-जनकमान डंगोल
युनिफर्मको अगाडी पट्टिको भाग निर्को गोजा भिजेर चिसै देखियो, एकछिन पछी तपतप चुईन थाल्यो देख्न सकिएन त्यो बिजोग र असह्य भएर भने ‘जाउ नानी बाथरुममा गएर निचोरेर फाल’ म यस्तो दृश्य हेर्नु सक्दिन ।
सुत्केरी बिदा बाट हाजिर भएर आकै दिन त्यो देख्दा मन कटक्कै भो । यता ति भर्खर सुत्केरी भएर हाजिर हुन आकी छिन उता त्यो भर्खरको दुधे बालक भोक र तिर्खाले कति छटपटाई रहेको होला ?
बच्चा आफ्नो आमाको जिम्मा लगाएर तोकिएको बिदा भुक्तान गरि कार्यालयमा हाजिर त भईन तर पिडा एकातिर छ भने उता आमाको ममता, निकै बेर गमे, रातभरी मनमा त्यहि कुरा खेलीरह्यो । भोलिपल्ट कार्यालय पुग्ने बित्तिक्कै तिनलाई बोलाएर भने, ४ दिन क्या.बि. लेखेर लेराउ । आफैले जोखिम मोलेर २/३ पटक आउट पास र क्या.बि. पठाईदिन कर लाग्यो, किनभने एकै साखामा काम गर्ने मेरी सहयोगी उनी ।
समयमा स्तन पान गराउनु पर्ने बेलामा शिसुको लागि अमृतसरह त्यो दुध सौचालयमा बगाउन बाध्य भएको कारण तिनको शिसुले प्रचुरमात्रामा स्तनपान गर्न नपाएको परिणाम धेरै लामो समय सम्म बच्चा बिरामी भएको देखियो ।
नेपालमा ६३ सालको लोकतन्त्र स्थापना पछी हरेक बिषयलाई नयाँ रुप दिने चलन दिनानुदिन बढ्दै गएको देखिन्छ, राजमार्ग लाई लोकमार्ग बनाउदैमा के राजमार्गको स्वरूप फेरिएको छ ? त्यस्तै पिता पुर्खा देखि चल्दै आएको संस्कारमा व्यापक फेरबदल गर्ने जमर्को गर्दैछन ।
नेपालमा अझै पनि लाखौ गरिव तप्काले दूइछाक पेटभरी खान पाउने स्थिति छैन । आफ्नो देसको नागरिकहरुको लागि गाँस, बास, कपास, शिक्षा, ओखती र रोजगार सिर्जना गर्ने काम कार्य मुखारी भन्ने गरिएको ‘कथित लोकतन्त्रे’ सरकारको हो कि हैन ? तर यी कुराहरु पुरा गर्ने पट्टि कुनै ध्यान नदिएर धर्म र संस्कृति माथि छेडछाड गर्ने दुस्प्रयास हुँदैछ, जस्को उदाहरण हो हिन्दु संस्कार अनुसार पालन गरिदै आएको मानिसको मृत्यु पश्चात गरिने १३ दिने काजकृया । जसलाई छोट्याएर ३/४ दिनमा झार्ने कोसिस गरिदैछ ।
पंक्तिकार रोजगारको सिलसिलामा अहिले पुर्बी एसियाको औधोगिक सहर मलेसियामा छ । मलेसिया प्रमुख इस्लामिक रास्ट्र भएता पनि यो देसमा सबै जाती र धर्म संस्कारको पालना गर्ने नागरिकहरु छन । चाइनिजले पनि मृत्यु पछीको संस्कार १३ दिननै मनाएको प्रत्यक्ष आँखाले देखेको छु ।
मैले सुरुमा उल्लेख गरेएको घटना अब याहाँ जोडन चाहन्छु । यदि लोकतान्त्रिक सरकारलाइ परिवर्तन गर्ने ठुलो रहर छ भने सरकारी होस वा अन्य निजि कार्यालयमा काम गर्ने महिलाहरु २ पटक सम्म सुत्केरी हुँदा प्रसुती बिदा कम्तिमा ३ महिना दिएर देखाओस त अनि यो चैँ हुन्छ क्रान्तिकारी कदम । त्यस्तै तलबमान सबै सरकारी देखि निजि कम्पनीमा एकै प्रकारको गरेर देखाओस त यस्तोलाई भनिन्छ क्रान्तिकारी कदम ।
रास्ट्रपति देखि अर्थ मन्त्रि सम्मले आफ्नो कार्यालयका कर्मचारीलाई जसरि प्रचुर सेवा र सुबिधा दिएको छ त्यस्तै के अन्य सरकारी देखि निजि कम्पनीमा कार्यरत कर्मचारीहरुलाई दिएको छ ? कर्मचारीको सेवा र सुबिधामा समानता छैन तर हिन्दु धर्म मान्ने कर्मचारीको आफन्तको मृत्यु पछिको काज कृयामा खोट देखाउदै परिवर्तन गर्न खोजिन्छ भने यो बिदेसिको ईसारामा गर्न लागिएको काम कारबाही हो भनेर बुझ्ने कि नबुझ्ने ?
परिवर्तन त्यसै हुँदैन । परिवर्तन गर्नलाइ कारण चाहिन्छ । २००७ सालको परिवर्तन जहानिया सासन, २०३६ र २०४६ सालको सासन निरंकुस र बिदेसीको ईसारामा गरिएको ६३ सालको कथित परिवर्तन यी सबैमा अनेक थरिको पाच्य अपाच्य कारण थियो भने आफ्नै अलोकप्रिय काम कार्यले गर्दा नेपाली जनताले फेरी सडकमा ओर्लेर पुन आर्को ब्यबस्था परिवर्तनको नारा लगाउने दिन देख्नु नपरोस ।(लेखकको आफ्नै ल्बग खाँटीकुराबाट)