— शशी पौडेल
“मैले सुरु देखिनै भन्दै आइरहेको थिएं कि यो शिट टोरीको मार्जिनल शिट हो । यो लेबर पार्टीको सुरक्षित शिट होइन । यो त झनै लेबरको शिट नै होइन । यदि लेबरको शिट भैदिएको भए राम्रो हुने थियो । तर दुर्भाग्य त्यसो हुन सकेन । जनताले जे बोले त्यसलाइ स्वीकार गर्नु पर्छ । ” उक्त कुरा टोनी ल्बेयरको पालाका उप प्रधान मन्त्री लर्ड जोन प्रेस्कोटले भनेका हुन् । उनले गत १५ नोभेम्बरका दिन सम्पन्न प्रहरी एवं अपराध कमिशनरको निर्बाचनमा पराजीत भए पछि ब्यक्त गरेका हुन् । लर्ड प्रेस्कोट यो ठाँउबाट बिगत ४२ बर्ष देखि हरेक निर्बाचनमा बिजयी हुदै आएका थिए । लर्ड प्रेस्कोट यो निर्वाचनका लागि बेलायत भरका उम्मेदबारहरु मध्य सवभन्दा माथिल्लो ¥याङ्गका मानिन्छन् । तर उनि एक सामान्य टोरी काउन्सीलरका बिरुद्ध पराजीत हुनु प¥यो ।
लर्ड जोन प्रेस्कोटको पराजयबारे टिप्पणी गर्दै ल्ककटनका टोरी संसद सदस्य डोगलास कार्सव्यलले भने, “हाम्बरसाइडको निर्बाचन परिणामले क्वान्टीटीको पक्ष नदेखाएर क्वालिटीको पक्ष देखायो । महत्वपूर्ण कुरा के भने जनताले एक मन्त्रीले प्रहरी सेबामा नियन्त्रण नगरोस् भन्ने चाहान्थे ।” उनले अगाडी भने, “अझ महत्वपूर्ण कुरात के भने हर क्षेत्रमा वयस्ट मिनिष्टरमा बसेको भयंकर असुरबाट जनता नियन्त्रीत हुन चाहादैनन् भन्ने देखायो ।”
लर्ड जोन प्रेस्कोटले ब्यक्तिगत रुपमा बेहोरेको पराजयको अनुभव ४२ बर्ष पछिको यो पहिलो हो । उनले पहिलो पटक १९७० मा संसद सदस्यका लागि उम्म्ेदवारी दिएका थिए र बिजयी भएका थिए । त्यतिखेर देखि उनले उम्मेदवारी दिएको कुनै पनि निर्वाचनमा हारको अनुभव गर्नु परेको थिएन ।
बेलायतमा संसद सदस्य, कउन्टीका काउन्सीलरहरु एवं स्थानीय निर्वाचन बाहेक यसपाली देखि हरेक काउन्टीको प्रहरी एवं अपराध कमिसनर सेवा प्रमुख समेत निर्बाचन प्रकृयाबाट निर्बाचित भएर जाने प्रणली सुरु गरेको छ । यो पद कुनै भ्रष्टाचार, दुराचार गर्ने एवं प्रहरीको आचार संहिता पालन नगर्ने आफ्नो काउन्टी भित्रका प्रहरी एवं प्रहरी कार्यालय प्रमुखहरु समेतलाइ बर्खास्त गर्ने सम्म अधिकार सम्पन्न रहन्छ । उसले माग गरेको आधारमा केन्द्रीय सरकारबाट उक्त कउन्टीको प्रहरी सुरक्षाका लागि आबश्यक बजेट छुट्ट्याइन्छ । निज प्रहरी एवं अपराध कमिसनर निर्बाचित हुन कुनै न्युनतम शैक्षिक योग्यता तोकिएको हुदैन । जुन ब्यक्ति सामान्य स्थानीय काउन्सीलर पदका लागि उम्मेदवारी दिन सक्छ, त्यो ब्यक्तिले पनि यस पदका लागि पनि उम्मेवारी दिन सक्छ र यदि उ निर्बाचित भएको खण्डमा उसको बार्षिक भत्ता लगभग एकलाख पौण्ड हुनेछ । यो निर्बाचन हरेक चार चार बर्षमा हुने कुरा बताइएको छ । तर पहिलो पटकको यो राष्ट्रिय स्तरको निर्बाचनमा भने १९४५ साल पछि सव भन्दा कम मतदाता भोट हाल्नका लागि बुथमा पुगे । बेलायत भरीका मतदाता संख्याको जम्मा जम्मी झण्डै पन्द्र प्रतिशत मतदाताहरुले मात्र भोट खसाले । यहाँ सम्म कि दक्षिणी वयल्सको न्यू पोर्ट स्थित मतदान केन्द्रमा दिनभरमा एकजना पनि मतदाता नआएको कारणले रित्ता मतपेटिकाहरु फर्काइएका थिए । निर्वाचन प्रर्यबेक्षेकले यसबारे टिप्पणी गर्दै भने, बेलायतमा निर्बाचन प्रणालीबारे पुनर्बिचार गर्नु पर्दछ । तर लोकतन्त्र र लोकतान्त्रिक अधिकार र कर्तब्य प्रति कुन बेलायतीले मतलब राख्ने गरेको छ र ? भन्ने प्रश्न समेत उनिहरुले गरे ।
अर्काथरी पर्यबेक्षेकहरुले टिप्पणी गर्दै भने निर्वाचन हुनु र निर्बाचनमा मत दिन जानु दुइ भिन्न भिन्न कुरा हुन् । जनता किन भोट खसाल्न चाहादैनन् भन्ने कुराको समीक्षा हुन जरुरी छ ।
बेलायतमा दोस्रो बिश्वयुद्ध पछि यसै पनि ५० प्रतिशत भन्दा बढी जनताले भोट खसालेको प्रमाण पाउन प्रायः कठिन छ । जवकि संसद सदस्यहरुको निर्वाचन गर्ने भनेको यो देशको पाँच वर्षका लागि कानून बनाउने देखि लिएर सम्पूर्ण बिधाइकाको जिम्मेवारी उनिहरुको हातमा दिइएको हुन्छ । तर पनि बेलायती जनताले निर्वाचन प्रति त्यति चासो दिएको पाइदैन । यसका मुख्य दुइ कारण हुन सक्छन् ।
प्रथम बेलायती जनतामा बेलायती राजनितिज्ञहरु प्रति बिश्वासको अभाव । दोस्रो लोकतन्त्रमा एक मतले पनि कति महत्व राख्छ भन्ने ज्ञानको अभाव ।
यदि कोही अलिकति शिक्षित समुदायबीच गएर राजनिती र निर्बाचन बारे चासो राख्यो भने उनिहरुले असाध्यै सरल ढंगले जवाफ दिने छन्, राजनैतिक नेताहरुले आखिर त्यही गर्दछन् जे उनिहरुले चाहेका छन् । हाम्रो भाग्यमा कुनै परिवर्तन आउने छैन । त्यस निम्ति हामी किन तँ छाड र म छाड गर्नु प¥यो ? हामीले भोट हाले पनि नहाले पनि एउटाले जित्ने हो जितिहाल्छ ।
यस्तै गरि अलि अशिक्षि समुदायबीच गएर निर्बाचन र राजनितीबारे जिज्ञासा राख्यो भने उनिहरुमा लोकतन्त्र र लोकतन्त्रमा प्रयोग गरिने मतको महत्व बारे ज्ञान नभएको पाइन्छ । तेस्रो समुदाय जो सरकारी भत्तामा आश्रित छन् उनिहरुलाइ त झन् निर्बाचन भनेको कागलाइ बेल पाक्यो हर्ष न बिस्माद ।
निर्बाचनमा मत खसाल्न आउनेहरुको संख्या यति झिनो भएपछि यसको कारण के होला भनि मैले हामसायर निर्वाचन क्षेत्रबाट यसपाली पराजित भएका लिबरल डेमोक्रेटिक पार्टीका आड्रिआन कलेटसंग चासो राखेको थिंए । उनले भने, मैले त्यत्ति राम्रोसंग प्रचार प्रसार गर्न पाइन । त्यसैले पनि म पराजित भएं । मैले जति जनतालाइ मतदान केन्द्रमा जान प्रोत्साहन गर्न सक्थें त्यति भेटघाट गर्न पाइन । मलाइ लागेको थियो कि बिगत चार बर्ष देखि म हामसायरको प्रहरी सल्लाहाकार समुहको प्रमुखमा कार्यरत छु त्यसैले मैले प्रयाप्त मत प्राप्त गर्ने छु भन्ने । तर निर्बाचनको परिणाम मेरो सोचाइको बिपरित आयो । हामसायरमा १५ प्रतिसत पनि मत खसेन । लिबडेमका मेरा मतदाताहरु सबै घरमा बसे ।
प्रहरी एवं अपराध कमिशनरको निर्बाचनमा सबभन्दा बढी हार लिबरल डेमोक्रेटिक पार्टीले बेहोर्नु परेको छ । बेलायतका जम्मा जम्मी ४२ काउन्टी मध्य लिबरल डेमोक्रेटिक पार्टीले एक ठाउमा पनि बिजयी हुन सकेन भने कन्जरभेटिभ पार्टीले पनि केही ठाउहरुमा हार खानु प¥यो । यद्यपी कन्जरभेटिभ पार्टी १६ स्थानमा बिजयी हुन सफल भएको छ भने लिबरल डेमोक्रेटिक र कन्जरभेटिभ पार्टीको बर्चस्व रहेका बिभिन्न ठाउहरुमा युके इन्डिपेन्डेन्ट पार्टीले १२ शिट हात पारेको छ । यस्तै लेबर पार्टीले १३ शिट हात पार्न सफल भएको छ । जसले १३ वटा मात्र शिट प्राप्त गरे पनि केही औद्योगिक क्षेत्र र संसदीय निर्वाचनका लागि बिशेष महत्वपूर्ण भूमिका निर्बाह गर्ने स्थानहरु भित्र पस्न सफल भएको छ । जुन जुन कउन्टीबाट संसद निर्बाचनमा कन्जरभेटिभ पार्टी र लिव डेमलाइ बढी मत खसेको थियो तिनै ठाँउहरुमा लेबर पार्टीले चौका हानेको छ । जसको कारणले आगामी २०१५ सालमा हुने संसदको निर्वाचनमा लेबर पार्टीलाइ प्रहरी परिचालन गर्न सहज हुने छ । सरी कउन्टी मात्र यस्तो रह्यो जहाँबाट कुनै पनि पार्टीको झण्डा बिनाको ब्यक्तिले उक्त पद हात पार्न सफल भएको छ ।
राजनैतिक बिश्लेषकहरुले भने यो निर्बाचनको दिनलाइ बेलायतको राजनितीका लागि एउटा रेकर्डको पहिलो दिन भएको साथै बेलायती प्रजातन्त्रकालागि अत्यन्त खराव दिन भएको बताएका छन् ।
आन्तरिक शान्ती सुरक्षाकालागि खटिने प्रहरी सेवाप्रमुख सरकारबाट नियुक्ति गर्दा जनताप्रति भन्दा सरकारप्रति बढी जिम्मेवार हुने अवस्था रही आएकोमा अव आइन्दा जनताबाट सिधा निर्बाचित गराएर प्रहरी बिभागलाइ सरकार प्रति भन्दा जनता प्रति बढी जिम्मेवार गराउने मनसायले सुरु गरिएको यो राष्ट्रिय महत्व राख्ने निर्वाचनमा बेलायतको इतिहाँसमै सबभन्दा कम मतदान भएको यो पहिलो हो । कुनै पनि उपचुनावमा समेत यति थोरै भोट कहिल्यै खसेको थिएन । मतदान केन्द्रमा एकजना पनि भोट खसाल्न नआउनु भनेको बेलायती लोकतन्त्रको राम्रो लक्षण पटक्कै होइन ।
तर अर्को पक्ष भने पहिलोपटक भएको बेलायतको प्रहरी एवं अपराध कमिशनरको निर्वाचनमा राजनितिज्ञहरुको कम दबदबा रहन गएको छ । बहुसंख्यक निर्बाचित ब्यक्तिहरु राजनैतिक पृष्ठभूमिबाट आएका छैनन् । जो सैनिकसेवा, प्रहरीसेबाबाट अबकाश प्राप्त र कानूनबिदहरु छन् । जसले गर्दा कनडेमको आर्थिक दबदबा र उनिहरुले ल्याएको राजनैतिक पोलिसीहरुमा परिवर्तनको आवाज उठाउन मद्दत पुग्ने छ । साथै निर्वाचनमा पन्द्र प्रतिशत भन्दा पनि कम मतदान हुनुले बेलायती प्रजातन्त्रको एउटा परिक्षा पनि गरेको छ, त्यो केभने बेलायती जनताले भोट दिनै चाहान्नन् कि १५ नोभेम्बरमा सम्पन्न निर्बाचन केका लागि हो र प्रहरी एवं अपराध कमिशनरको रोल केहो भन्ने यथेष्ठ जानकारी नभएका कारणले जनता मतदान केन्द्रमा उपस्थित नभएका हुन् ?
सायद बेलायती जनतालाइ यो निर्बाचनको प्रकृया के हो र निर्वाचनको परिणामले के हुन्छ अथवा १० डाउनिङ्ग स्ट्रिटमा यसले के र कस्तो असर पर्छ भन्ने ज्ञानको कमि भएको हो । यो निर्बाचन संसदको निर्बाचन भन्दा केही फरक थियो, जहाँ फस्ट पाष्ट द पोष्ट सिस्टममा जस्तो एक मात्र भोट नभै पहिलो र दास्रो प्राथमिकता अनुसार ब्यक्ति चुन्नु पर्दथ्यो । यो निर्बाचन एक प्रकारले सेमी अल्टरनेटिभ भोटिङ्ग सिस्टम जस्तो थियो ।
के सरकारको तफ्र्रबाट वा निर्बाचन आयोगको तर्फबाट निर्वाचन हुन गैरहेको छ र निर्बाचित ब्यक्तिको जिम्मेवारी र रोल के हुने छ भन्ने बारे जनतालाइ यथेष्ठ जानकारी गराएको थियो ? वा उम्मेदवारले घर घरमा गएर निर्बाचन प्रणाली एवं के कालागि निर्बाचन हुने र यी निर्बाचित ब्यक्तिले के के काम गर्ने छन् वा उनिहरुको जिम्मेवारी केहो भन्ने यथेष्ठ सूचना प्रवाह गरेका थिए ?
उक्त प्रश्नहरुको उत्तर दिनको घाम जत्तिकै छर्लङ्ग छ । न सरकार, न निर्वाचन आयोग, न उम्मेदवार कसैले पनि त्यस प्रकारको मेहनत गरेका थिएनन् । त्यसैले यो निर्वाचनमा जनता मतदान गर्न उपस्थित नहुनु भनेको सरकारलाइ थुप्रै झापड हान्नु हो ।
पहिलो झापड हो, मिलीजुली सरकारमा आसिन दुबै पार्टीहरु जनताबीच अप्रीय हुदै गैरहेका छन् । थुप्रै ठाँउमा लिबरल डेमोक्रेटिक पार्टीको उम्मेदबारलाइ दक्षिणपन्थी पार्टी युके इन्डिपेन्डेन्ट पार्टीका उम्मेदबारहरुले हराएका छन् । प्रहरी एवं अपराध कमिशनरको निर्बाचनमा मात्र होइन, कोर्बीको संसदको उप चुनावमा पनि लिवडेम आफ्नो शिटबाट पराजय भएको छ । जुन बर्षौ देखि लिवडेमको सुरक्षित शिट थियो ।
कन्जरभेटिभ पार्टीले बिभिन्न ठाँउमा लेबर पार्टीबाट हार खानु परेको छ । बिगत १५ बर्ष देखि संसदमा कन्जरभेटिभ पार्टीको बर्चस्व भएको ठाउमा प्रहरी प्रमुखको पद लेबर पार्टीले उछिट्ट्याएको छ । चुनाबी युद्ध मैदानको अर्को पक्ष, दक्षिण पन्थी पार्टी युके इन्डिपेन्डेन्ट पार्टीले १२ वटा कउन्टीको प्रहरी प्रमुखको नेतृत्व उछिट्ट्याएको छ । जसले गर्दा उत्तर पश्चिम एवं इङ्गल्यैण्डको मध्य क्षेत्रबाट डेबिड क्यामरुन र निक ल्केगलाइ राजनैतिक दवाव पर्ने छ । उनिहरुकोे दवाव खास गरि युरोपियन युनियनबारेको राजनैतिक पोलिसी, युरोपियन युनियनलाइ दिइने बार्षिक बजेट एवं बेलायतकै राजनैतिक एवं आर्थिक संरचना बारे आउने छ । किनभने युके इन्डिपेन्डेन्ट पार्टीले उपरोक्त मुद्धाहरुमा बेलायती मिलीजुली सरकारको भन्दा भिन्न मत राख्दै आइरहेको छ ।
दोस्रो झापड हा,े जो जति मतदाताहरु मतदान केन्द्रमा उपस्थित भए उनिहरुले युके इन्डिपेन्डेन्ट पार्टी असल पार्टी भएर वा युके इन्डिपेन्डेन्ट पार्टीको अपराध सम्बन्धी पोलीसी राम्रो लागेर भोट दिएका होइनन्, बरु कन्जरभेटिभ पार्टी र लिबरल डेमोक्रेटिक पार्टीबाट असन्तुष्ट भएर एक प्रकारको प्रोटेष्ट स्वरुप बिकल्पको खोजीमा भोट हालेका हुन् ।
तेस्रो झापड हो, यो निर्बाचनले आगामी २०१५ सालमा हुने संसदको निर्बाचनका लागि बिशेष महत्व राख्दथ्यो र १० डाउनिङ्ग स्ट्रिटमा को पस्छ भन्ने अनुमान गर्न सक्ने सम्भावना रहन्थ्यो । तर त्यो अनुमान गर्न सकिने अवस्था रहेन किन भने सरकारमा आशिन दुबै पार्टीले लेबर पार्टीलाइ बिश्वास नगर्न भन्दै आइरहेको र लेबर पार्टीले परिवर्तनको समय आएको भन्दै आइरहेको छ । यसरी सरकारमा आसिन दुबै पार्टी एवं प्रतिपक्षमा रहेको लेवर पार्टीले समेत जनतालाइ दोधारमा पारी रहेको अवस्थामा जनताले बिकल्प रोजेर मतदान केन्द्रमा उपस्थित हुन चाहेनन् ।
राजनैतिक बिश्लेषकहरुले यो निर्बाचनबाट एउटा अर्को महत्वपूर्ण संकेतको आशा गरेका पनि थिए, त्यो के भने के बर्तमान मिलीजुली सरकार २०१५ साल सम्म सरकारमा अडिइ रहन्छ ? वा कतै बीचमा मध्यबधि निर्वाचनको घोषणा त हुने होइन ? तर यो निर्वाचनले ती प्रश्नहरुको यथेष्ठ प्रमाणिक उत्तर दिन भने सकेन । पहिलो, निर्बाचनमा यथेष्ठ जनसमुदायले भाग लिएनन्, बेलायतका ८५ प्रतिशत मतदाताहरुको मत के हो भन्ने बुझ्न नसकिने अवस्था रह्यो । दोस्रो, सरकारमा आसिन दुबै पार्टीहरु यो निर्बाचनमा हरुवा ठहरे ।
तर जेहोस् प्रजातन्त्रको अर्को अर्थ परिवर्तन भनेर बुझ्नु पर्दछ । कुनै पनि परिवर्तन हामीले सोचेको भन्दा छिटो आउने छ । हामीले कल्पना गर्नु पहिलेनै आउने छ । थुप्रै निर्बाचित पदहरुमा परिवर्तन हुने छ । निर्वाचन प्रणालीमा परिवर्तन हुने छ । पार्टी छान्ने क्रममा परिवर्तन हुने छ र यी सबै भन्दा पनि हामीले अनुमाननै गर्न नसकेका बिषय बस्तु, मुद्धा र स्थितीमा परिर्वन हुने छ ।
“डेमेक्रेसी इज द पिपल, फर द पिपल, बाइ द पिपल” यो अंग्रेजी भाषाको भनाइ हालै सम्पन्न बेलायती निर्बाचनले एक हद सम्म प्रमाणित गरेको छ । प्रजातन्त्रमा सामान्यतया जनताले दुइ प्रकारले असन्तुष्टि ब्यक्त गर्दछन् । प्रथम, प्रोटेष्ट मत हालेर र दोस्रो, मतदान बहिस्कार गरेर । गत १५ नोभेम्बरका दिन सम्पन्न निर्वाचनमा यी दुबै संकेत देखिएको छ । जो जति मतदान केन्द्रमा पुगे उनिहरुले सत्तासिन दुबै पार्टीलाइ इटको जवाफ पत्थरले दिए भने जो त्यहा पुगेनन् उनिहरु बहिस्कार स्वरुप त्यहाँ पुगेनन् । यो संदेश १० डाउनिङ्ग स्ट्रिट सम्म मात्र पुग्ने छैन कि अपितु बकिङ्गहाम प्यालेस सम्म पुग्ने छ । गत बर्ष दरबारका दुइ महाँयज्ञ प्रिन्स विलियामको बिबाह र रानीको डायमण्ड जुबलीमा त्यति उत्साहित देखिएका बेलायती जनता खै आज कहाँ लुके ? यो प्रश्नको उत्तर अव १० डाउनिङ्ग स्ट्रिटले मात्र होइन बकिङ्गहम प्यालेसले समेत खोज्नु पर्ने भएको छ ।
One Response to १५ नोभेम्बरको निर्बाचनले सिकाएको पाठ