हस्तिनापुरको संकेत बिना बाबुरामको सरकार ढल्ने छैन भन्ने कुरा बुझ्दा बुझ्दै पनि नेपाली कांग्रेस र एमाले नेताहरुले सांढेको के जाती झर्ला र खांउला भन्दै अभिब्यक्ति दिन छाडेका छैनन् । यो उनिहरुको जनता झुक्क्याउने एउटा चाल मात्र जस्तो देखिन्छ । राजनीतिक संक्रमणक अझ लम्बिने परिस्थितिले देशमा भयावह पैदा हुने भय बढेको छ । नेपालमा हुने जस्तोसुकै राजनैतिक परिवर्तनमा भारतको भूमिका प्रभावकारी हुने हुदा यसपाली पनि हस्तिनापुरको आशिर्बाद रहेकै कारण डा. बाबुराम नेतृत्वको सरकार अहिलेसम्म टिकेको हो ।
नेताहरु भने परिवर्तनको अनुभूति दिलाउन सहमति बाहेक अर्को विकल्प नभएको बताउँदै आएका छन् र सहमतिको कुनै उपलब्धि हासिल नहुनुको पछाडि पनि भारतीयहरु नै रहेको उनिहरुको विश्लेषण छ । डा. बाबुरामले आफू हात गोडा बाँधिएको प्रधानमन्त्री भन्दै आउनु यसको यथेष्ठ प्रमाण हो । मधेशी मोर्चाको समर्थनमा भट्टराई प्रधानमन्त्रीमा टिकीरहनु पनि भारतकै उद्देश्य पूरा गर्नेतर्फ सरकारको काम गराईले देखाउँदै आएको छ । भारतलाई प्रधान शत्रु बताउने प्रचण्ड यतिबेला भारत विरुद्ध च्युं पनि नबोल्नु र कांग्रेस–एमालेले सरकार ढाल्न दिल्लीमा दण्डवत् गर्दा पनि कानमा तेल हालेर भारतीय नेताहरु बस्नुलाई अर्थपूर्ण रुपमा लिनु पर्दछ ।
प्रधानमन्त्री र राष्ट्रपतिबीच खटपट शुरु भए पनि भारतको समर्थन डा. भट्टराईले पाईरहँदा राष्ट्रपतिले कुनै कदम–चाल्न चाहेका छैनन् । भारतले पनि डा. भट्टराईबाट तत्काल आफ्नो हित बिरुद्ध कुनै खतरा नदेख्दा बाबुरामलाइ किन सरकारबाट हटाउने ? यसरी भारत पनि पर्ख र हेरको अवस्थामा पुगेको छ । भरपर्दो विकल्प विना सरकार ढाल्दा बाबुराम भन्दा खराव व्यक्तिसँग परिने हो कि भन्ने डर पनि हस्तिनापुरलाइ रहेको छ ।
एमाओवादीले शान्ति प्रक्रिया पूरा गर्ने र भारतले चाहे जस्तो नेपालमा संविधान बनाउन आश्वासन दिएको हुँदा त्यसको कार्यान्वयन पक्ष हेर्दै भारतीयहरुले यो सरकारलाई समर्थन दिएको कारण कांग्रेस–एमालेका नेताहरु साउथब्लकबाट ओझेलमा परेका छन् । यसै बीच भारतीय राजदूत जयन्त प्रसाद मार्फत सरकारका दूतहरुले दोहोरो सम्वाद गरिरहेका छन् भन्ने कुरा दिनको घाम जत्तिकै छर्लङ्ग छ । अर्को तिर मुलुकमा बढी हल्ला दङ्गा नमच्चियोस भन्ने उद्धेश्यले सरकार ढाल्ने, सरकार परिवर्तन हुने कुरा झिनो स्वरमा प्रचारका लागि मात्र फ्याँकिएको हो भन्ने कुरा अब कांग्रेसी र एमाले नेताहरुले पनि बुझि सकेका हुनु पर्छ । त्यसैले होला उनीहरु आफ्ना भातृ संगठन र विद्यार्थीहरुलाई सक्रिय गराउदै सरकार विरुद्ध सडकमा उतारेर प्रदर्शन, पुत्ला दहन र नेपाल बन्द जस्ता कार्यक्रम ल्याई दवाव दिंदै आएका छन् । उनिहरुका यी दवाव सरकारलाई “काग कराउँदै छ पिना सुक्दै छ” मात्र चरितार्थ भएको छ ।
उता कांग्रेसले प्रधानमन्त्री पाउनु पर्ने अडान सहित तँछाड मछाड गर्दै आएकोमा “पानी भित्र माछा र नौ टुक्रा भागवण्डा”को उखानलाई चरितार्थ गर्दैछ । जव एमाओवादीले सरकारनै छाड्दैन भन्ने कांग्रेसले कसरी प्रधानमन्त्री पाउँछन् ? भारतले कांग्रेसका सुशिल कोइराला र एमाओवादीका प्रचण्डलाई विश्वास गर्न सकिरहेको छैन । भारतले उनलाइ संधै शंकाको दृष्टिले हेर्नु नै कोइरालाको विफलता हो । कोइरालाको नाउँ भारतीय गुप्तचर संस्था ‘र’ को ब्ल्याक लिष्टमा पर्नु र भारत विरोधीहरूको “नेपाल गेम प्लान” नामक लिष्टमा सुशिल कोइरालाको नाम दर्ज भएपछि हस्तिनापुरले उनी प्रति बिश्वास गुमाएको हो । यस्तो अवस्थामा यदि सुसिल कोइरालाले प्रधानमन्त्री पद नपाउने हुन् भने शेरबहादुर भन्दा डा. भट्टराई नै योग्य रहेको राजनैतिक पर्यबेक्षेहरुकको बिष्लेषण रहेको छ । यसै कारणले पनि बर्तमान सरकारलाइ टिकीरहन थप मलजल पुगेको हो । कांग्रेस नेतृत्वले सरकारको नेतृत्व गर्ने तत्काल सम्भावना न्यून रहेको राजनीतिक विश्लेषकहरुको ठहर छ । राष्ट्रपति डा. यादवले पनि सरकार विरुद्ध कुनै कदम चाल्न नसक्नुको पछाडिको यही कारण हो । अर्को तिर नेताहरुले संघीयता,राज्यको पुनर्संरचना, जातीय राज्य, संसदीय शासन वा राष्ट्रपतिय शासन जस्ता विषयमा विवाद टुंग्याउन तत्काल संभव देखिरहेका छैनन् । संसद पुनस्र्थापना गरेर पनि केही काम गर्न नसक्ने हुँदा तत्काल संसद पुनस्र्थापनाको सम्भावना पनि न्यून रहेको छ । संविधान दिन नसक्ने र विवाद टुंग्याउन नसक्ने अवस्थामा पुरानै मान्छे, पुरानै नेता र पुरानै प्रस्तावले नयाँ परिणाम र निकास सम्भव छैन ।
शुशिललाइ हस्तिनापुरको आशिर्बाद छैन
Bookmark the permalink.
I regret for poor Susil Koirala, Hastinapur really do not want him? Then he seems little bit patriotic, so we need to help him from all around the world
oh susil da ! tapai pani sere deuba jastai amerika shanga biknus athaba baburam jastai india lai sahayog garnus thulo building banauna dharai din lagdaina kina sadai jogi bhayara basne ani arab kamaya pasi aaimai haru aafi pachi lagchan. bramachari bhayara basnai pardaina
नेपाली कांग्रेस पार्टी:- सिद्धान्त: यो राजनीतिक दल मध्ये-दछिणपन्थी भनिए पनि, ब्यबहारत: यो दल कट्टर(अती) दछिणपन्थी(Extreme right-winger) प्रमाणित हुँदै आएको छ. यो पार्टीले नेपालमा शामंतबाद र पुन्जीबादको मिश्रित प्रतिनिधीत्व गरिआएको छ. नेपाली कांग्रेस पार्टीले २००७ देखि २०१७ शाल वरपरको समय र २०४६-२०४७ देखि २०६४ सम्म नेपालको राजनीतिको नेतृत्व गर्ने बारम्बार मौका पाएकै हो, यसको नतृत्वमा देशको सरकारको शक्तीशाली कार्यकारी अङ्गहर (मन्त्रीमंडलहर) बनेकै हो. देशमा आफुलाई र आफूमात्र “प्रजातन्त्रको मसियाह” ठान्ने, तर ब्यबहारमा आफ्नै दलभित्र, अरु दलहरूसंग र जनतासंगको व्यवहारहरूमा भने कहिले पनि प्रजातान्त्रिक आचरणहरू अभ्याष गर्ने बिगत तथा बर्तमान ईतिहांस नभएको, देशमा भ्रष्ट्राचार, पूर्वाग्रह, अकर्मन्यता, आदी स्थापित गर्ने. सिद्धान्तमा प्रजातान्त्रिक समाजवादको माला जप्न कहिले पनि नछाड्ने, तर, व्यवहारमा भने ठिक उल्टो, घोर दछिणपन्थी (क्रुर र अनियन्त्रित पुंजीबाद) अप्नाउने परम्परा कांग्रेसको रहिआएको छ. स्थापना काल देखिने प्रजातान्त्रिक सामाजबादको नारा दिन्दै र राग अलाप्दै आएको यो पार्टी, त्यो नारामा नै आफुलाई सिमित गर्दै आएको छ. प्रजातान्त्रिक सामाजबाद भनेको के हो भन्ने कुरा आजसम्म कुनै पनि कांग्रेसी नेताले नेपाली जन समछ्य कुनै व्याख्या प्रश्तुत गरेको छैन. उनीहरूले “महामानव” भनेर दशकौं देखि प्रचार गर्दै आएका बिस्वेश्वर प्रशाद कोइरालाले समेत ठोस् रुपको कुनै दस्ताबेज वा किताब नलेखेको हुँदा, यो बारेमा कांग्रेसीहरूलाई केहि थाहा नहुनु स्वाभाविक हो. जस्तो एमालेको सन्दर्भमा भन्ने हो भने, स्व.मदन भण्डारीले जनताको बहुदलिय जनबाद बारेमा देशब्यापी स्तरमा बडो प्रजातान्त्रिक ढंगले लामो बाद-बिबाद र छफल गराएर र पार्टीमहाधिबेशनबाट अत्यधिक मतले पारित गराए र त्यसपछी दस्ताबेजिकरण(Documentation) गरेर (किताबहरू लेखेर) जानु भएको हामी सबैलाई अबगत नै छ. तर, नेपाली कांग्रेसका “महामानव” कोइराला लगायतका कुनै पनि नेताले कांग्रेसलागि यस्तो कुनै लिखित बिरासत (Legacy) छोडेको छ त? अहं, छैन. यसरी, कुनै दर्शन, कुनै स्पष्ट सिधान्त, कार्यक्रम र निती नै नभएको नेपाली कांग्रेस जस्तो पार्टीले नै उल्टो एमालेलाइ नै “कुनै दर्शन, कुनै स्पष्ट सिधान्त, कार्यक्रम र निती नै नभएको दल हो” भन्दै बेला-बेलामा आरोप लगाउने गरेको देखिन्छ. “जो चोर उसैको ठुलो स्वर” भनेको यहिँ हो
प्रजातान्त्रिक सामाजबाद भनेको के हो भन्ने कुरा आजसम्म कुनै पनि कांग्रेसी नेताले नेपाली जन समछ्य कुनै व्याख्या प्रश्तुत गरेका छैनन “महामानव” भनेर दशकौं देखि प्रचार गर्दै आएका बिस्वेश्वर प्रशाद कोइरालाले समेत ठोस् रुपको कुनै दस्ताबेज वा किताब नलेखेको हुँदा, यो बारेमा कांग्रेसीहरूलाई केहि थाहा नहुनु स्वाभाविक हो