-शशी पौडेल
“राज्य बहुसाँस्कृतिकता असफल भयो । ”
उक्त कुरा बेलायती प्रधानमन्त्री डेविड क्यामरोनले गत बर्ष जर्मनीको म्यूनिकमा ब्यक्त गरेका हुन् । उनले सुरक्षा सम्वन्धी आयोजित एक सम्मेलनमा भने– विभिन्न प्रकारका अतिवादवाट जोगिनका निम्ति अव बेलायतलाई बलियो राष्ट्रिय पहिचानको आवश्यकता छ ।
प्रधानमन्त्री डेविड क्यामरोनको उक्त भनाईका कारण बेलायतमा केही मुसलमान समुदायहरुले एक विरोध र्यालीको आयोजना पनि गरे । अर्को तिर विश्वभर यसवारे ठूलो वहस चलीरहेको छ । बेलायत जसलाई विश्वभर एक महत्वपूर्ण बहुसाँस्कृतिक राज्य मानिन्छ, त्यसकै सरकार प्रमुखवाट उक्त कुरा सार्वजनिक आउनु एक आश्चर्यजनक मात्र नभै चिन्तापूर्ण कुरा भएको अन्र्तराष्ट्रिय पर्यवेक्षकहरुले औल्याएका छन् ।
हुनत बहुसाँस्कृतिकताको विभिन्न ढंगवाट अर्थ लगाउन सकिन्छ । सरसर्ती हेर्दा र शब्दलाइ केलाएर हर्ने हो भने बहु साँस्कृतिक को अर्थ विभिन्न अलग अलग संस्कृतिलाई स्वीकार गर्नु, मान्यता दिनु र यसको उन्नतीको कामना गर्नु भन्ने बुझिन्छ ।
यसलाई सामाजिक र राजनैतिक ढंगवाट विश्लेषण गर्ने हो भने–एक मुलुकवाट अर्को मुलुकमा बसाइ सराइ गरी आ–आफ्नो संगठन वा संस्था मार्फत वा छरछिमेक वा शहर वा राज्यमा संगै मिलेर बसोवास गर्ने देखि लिएर संयुक्त रुपमा स्कूल जाने, व्यवसायहरु संचालन गर्ने गर्दा एक अर्काप्रति सम्मान, आदर गर्ने भन्ने बुझिन्छ ।
अर्को अर्थमा एउटा मुलुकमा एक भन्दा बढी सास्कृतिक पहिचान लिएका वालवच्चाहरु संगसगै हुर्कने गरेको भन्ने पनि बुझिन्छ ।
मेरो विचारमा भने बहुसाँस्कृतिकता भनेको समाज भित्र रहेका फरक नस्ल (कुल), साँस्कृति, धर्म एंव मूल्य र मान्यता भएका ब्यक्तिहरु वा समूहवीच एक अर्कामा सम्मान, स्वीकार र आदर गरी एक ठाउँमा अटाउनु भन्ने बुझेको छु । जस्तै एउटा सलादको भाडामा विभिन्न हरिया प्रकार एंव गोलभेडा, गाजर, काँक्रा, मुला आदि मिसाएर सलाद बनाइएको हुन्छ । त्यहाँ सबै चिज बस्तुलाई एक ठाउँमा अटाउने गरी राखिएको हुन्छ । त्यहाँ हालेको एक एक टुक्रा पहिचान गर्न सकिन्छ तर मासुमा आलु र फर्सी मिसाएर गलायो भने कुन गलेको आलु हो कुन फर्सि हो थाहा पाउन गाह्रो हुन्छ । बहुसाँस्कृतिकता भित्र हुने इन्ट्रिगेसन भनेको सलादको भाँडा जस्तो हुनु पर्छ ताकि यसमा कसैको पहिचान नमेटिएको होस् । र एउटै वाक्यामा भन्ने हो भने एक अर्काप्रति भावपूर्ण सकारात्मक स्वीकार हुन जरुरी छ न कि नकारात्मक टोलेरान्स ।
केही समय अघि रक्षा राज्यमन्त्री जेराल्ड हवार्थले आफ्नो क्षेत्रमा नेपालीहरु धेरै भए उनीहरुलाई अव यता आउन रोक्नु पर्दछ भन्ने आसय अभिब्यक्त गरे । उनको भनाई लिपीवद्ध भएको मसी सुक्न नपाउदै प्रमं डेविड क्यामरोनले म्यूनिकमा बहुसाँस्कृतिकताको विरोध गरे राजनैतिक पर्यवेक्षकहरुलाई यो एक कागताली जुरेको जस्तै भएको छ ।
बेलायतको जन्म नै बहुसाँस्कृतिकतावाट भएको छ । जव बेलायत एक टापुको रुपमा पत्ता लाग्यो तव फ्रान्स, जर्मन, इटाली र स्पेनवाट मान्छेहरु बेलायतमा बसाई सरे । जर्मनीहरुले आफ्नो संस्कृति र भाषा लिएर आए । इटलीयनहरु, फ्रान्सेली र स्पानीयनहरुले पनि आ–आफ्नो संस्कृति र भाषा लिएर आए । बिभिन्न क्षेत्रमा आ –आफनो हैकम जमाएर बस्न थाले । जव मानव सभ्यताको विकास हुदै गयो बेलायत पनि अछुत रहेन । बेलायतका विभिन्न क्षेत्रमा राजारजौटाहरु जन्मे । राज्य संचालन गर्न मन्त्री प्रधानमन्त्री चुनिन थाले । यसरी चुनिदा कहिले जर्मन भाषी चुनिने र सम्पूर्ण जनताले जर्मनी भाषा सिक्नु पर्ने त कहिले फ्रान्सेली अनि कहिले इटालियन त कहिले स्पानिस । एकले अर्काको भाषा र संस्कृतिको आदर गर्नुको वदला आफु नेतृत्वमा आउनासाथ आफ्नै भाषा, संस्कृति र धर्म लाद्न थाले । जनताहरुलाई अप्ठारो हुन थाल्यो । कहिले यो भाषा त कहिले उ भाषा । जनताहरुको दवाव पर्न थाल्यो । जन दवावका कारण चारै पक्षका नेतृत्वदायीहरु एक ठाउँमा जम्मा भएर समस्या समाधानको खोजी गर्न थाले । केही विद्धानहरुले उनीहरुलाई सवभन्दा बढी समस्या भाषाको कारणले भएको बताए । यदि एउटै भाषा मात्र लागू भएको खण्डामा बहुसाँस्कृतिकताबीच एकअर्काप्रति आदर, सदभाव हुन सक्ने संभावना अवगत गराए । अनि उनिहरु आ–आफ्नो भाषा बेलायतको सम्पर्क भाषा बनाउने ध्याउन्नामा लागे । चारै पक्षले आ– आफ्नो तर्फवाट विभिन्न कारण देखाउदै आ–आफु ठूला भन्ने तर्क गर्न थाले । सहमतिमा आउन दशौं बर्ष लाग्यो । बर्षौ पछि यी सबै फेरी एक ठाउँमा जम्मा भएर बरु नयाँ भाषा निमार्ण गर्ने भन्ने निणर्य गरे र यसरी नयाँ भाषा निमार्ण गर्न लाग्दा पनि राजनीतिज्ञहरुले आफ्नो जिद्धि छोडेनन् । त्यस पछि भाषाविदहरुले त्यसो भए तिमीहरु सबैका भाषावाट केहि प्रतिशत लिने र वाँकी ल्यैटिन भाषावाट लिने भन्ने निर्णय गरे तर जुन शब्द जर्मन फ्रान्स, स्पेन वा इटलीवाट लिइयो ती शब्दका प्रायजसो उच्चारण भने फरक अर्थात नयाँ ढंगले गर्ने भन्ने निर्णय गरी इङ्गलैण्डमा चारै भाषा र लेटिन भाषालाई सलादको भाडामा सलाद मिसाए जस्तै मिसाएर हालियो । अनि त्यहांवाट क्रमवद्धरुपमा अंग्रेजी भाषाको निर्माण भयो । इङ्गलैण्डमा उक्त भाषा निर्माण गरिएकाले यसको नाम इङ्गलीस भनि राखियो ।
सयौं बर्षहरु विते बेलायतले अन्य मुलुकहरुमा आँखा गाड्न थाल्यो दक्षिण अफ्रिका र भारत जस्ता ठूला मुलुकहरु लगायत भण्डै एक चौथाई विश्वमा आफ्नो उपनिवेश बनाउन सफल भयो र आफ्नो आवश्यकता अनुसार विश्व जनसमुदायलाई बेलायत कामदारकारुपमा ल्याउन थाले ।
मानिस संसारको जुनसुकै कुनामा गए पनि आफ्नो भाषा संस्कृति र धर्म संगै लिएर गएको हुन्छ । बेलायतले पनि आफ्नो इतिहास नै बहुसाँस्कृतिक भएकाले त्यसरी ल्याइएकाहरुको धर्म र संस्कृतिको देखादेख वा जानाजान अपमान गरेन तर हर तरहले राजनैतिक, सांस्कृतिक, धार्मिक र सामाजिकरुपमा फुटाउ अनि राज्य गर भन्ने नीति भने छोडेन ।
राजनैतिक विकासका विभिन्न चरणमा आइपुग्दा आफुले उपनिवेश बनाएका मुलुकहरु छोड्नु पर्ने अवस्था आयो । दक्षिण अफ्रिकामा गोराहरुलाई मात्र सत्ता हस्तान्तरण गरेर छोड्यो । उता भारतमा एउटै रगत एंव संस्कृति भएका भाइभाइलाई हिन्दु र मुसलमानको नाममा मुलुक नै टुक्रयाएर छोड्यो । आज भारत र पाकिस्तान जानी दुस्मनका रुपमा छिमेकी रहेका छन् ।
पहिलो र दोस्रो विश्व युद्धले समाजलाई एक कुनावाट अर्को कुनामा पुर्याएर स्थापित गर्यो । विश्व राजनीतिमा नव उदारवादी शक्तिहरु हावी भए पछि संसार अझ खुला किताव जस्तै बन्यो । टेक्नोलोजी र इन्फ्राइस्टक्चरको विकासले त झन संसारको एक कुनावाट अर्को कुनालाई जोडी दियो । आवत जावत र छलफल बहस गर्न महिनौं समुद्री बाटो तय गर्नु नपर्ने भयो । मानवजाती एक मुलुकवाट अर्को मुलुकमा जान झन सजिलो भयो ।
यस्तो परिस्थितीमा बहुसाँस्कृतिकता असफल भयो भन्नु टन्टलापुर घाम लागिरहेको दिनलाई अध्यारो देख्नु सरह हो ।
यसैले मैले बेलायतमा को को रहेछन् त अर्को धर्म एंव संस्कृतिवाट बेलायत भित्रिएका हस्तीहरु भनी उनीहरुको परिचयको खोजी गरेको थिए ।
निक ल्केगः– उपप्रधानमन्त्री, यद्यपी बेलायती उपप्रधानमन्त्री निकल्केग बेलायतमै जन्मेका हुन् तर उनका हजुर वा रसियन र उनकी हजुरआमा किराफन एङ्गेलहार्ड मल्टी एथनिक इम्पेरियल रुसमा जन्मेकी जर्मन, रसियन र उक्राइन त्रीपक्षी मिश्रित हुन् । उनीहरु वोल्सेभिक क्रान्ति ताका रुसवाट भागेर बेलायत आइ पुगेका थिए । निक ल्केगकी आमा स्वयं निदरलैण्ड कि हुन् । र उनको आमा हेरमेन्सले १९५६ मा बेलायत भ्रमण क्रममा निकका बाबुलाई भेटेकी थिइन र उनीहरुले पछि विवाह गरे । निकका बाबु रसियन अर्थोडक्स धर्म मान्ने र आमा प्रोटेस्टान्ट । निक ल्केगले आपूmले आफ्नो परिचय दिदा यसो भन्ने गर्दछन् । “There is simply not a shred of racism in me, as a person whose whole family is formed by flight from persecution, from different people in different generations. It’s what I am, it’s one of the reasons I am a liberal.” His Dutch mother instilled in him “a degree of scepticism about the entrenched class configurations in British society”. साथै उनकी धर्मपत्नी स्पेनकी हुन् ।
एड मिलिवैण्ड – लेवर पार्टीका नेता एड मिलिवैण्ड बेलायतमा जन्मेका हुन् तर उनका वाबु राल्फ मिलिवैण्ड बेल्जियमका प्रोटेस्टान्ट हुन् भने आमा मारिओन कोजाक पोलैण्ड कि रोमन क्याथलिक । एड मिलिवैण्ड स्वयंले जव पार्टी नेतामा निर्वाचित भए उनको पार्टी नेताको हैसियतले गरेको प्रथम संवोधनमा नै आफ्ना बाबुको बेल्जियमबाट आएको प्रंसग उठाएका थिए ।
वारोनेस वारसीः– कन्जरभेटिभ पार्टीकीे उपनेता एंव विना विभागिय मन्त्री वारोनेश वार्सी उनका बाबु जब बेलायतले भारत र पाकिस्तावाट आफ्नो उपनिवेश छोडेर आयो त्यसपछि उनी बेलायत आइपुगे र विभिन्न कल कारखानामा मजदुर एंव ट्याक्सी ड्राइभरको काम गरी छोरीलाई पढाए । वारोनेश वारसी एक पाकिस्तानी मुसलमानकी छोरी हुन् र उनी अहिले जसले बहुसाँस्कृतिकता असफल भयो भने उनैको पार्टीको दोस्रो नेताको रुपमा आसिन छिन् र मंत्री पदमा पनि छन् ।
उपरोक्त तथ्यहरुका कारण प्रोफेसर सर वेर्नाड क्रिकको बेलायतमा बहुसाँस्कृतिकता बारेको उनको तर्क यहाँ उपयुक्त ठानेको छु । जुन यसप्रकार छ । I see no incompatibility between multiculturalism and Britishness. Britishness must be part of multiculturalism.
“Who are we British? For a long time the UK has been a multicultural state composed of England, Northern Ireland, Scotland and Wales, and also a multicultural society… made up of a diverse range of cultures and identities, and one that emphasises the need for a continuous process of mutual engagement and learning about each other with respect, understanding and tolerance.”
In other words, dual identities have been common, even before large scale immigration.
We further wrote: “To be British means that we respect the laws, the parliamentary and democratic political structures, traditional values of mutual tolerance, respect for equal rights…”
But Britishness does not mean a single culture. Integration is the co-existence of communities and unimpeded movement between them, it is not assimilation. Britishness is a strong concept but not all embracing.
उ जस्तो बिद्द्वान र जान्ने अरु कोहि छैन भनेर अमिताभ बच्चन 'खुदा गवाह' को सुटिंग गर्न नेपाल आउँदा ईन्टरभ्यु लिन…