— शशी पौडेल
बिश्व अहिले इतिहाँसको सव भन्दा अप्ठेरो मोडबाट गुज्रीरहेको छ । ग्रिसका मजदुरहरुको अवस्थालाई पोर्तुगल र स्पेनका मजदुरहरुले पछ्याइ रहेका छन् । उनिहरु सरकारबाट गरिएको बजेट कट्टा र बढ्दो बेरोजगारीका बिरुद्ध संघर्षरत छन् । युरोपमा बढ्दो बेरोजगारीका कारण कुनै पनि बेला राजनैतिक, सामाजिक र आर्थिक अवस्थामा उथल पुथल एवं बिबाद उत्पन्न हुनसक्ने छ । बिबादको संकेत खाडी क्षेत्र र उत्तर अफ्रिकामा बिगत तीनवर्ष देखि देखा परेको अस्थिर राजनितीलाइ पनि लिन सकिन्छ ।
खाडी क्षेत्र
यतिखेरै एक नयाँ क्षेत्रीय युद्धको सम्भावना पनि देखिएको छ । सिरियाका शक्तिशाली राष्ट्रपति आशाद प्रति त्यहाका जनताको आक्रोस उत्तिकै छ तर अन्तरराष्ट्रिय हस्तक्षेपको कारण त्यहाँको बिपक्षिदलबीच पनि फुट आएको छ । समाजबादी शक्तिहरुले नत आशादलाइ समर्थन गर्न मिल्ने अवस्था छ नत बिपक्षिदललाइ । बिश्वका समाजबादी चिन्तकहरुले सिरिया एवं खाडी क्षेत्रको समस्यालाइ निश्पक्षता एवं स्वतन्त्रतापुर्वक ब्याख्या गरेर समाधानको बाटो खाज्नु पर्ने जिम्मेवारी थियो तर त्यो हुन सकिरहेको छैन ।
केही साना दलले अहिले पनि आशादको सहयोगको अपेक्षा गर्दै आशादलाइ सघाइ रहेका छन् र उनिहरुले बिपक्षिदलमाथि बिजयी हासिल गर्न चाहान्छन् । अर्कोतिर बहुसंख्यक सुन्नी मुसलमानहरु अल का इदा टाइपका संगठनहरुसंग प्रभाबित हुदै जान थालेका छन् । यसैबचि आशाद सरकार बिरुद्ध टर्कीले सुरु गरेको हस्तक्षेपका कारण टर्की र सिरियाबीच चिसो पैदा गरेको छ । यी दुइ मुलुकबीच सैनिक शक्तिद्धन्द सुरुहुने सम्भावना नजिकिदै छ । यदि त्यस्तो भयो भने खाडी समस्या नियन्त्रण भन्दा बाहिर जाने छ । बहुसंख्यक सिया मुसलमान भएको मुलुक इरानले सिरिया माथि हस्तक्षेप गर्ने छैन किन भने यी दुइ मुलुकहरुबीचको आपसि सम्बन्धका कारण एक अर्कामा शक्ति प्रयोग नगर्लान् तर यदि त्यसो भयो भने पनि अर्को छिमेकी मुलुक लेबनान तिर यो बिबाद पुग्न सक्ने सम्भावना नजर अन्दाज गर्न सकिन्न । यदि यो बिबाद लेबनान तिर पुग्यो भने बर्षैं देखि युद्धमा फसेको लेबनान फेरी नराम्रोसंग युद्धमा भासिन सक्छ । त्यति मात्र होइन यदि सिरिया बिबाद लेबनान सम्म पुग्यो भने इजरायलले इरान र प्यालेष्टाइन माथि हवाइ आक्रमण गर्ने जाहो खोजेर बस्ने छ । यसै पनि इजरायलले पहिले देखिनै इरानसंग न्युल्कियर बम भएको दाबी पनि गर्दै आइरहेको छ । अर्को तिर इरान र हेजबोल्लाले संयुक्तरुपमा इजरायल माथि रकेट प्रक्षेपण गर्ने निहुँ पाउने छन् ।
अमेरिकी निर्वाचन
यो बर्षको अर्को महत्वपूर्ण घटना भनेको अमेरिकाको निर्बाचन पनि हो । संसारका मजदुर वर्गमा यो निर्बाचनको परिणामले त्यति फरक नपारे पनि बिश्व पुँजीबादका लागि भने यो अत्यन्त महत्वपूर्ण रहेको छ । बाराक ओबामा पहिलो राष्ट्रपति हुन् जो मुलुकमा बेरोजगारको संख्या बढ्दै गर्दा पनि पुन निर्बाचित भए । यदि अमेरिकाको इतिहाँसलाइ पल्टाएर हेर्ने हो भने दोस्रो बिश्वयुद्ध पछि ह्यारी एस् ट्र्युम्यान १९४८ पछि कुनै पनि राष्ट्रपति बेरोजगार बढेको अवस्थामा पुनः निर्बाचित भएको पाइदैन । तर बाराक ओवामा भने मुलुकमा बेरोजगारीको संख्या बढ्दै गएर अहिले ७ दशमलब ५ प्रतिशत पुगेको अवस्थामा पनि पुनः निर्बाचित भएका छन् ।
मलाइ यो लाग्दैन कि बाराक ओबामा असाध्यै असल ब्यक्ति भएर वा अमेरिका एबं बिश्व राजनितीमा अत्यन्त राम्रो छवि भएको कारण पुनः निर्वाचित भएका हुन् । बरु खास कुरा त केहो भने बाराक ओबामाका प्रतिद्धन्दी मिट रोम्नी बाराक ओबामा जत्तिको पनि इमान्दार र राजनैतिक प्रतिबद्ध नभएको कारणले अमेरिकी जनताले ओबामा लाइनै बिकल्प रोजेका हुन् । दोस्रो कारण केभने ओबामाले अत्यन्त चलाखीपुर्ण तरिकाले अमेरिकाको आर्थिक अवस्थामा दुर्गती आएर बेरोजगारी बढ्नुकोे कारण रिपब्लिकन पार्टी र अझ खासगरी भु पु राष्ट्रपति जर्जबुस हुन् भन्ने प्रचार गर्न सफल भए । तेस्रो कारण हो अमेरिकामा यसपाली मतदाताहरुबीच अनौठो प्रकारले धुर्बीकरण भयो । बहुसंख्यक युवा महिलाहरु र अफ्रो अमेरिकन एवं एसियाबाट अमेरिका पुगेकाहरुको मत बाराक ओबामाकालागि सुरक्षित रहे । अमेरिकी जनता मुलुकमा बेरोजगारी बढ्नु र उनको राजनैतिक पोलिसी अमेरिकी एक प्रतिशत धनी ब्यक्तिहरुको पक्षमा मात्र रहेको कारण निराश भएका थिए । यद्यपी ओबामाले आफ्नो कार्यकालमा लागु गरेको राष्ट्रिय स्वास्थ्य सेवालाइ भने सकारात्मक दृष्टिकोणले हेरिएको थियो । त्यति मात्र नभएर अमेरिकी जनतालाइ के महसुस भयो भने, यदि मिट रोम्नी बिजयी भएको खण्डमा अमेरिकी राजनितीको चक्की झन् पछाडी फर्किने छ । किनकि उनको निर्बाचनको घोषणा पत्रले अमेरिकी जनतालाइ सकारात्मक बिश्वास दिलाउन सकेन ।
त्यति हुँदा हुँदै पनि सिआटलबाट वासिङ्गटन राज्य संसदका लागि सोसलिष्ट अल्टरनेटिभका उम्मेदवारले अहिले सम्मकै बढी २८ प्रतिशत मत प्राप्त गरे । सो मत उम्मेदवारका लागिमात्र सवल संकेत नभएर समग्र अमेरिकामा अमेरिकी साम्राज्यबादी राजनितीको बिकल्पको आबश्यकता परेको संकेत भएको पर्यबेक्षेकहरुको तर्क रहेको छ । राजनैतिक बिश्लेषकहरुका अनुसार सोसलिष्ट अल्टरनेटिभका उम्मेदवारले प्राप्त गरेको भोटको संख्याले बाराक ओबामालाइ आगामी दिनमा आफ्नो मनोमानी गर्न नदिने दवाबपुर्ण मनोबिज्ञानको बिकाश हुन सक्छ ।
सहन कठिन तर सहनै पर्ने
२०१२ सालको डिसम्बर महिनामा अमेरिकामा एक डरलाग्दो घटना घट्यो । सान्डी हुक स्कूल रामपेज न्युटाउनमा छ शिक्षिका सहित २० जना छ र सात बर्षे बालबालिकाहरु बन्दुकको निशाना बने । यो घटना संसारका बाबु आमाका लागि डरलाग्दो, जिउ जिरिङ्ग पार्ने घटना थियो ।
यस्तै डरलाग्दो घटना अमेरिकामै बिगत ५ बर्ष अघि भएको बिर्षन सकिएको थिएन । जहाँ ३२ जना एउटै बन्दुकको निशाना बनेका थिए । भर्जिनिया टेकको सो घटना अमेरिकाका लागि पहिलो घटना थिएन । मात्र राष्ट्रपति फरक थिए । घटना पछि केही समय अमेरिकामा ब्यक्तिगत रुपमा बन्दुक राख्न पाउने कि नपाउने भन्नेबारे संसदमा छलफल पनि भएको थियो । किनकि त्यहाँ सम्बिधानले ब्यक्तिगत रुपमा बन्दुक किन्न र राख्न पाउने ब्यबस्था गरेको छ । छलफलको टुङ्गो नलाग्दै नयाँ निर्बाचन भयो, नयाँ राष्ट्रपति चुनिए । छलफल हरायो ।
सान्डी हुक स्कूलको घटना पछि राष्ट्रपति बाराक ओबामाले अत्यन्त ओजिलो भाषण दिए । उनले भने “ म मानहाटनमा हिड्दै थिए, मेरो रिसाहा चार युवकहरुसंग जम्काभेट भयो, उनिहरुसंग बन्दुक थियो । त्यो पनि संसारको सवभन्दा सभ्य मुलुकमा, मेरो छातीमा पेस्तोल तेस्र्याइयो । यो घटना पछि म प्रहरीकोमा पुगें । हाप पाइन्ट र टिसर्ट लगाएको अनि दुइवटा पेस्तोल झुण्ड्याएको एक ब्यक्तिले मलाइ भन्यो “लर्न योर लेसन” तिमीले अहिले जीवनको दोस्रो भाग बरदान पायौ ।”
राष्ट्रपति स्वयंले त्यस प्रकारको अनुभव गरिसकेका रहेछन् । यसको कारण हो अमेरिकामा तीस करोड भन्दा बढी बन्दुक ब्यक्तिगत रुपमा जनताको हातमा छ । राष्ट्रपतिले अव आगामी दिनमा न्युटाउनका जस्ता घटना रोक्न सक्नु पर्छ । तर यो काम गर्न उनलाइ फलामको च्युरा चबाउनु सरह हुनेछ । किनभने निर्वाचनमा ठुलो धनराशी चन्दा दिएर बिजयी गराउने यिनै हातहतियारका ब्यापारीहरु हुन् । ब्यक्तिगत रुपमा हातहतियार राख्न नपाउने कानुन बनाउन अमेरिकी सम्बिधानमा सुधार गर्नु पर्छ । सम्बिधानमा सुधारको अर्थ हुन्छ, हातहतियारको ब्यापारमा कमि आउनु, अनि ब्यारीहरुको नाफामा कमि हुनु अनि हात हतियारका ब्यापारीहरुले अर्को कुनै ब्यक्तिलाइ निर्बाचनमा लगानी गर्ने छन् ।
हरिकन स्यान्डी एक प्राकृतिक प्रकोप
गत अगस्तमा आएको हरिकन स्यान्डी अहिले सम्मको सवभन्दा ठुलो अटलान्टीक हरिकन भनेर रेकर्ड गरिएको छ । यसले क्याराबियन देखि पुर्व हुदै संयुक्त राज्य अमेरिकाको समुद्री तट देखि क्यानाडा सम्म बिनाश ग¥यो । सवभन्दा धेरै बिनाश चाही न्युयोर्क शहरमा मात्रै झण्डै आधा लाख मानिश घरबार बिहिन भए । न्युयोर्क शहरको मात्र ५० खरव डलर नोक्सान भएको अनुमान गरियो ।
२००५ मा आएको हरिकन काथरिनाको बेलामा भन्दा यसपाली त्यहाँको संघीय राज्यहरुले बढी सतर्कता अपनाएको देखियो । त्यतिबेला सयौं ब्यक्तिहरुलाइ मृत्युको मुखमा छोडिएको थियो र न्यु ओर्लेन्समा मात्र एकलाख भन्दा बढी संख्या घरबार बिहिन बनाइएका थिए । हुनत यसपालीको स्यान्डी र त्यतिबेलाको काथारिनाबीचको परिस्थिती फरक थियो । प्रथमः न्युयोर्क शहर अमेरिकाको आर्थिक राजधानी मानिन्छ । दास्रोः स्यान्डी निर्बाचनको मुखमा आएको थियो । राष्ट्रपति ओबामालाइ आफ्नो क्ष्यमता देखाउनु थियो त्याहा ।
दिन बित्दै जाने क्रममा प्रकाशमा आए अनुसार अमेरिकी खगोलबिदहरुले हरिकन स्यान्डी आउने कुरा प्रति पुर्णरुपमा बिश्वास गरिरहेका थिइनन् । र उनिहरुले जनतालाइ प्रश्ट संकेत दिन नसकेकाले जनतालाइ सुरक्षित ठाउमा लैजान दोधार भैरहेको थियो । न्युयोर्क शहरमा मात्र दुइलाख ब्यक्तिलाइ सुरक्षित गराउनु पर्ने संकेत त दिइएको थियो तर सुरक्षित गराउने ठाउमा दोधारे निर्देशन पुग्यो । जवकि न्युयोर्कको तापक्रम २.५ डिग्री फरेनहाइट खस्केको थियो । भनिन्छ जुन एकसय बर्ष यताको रेकर्ड थियो । त्यतिखेरै समुद्रको पानीको सतह एक फुट माथी आएको थियो र त्यही दरमा पानीको सतह बढ्दै गएमा २०२० साल सम्ममा १.५ फिट पुग्ने छ । समुद्रको पानीको सतह बढ्दै गएबाट सर्बसाधारण अमेरिकीलाइ भने चिन्तित बनाएको थियो ।
हरिकन काथारिना वा हरिकन स्यान्डी जस्ता प्राकृतिक समस्या समाधान गर्न पुजीबादीहरु पुर्णरुपमा असफल भएका छन् । किनकि उनिहरुले ल्गोवल वार्मिङ्ग बैज्ञानिकहरुको थेउरी मात्र हो भन्ने गरेका छन् । तर साधारण ब्यक्तिहरुले भने औद्योगिक क्षेत्रबाट माथि उड्ने धुवा चिसिएर अरबको खाडीबाट आउने तातोलाइ चिस्याएर हर बर्ष वाताबरण चिसिदै जाने मात्र नभै तापक्रम एक्कासी माथि पुग्ने र तल ओर्लने भएको महसुस गरिरहेका छौं । यदि राजनितिज्ञहरुले बिश्वका सर्बसाधारण जनता र बिश्व वाताबरणलाइ सुरक्षा गर्न चाहाने हो भने नाफा मात्र गर्ने पुजीबादी सिद्धान्तमा पुनर्बिचार गर्नु पर्ने छ । त्यस निम्ति अमेरिकी र बिश्व राजनितीज्ञहरु, संसारका खगोलशास्त्रहिरु, बाताबरण संरक्षणमा लागेका बामपंथीहरु र बिश्व मजदुर संगठनका बिज्ञहरुको संयुक्त छलफलबाट समाधान वा बिकल्प निकाल्नु आबश्यक देखिन्छ ।
चीन एक राजनैतिक चौराहामा
अमेरिकी साम्राज्यबादीहरुले अव युरोप भन्दा उनिहरुकालागि एसिया बढी महत्वपुर्ण भएको बुझ्न थालेका छन् । चाहे राजनैतिक रणनीति होस् वा आर्थिक । अमेरिकी राष्ट्रपति बाराक ओबामाको बर्मा लगायतका राज्यहरुमा हालै भएको भ्रमणले यही कुराको प्रमाणित गर्दछ । उनको त्यो भ्रमणको उद्धेश्य प्रथमः आर्थिक स्थिरता, दोस्रोः चीनलाइ मनोबैज्ञानिक रुपमा हामी अमेरिकीहरु र अमेरिकी सेनाको रणनिती यस प्रकारको हुने छ भन्ने धम्की पुर्ण सन्देश दिन ।
अमेरिकालाइ के थाहा छ भने चीन अझै पनि राजनैतिक सिद्धान्तका आधारमा अमेरिका बिरोधी छ । यद्यपी चीनको अर्थनिती मिश्रित रहे पनि हालै सम्पन्न चीनिया पार्टी महाअधिबेशनबाट चुनिएर आएका युवापंति पनि अमेरिकी सैनिक निती प्रति सहमत छैनन् । आफुसंग असहमत भएको अबस्थामा संसारका सामु चीनको मोरल तल झार्न धम्कीपुर्ण भाषा बाहेक अमेरिकीहरुका अगाडी अर्को बिकल्प रहेन । बाराक ओबामाको त्यो यात्रा अमेरिकी शक्ति प्रदर्शन गर्ने एउटा चाल थियो ।
अमेरिकीहरुको दृष्टिकोणमा अव एशिया (चीन र भारत) बिश्वमा अमेरिका बिरुद्ध शक्तिशाली बनेर उभिने खतरा हुने छ । त्यस माथी पनि अमेरिकाको लागि चीन अझ खतरापुर्ण रहेको छ । चीन अमेरिका पछिको बिश्वमा दोस्रो शक्तिशाली राज्य बन्न आफ्नो राजनैतिक एवं आर्थिक शक्ति प्रदर्शनको चौराहामा उभिएको छ ।
चीनियाँ कम्युनिष्ट पार्टीको अधिबेशनको बेला पारेर मैले बेलायतमा अध्ययनरत केही चीनियाँ बिद्यार्थीहरुसंग कुराकानी गरेको थिए । उनिहरु भन्छन्, “ग्रासरुट लेभलमा स्थाइत्व छैन, मध्ययम बर्ग उपेक्षित एवं असुरक्षित छ, माथिल्लो बर्गमा कुनै नियन्त्रण छैन ।” अर्को शब्दमा चीनमा समाजबादी धार भुत्ते भैसकेको छ । अहिले चीनको बार्षिक आम्दानी १२ प्रतिशत रहेको छ । कुनै पनि राज्यको आम्दानी दुइ अंक अर्थात दश प्रतिशत भ्न्दा बढी हुन्छ भने, त्यहाँ उत्पादनको साधनमा केही तर्क गरिएको छ । यसको मतलब हो मुलुकमा आर्थिक एवं राजनैतिक गाडीको पैया त गुडेको छ तर गाडीको बडी चकनाचुर हुनुका साथै इन्जीनमा खिया लागिसकेको हुन सक्छ ।
चीनले बाहिर आफुलाइ जतिसुकै आर्थिक सम्पन्न भनेर देखाए पनि भित्र भित्र बिभिन्न संकटबाट गुज्रिरहेको छ । चीनको राजनिती दुइ धुर्बमा बिभाजित भएको प्रश्ट देख्न सकिन्छ । बेलायतबाट प्रकाशित फाइनान्सीयत टाइम्स धक नमानिकन लेख्छ, “चीनको बेस्ट समय अव पुरा भयो, त्यसैले त्यहाँको सिस्टममा सरसफाइ र मर्मत गर्नु पर्छ ।” गत नोभेम्बरमा सम्पन्न महाअधिबेशन पछि बिश्वका बिभिन्न पुजीबादी संचार साधनहरु जस्तै द इकोनोमिस्ट, फाइनान्सीयल टाइम्स, न्युयोर्क टाइम्स समेतले चीनमा अव समाजबाद नरहेको र पुर्ण पुजीबाद हाबी भएको लेख्न थालेका छन् ।
बिश्व बामपंथी आन्दोलन असफल
आधुनिक युगको पहिलो औद्योगिक क्रान्ती पछि जब पुजीबादको सुरुवात भयो, त्यतिखेर पुजीबादीहरुले एक सुनौलो प्रभातको यात्रा देखेका थिए । उनिहरुको यो यात्रा संगै वर्णभेद, अतिराष्ट्रबादिता, अतिदक्षिणपंथी, नाजी र फासीबाद एवं नवफासीबादको यात्रा पनि सुरु भयो । तर त्यति खेरै पुजीबादको बिकल्पमा समाजबादको पनि उदय भयो । यसको प्रतिफल राजनितीमा धुर्बिकरण आयो । अहिले त्यो राजनैतिक धुर्बिकरणको अवस्था कमजोर हुदै गएर पुजीबाद अति शक्तिशाली र समाजबादी शक्ति कमजोर हुदै गइरहेको अवस्था छ । साथै शक्तिशाली पुजीबाद भित्र पनि तरह तरहका संकट पैदा हुदै आइरहेका छन् । तिनै संकटलाइ परिचालन गरेर बामपंथी शक्तिहरुले सर्बसाधारण जनताको दैनिक आबश्यकता परिपुर्तीको जिम्मेवारी लिनु पर्ने हो तर बामपंथी शक्तिहरु यही काममा असफल भैरहेका छन् ।
जस्तै ग्रिसमा पुजीबाद पुर्ण असफल भैसकेको अवस्थामा पनि बामपंथीहरु आफ्नो कर्तब्यबाट चुकिरहेका छन् । जसको कारण फासीबादले सम्पुर्ण राज्य कब्जा गर्दै छ ।
त्यस बाहेक बामपंथी राजनिती भित्र राष्ट्रिय एवं अन्तरराष्ट्रिय क्षेत्रमा आफ्ना दैनिक राजनैतिक कार्यमा समेत सुन्यता आएको छ । संसारभरका बामपंथीहरुका स साना समुहले एक वा दुइ जुलुस वा बिरोध प्रदर्शन गर्दैमा समस्या समाधान हुने बिश्वास पालेर बसेका छन् । यसको अर्थ केहो भने बहुसंख्यक बामपंथीहरु आफुबीच एकता गर्न हिचकिचाउछन् । उनिहरुबीच पुजीबादीहरुको फुटाउ र राज्य गर भन्ने सिद्धान्तले काम गरिरहेको छ । २०१२ सालमा देखा परेको एशियन एवं युरोपका ग्रिस, स्पेन र पोर्तुगलका राजनैतिक असफलताहरुले यही प्रमाणित गर्दछ । बामपंथी राजनैतिक पार्टीहरु सर्बसाधारण जनताका सामान्य भन्दा सामान्य समस्याको समाधान खोज्ने त केकुरा सामान्य छलफल एवं बहसमा समेत पुग्न सकिरहेका छैनन् । उनिहरु एवं बामपंथी जनबर्गीय संगठन एवं मोर्चाहरुबीच एकताको त के कुरा सामान्य भेटघाट हुने बाताबरण समेत बनाउन सकिरहेका छैनन् । जव बामपंथी राजनैतिक पार्टीहरु आफ्ना जनबर्गीय संगठनसंग समेत सम्पर्क बिहिन हुन्छन् भने उनिहरुले कसरि मुलुकमा राजनैतिक एवं आर्थिक परिवर्तनका कार्यनिती अघि सार्न सफल हुन्छन् ? अनि कसरी जनता समक्ष आफ्नो पार्टीको अस्तित्व र स्थाइत्व बारे बिश्वास दिलाउन सक्छन् ? २०१२ साल यस मानेमा झनै दुखदपूर्ण रह्यो । नेपाल मात्र होइन कि बिश्व बामपंथी आन्दोलनमा टुट फुट र बिभाजनले प्रस्रय पायो ।
ओलम्पिक र प्यारालम्पिक २०१२
संसारभर अत्यन्त महत्वका रुपमा हेरिएको र अधैर्यसाथ पर्खिएको लण्डन २०१२ ओलम्पिक र प्यारालम्पिक खेल पनि सम्पन्न भयो । ओलम्पिक संसारभरका खेलप्रेमीहरुलाइ हरेक चार वर्षमा एकठाँउमा ल्याउने एक मजबुत माध्यम हो । अवको चार बर्ष पछिको ओलम्पिक खेल ब्राजीलमा हुनेछ । प्यारालम्पिक आफैमा अत्यन्त आकर्षणको बिन्दु हो त्यसमा पनि अलबर्ट आइनस्टाइन पछिका महान बैज्ञानिक स्टिफन हकिन्स प्यारालम्पिकका एघारै दिन रंगशालामा उपस्थित भएर अर्को आकर्षण बढाएका थिए । स्टिफन हकिन्स बिश्व ब्रमाण्ड कसरी चलिरहेको छ भन्नेबारे खोज गरेका एक अपांग बैज्ञानिक हुन् । यद्यपी उनि रंगशालामा बिबादरहित रहेनन् । यो पाटोमा अरु कुनैदिन पाठक समक्ष आउने छु । अहिले भने ओलम्पिक तिरै केन्द्रित हुन चाहान्छु ।
प्यारालम्पिकले ४२५ प्यारालम्पिक रेकर्ड कायम गरेको छ भने २२१ बिश्व रेकर्ड कायम गरेको छ । यसमा नेपाली खेलाडीहरुले नेपालको तर्फबाट पनि भाग लिएका थिए भने एकजना नेपाली जो उनि अहिने ब्रिटीस गोर्खा आर्मीमा छन् उनले बेलायतको तर्फबाट बसेर खेल्ने भलिवल खेलेका थिए । यद्यपी कुनै नेपाली खेलाडीले तक्मा हासिल गर्न भने सकेनन् ।
नेपाल सरकार र ओलम्पिक कमिटी बीच बिबाद
लण्डन ओलम्पिक २०१२ को उद्याटन समारोह भैरहेको थियो । दर्जनौ मुलुकका सरकार प्रमुख एवं राज्य प्रमुखहरुको उपस्थिती थियो उद्याटन समारोहमा । अस्सी हजार जनसमुदायको घुइचो थियो त्यहाँ तर नेपालका न त राज्य प्रमुख नत सरकार प्रमुखको उपस्थिती रह्यो । यहाँ सम्मकि नेपालको कुनै राज्य प्रतिनिधीको समेत उपस्थिती रहेन । यसको अर्कै पाटो, सैली र इतिहाँस छ । जे सुकै भए पनि कम से कम पाँच जना नेपाली खेलाडीहरुले ओलम्पिक २०१२ र प्यारालम्पिकमा तीनजना खेलाडी ल्याउन सोह्र जनाको समुह बोकेर भाग लिन लण्डन आइ पुगे र उनिहरुले निलो किनार भएको सूर्य चन्द्र अंकित रातो झण्डा प्रोसेसनमा फहराए । नेपाल र नेपालीको नाक ठाडो गराए । देख्दा गर्भले छाती पुलेर आयो । तर मिश्रित भाव र थुप्रै प्रश्नहरु ओइरिए ।
लण्डन ओलम्पिक २०१२ को उद्याटन हुनु केही दिन अघि नेपाल सरकार र ओलम्पिक कमिटीबीच बिबाद भयो रे । हुनत हाम्रो मुलुकको परम्परा अजिव छ , सवै ठाउँममा राजनीतिकरण हुनु पर्ने रे, राजनैतिक पार्टी र राजनैतिक संस्थामा त हुनेनै भयो । हुँदा हुँदा खेलकूँद परिषद एवं नेपालको ओलम्पिक कमिटीमा पनि राजनितीनै हाबी हुनु पर्ने रे ? कागे्रसको सरकार गठन भएमा काग्रसकै मान्छेको खेल कूद परिषदमा एवं ओलम्पिक कमिटीमा हाली मुहाली हुनु पर्ने रे यदि नेकपा एमालेको सरकार गठन भएमा नेकपा एमालेकै र एमाओबादीहरुको नेतृत्वमा सरकार गठन हुँदा एमाओबादीकै । खेल र खेलाडीहरुलाइ प्रोत्साहन गर्ने भन्ने कुरासंग कसैलाइ मतलब रहेन रहेन अन्तरराष्ट्रिय स्तरमा यसको के असर पर्छ वा अन्तरराष्ट्रिय मान्यता के हो भन्ने पनि कसैलाइ मतलब रहेन । प्यारालम्पिकको इतिहाँस झन अजीब छ, एउटा सरकारी प्यारालम्पिक संस्था जो नेपाल भित्र छ र उसलाइ राज्यको स्रोत सहयोग र साधन छ, अर्को प्यारालम्पिक संस्था ब्यक्तिगत जस्तै न त उसलाइ कुनै राज्यको स्रोत सहयोग र साधन छ, न त अन्तराष्ट्रिय । हो त्यो पछिल्लो संस्थाले बेलायतको प्यारालम्पिकमा भाग लिएको थियो ।
केही दिन अघि डा बाबुराम भट्टराइको सरकारले नेपाल ओलम्पिक कमिटीका अध्यक्ष धुर्व बहादुर प्रधान लगायतका ओलम्पिक कमिटीलाइ खारेज गरि अन्तरराष्ट्रिय ओलम्पिक कमिटीलाइ पत्र लेख्यो रे, पत्रमा नेपाल ओलम्पिक कमिटी खारेज गरेको र अन्य ब्यक्तिहरुलाइ नियुक्त गरेको जानकारी सहित लण्डन ओलम्पिक २०१२मा अन्य ब्यक्तिहरुलाइ निम्त्याउन अनुरोध गरियो । तर अन्तरराष्ट्रिय ओलम्पिक कमिटीले भने डा बाबु राम सरकारको पत्रको जवाफमा अव ढिलो भैसकेकोले परिवर्तन गर्न नमिल्ने भनी धुर्व बहादुर प्रधान लगायतलाइ मान्यता दिइ लण्डन ओलम्पिक २०१२ मा निम्त्याए ।
लण्डन ओलम्पिक बिबाद रहित भने रहेन
साना मुलुकहरुलाइ होच्याउने, अपमान गर्ने र उनिहरुको मोरल गिराएर आफु महान बन्न खोज्ने साम्रज्यबादी चरित्र प्रदर्शन गर्न बेलायत यहाँ पनि चुकेन । उत्तर कोरियाका खेलाडीहरु खेल मैदानमा उभिएर तयारी भैरहेको बेला दक्षिण कोरियाको झण्डा देखाएर दक्षिण कोरियाको राष्ट्रियगीत बजाइ दिदा खेलाडीहरु खेलमैदानबाट बाहिरिने अवस्था झण्डै आइसकेको थियो ।
एक चिनीयाँ पौडिबाज खेलाडी अत्यन्त छिटो पौडिखेलेर बेलायती पौडीबाजलाइ हराए पछि ती चिनीया खेलाडी ड्रगिष्ट हुन् भन्ने आरोप लगाएर आफनो हारेको पौडीबाजलाइ जिताउन खोजियो तर उनि ड्रगिष्ट भएको प्रमाणित हुन नसक्दा बेलायतीहरु हिस्स परेका थिए ।
बेलायत भित्रै पनि यसको कस्सिएर बिरोध भयो । २००८ सालको ओलम्पिक खेलमा तक्मा बिजेता एक खेलाडी तासा दानभर्सले चनिन् “हो मैले पनि गर्व गरेकी थिएं, जव मैले तक्मा पाएकी थिएं । आखिर मैले पनि खानै पर्छ, मैले पनि घरभाडा तिर्नै पर्छ, मेरो तक्मा र रष्ट्रिय गर्वले मेरो पेट भर्दैन । मेरो गर्वले मेरो घरको भाडा तिर्दैन । राजनितीज्ञहरुले यो कुरा बुझ्नु पर्छ ।” यस्तै युवाहरुको तर्फबाट प्रतिक्रिया दिदै साइमन ब्राउनले भने “ओलम्पिक भनेको समाज असमानताको प्रतिबिम्ब हो । यो त उपकार र खर्चबीचको अमिल्दो बिबादास्पद मात्र हो । ओलम्पिक कर्पोरेट च्यारिटी हो र यसका भार हामीले उठाउनु परिरहेको छ ।” साइमन ब्राउनले अगाडी भने “हो हामीलाइ खेलकूद चाहिन्छ, तर त्यो खेलकंूद सर्वसुलभ र सार्वजनिक हुनु पर्छ, कर्पोरेट हस्पिटालिटी होइन, जुन अहिले भैरहेको छ ।”
आखिर समयको गतिलाई कसैले रोक्न नसक्ने भएकोले सन २०१२ ले सर्वकालिक नियम अनुसार नै विदा लियो । सन २०१३ ले अघिल्लो वर्षका थुप्रै समस्याहरु विरासतमा पाएको छ । हिंसा, हत्या, बलत्कार, अपहरण जस्ता जघन्य अपराधहरुले सिङ्गो विश्व नै आक्रन्त छ भने विकसित भनिएका देशहरुले निमुखा तथा अविकिसित मानिएका देशहरुमा युद्ध तथा अशान्ति थोपानेृ र शोषण गर्ने जुन काम गर्दै आईरहेका छन्, त्यो यथावत नै छ । सन २०१३ मा संसारलाई शान्तिपूर्ण, न्यायपूर्ण र समतामुलक बनाउने कार्यहरु होउन्, शुभकामना सबैलाई ।
One Response to बिश्वः २०१२ लाइ फर्केर हेर्दा