– शशी पौडेल
प्रिय कपील जी, तपाइले मलाइ खास गरी तीनवटा प्रश्न इमेल मार्फत सोध्नु भएको थियो । तपाइका प्रश्नहरु मैले पूर्ब र पश्चिम जर्मनीको स्वास्थ्य निती, सन्चारको अवस्था , शिक्षाको अवस्थाका साथै पूर्ब जर्मनीका कमजोरीहरु र पश्चिम जर्मनीको आकर्षण के के थिए भनेर बुझें । यसबारे एक एक गरेर उत्तर लेख्दा सायद ठूला देखि साना मसिना कुराहरु लेख्नु पर्ने हुन सक्छ जुन एउटा ल्बगमा लेख्ने लेखमा कति सम्भव होला ? त्यसैले त्यहांको तत्कालिन राजनैतिक अवस्था साथै बिश्व कम्युनिष्ट आन्दोलनमा देखा परेका कमजोरीहरु बारे एक तस्वीर उतार्ने प्रयास गरेको छु । कत्तिको सफल हुन्छु खवर पाउन सकेको खण्डमा धन्य हुनेछु ।
जर्मनीको पुनराबृत्ती ब्रिटेनको फेबियसबाद र जर्मनकै परिवर्तित परिस्थितीले ल्याएको थियो । जर्मनी र पूर्बि युरोपकै पनि समाजको स्वरुप सामन्तबादी प्रबृत्ती थियो तर राज्य प्रजातान्त्रिक भनिए पनि एक प्रकारको निरंकुश थियो । त्यस कारणले कार्ल माक्र्सले सर्व प्रथम समाजवादी क्रान्ति पूजीबादको बिकाश भएको मुलुकबाट शुरु हुने तर्क गरी ऐतिहाँसिक भौतिकबादको ब्याख्या गरेका थिए । उन्नाइसौ सताब्दीको पूर्बार्धसम्म यहाको सामाजबादी एवं कम्युनिष्ट आन्दोलन उग्र क्रान्तिकारी थियो । तथापी उनिहरुमा माक्र्सबादको प्रभाव भने थियो । राजनैतिक र सामाजिक परिवर्तनसंगै जर्मनीमा पंूजीको बिकाश हुन थाल्यो, उद्योग धन्दाहरु मैलाउन थाले । सर्बहारा वर्ग बिस्तारै मध्यम बर्ग तिर उक्लन थाले । औद्योगिक उन्नती हुन थाले । ब्यक्तिगत एवं राजनैतिक अधिकार स्वीकार गरिन थाल्यो । फलस्वरुप “सामाजीक प्रजातान्त्रिक पार्टी”(Social democratic party) को स्थापना भयो । र यसको प्रभाव निकै बढ्यो । सामाजीक प्रजातान्त्रिक पार्टीले सरकारको प्रतिनिधित्व मात्र गरेनकि सरकारको नेतृत्व गर्न थाल्यो । सामाजीक प्रजातान्त्रिक पार्टी जर्मनीले एकातिर कार्ल माकर््सको “पूजी”को सिद्धान्त निति एवं माक्र्सबादलाइ स्वीकार गर्ने भन्यो भने अर्को तिर ब्यवहारमा सुधारबादी हुदै गए । जर्मनका एडुवार्ड वर्नस्टाइन नामक एक दार्शनिकले उक्त बास्तविकतामा माक्र्सबादलाइ सुधार गर्नु पर्छ भन्ने चिन्तन सार्वजनिक गरे । बर्नस्टाइन सामाजिक प्रजातान्त्रिकबादका मूख्य चिन्तक थिए ।
कार्ल माक्र्सका अनुसार आर्थिक संकटका कारण पूंजिबाद एवं मध्यम बर्ग संकटमा फस्दै जान्छन् र मजदूर वर्ग निर्धन र दुखि हुदै जान्छन् जसका कारण उनिहरुमा एकता बढ्छ र क्रान्तिकारी संगठनको निर्माण हुदै जान्छ । यसरी निर्माण भएको क्रान्तिकारी संगठनद्घारा निर्देशित क्रान्तिले समाजबादको बाटो हुदै साम्यबाद सम्म पुग्न सक्षम गराउछ र साम्यबाद दीर्घजीबी रहन्छ भन्ने थियो । तर बिश्वमा क्रान्तिको अवस्था अलग्गै रह्यो ।
बर्नस्टाइनले अघि सारेको चिन्तन सामाजिक प्रजातान्त्रिकबाद जर्मनीका पूजिबादीहरुले जर्मनी कम्यूनिष्ट आन्दोलनमा मात्र नभै बिश्व कम्यूनिष्ट आन्दोलनका बिकल्पका रुपमा प्रयोग गरे । बर्नस्टाइनले क्रान्तिकारी वर्ग संघर्षको सट्टा तत्कालिक समाज सुधार र समाजको आमुल परिवर्तनका निम्ति वर्ग संघर्षको स्थानमा आपसी सहयोग एवं सम्सदनात्मक सम्बैधानिक बाटो तर्फ जोड दिएका थिए । बर्नस्टाइनको उक्त बिचारलाई पुनराबृत्तिबाद भनेर चिनिन्छ । जर्मनीमा पुनराबृत्तिबाद हाबी हुदै गयो एकातिर भने अर्को तिर पूर्व जर्मनीमा सत्तामा आसिन ब्यक्तिहरुले माक्र्सबाद लेनिनबादको मुख्य शन्देश जनसमक्ष पु¥याउन असफल भए । उनिहरुले माक्र्सबाद लेनिनबादलाई मानव समाजको आवश्यकता एवं जीवन दर्शनका रुपमा प्रस्तुत नगरी जवर्जस्तीका रुपमा अगाडी बढाए । जनतालाई बिचार, वाक र छलफल गर्न पाउने स्वतन्त्रता जस्ता न्यूनतम आवश्यकताबाट बन्चित हुनु पर्ने अवस्था सिर्जना भयो ।
समाज परिवर्तनशिल छ भन्ने बुझदा बुझदै पनि परिवर्तित परिस्थिती, परिवर्तित इन्फ्राइस्ट्रकचर, परिवर्तित टेक्नोलज र परिवर्तित सन्चार प्रक्रियालाई राज्यले स्वीकार गर्न र त्यस अनुसार आफुलाइ ढाल्न सकेन । तर सर्बसाधारण जनतामा यसले प्रभाव पर्नु स्वाभाबिकै थियो । राज्य जडसुत्रबादी भै कार्लमाक्र्सले ब्यास्या गरेको निषेधको निषेधको सिद्धान्तलाई आत्मसात गर्ने नाममा पानी जमेर वरफ बन्छ र वरफ पग्लेर पुनः पानी बन्छ भन्ने बैज्ञानिक सिद्धान्तलाई बुझन सकेनन् । यद्यपी यसलाई बुझनु वा स्वीकार गर्नु कार्लमाक्र्सले ब्यास्या गरेको निषेधको निषेधको सिद्धान्तलाइ स्वीकार नगर्नु भन्ने थिएन । समाजबादलाई देश काल र परिस्थिती अनुसार मानव समाजको बिकाश संगसंगै बिकाश गर्दै लैजानु पर्ने आवश्यकतालाई ब्यवहारमा उतार्न सकेनन् ।
विचार गरौं यदी हामी कुनै बाटो अगाडी हिंडीरहेका छौं, जांदा जांदै यदी बाटो बिरायौ भने एउटा विन्दूमा पुगेपछि बाटो टुंगिन्छ अर्थात अगाडी अजंगको पर्खाल छ । यतिखेर हाम्रा अगाडी दुईवटा विकल्प रहन्छ । प्रथम र सजिलो विकल्प त्यहाबाट फर्किने र दोस्रो अनी अली कष्टकर विकल्प पर्खाल फोरेर पारी जाने । पूर्बि जर्मनी एवं पूर्बि युरोप र रसिया समेतका समाजबादी सत्ताका अगाडी अस्सिको दशकको अन्त्य तिर यही अवस्था सिर्जना भयो र उनिहरुले सजिलो विकल्प रोजे ।
उक्त अवस्था सिर्जना हुनुमा माथी चर्चा गरेको पुनराबृत्तिबाद मात्र जिम्मेवार थिएन । अर्को महत्वपूर्ण कडी के पनि थियो भने जव अस्सीको दशकमा बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचर, जर्मनीका चान्सलर हेल्मुट कोल र अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको सम्युक्त चिन्तनबाट प्रतिपादित नव उदारवादी सिद्धान्तले पनि निकै ठूलो भूमिका खेलेको छ । उनिहरुले नवउदारबाद भित्र गास, बास, कपास, स्वस्थ्य र शिक्षाको निश्चितताका कुरा मात्र उठाएनन् कि यसका साथ चिन्तनको स्वतन्त्रता एवं सामाजिक सुरक्षा र स्वतन्त्रताका कुराहरुमा उनिहरु उदार भएर प्रस्तुत भए । जसका कारण धेरै माकर््सबादी चिन्तक, कार्यकर्ता एवं पथ प्रदर्शकहरु समेत नव उदारबाद र पुनराबृत्तिबादबाट आकर्शित हुदै गए । किन भने त्यो ब्यवहारमा लागु भैसकेको थिएन तर सिद्धान्त भने चुस्त, दुरुस्त र अझ बिकशित जस्तो देखियो । माने लिउं यदि हामी गाडी खरिद गर्न कुनै पसलमा गयौं र हामीले एउटा गाडी मन पराएका थियौं । जसको दुइवटा ढोका, दुइवटा पछाडी बत्ती अर्थात ब्रेक लाइट अनि कम शक्तिशाली र थोरै स्पेश अर्थात कम ठांउ भएको तर ब्यपारीले अचानक तपाइलाइ हेर्दा अली आकर्षक ढोका पनि चारवटा भएको पछाडी ब्रेक लाइट पनि तीनवटा भएको गाडी एउटै मुल्यमा दिने प्रतिबद्धता ग¥यो भने तपाइ के गर्नु हुन्छ ? अवश्य पनि नौलो र आकर्षक गाडी प्रति हाम्रो आकर्षण बढ्ने छ । यही अवस्थाको सिर्जना भएको हो युरोपका माक्र्सबादी चिन्तक, कार्यकर्ता एवं पथ प्रदर्शकहरुमा ।
समाजबादका बिरुद्ध पुनराबृत्तिबाद
Bookmark the permalink.
उ जस्तो बिद्द्वान र जान्ने अरु कोहि छैन भनेर अमिताभ बच्चन 'खुदा गवाह' को सुटिंग गर्न नेपाल आउँदा ईन्टरभ्यु लिन…