एकादेशमा चारवटा स्यालहरु रहेछन, परिश्रम बिनाको सहज जीवनको खोजीमा हिड्दा हिड्दै एउटा सुन्दर गाउँमा पुगेछन उनिहरु, हराभरा डाँडा र मैदान, कलकल स्वच्छ खोला, लटरम्म फलफुल, कुखुराका चल्लाहरु बाख्रका पाठा र पाठीहरु रमाउदै खेलीरहेका रहेछन् । उनिहरुको हलचल देख्दा स्यालका मुखभरि पानी रसाएछ र यो गाउँलाई कब्जा गर्न सके आफ्नो सबै तृष्णा र आकंछ्या पुराहुने चारै स्याललेले मनमनै सोंचेछन तर उनीहरु बीच कसले नेतृत्व गर्ने भनि विवाद शुरु भएछ र एउटाले भनेछ, सबैभन्दा बढी वजनको मै छु, मै नेता बन्न पाउनुपर्छ अर्कोले भनेछ, सबै भन्दा उमेरले पाको भएकोले म त्यो नेता हुनुपर्छ र तेस्रोले भनेछ, मैले सधै सबै मिलेर जानु पर्छ, सबैले मिलेर खानुपर्छ भन्ने प्रजातान्त्रिक विचार बोकेकोले यो मौका मैले पाउनु पर्छ र चौथोले भनेछ, तपाईहरु तीनजनाले कुनै न कुनै समय नेतृत्व समालेको कारण अबको पालो मेरो हुनुपर्छ । यस्तै बिबादका बीच सहमतिमा आउन नसक्दा महिनौ बितेछ र आहारा हुनुपर्ने चल्ला र पाठा पाठी हुर्केर माउ र वयस्क भएछन र अन्त्यमा एउटाले विचार ल्याएछ, हामीहरु विच सहमति हुन् सक्दैन भने अरु कसैलाई हाम्रो नेता छानौं, कुरो अरु तीनलाइ पनि लाई ठिक लागेछ र पल्लो झुण्डको झ्याउरे र चाउरे स्याल देखि, बाघ, हात्ती, गैंडा, घोडा, खसी, बाख्रा, कुखुरो हुदै गाउँको रखवालीगर्ने एक इमान्दार कुकुरमा आएर सहमति गरेछन । यो सोझो छ, यसलाई कुनै उपायले वसमा राखुँला र आफ्नो ईच्छा पुरा गरुँला भनी चारै स्यालहरुले मनमा ठानेछन् ।
भन्नेलाइ फुलको माला सुन्नेलाइ सुनको माला,यो कथा बैकुण्ठमा जाला फेरी भन्ने बेलामा खुरुक्क मुखमै आउला । (यो कथा मैले अनलाइन खबर डटकम को अबको चुनावमा एमाले पहिलो शक्तिः खनाल (फोटो फिचरसहित) भन्ने समाचारमा प्रस्तुत काले केटाको कमेन्ट बाट लिएको हुं)
काले केटाको कथा
Bookmark the permalink.
उ जस्तो बिद्द्वान र जान्ने अरु कोहि छैन भनेर अमिताभ बच्चन 'खुदा गवाह' को सुटिंग गर्न नेपाल आउँदा ईन्टरभ्यु लिन…