नेपालीको महान चाड् घर,आँगनमा आइेसक्यो
सयपत्री,मखमलीले माया प्रीत लाइेसक्यो ।
तन भने परदेशमा,मन भने घर,आँगनमा
इेच्छा,रहर् दौडिएर गाउँ,घरमै धाइेसक्यो ।
बुढी आमा,बुढा बाबा दिन गन्दै बस्दा हुन्
पीर,चिन्ताले यो मनलाइे कटक्क नै खाइेसक्यो ।
मध्यरातमा कोल्टे फेर्दै रातको प्रहर बितिदिन्छ
आँखाभरी दशै,टिका सम्झनामा छाइेसक्यो ।
अभागीको कर्म यस्तै परदेशमा रम्नु पर्ने
भावनाले मन मनै आशिर्बाद् चैं पाइेसक्यो ।
रचना – अक्टोबर/ १५/ १२