‘जसले मेरो शरीरलाई चिन्दछ, त्यसले मलाई चिन्दैन । जसले मेरो सिद्धान्त अथवा शिक्षालाई चिन्दछ, उसले नै मलाई चिन्दछ ।’ उक्त कुरा गौतम बुद्धले निर्वाणका बेला आफ्ना शिष्य भिक्षुहरुलाई भनेका हुन् । यसै प्रसंगमा बुद्धले एउटा अर्को कुरा थपेको पाइन्छ । ‘शरीरलाई पात्र मानौं र यसलाई ज्ञानले भरे पछि बुद्ध भयो ।’
बैशाखे पूर्णिमाका दिन गौतम बुद्धको जन्म भएको कारणले यस दिनलाई बुद्ध पूर्णिमाका रुपमा मानिदै आएको छ । त्यसैले सदा झै यसपाली पनि बैशाखे पूर्णिमा अर्थात बुद्ध पूर्णिमाका दिन बुद्धिष्ट कम्यूनिटी सेन्टर यूकेले बुद्ध जयन्तीको आयोजना गरेको छ । । पर्सी आईतवारका दिन बिस्ली पविलिओन, विसली क्याम्प, सरी बेलायतमा आयोजित कार्यक्रममा गौतम बुद्धको पुजा अर्चना सहित बृद्धका उपदेशहरुको प्रवचन गरी सिद्धार्थ गौतमको २५५६ औं जन्म जयन्ती मनाइने भएको छ । बुद्धिष्ट कम्यूनिटी सेन्टर यूकेका अध्यक्ष काजी शेर्पाले सम्पूर्ण आगन्तुक पाहुनाहरु एंव भक्तजनहरुको स्वागत गर्ने छन् ।
गौतम बुद्ध शाक्य गोत्रका थिए र उनको वाल्यकालकोे वासतविक नाम सिद्धार्थ गौतम थियो । उनको जन्म नेपालको लुम्विनीमा भएको थियो । गौतम बुद्धको जन्मस्थानमा राजा अशोकले तेस्रो सताब्दीमा बुद्धको संझनामा एउटा स्तम्भ बनाएका थिए । जसलाई अशोक स्तम्भ भनेर चिनिन्छ ।
सिद्धार्थ गौतमका बाबुको नाम शुद्धोधन र आमाको नाम मायादेवी थियो । भनिन्छ उनको न्वारनमा आठ जोतिषीहरु निम्त्याइएका थिए । ती मध्ये कतिले सिद्धार्थलाई एक महान राजा हुने बताएका थिए । किन भने शुद्धोधन राजा थिए । तर ती आठ मध्ये एकले भने सिद्धार्थ एक महान साधु हुने वताएका थिए । ती जोतिसको कुरा सुनेपछि शुद्धोधन निकै चिन्तित भएका थिए रे † त्यसैले उनले सिद्धार्थलाई राजपाठमा मन लागोस् भनेर हर प्रयत्न गरे रे † तर सिद्धार्थ २१ बर्षको उमेर पुग्दा नपुग्दै उनका आ“खा, अर्थात अन्तरआत्मा चारवटा कुराहरुमा पर्न गएछ । सर्वप्रथम एक वृद्ध विकलांक व्यक्ति । दोस्रो एक रोगी ब्यक्ती । तेस्रो एक मृत शरीर, र चौथो एक साधु । जव सिद्धार्थले मानवजातीका यी चार अवस्था देखे तव उनलाई लाग्यो कि जती पनि मानिसहरु सबैको जन्म हुन्छ, सबै बुढाबुढी हुन्छन्, अनि ती रोगी पनि हुन्छन् र एक दिन सबैको मृत्यु हुन्छ । सिद्धार्थको मनमा यी कुराहरु परेपछि राजपाठ, आफ्नो जात, पत्नी, वच्चाहरु सम्पूर्ण छोडेर उनले साधु जीवन व्यतित गर्ने तर्फ लागे ताकि जन्म, वृद्धावस्था, दुःख विरामी र मृत्युवारे थुप्रै जान्न र थाहा पाउन सकुन् ।
सर्वप्रथम उनले पाञ्च व्राम्हणका साथ उपरोक्त प्रश्नको उत्तर खोज्न थाले । उनले उचित ध्यान पनि गरे तर उनले त्यसको उत्तर प्राप्त गर्न सकेनन् । त्यसपछि उनी तपस्या गर्ने तर्फ लागे । उनी आफ्ना गुरुहरु भन्दा पनि योग्य तपस्वी बने तर उत्तर पाउन सकेनन् । त्यसपछि उनले केही साथी जम्मा गरेर त्यो भन्दा पनि कठोर तपस्या तर्फ लागे । यसो गर्दा गर्दै गौतम वुद्घले ६ बर्ष बिताएछन् । यत्तिकैमा उनलाई आफ्नो वचपन याद आएछ र उनले त्यो कठोर तपस्या छोडेर आर्य आष्टाङ्ग मार्ग पत्ता लगाएछन् । जसलाई तपस्या र असंयमको पराकाष्टवीचको मध्यमार्ग भनेर भनिने गर्दछ । त्यसपछि उनले आफ्नो देह वचाइ राख्नका निम्ति केही वाख्राको दुध पिएर एक पिपलवोट मुनी तपस्या गर्न बसे जसलाई बोधीसत्व भनिन्छ । उनले त्यहा“ अठोट गरे कि सत्य नमेटिकन अव त्यहा“बाट उठ्ने छैनन् । उनी ३५ बर्ष हुंदा बोधीसत्व पाए र बुद्ध बने । त्यसपछि मात्र उनको नाम गौतम बुद्ध रह्यो ।
त्यसपछिको उनको झण्डै ४५ बर्ष गंगा नदिको छेउ–छाउमा धर्मोपदेश दिने क्रममा वित्यो । उनले आफ्नो धर्म उपदेशहरु गरीब र धनी दुवैलाई दिने गर्दथे । बुद्ध धर्म वा बुद्ध दर्शनको उत्पत्ति यसरी भए पनि गौतम बुद्धको मृत्यु पश्चात झण्डै पा“चसय सम्म अपरिचित रुपमा रह्यो तर त्यसपछि भने भारतीय उपमहाद्धिपमा यसको प्रचार प्रसारमा तिव्रता आयो । त्यसपछिका यी दुईहजार बर्षवीच संसारको हरेक कुनामा यो दर्शन पुगेको छ । र अहिलेसम्म बुद्ध धर्म मान्नै व्यक्तिहरु संसारमा ३५ करोड नाघी सकेका छन् र यो संसारको चौथो ठूलो धर्मको रुपमा स्थापित भैसकेको छ ।
‘बुद्ध’ त्यसलाई भनिन्छ जसले बर्षौ तपस्या गरेर यर्थाथता र सत्यभाव भेटेको छ । यसैलाई बुद्ध धर्मले वोधी नाम दिएका छन् । जुन व्यक्ति ‘अज्ञनताको निदबाट व्यूझिन्छन्’ उनीहरुलाई बुद्ध भनिन्छ । भनिन्छ बुद्ध जन्मिनु अघि धेरै बुद्ध थिए । बुद्धका अनुसार जो कोही पनि बुद्ध बन्न सक्नेछ यदि उसले धार्मिक जीवन जिउछ र ज्ञान हा“सिल गरेर आफ्नो मन र वुद्धी शुद्ध गर्दछ । बुद्ध धर्मको अन्तिम लक्ष भनेको यो दुखपूर्ण अवस्थाको अन्त्य । वुद्धले आफ्नो धर्मोपदेशमा भनेको पाइन्छ कि– ‘मैले एक चिज मात्र सिकाउछु जुन दुःख र सुख निरोध’ बुद्ध धर्मका अनुयायीहरु आर्य आष्टाङ्ग मार्गको अनुशरण गरेर जीवनको अज्ञानता र दैनिक भैपरी आउने दुःखबाट मुक्ति पाउने कोशिष गर्दछन् ।
हिन्दू धर्मावलम्वीका अनुसार गौतम बुद्ध भगवान विष्णुको नवौं अवतार मानिन्छ । बुद्धले शोषक र अत्याचारी दानवहरुको हृदय परिवर्तन गर्नेे विश्वव्यापी आन्दोलनका लागि अवतार लिएको मानिन्छ । भनिए जस्तै उनले विश्वव्यापी आन्दोलन पनि चलाए । कतिपय दानवीय स्वभावका व्यक्तिहरु मानवीय स्वभावमा वदलिए । राजा अशोक, महान अशोक बने । डा“का अंगुलीमान अहंत भिक्षु बने । राजनर्तकी अम्रपाली अहंत भिक्षुणी बनिन् । अशोकले बुद्धको मुर्ति पुजा गरेर बौद्धमार्गी बनेर महान बनेका होइनन् बरु सम्पूर्ण मानव र अझ अगाडि बढी पशुपंक्षीहरुको समेत समस्यालाई ध्यान दिने महान शासक बने । कतिपय शासकले बुद्धको प्रभावमा परी आपूmले निजी सम्पत्ती नजोड्ने कुरामा बिषेश ध्यान दिए । राजा नरेन्द्रदेव जो बुद्ध धर्मबाट प्रभावित थिए । उनले मछेन्द्रनाथलाई पाटनमा स्थापित गरेका थिए । मछेन्द्रनाथ बौद्ध र हिन्दूको भेद मेटाउने साझा देवता हुन् । राजा नरेन्द्रदेव आपूm मर्ने बेलामा छोरीहरुलाई प्रदान गर्न केही सम्पत्ति नहुदा एउटी छोरीलाई प्रजाप।रमिता नामक बौद्ध धर्मको पुस्तक र अर्किलाई आप्mनो श्रीपेच दिएर पठाए । बुद्धले राजालाई पनि आम जनताका निम्ति त्याग गर्न सिकाए । हुन त यो चलन हिन्दु धर्ममा राजयोगकै अंग हो । राजयोगिले धन सम्पत्ति अथवा जहान परिवारको परवाह नगरी के आफ्नो परिवार छोराछोरी सम्पूर्ण जनतालाई समान दृष्टीले हेरी सबैप्रति उही दया–माया र समान व्यवहार गर्ने गर्दथे । सम्पूर्ण जनतालाई इश्वरको रुपमा हेरी सबैसंग आपूm जस्तै व्यवहार गर्नु राजयोग र बुद्धत्व हो । माथिका पंतिहरु पढ्दा गौतम बुद्ध एक राजाका छोरा भैकन पनि एक तपस्वी मात्र थिए भन्ने बुझिन्छ तर कुरो त्यसो होइन गौतम बुद्ध एक शुर र वीर पुरुष पनि थिए । गौतम बुद्धि मानवप्रति अगाध माया गर्थे र दयालु थिए । र उनमा असिम त्याग पनि थियो । उनले प्राणी मात्रका लागि कति माया गर्थे र उनी कति वीर थिए भन्ने कुरा एक हा“सलाई बचाउन दुष्ट देवदत्तको विरोधमा गरेको संघर्ष तथा यशोधराको स्वयंवरमा अन्य सम्पूर्ण राजकुमारहरुलाई आफ्नो पराक्रमले हराएर यशोधरासंग उनले गरेको विहेको इतिहासले प्रष्ट पार्दछ । उनी कत्ति त्यागी थिए भन्ने कुरा २९ बर्षको जवानीमा आफ्ना आमा बाबु तथा जवान सुन्दरी स्त्री र वालक पुत्रलाई त्यागी भविश्यमा आफ्नो हातमा आएको सिंहासन समेतलाई त्यागेर वास्ता नगरेर मानव मात्रको कल्याणका लागि तपस्या गर्न वन पसेको इतिहासले प्रष्ट पार्दछ । अनि उनले अन्याय सहन गर्न नसक्ने व्यक्तित्व थिए भन्ने कुरा डाका अंगुलीमानसंग उनले गरेकोको सामनाले प्रष्ट पार्दछ । सिद्धार्थ गौतम सम्पूर्ण गुणले युक्त रहेछन् भन्ने कुरामा शंका गर्नु पर्दैन ।
गौतम बुद्धले बुद्धत्व प्राप्त गरे पछि सारनाथमा आफ्नो पहिलो शिक्षा भिछुहरुलाई दिदै भनेका थिए । भिक्षुहरु हो । बहुजनको हितका निम्ति बहुजनको सुखका निम्ति, लोक माथि दया गर्नका निम्ति, देव मनुष्य सबैको कल्याण र हित गर्नका निम्ति तिमीहरु अव संसारमा विचरण गर । दुईजना एकठाउ“मा नजाउ । म पनि सेनानी ग्राममा धर्म उपदेशका निम्ति जान्छु ।’ उक्त भनाईले के प्रष्ट पार्छ भने बुद्ध अरुलाई काम लगाएर आपूm सन्त साधु भै सन्तोषले बस्ने व्यक्तित्व थिएनन् । उनि यसरी आपूm पनि काम तर्फ लाग्छन् ।
Like us on Facebook
Categories लेख तथा समाचार
Monthly Magazine मासिक-पत्रीका
Coming Soon..................