शशी पौडेल
(यो लेख मैले गत वर्ष एभरेष्ट टाइम्सको लागि लेखेको हू)
सूचना, समाचार एंव अनेकन जानकारी खोज इन्जिन गुगलका अनुसार गत हप्ता संसारभर सवभन्दा बढी योग गुरु रामदेवको समाचार बारे खोज भयो । सुत्रका अनुसार भ्रष्टाचार र विदेशमा पैसा पु¥याइएको भन्नेबारेको रामदेवको भनाई पहिलो नम्वरमा थियो भने दोस्रो खोजको विषय रामदेवको पक्राउ बारे रहेको थियो ।
योग गुरु रामदेवलाई दिल्लीको रामलिला मैदानमा अनशन बसिरहेको बेला प्रहरी गई त्यहाबाट उठाइएको थियो र उनलाई राजधानीबाट वेपत्ता पारियो । त्यसको भोली पल्ट रामेदव देहरादुनको हिमालयन अस्पतालबाट सम्पर्कमf आएका थिए । रामदेवलाई रामलिला मैदानबाट हटाइए पछि इन्टरनेट मार्फत उक्त समाचार विश्वभर फैलिएको थियो । विशेष गरी फेसबुक र ट्युटरमार्फत फैलिएको समाचार केही घण्टा भित्रै छापा पत्रिकाहरुमा पनि आएको थियो । दिल्लीबाट प्रकाशित एक दैनिकले रामदेवको अनशनबारे लेखेको समाचार उनको पक्राउ पछि सचाएर छाप्नु पर्दा हजारौंप्रति रद्धिको टोकरीमा फाल्नु परेको समेत बताएको छ ।
एक २२ बर्षीय राहुल नामक युवक आफ्नो फेसवुकमा लेख्छन्– Proud to be an Indian with such brutal death of democracy happening, Isn’t the right to freedom of speech an expression our fundamental rights.
भारतीयहरु मात्र हैन संसारका हरेक कुनाबाट योग गुरु रामदेवको समर्थन र भारतमा भैरहेको भ्रष्टाचारका विरुद्ध ट्यूटर र फेसवुकमा सामेल भएका थिए । उनीहरुको फेसबुक र ट्युटरमा भनिएको थियो “Baba Ramdev Fight against Corruption” ” A movement against corruption- we are with Baba Ramdev and Anna Harare Ji” and Baba Ramdev Support Group” यस प्रकारका रामदेवलाई प्रोत्साहन गर्ने जोशिला आवाजहरुले रामदेवलाई सघाएका थिए ।
मेन्डी अग्रवालको नामबाट पोष्टेड गरिएको फेसबुकमा भनिएको छ शान्तीपूर्ण रुपमा योग गरिरहेको र शान्तिपूर्ण आन्दोलन गरिरहेको बेला यस प्रकारको प्रहरी आक्रमण गर्नु र बाबा रामदेवलाई लापत्ता पार्नु, लोकतन्त्र हैन तानाशाही पद्धती हो ।
एक २७ बर्षीय अंकित त्रेहानले आफ्नो फेसबुसमा लेख्छन्–बाबा रामदेव तिमीलाई प्रहरीले जहा“ पु¥याए पनि हामी तिमीसंग छौं । तिमीले जस्तो भ्रष्टाचारका विरुद्ध कसैले आवाज उठाउन सकेको थिएन । अब सम्पूर्ण भारतवासीले तिम्रो आवाजलाई साथ दिने बेला आएको छ ।
रामदेव अहिले
रामदेवलाई गतहप्ता मंगलवार विहानै देहारादुनको हिमालयन अस्पतालबाट छुट्टी दिइएको छ । रामदेव उनको आश्रम पंतलजली योगपीठ पुग्ना साथ फेरी एकपटक चर्को स्वरमा भारतमा भैरहेको भ्रष्टाचारका बारेमा आवाज उठाएका थिए । उनले भने भारतीय नागरिकहरुको सामाजिक एंव आर्थिक न्याय प्राप्तीका निम्ति हामीले शुरु गरेको लडाई एक मुठ्ठी स्वास रहे सम्म छोड्ने छैनौं ।
एक बृहत पत्रकार भेलामा उनले अनशन वसिरहेका बेला दिवंगत भएका अर्का योगी स्वामी निगमानन्दप्रति श्रद्धा सुमन टक्र्याए । यस्तै उनले दिल्लीको रामलिला मैदानमा प्रहरीको आक्रमणबाट घाइते भएका राजवाल प्रति सहानाभूति प्रकट गरे । रामदेवले अगाडि भने– भाषाको आधारमा हुने भेदभावको अन्त हुनु पर्छ । देश एंव विदेशमा राखिएको लाखौं करोढौं कालो धन राष्ट्रिय सम्पत्तीका रुपमा घोषित हुनु पर्दछ । र भ्रष्टाचारबाट नमुछिएका व्यक्तिहरुमात्र संसदमा पुग्नु पर्दछ । यसका लागि म एक मुठ्ठी स्वास रहेसम्म लड्ने छु ।
पतंजली योग पीठका दोस्रा व्यक्ति मानिने रामदेवका सहयोगी आयुर्वेदाचार्य बालकृष्णले देशमा भैरहेको भ्रष्टचारका विरुद्ध काम गर्न नया“ जोश र जा“गरका साथ लागि पर्न सम्पूर्ण भारतवासी समक्ष अपील गरे ।
रामदेवलाई अस्पतालबाट छाडिदा उनको स्वास्थ्यको अवस्था सामान्य भएको बताइएको थियो ।
भ्रष्टाचार एंव कालो धनका विरुद्ध रामदेव नौ दिन सम्म अनशनमा बसे । श्री श्री रविशंकर र सन्त समाजको अनुरोधमा रामदेवले आफ्नो अनशन तोडेका थिए । रामदेवले अनशन तोडेको दिन उनको स्वास्थ्यको अवस्था केही कमजोर भएकाले उनलाई तत्काल अस्पतात पु¥याइएको थियो बताइएको थियो ।
के रामदेवले युद्ध मैदान हारे ?
आ“धि वेहरीले रुखका पात उडाएर लगेजस्तो गरी गत हप्ता योग गुरु रामदेव एकाएक रामलिला मैदानबाट हटाइए । सत्याग्रह यात्रा नौदिनसम्म पुग्दा उनी लभभग युद्धमैदानमा विजेताको रुपमा देखा परिसकेका थिए । तर त्यसैवेला भारत सरकारका तर्फबाट रामदेव अनशन बसेको राजधानीको एक प्रसिद्ध मैदान रामलिला मैदान खाली गराउने आदेश दिइयो । आदेश अनुरुप रामदेव लगायत उनका सयौं समर्थक एंव सहयोगीहरुलाई समेत त्यहा“बाट हटाइयो । र त्यस पछिको रिजल्ट भने अनुमान गर्न नसकिने भयो । रामदेवले आफ्ना सर्मथक र सहयोगीहरुको मात्र हैन बरु उनका विपक्षीहरुको समेत मन जित्न सफल भएका थिए । मानिसहरुले उनी अब गुप्तवास जानेछन् भन्ने सोचेका थिए तर उनी अहिले आफ्नो योगपीठमा पुगि पत्रकार सम्मेलन समेत गरी भारत सरकारका अगाडि हुंकार गरेका छन् ।
तर दुर्भाग्य एक हप्ता वित्दा नवित्दै अवस्थाले कोल्टे फेर्न लागेको छ । एउटा भनाई छ जे छिटो आउछ त्यो छिट्टै बिलाउछ पनि । रामदेवको सवालमा पनि झण्डै यस्तै भएको छ । उनका सर्मथक र सहयोगीहरु अत्यन्त सजिलो गरी उनी सामु आइपुगे र यसबाट रामदेवले केही जितेका थिए । तर त्यहा“ उपस्थित सर्वसाधारण जनताको सेन्टीमेन्ट भने रामदेवको समर्थन भन्दा सरकार विरोधी बढी रह्यो । सर्वसाधारणको सेन्टीमेन्टले यस सवालमा बढी नेतृत्व ग¥यो । जुन नेतृत्व रामदेव वा उनको संस्थाले गर्नु पथ्र्यो । हुनसक्छ रामदेव उनको समर्थनमा आएको सेन्टिमेन्टलाई नेतृत्व दिन असमर्थ भए । भ्रष्टाचार विरुद्धको क्याम्पन अनौठो चालसंग रामेदव भन्दा वृहत भयो । आपूm भन्दा बृहत भएर आएको उनको क्याम्पेनलाई उनले सम्हाल्न सकेनन् । मेडियालाई परिचालन गर्न सकेनन् । आफ्ना सहयोगी र समर्थकहरुलाई परिचालन गर्न सकेनन् । रामदेवको यो कमजोरी पक्ष थाहा पाएको भारत सरकारले त्यतीवेला आफ्नो प्रहरी परिचालन ग¥यो । रामदेव र उनको योजनाले युद्ध मैदानको सवल पक्ष र दुर्वल पक्षको यथार्थ मूल्याङ्कन हुन सकेन । यी सवल र दुर्वल पक्षवीच हुनु पर्ने सम्झौता हुन नसकेको अनुमान गर्न सकिन्छ । रामदेवले आफ्नो पह“ुच वा शक्ति कहा“ सम्म छ भन्ने कुराको तुलना नगरीकन भ्रष्टाचार विरुद्ध क्याम्पेन शुरु गरेको हुन सक्छ । उनले बुझ्नु पर्ने के थियो भने उनी स्वयंकहा योग गर्न आउने उनका चेला जो मंत्री कलेक्टर वा उच्च ओहदामा छन् उनीहरु पनि भ्रष्टचारी हुन् । तर उनको सोचाईमा उनीकहा“ योग गर्न आउने सबैले उनलाई सघाउने छन् भन्ने रहेको हुनु पर्दछ । अन्तत्वगत्वा सत्य के हो भने उच्च ओहदावाला भ्रष्टचारीको प्रमुख पेशा भनेको उसको पद सम्हाल्नु हो भ्रष्टाचारको संजाल भित्रको भारतीय प्रशासनमा आफ्नो पद संहाल्न भ्रष्टचार गर्नै पर्दछ । तर योग गर्नु भनेको उनीहरको हवी हो । प्राथमिकताक्रममा सर्बप्रथम पेशा आउछ र त्यसपछि अन्य आवश्यकता र तेस्रो स्थान हवीले ओगटेको हुन्छ । रामदेवले भारतीय समाज, भारतीय राजनीति, भारतीय भ्रष्ट नेता गण, भ्रष्ट कर्मचारीतन्त्र र भ्रष्ट न्यायसेवालाई द्धन्दान्तक दृष्टीले विश्लेषण नगरी एक पक्षीय ढंगबाट मूल्यांकन गरेर छिटो जनप्रिय कुरा गरेर जनप्रिय बन्छु भन्ने मनोविज्ञानले प्रेरित भएको बुझिन्छ । यसो भन्नुको अर्थ यो पंतिकारले भ्रष्टाचारलाई प्रोत्साहन दिन खोजेको भन्ने नबुझियोस् ।
हिन्दीमा एउटा भनाई छ “छोटा मुह बढी वात” यसको अर्थ हो सानो मुखले ठूलो कुरा गर्नु । यसो भनेर स्वामी रामदेवले यति महत्वपूर्ण कुरा उठाउनु हुन्थेन भन्ने चाही होइन । कुरा उठाउनु अत्यन्त राम्रो कुरा हो । एउटा सानो सलाईको छेस्काले जंगल डढेलो लगाउन सक्छ भने स्वामी रामदेव करोडौं अरवौं विश्वका जनताले उनलाई चिन्दछन् भने उनी साना मान्छे पक्कै होनन् । मात्र के सोच्नु पथ्र्यो भने यदि यी कुराहरु उठान गरेपछि त्यसको बैठानवारे पनि सोच्नु आवश्यक हुन्थ्यो ।
स्वामी रामदेवले उठाएको चारसयलाख अरव डलर विदेशमा भएको भारतीय नेता एंव व्यापारीहरुको पू“जीको जुन कुरा छ यो अव चर्चामा आयो । चर्चामा मात्र पनि आउनु आफैमा महत्वपूर्ण कुरा हो । यसको टुंगो लाग्न समय लाग्ला ।
सत्तरीको दशकको अमेरिकाको वाटरगेट काण्डको उदाहरण यहा“ लिन सकिन्छ । १९७२ मा अमेरिकाबाट प्रकाशित हुने एक क्षेत्रिय दैनिक (राष्ट्रिय दैनिक पनि हैन) वासिङ्गटन पोष्टले सर्वप्रथम वाटरगेट काण्डका बारेमा लेख्यो । त्यसपछि अमेरिकाभर यसको चर्चा चल्यो । त्यसपछि केश एफ वि आइ ले लियो । अन्तत्वगत्व १९७४ मा तत्कालिन अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले राजीनामा दिनु प¥यो । अमेरिकाको इतिहासमा निक्सन नै पहिलो राष्ट्रपति हुन जसले भ्रष्टाचारको आरोपका कारण पदबाट राजीनामा दिनु परेको थियो र उनी अहिले सम्ममा अन्तिम पनि हुन् । भविश्यमा कोही आउला त्यो अलग कुरा हो ।
संचार साधनसंग कच्चा कुरा
स्वामी रामदेवले आफ्नो अनशनक्रममा उनले एघारहजार सुरक्षा दल ल्याउन सक्छु भन्दै छाती पिटे । ती सुरक्षा दल भनेका हातहतियार सहित हुन् वा योगचेला हुन् प्रश्ट पारेनन् । उनले त्यती मात्र भनेनन् कि हरेका मान्छेले आफ्नो सुरक्षाका निम्ति सहयोगी राख्नु संवैधानिक अधिकार भन्ने दावी पनि गरे । उनले हामी सबैले जुडो कराते खेल्न पाउने अधिकार छ । जुडो कराते खेल्न सिकेर आफ्नो सुरक्षा गर्ने हाम्रो अधिकारको कुरा हो । मैले त्यस्ता युवाको एकजत्था तयार पार्न सक्छु । हामी कसैलाई आक्रमण गर्न चाहान्नौं र हामी पनि कसैबाट आक्रमित हुन चाहान्नौं ।
त्यसपछि उनको वक्तव्य आयो जुन वच्चाहरुको खेल भन्ने बुझ्न कठिन हुने छैन । वक्तव्यमा उनी भन्दछन्– म मेरा संचारकर्मी साथीहरुलाई चिनेको छु त्यसैले उनीहरुले मेरो कुरा बंग्याउने छैनन् । म उनीहरुलाई पूर्णरुपले विश्वास गर्दछु ।
रामदेवको उक्त वक्तव्य भारतीय संचार साधनले बंग्याए कि बंग्याएनन्, त्यो भने यस पंतिकारलाई थाहा भएन तर उनका शब्दहरुको भने निकै प्रचारवाजी भयो ।
रामदेव को हुन् ?
रामदेव एक भारतीय प्रशिद्ध योग सन्यासी हुन् । उनको जन्म भारतको हरियाना राज्यको महेन्द्रगढ भन्ने ठाउ“मा १९६५ मा भएको हो । उनी यादव थरका व्यक्ति हुन् । यादव भन्नाले उनीहरुको परम्परागत पेशा भैसी पाल्नु, भैंसी चराउनु, दूध दही बेच्नु र यसैबाट जिविका गर्नु हो । तर रामदेवले भने योगाशनबाट सन्यास लिएर स्वामी नाम प्राप्त गरी स्वामी रामदेव नामले चिनिन्छन् । उनले विश्वभरका जनतालाई योगाशन र प्रणायामको सरल विधि बताएर योग क्षेत्रमा एक महत्वपूर्ण भूमिका निभाएका छन् । रामदेव विश्वका थुप्रै कुनामा पुगेर योग प्रशिक्षण दिने गरेका छन् । उनको योग प्रशिक्षणमा हरेक तह र तप्काका समुदाय के युवा के वच्चा के वृद्ध सबैले भाग लिने गरेका छन् । उनले त्यति मात्र नभएर टिभी मार्फत पनि योग सिकाउने गर्दछन् ।
रामदेवको बचपनको नाम रामकृष्ण यादव हो । रामदेव वच्चै देखि भारतीय स्वतन्त्रता संग्रामताका नेताजी सुवास चन्द्र वोस र अर्का वामपन्थी नेता विस्मिलप्रति प्रभावित थिए । आपूm स्वतन्त्रता संग्रामी नेता सुवास चन्द्र वोसलाई सानैदेखि आफ्नो आदर्श पुरुष मानेको कुरा केही समय अघि मात्र एक समारोहमा बताएका हुन् । गाउ“कै स्कूलमा आठ कक्षा सम्म पढेर गुरुकुलमा संस्कृति र योग शिक्षा पढ्न गएका रामकृष्णले त्यतिवेला देखि नै आफ्ना माता पिता र घरवार छोडेर योग साधना तर्फ लागे । युवावस्था देखि नै उनले सन्यास लिएर स्वामी रामदेव नामधारण गरे ।
उनी खास गरी १९९५ देखि सार्वजनिक रुपमा योग साधनामा लागेका हुन् । रामदेवले आफ्नो जन्मस्थल महेन्द्रगढमा बैदिक गुरुकुलको स्थापना गरेका छन् । २००६ साल देखि हरिद्धारमा उनले पंतजली योग ट्रष्ट पिठ स्थापना गरी अत्याधुनिक औषधी उद्योग समेत स्थापना गरेका छन् । उनको औषधी उत्पादन उद्योग पतन्जली आयुर्वैद लिमिटेड भनेर चिनिन्छ । रामदेवले पंतजली योग पिठ ट्रष्टको माध्यमद्वारा योग, प्राणायाम, अध्यात्म, आदिका साथसाथै वैदिक शिक्षा र आयुर्वेद शिक्षाको पनि प्रचारप्रसार गर्दै आइरहेका छन् ।
उनको प्रवचन आस्था, आस्था इन्टरनेशनल, जी नेटवर्क, सहारा वन तथा इन्डिया टिभीबाट प्रशारण हुने गरेको छ । पछिल्ला दिनमा उनी सम्पूर्ण भारतमा व्याप्त भ्रष्टाचारका विरुद्ध सक्रिय बनेका छन् । उनका अनुसार भारतीय गरीव मजदुर किसानको रगत पसिना यहा“का भ्रष्ट राजीतिज्ञले विदेशी वैंकमा जम्मा गरेका छन् उक्त सम्पत्ती राष्ट्रियकरण हुनु पर्दछ । उनले इटली एंव स्वीजरलैण्डमा संकलित भारतीय भ्रष्ट नेताहरुको पू“जी ४०० लाख करोड रुपैया स्वदेश फिर्ता ल्याउने माग राखेका छन् । उनी भ्रष्टाचार विरुद्ध चन्द्र शेखर आजादको पूण्य तिथी २७ फरवरीका दिन देखि खुलेर लागेका हुन् । यसै शिलशिलामा उनी दिल्लीको रामलिला मैदानमा सत्याग्रह गरेका थिए ।