— शशी पौडेल
नेपालको विकट जिल्ला तप्लेजुङमा आज भन्दा साढे तीन दशक अघि यो संसारमा पाइला टेकेका हा“स्यकलाकारले आमा बाबा भन्ने बोली फुट्नु अघि आफ्ना पिताबाट सदाका लागि अलग्गिन्छन् । लगभग सातबर्ष पछि एक्ली आमाले तराई झापा सार्छिन् । तर उनीहरु झापाको पानीको गन्ध मन नपराएर पुनः पहाड सर्छन् ।
कहिले झापा कहिले मोरङ्ग कहिले काठमाण्डौं त कहिले पुनः ताप्लेजुङ्ग बसाई सर्ने क्रममा एउटै स्कूलमा दुईबर्ष लगातार पढ्न, स्थाई रुपमा साथी संगी बनाउने मौका पाउदैनन् उनी । तर पनि उनी अरुलाई रमाउन हाल्ने, खुशी गराउने काममा अग्रसर रहन्छन् । यिनलाई आफ्ना फ्यानहरुले मनोज गजुरेल भनेर चिन्ने गर्दछन् ।
मनोजले कहा“बाट यस्ता हा“सो ल्याउन सिके होलान भन्ने चासो प्राय सबै जसो दर्शकहरुलाई लाग्ने छ, –उनी मुस्कुराउदै मानवले जन्मदा नै त्यस्तो कला डो¥याएर आएको हुनसक्ने संभावनालाई स्वीकार गर्दछन्, उनी भन्छन, म सानो छदानै आपूm हा“सी रहने अरुलाई हसाउने ठट्याउलो स्वभावको थिए । मैले विभिन्न नक्कल गर्ने विभिन्न जनावरको आवाजको हुबहु गर्ने गर्दथें । गाउघरमा पुजा आजा विवाह व्रतन्ध हुदा मलाई खोजी गर्थे । अर्को कुरा यसलाई माझ्ने चम्काउने काम समयक्रमले गर्दो रहेछ । पचास प्रतिशत जन्मदा ल्याएको स्वभावको कुरा र बाकी ५० प्रतिशत अभ्यास हो ।
त्यसो भए यसप्रकारको कलाकारिता सिकेर सिकदैन जिज्ञासा राख्दा– यो सिकेर पनि सिकिन्छ तर अझ मुख्य गरेर उ जन्मीदा र हुर्कदा कुन वातावरणमा हुक्यार्,े उसको मनादेश कस्तो थियो, उसको मानसिकताका आधारमा क्षमता पनि विकास हुदै जाने कुरमा विश्वास गर्छन् मनोज । जन्मेदेखि चिज ल्याइएको हुन्छ त्यसलाई चम्काउने, माझ्ने वा परिमार्जन गर्ने काम पछि गर्नु पर्छ । अन्यथा सबै सेलाएर जान्छ । जानेर सिकेर पनि सिकिन्छ ।
तपाइका व्यङ्गहरुमा प्राय राजनीतिक व्यङ्ग हुन्छन् के तपाइका सवै व्याङ्ग दर्शकले वुझ्ने क्षमता राख्छन्– मनोजले एक पटक लामो स्वास फेर्छन् र शुरु गर्छन् – समाजमा वर्ग छ, मैले आर्थिक वर्गको कुरामामात्र गरेको हैन, चेतनाको वर्ग पनि छ । फरक फरक वर्गका मान्छेहरु फरक फरक चेतनाका हुन्छन् । उनीहरुको इक्षा पनि फरक फरक हुन्छ । त्यसले गर्दा म हा“स्य व्यङ्ग मार्फत समाज रुपान्तरणमा संलग्न छु । हा“स्य कलाकार मात्र नभएर हास्य व्यङ्ग कलाकारिता भएकाले मैले बजारमा के विक्छ त्यो गर्दिन । तर वजारमा के माल ल्याउनु पर्छ त्यो ल्याउने प्रयास गर्दछु । जस्तै विदेशका कार्यक्रममा मैले ती व्याङ्ग गर्दछु जुन यहा“का सचेत बर्गलाई चाहिने अन्र्तराष्ट्रिय राजनीतिका बारेमा । अर्को तिर युवाहरुको एउटा ठूलो वर्ग छ जसले राजनीति प्रति चासो राख्दैन त्यो वर्गलाई हाम्रो समाज, हाम्रो स्थिती र हाम्रा आवश्यकताको पहिचान गराउने मेरो दायित्व हो भन्ने मैले बुझेको छु । त्यसैले म यी दुवै वर्गका लागि राजनीतिक र सामाजिक व्यङ्ग जोडेर गर्दछु ।
मनोजले कुनै पनि राजनीतिक दललाई काखा वा पाखा लगाउने काम गर्दैनन् त्यसैले उनलार्य अहिले सम्म कुनै पनि राजनीतिक दलबाट दवाव आएको छैन । मैले जुन व्यङ्ग गर्छु त्यो कसैलाई गाली हैन यो नितान्त व्याङ्ग हो भन्ने बुझ्न म आग्रह गर्छु । मैले राजनीतिक वा सेलीव्रेटी पात्रको प्रसंसा पनि गरेको छु र कुपात्रको आलोचना गर्न पनि म पछि पर्दिन । मैले वावा राम देव सम्मको पनि नक्कल गरेको छु । यदि मलाई कसैले दवाव धम्की दियो भने मैले त्यसवारे अध्ययन गर्ने छु र यो किन आयो भन्ने पत्ता लगाउने छु अनि त्यसलाई समालोचनाको रुपमा लिने छु, उनको कथन थियो ।
मनोज गजुरेलले आपूmलाई नेकपा एमालेको नजिक राख्न चाहान्छन् । त्यती हुदा हुदै पनि उनले एमालेको आलोचना पनि सकेसम्म गर्छन । यसो गर्न पार्टीको अनुशासनले वाध्ने रहेन छ भन्ने खुल्दुली उनी यसरी मेटाउछन्–मैले तपाई मार्फत के प्रष्ट पार्न चाहान्छु भने म राजनैतिक विचारबाट प्रभावित छु तर म कुनै पार्टीमा छैन । कलामा विचार हुनु पर्छ । मेरो एउटा निश्चित चिन्तन र विचार छ । म समाजवादी विचारको दृष्टिकोणबाट हास्यव्यङ्ग गर्ने गर्दछु । काम गर्ने र श्रमजीवी प्रति मेरो सम्मान छ । समाजका अपराधी र समाजका दुर्गुणीहरु प्रति मेरो व्यङ्गको प्रहार रहन्छ । जहा“ सम्म पार्टी अनुशासनको कुरा छ जुन व्यक्ति कही पनि छैन त्यसलाई कसैले रोक्दैन । जुन थालमा खायो त्यही थालमा थुक्नु हुदैन । यसो भन्दै गर्दा म नेपालको वामपंथी राजनीतिबाट प्रभावित छु र मलाई यहा“ सम्म उठाउने पनि मेरो राजनैतिक प्रतिवद्धता र दृष्टिकोण हो ।
आफ्नो पत्रकारिता पेशा पनि उनले चटक्कै छोडेका छैनन् । हुन त उनले गर्ने व्यङ्ग, पर्दामा आउने वा मंचमा आउने काम पनि संचारकर्मीकै काम हो । मैले शुरुमा छापा पत्रिकाहरुमा काम गरेर छापा पत्रिका मार्फत समाजलाई सुसुचित गराउने प्रयास गर्थे र अहिले मंच वा पर्दा मार्फत । मैले एउटा हास्यव्यङ्ग पत्रिकाको सम्पादन पनि गर्छु । त्यस्तै डामाडोल डटकम नेपाली हास्यको एकमात्र अनलाईनको प्रधान सम्पादक छु । नेपालका केही पत्रिकाहरुमा स्तम्भ लेख्छु । जस्तै कान्तीपुर, मूल्यांङ्कन मासिक । यी सबैमा मैले लेख्दा व्यङ्ग लेख्ने गरेको छु । विकसित देशहरुमा हरेक ब्यक्ति वा कुरामा राजनीति हुदैन । यहा जसले जे पेशा छ त्यही गरिन्छ । तर नेपालमा हरेक व्यक्तिले राजनीति गर्ने । त्यसैले हाम्रो हास्यव्यङ्गमा पनि जसले पनि राजनीति गर्ने, होलसेलमा राजनीति गर्ने । मेरा विचारमा भने जसले राजनीतिक विश्लेषण गर्न सक्छ त्यसले मात्र राजनीतिक व्यङ्ग गर्नु पर्छ । किन भने विश्लेषण नगरीकन गरेको राजनीतिक व्यङ्गले समाजमा अन्याय पर्न सक्छ । जस्तै सब चोर हुन यी औंठा छाप भनिरहदा खेरी किन औंठा छाप भयो किन पढ्न पाएन भन्ने चिजको पनि विश्लेषण गरेर बोल्यो, व्यङ्ग ग¥यो भने त्यो व्यङ्ग हुन जान्छ । तर यदि कसैले होसेलमा यी सबैलाई गाली मात्र गर्नु पर्छ है भनेर गाली मात्र ग¥यो भने त्यसले समाजलाई धोका हुन्छ ।
यदि राजीतिक व्यङ्गलाई पनि हा“सोको लाली लगाएर गरियो भने त्यसको स्तर वा क्वालिटी आउन सक्छ । होइन यदि यी सवलाई ठोक्ने हो हान्ने हो भन्यो भने त्यो व्याङ्ग गालीको रुपमा जान्छ । नेपालमा अहिले यस्तै हुन थालेको छ । जसले गर्दा हास्य व्यङ्गमा विक्रिती पैदा हुने डर उत्पन्न भएको छ ।
मनोज आफ्नो कलाकारिता गर्ने क्रममा थुप्रै मुलुक घुमेका छन् । राजनीतिज्ञहरुसंग नजिक छन् । अराजनीतिज्ञहरुसंग नजिक छन् । समाज र राजनीतिलाई नजिकबाट सुमसुम्याउने मौका पाएका छन् उनी त्यसैले नेपालको भविश्य भने अध्यारो देख्दैनन् उनी । नया“ नेपाल २०७५ सालको नेपाल मेचि देखि महाकाली ३ घण्टामा पुगेका थिए रे उनी पूर्व ताप्लेचुङ देखि दार्चुला सम्म पहाडको फेदै फेद कतै अण्डरग्राउन्ड ट्रेन चलाएका थिए रे उनी । सप्तकोषीमा उनले पानीजहाज वगाए रे । काली गण्डकीमा माथी वेनी देखी त्रिवेणी सम्म डुङ्गा चलाएका थिए रे उनी । देशको डाडा काडामा केवलकार पु¥याएका थिए उनले आफ्नो भिडिओमा । नेपालका हरेक समुदायको हातमा त्यो भिडियो पुगेछ । त्यसैले उनले मुलुकमा हर क्षेत्रमा विकाशका सम्भावना देख्छन् ।
यदि हामी नेपालीले पार्टीगत, दलगत, व्यक्तिगत, समूहगत स्वार्थलाई अलग्ग राखेर राष्ट्र निमार्णको एक सुत्रिय एजेन्डामा अगाडि बढ्यौं भने संभावना छ । मेरो विचारमा यो जनस्तरबाट सम्भव छ । किनभने राजनैतिक नेतृत्व भित्र यति ठूलो घिनौना चाल चलेका छन् जुन माझ्न कठिन छ । मैले किन सम्भव देख्छु भने रुपन्देहीमा एक प्रकारको चरा अस्त्रिट पालेका छन् । जवकि त्यो हुर्काउन त्यहाको वातावरणमा प्राय असम्भव हो तर पालेका छन् । सप्तकोशिमा मोटर वोट चलाएका छन् । त्यसले गर्दा राष्ट्रमा नागरिकहरु दवावमूलक ढंगले सक्रिय हुने र विकल्प दिदै ग¥यो भने असम्भव केही छैन ।
तपाइले कतै आफ्नो घुंडामा वन्चरो त हान्दै हुनुहुन्न किन भने तपाइले नेपालमा सबै मान्छेले राजनीति गर्छन् त्यसैले नेपाल विग्रेको तर्क गर्नु भने सबै मान्छेलाई सही वाटो सुसूचित गर्ने काम तपाइ जस्तै कलाकर्मिहरुको हैन र ?
मनोज गल्ती स्वीकार गर्न पछि पर्दैनन् र उनी भन्छन्– कमजोरी विहिन त समाजमा कोही पनि हुदैन । हामी कलाकार पनि मानवनै हौ । तर मूलकुरा भनेको के हुने रहेछ भने राज्यको सा“स्कृतिक नीति कस्तो हुने ? राज्यले कुन कुरालाई कलाकारिता मान्ने कुन चिजलाई अराजकता मान्ने ? अहिले सम्म कानूनी मात्रै हैन नैतिक हिसावले पनि बाधेको छैन । कतिपयले स्थितिलाई अनूकुल बनाउने साटो प्रतिकूल बनाएका छन् । विसंगतीलाई हटाएर संगती ल्याउनुको वदला विसंगतीलाई नै प्रात्साहन दिएका छन् । समाजलाई झन अराजकता तिर धकेल्ने कोशिष गरिरहेका छन् त्यसैले मैले भ्रष्टाचार विरुद्ध आवाज, शान्ती र विकाशका लागि आवाज उठाउने गरेको छु । व्यक्तिगत रुपमा भन्नुहुन्छ भने यदि मैले समाजलाई सुंसंगति तर्फ डो¥याउन चाहान्छु भने सर्वप्रथम म आफै सुसंगती तर्फ डोरिनु पर्छ तव मात्र समाजलाई डो¥याउन सकिन्छ ।
यदि कमसेकम महिनामा एकपटक मंचमा उभिने मौका नपरेमा के हराएको, के गुमाएको अर्थात आपूmलाई अपूर्ण भएजस्तो अनुभव गर्ने मनोज गजुरेलले विदेशीएका नेपालीहरुबारे यसरी विश्लेषण गर्छन्– म लगभग संसारका ३२ वटा मुलुकहरुमा पुगेको छु । म जहा“ गए त्यहा“ उस्तै उस्तै अवस्था पाए । भौतिकरुपले सायद फरक होलान् तर जहा पनि एक प्रकारको अचम्मको वर्गीय स्वभाव पाए । अत्यन्त ठूलो वर्गीय विभेद, मैले आर्थिक वर्गको कुरा गरेको हैन । त“ डिभी परेको, म पिएच्डी गर्न आएको, यो विद्यार्थी, त्यो भूटानी शरणार्थी अथवा म व्यापारी तै जागिरे आदि आदि । एकले अर्कालाई सम्मान नगर्ने । अझ बेलायतमा त गोर्खा र नगोर्खाबीच प्रष्ट रेखा कोरिएको रहेछ । यो प्रवृत्ती संसारका सबै मूलुकमा रहेका नेपालीहरुमा पांए । त्यस्तै जातीय संस्थाहरुको काम भनेको आफ्नो भाषा संस्कृति जोगाउने हुन्छ । त्यस्तै थुप्रै राजनीतिक पार्टीका संगठनहरु पनि छन् । संगठन गर्नु राम्रो कुरा हो । तर विदेशममा आइसके पछि राजनीतिक संगठनको काम सप्पैलाई आपूmतिर तान्ने हुनुपर्ने हो तर भैदिएको कस्तो छ भने आफ्नै पार्टी भित्र पनि तपाई त्यो गुठको म त्यो गुठको । उनीहरुले व्यवहारले एकता देखाउनु पर्ने हो समाजलाई जोड्ने काम गर्नु पर्ने हो । तोड्ने काम गर्न भएन । हेर्नुस् नेपाल भनेको त संसारको मानचित्रमा एउटा सानो तोरिको गेडा जत्रो सानो ठाउ हो । त्यस्तो सानो ठाउको सानो समाजका मान्छे जो विदेश जान्छन् उनीहरुमा पनि, धर्म, जाती, क्षेत्र, एंव राजनीतिको विभाजन भयो भने मलाई लाग्छ केही बर्ष भित्रमा हाम्रो नेपाली भन्ने पहिचान हराउन सक्छ ।
म सबै संस्थालाई सम्मान गर्छु । अझ तमुधिलाई मेरो सलाम छ । किन भने अहिले हामीलाई तमुधिंले यहा ल्यएको छ । गौरवको कुरा, खुशीको कुरा किन भने वाहिर वाहिर गुरुङले गुुरुङ गुरुङ, मगरले मगर मगर, तामाङ्गले तामाङ्ग ल्याउने चलन थियो तर अहिले तमुधींले कोमल ओलीजी र मलाई जुन नियन्त्रणा दियो । त्यसले के देखायो भने–तमुधि, तमुको उत्थान संगसंगै नेपाली समाजलाई जोड्न चाहान्छ । यो उदाहरण अरु संस्थाले पनि सिके भने ज्यादै राम्रो हुने थियो ।
मनोज गजुरेलले अरु सबैको जीवनशैली भन्दा आफ्नो जीवनशैली फरक भएको भन्न मन पराउछन्– मेरो हवीको पाटो भनेको ध्यान हो । म जसको दर्शनबाट प्रभावित भएको छु । संसारमा चारजना महान मान्छेको नाम लिन मन पराउछु । जस्तै कार्लमाक्र्स, त्यस अघि गौतम बुद्ध, अलवर्ट आइनस्टाइन र पछिल्लो चरणमा दर्शन शास्त्रका मर्मज्ञ ओशो रजनीश । जसले परम्परागत ध्यानलाई आधुनिक व्यक्तिहरुको इक्षा र चाहना अनुरुप जीवन परिवर्तन गर्न सिकाए । यी चार महान पुरुषको विचार आस्था सबै जोडेर मैले जीवनलाई आफ्नै खालको दर्शन संचालन गर्नु पर्छ भन्ने एक खालको विचार बोकेको छु ।
मेरो कलाकारिताको सफलता असफलताको कुरा गर्दा म एक नंको कलाकार बन्न मन पराउन्न । मेरो तर्क के हो भने संसारमा एक नम्वर हुन्छु भन्नु भनेको आफ्नो टाउकाको भार बढाउनु हो । एक नंम्बर बन्ने होडमा कती पापड बेल्नु पर्छ । संसारमा करोडौंमा एक त एउटा होनी । म भैन भने अर्को हुन्छ अनि मलाई लाग्छ –हत्तेरी बर्वादनै भयो नि म एक हुन पाइन । अर्को तनाव । यदि एक नं. भइयो भने त्यसलाई टिकाउन तनाव । त्यसैले म एकनम्वरको लडाईमा छैन । म दुई नम्बर हू“ ।
भ¥याङको खुडकिला जती माथी चढ्यो तल झर्दा त्यत्ती तल पछारिनु पर्ला भनेर मनोज डराएको हो कि ? यो तर्कलाई उनी यसरी काट्छन् —डर होइन । हामी संसारलाई हेरौं, संसारमा सवभन्दा बढी सम्पन्न मान्छे सबभन्दा कम निदाउछ । एउटा श्रमजीवी दिनभर काम गर्छ र रातभर आरामले सुत्छ । त्यसले गर्दा जीवन भनेको प्रतिष्पर्धा मात्र हैन । आनन्दसंग जीउनु पनि हो । एक नं. भनेको खहरे हो सुइइइय आउछ अनि ह्वात्तै जान्छ । दुई नं. भनेको नदी हो बगिरहन्छ । म मेरो कलामा विचार लिएर सरर हिडिरहेको छु । म नेपालको हास्यव्यङ्गमा उच्च स्ट्याण्डर्ड कमेडियन हू“ । यो मेरो अहंकार हैन, मेरो आत्मविश्वास हो । मैले नेपाल भित्र र बाहिर राम्रो अध्ययन गरेको छु । मैले बेलायतका दर्शक के चाहान्छन् पढेर, अध्ययन गरेर मात्रै म यहा आउछु । अमेरिकामा चार पटक पुगे, त्यहाका नेपालीलाई थाहा छ कि मनोज गजुरेलले नया“ नया“ माल लिएर आउछ भन्ने । मलाई खाडीमा धेरै बोलाउछन् । उनीहरुलाई थाहा छ कि मैले श्रमजीवीको कुरा बोल्छु भनेर । यदि तपाईले मलाई रमाइलो पारामा भन्ने अनुमती दिनुहुन्छ भने म भन्छु मैले ग्राहक अनुसार माल बेच्छु । मैले गर्ने काम व्यवसाय र समाजसेवा पनि हो । किनभने यहा आदर्शको कुरा गरेर राष्ट्रवाद मात्र भनेर मेरो पेट भरिन्न्न । सर्वप्रथम म वाच्नु प¥यो तब न म अरुलाई सहयोग गर्न सक्छु ।
आफ्ना साथीहरुवाट माक्र्सवाद, लेलिनवाद र गोलचक्करवादमा फसेको आरोप खप्दै आइरहेका मनोजले आरोपबाट मुक्ति यसरी लिन खोज्दछन् –खास कुरा के भने मैले जुन माक्र्सवाद, प्रगतिशील विचारधारा पढे नेपालमा त्यस्तो छैन । पार्टीका नाम क्रान्तिकारी कामभने भ्रष्टाचारवादी, उनीहरुसंग वैचारिक कुरा समेत छैन । रुसमा समाजवादको पत भएका कारण विभिन्न विद्धानले लेखेका छन्– तपाइ स्वयंले पनि लेखेको मैले सुनेको र पढेको छु । त्यसैले कुनै पनि चिज आज निर्विकल्प र कमजोरी विहिन छैन । समय र परिस्थिती अनुसार सुधार्न पर्छ भन्ने मेरो धारणा हो । यदि कसैले यसमा मलाई गोलचक्करवाद भन्छ भने मेरो केही लाग्दैन । समाजवाद भनेको एकहोरो हिसावले हामीले जे पढ्यौं त्यो मात्रै हैन । माक्र्सवाद एउटा वाद हो तर वेद हैन ।
मनोज गजुरेलले राष्ट्र र गैरआवासीय नेपालीबीचको पुलको रुपमा कलाकारहरुले काम गरेकोमा गर्व गर्छन् । मूलभूमि राष्ट्र, नेपाली मूलका विदेशमा वस्ने नेपालीहरु चाहे एशिया, यूरोप वा अमेरिकामा होस् यी सबैबीच एउटा सम्वन्ध कायम गराउने प्रयासमा म छु । यो मेरो र हाम्रो प्रयासलाई जुन मंच प्रदान गर्नु भा छ । त्यसका लागि हामी धन्यवाद दिन्छौं । यसैबीच एउटा कुरा म के भन्न चाहान्छु भने– विदेशमा बसेर अलिकती स्थाइत्व पाउना साथ नेपालका नेतालाई गाली गर्न थाल्छौं । हाम्रो यो बढो खराव बानी छ । “बेलायतमा कहिल्यै बन्द हुन्न नेपाली नेताहरुको कारणले सधै बन्द हडताल” हामी विदेशमा बसेर यसो भन्छौ । होला बन्दले केही विक्रिति ल्यायो होला तर नेपालमा बन्दा नगरीकिन न्याय पाउने अर्को बाटो पनि छैन । त्यहा“ हाम्रो आफ्नै परिस्थिती छ । यहा बसेर नेपाललाई बेलायतसंग तुलना गर्न भएन । हाम्रो देश नेपाल, नेपाल जस्तो हुन सक्छ , बेलायत अमेरिका स्वीजरलैण्ड जस्तो हुन सक्तैन । त्यसैले तपाई विदेशमा बस्नेहरुले नेपाललाई नेपाल जस्तै बनाउन सहयोग गर्नु प¥यो । दोस्रो कुरा विदेश गएर त्यहा“ स्थाई बस्न पाए भने नेताहरुलाई गाली गर्दै नेपालमा बस्न मन थियो नी वाध्य भएर भाग्नु प¥यो भन्ने यदि बस्ने अनुमती पाइएन भने ओहो म त राष्ट्रको मायाले हरहर भएर आएनी, विदेशमा के बस्न सकिन्थ्यो भन्ने । यो ढोङ नगरौं । किनभने अव नेपाल भनेको मेचि महाकालीको सिमाना मात्रै भएन । अव नेपाल भनेको जहा जहा नेपाली मन, नेपाली पन, नेपाली संस्कृति छ त्यही नेपाल हो ?े अर्को पक्ष म विदेशीए अव केही गर्न सक्तिन भनेर निराश पनि नहुनुस । यही मेरो तपाइहरु प्रतिको अपेक्षा हो ।
जसले पनि राजनीति गर्ने, होलसेलमा राजनीति गर्ने -मनोज गजुरेल
Bookmark the permalink.
mittra jyadai khusiko kura ganu vayo tapaiko bichar jastai hamro samajama deari haina 30_/ 35 janamanasma hune ho vane kehai hadsamma rahat pugne thiyo ki?