरी साहित्यकार र अर्थशास्त्री मात्र बनाउने प्रयार गरे । तर समयको अन्तराल संगै माक्र्स र एंगेल्सबाट प्रतिपादित द्धन्द्धात्मक भौतिकबादी दर्शन बिश्वका ठुलो समुदायको जीबन दर्शनका रुपमा प्रमाणित हुन पुग्यो ।
डा स्टिफान बिलियाम हवकिङ्गले डेड सताब्दी पछि त्यही कुरा अर्को तरिकाले प्रस्तुत गरेका छन्, जुन कार्ल मार्कस र एंगेल्सले भनेका थिए । फरक के मात्र हो भने हवकिङ्गले दुइ प्लस दुइ चार हुन्छ भन्ने गणितीय ढंगले आफुलाइ द ग्राण्ड डिजाइनमा प्रस्तुत गर्न सफल भएका छन् भने मार्क र एगेल्सको पालामा प्रबिधी र पुर्बाधारको यति ठुलो बिकाश नभैसकेकोले कहिले काँही दार्शनिक परम्परा कायम राख्दै दुइ प्लस दुइ पाँच पनि हुन सक्छ भन्नु पर्ने अवस्था थियो । बिश्वमा अहिले भएको संचार साधन र प्रबिधीको द्रुत बिकाशले कुनै पनि कुराको समर्थन जनाउन वा बिरोध जनाउन सहज भएको छ । डा हवकिङ्गलाइ उनको पुस्तक र यस भित्र खाँदिएका बिषयबस्तुको छाला काढ्न कसैले उनलाइ घरमा निम्त्याउने छैन । तर कार्ल माक्सलाइ भने पुजीबादीहरुले उठिबास नै लगाएका थिए । उनी पाँच पाँच पटकसम्म आफ्नो मातृभूमीबाट खेदिएका थिए । कहिले फ्रान्स र कहिले बेलायत लुकेर बस्नु परेको थियो । लुकेर बस्ने क्रममा उनलाइ डरत्रास देखाएर नसकिने भए पछि बौद्धिक तरिकाबाट उनिमाथि प्रहार हुन थाल्यो । यसको ज्वलन्त उदाहरण कार्ल माकर््सकै एउटा लेखमा उनले उल्लेख गरेका छन्, जव उनी १९७०/७२ ताका बेलायतमा मजदुरहरुको संगठन बनाउने क्रममा थिए त्यतिबेला एकजना बेलायती पँुजीबादी राजनितीज्ञ जोन स्टुवार्ट मिलले कार्ल माकर््सलाइ एक साँझ खाना खाने निम्तो दिए । उक्त खाना खाने निम्तो कार्ल मार्कसलाइ मायाँ गरेर वा उनलाइ सम्मान गरेर दिइएको नभएर उनको चिन्तनमा परिवर्तन ल्याइ उनलाइ कमजोर बनाउन सकिन्छ कि भन्ने उद्धेश्यले गरिएको थियो । कार्ल मार्कस पनि त्यति कमजोर तथा कम चलाख थिएनन्, उनले आफ्नी छोरी समेतलाइ लिएर गए ।
जोन स्टुवार्ट मिल पुजीबादी उदारबादी राजनितिज्ञ थिए र उनी १८६० को दशकको अन्त तिर बेलायती सांसद पनि थिए । त्यतिबेला जोन स्टुवार्ट मिललाइ बेलायतको उदारबादी थिङ्क ट्याङ्क मानिन्थ्यो ।
कार्ल मार्कसले आफ्नो एउटा पुस्तकमा यसबारे चर्चा गरेका छन्, “जव म उनको घर भित्र प्रबेश गरें, त्यहाको बातावरण देखेर मलाइ खुसी लागेन । त्यो बैभव र ढाँचा मेरा लागि देखावटी थियो ।” कार्ल मार्कस अगाडि लेख्छन् “मैले कमसेकम एकजना अध्ययनशील राजनितीज्ञसंग भेट हुने भयो भनेर सोचेको थिंए, तर यथार्थ अर्कै भयो । मैले मेरो बिचार दृढताका साथ राख्न चुकिन । मैले उनलाइ पेरिस कम्युनका बारेमा पनि बताएं । उनकि छोरीले बरु मेरा कुरा ध्यान दिएर सुनिन् ।”
अहिलेको स्टिफान हवकिङ्गको अवस्था फरक छ । उनि पँुजीबादी खेमा भित्रका बैज्ञानिक हुन् । उनको यो पुस्तकले धर्म र देबताको समर्थन गर्दैन तर बर्ग बिष्लेषण र बर्ग संघर्ष एवं बर्ग स्वार्थको कुरा पनि गर्दैन । त्यसैले स्टिफान हवकिङ्गको चर्चहरुसंगको लडाइ बर्गस्वार्थको लडाइ हुने छैन । बरु धर्मका पंडितहरुले उक्त पुस्तक किनेर पढेर थपक्क एउटा कुनामा थन्क्याएका छन् । यद्यपी डा स्टिफान हवकिङ्गले प्रष्ट भाषमा बैज्ञानिक प्रमाण सहित धर्म र देबताका बिरुद्ध चोटिलो प्रहार गरेका छन् । द ग्राण्ड डिजाइनलाइ उन्नाइस् पौंड लगानी गर्दा खेर जाने छैन ।
द ग्रान्ड डिजाइनः अध्यात्मबादमाथी हवकिङ्गको नयाँ प्रहार
Bookmark the permalink.
धर्मको आडमा आफ्नाे दुनो सोझ्याउने पाखण्डीहरुलाई साच्चिकै चाेटिलो प्रहार हुनेछ, द ग्रान्ड डिज़ाइन, धन्यवाद शशि सरलाई यो किताब पढ्न सुझाउनु भएकाेमा।
true for me
true for me !
Wonderful article about correlation between the origin of Universe and its development. Apparently , Hawkins tried to describe the origin of Universe which went against religions and supported the views of Karl Marx. Very nice analogy on materialistic philosophy of Marx. Thanks