—शशी पौडेल
आज बेलायत स्थित यती नेपाली एशोसियसनले आफ्नो स्वर्ण जयन्ती मनाउदै छ । हुनत यो संस्थाले २०१० सालमै आफ्नो स्वर्ण जयन्ती मनाउनु पर्ने हो तर बिभिन्न कठिनाइका कारण संभव भएन । ढिलै भए पनि त्यो मौका जुरेको छ आज यतीलाइ । स्वर्ण जयन्तीमा म पनि निम्त्याइएको थिंए तर म भने मेरो दुइ हप्ता अघि अपरेशन भएको कारण चिकित्सकहरुले बढी हिड डुल नगर्ने सल्लाहा दिएकाले जान सकिन । म आफु त्यहा उपस्थित हुन नसके पनि यतीको स्वर्ण जयन्तीको पुर्ण सफलताको कामना गर्दछु ।
यो लेख मैले यतीको स्वर्ण जयन्तीको अबसरमा प्रकाशित गरिएको यती दस्ताबेजकालागि लेखेको हुं ।
मानव सभ्यताको सुरुदेखिनै मानव जाती एक ठाउँबाट अर्को ठाउँमा कामको खोजीमा जाने, वसाई सर्ने प्रचलन रहदै आएको छ । भगवानको पालामा पनि स्वयं भगवानहरु एक ठाउँबाट अर्को ठाउँ वसाई सरेको पौराणिक कथा पढ्न पाईन्छ । जस्तै शिवजी ल्शेसमसान्त जंगलमा गै मृगको रुप धारण गरेर बसेको अथवा उनै शिवले गोमालाई विवाह गरेर अर्कै ठाउँमा बसाई बसाएको । रामचन्द्रहरुको १४ वर्षसम्मको बनबास आदि आदि ।
उता क्रिश्चियन धर्मबारे बाइबलमका कुरा ग¥यौं भने पनि बाइबलको प्रमुख कथाका पात्र नै जेसु क्रिष्ट, म्यारी र जोसेफ रहेका छन् । कथालाई गहिरिएर पढ्ने हो भने जोसेफको म्यारीसँग प्रेम सम्बन्ध बसेपछि म्यारी गर्भवती भएको र अविवाहित नारी गर्भवती भएपछि इजरायलमा बस्न त्यतिबेलाको सामाजिक मान्यता अनुरुप अप्ठ्यारो पर्ने भएकाले भाग्न बाध्य भएको बुझिन्छ । रातारात भाग्दा अहिलेको इजरायलको राजधानी जेरुसलम र हेवरोनको वीचमा पर्ने वेथलेहेम पुग्दा अचानक बच्चा जन्मेको भन्ने बुझ्न गाह्रो पर्दैन ।
त्यस्तै नेपालको सन्दर्भमा पनि नेपालबाट नेपालीहरु रोजगारको खोजीमा कहिलेबाट भारत तीर लाग्न थालेका हुन निश्चित तिथी मिति पाउन कठिन पर्ने छ । तथापी सत्य के हो भने मानव सभ्यताको विकाससँग सँगै मानव जाती एक ठाउँबाट अर्को ठाउँमा चर्न जाने परम्परा रहँदै आयो । यस क्रममा कतिपय त्यतै बसेर पुस्तौ गुजारे कतिपय २÷४ वर्ष पछि मुलुक अर्थात् जन्मस्थल फर्किने गर्दछन् तर पनि उनीहरुको नजिकत्व जन्मस्थल हुने गरेको पाइन्छ । मध्ययुगमा यो परम्पराले अझ तिव्र गति लिएको पाइन्छ ।
एघारौं शताब्दीमा रोमको सभ्यताको विकासले गति लिइसकेको थियो । त्यहाँका युद्ध नायक एवं इसाई धर्मावलम्बीहरु संसार चाहार्न थाले । इतिहासमा पाइए अनुसार उनीहरुको एउटा जत्था अहिलेको प्यालेस्टाइन पुगे । समुद्रको किनार आवत जावत गर्न सजिलो र युद्ध गर्दा लुक्ने भाग्ने र आक्रमण गर्न समेत अनुकूल देखेर त्यसलाई कब्जा गरे र आजसम्म पनि त्यहाँ युद्ध सकिएको छैन । यस अर्थमा मानव सभ्यताको हलचलले सधै भरी सकारात्मक कार्य मात्र गरेको छ भन्न मिल्दैन ।
सभ्यताको हलचलको अर्को पाटो यसरी शुरु हुन्छ । इजरायलका यहुदीहरु विश्वभर छरिन थाले । उनीहरुको ठूलो संख्या जर्मनीमा गएर बस्यो । आज हामीले बैंक मार्फत पैसाको कारोबार गर्छौ । इजरायबाट जर्मन गएर बसेका एक रोटशिल्ड नामक यहुदीले बैंङकिङ सिष्टम चलाउन शुरु गरेका हुन् ।
बेलायती भूमीमा पहिलो पाइला टेक्ने नेपाली तत्कालिन प्रधानमन्त्री जंग बहादुर राणा मानिन्छन् भने स्थाइ बसोबास गर्ने उद्धेश्यले काम गर्ने अनुमती लिएर बेलायत छिर्ने पहिलो ब्यक्ति कृष्ण बहादुर थापा मानिन्छन् । उनि साढे चार दशक अघि १९६७ मा बेलायत छिरेका थिए । तर त्यस अधिनै अस्थाइ रुपमै भएपनि बेलायत आइ बसोबास गरेका नेपालीहरुलाइ संगठित गर्ने उद्धेश्यले गठन गरिएको नेपालीहरुको पहिलो संगठन यतिज द नेपाली एशोसियसन इन द युके हो । यतिज द नेपाली एशोसियसन इन द युके १९६० मा स्वर्गिय राजा बिरेन्द्र बीर बिक्रम शाह एवं भुत पूर्व मन्त्री पशुपति शंशेर राणाहरुको सक्रीयतामा गठन गरिएको थियो । त्यतिबेला उनिहरु बिद्यार्थीका रुपमा बेलायत रहेका थिए । दोस्रो बिश्वयुद्ध पछि मानब सभ्यताको हलचल संसार भर भैरहेको थियो, त्यो अबस्थामा नेपाल पनि अछुत रहने कुरै भएन । बिश्व मानब सभ्यताको हलचलसंगै नेपालीहरु पनि भारत बाहेक अन्यत्र पनि जान थाले, त्यसक्रममा नेपालीहरुका लागि बेलायत सम्मको बाटो पनि खुल्यो र बेलायतमा नेपालीहरुको संख्या एक दुइ हुदै बढ्न थाल्यो । यति गठन भएको लगभग १५ बर्ष पछि यो संगठनको नाम नेपालीमा नामाकरण गर्नु पर्ने महशुस गरि यसको नाम यति नेपाली एशोसिएशन भनि परिवर्तन गरियो । अहिले यो संगठनले पाँच दशक पार गरिरहदा बेलायतमा नेपालीहरुकोे संस्था मात्र तीनसय नाघेको छ भने नेपालीहरुको संख्या सवालाख नागेको छ ।
हरेक बस्तुमा द्धन्द भएझै यति नेपाली एशोसिएसन पनि द्धन्द रहित रहन सकेन । चाहे राम्रो चाहनाले होस् चाहे चिन्तन र बिचारको भिन्नताले होस्, द्धन्द हुनु स्वाभाबिक हो तर द्धन्द स्वस्थ्यकर र समालोचक हुनु जरुरी हुन्छ । हुन पनि हो एउटा संस्था भनेको बिभिन्न चिन्तन, बिचार एवं फरक फरक अनुभव संगालेका ब्यक्तिहरुको जमघट हो र हरेक ब्यक्तिको सबभन्दा असल र इमान्दार शिक्षक भनेको उसको आफ्नो अनुभव हो । सोही आफुले बिश्वास गरेको र असल ठानेको शिक्षकबाट आर्जन गरेको शिक्षा ब्याबहारमा लागु गर्न चाहनु सकारात्मक पक्ष हो तर आफुले आर्जन गरेको शिक्षा ब्यबहारमा लागु गर्दा अरुको अनुभवको आदर गर्न सक्नु र अरुको अनुभवलाइ धक्का पर्न नदिने कला सिक्नु जरुरी हुन्छ । यदि आफुले आफ्ना अधिकार र स्वतन्त्रता लागु गर्दा अरुलाइ धक्का पर्न गयो भने त्यहाँ बिबाद सुरु हुन्छ । बिबाद हुनु र बस्तु वा संघ संस्थामा द्धन्द हुनु फरक हो । जव द्धन्द बिबादमा परिणत हुन्छ तव सम्स्याहरु उत्पन्न हुन थाल्छन् । जव समस्या उत्पन्न हुन्छ तव दुबै पक्षलाइ नोक्सान हुन्छ । हो यही भएको थियो एती नेपाली एशोसिएसनमा पनि । यस्तो अवस्थामा समय खेर नफालीकन बिबादको जरो पत्ता लगाएर समाधानको बाटो खोजीहाल्नु पर्दछ ।
यति भित्र खास गरि २००६ साल देखि बिबाद देखा परेकाले मैले त्यति बेलाका अध्यक्ष डा राघब धितालसंग बिबादको जरो के हो भनि सोधेको थिंए ।
यति आफैमा एक सामाजिक संस्थाको हैसियतले रकम संकलन गर्न र त्यसबाट कुनै सम्पत्ती खरिद गर्न पाउने कानुनी अधिकार नराखेको कारणले यसलाइ सघाउने गरी एक च्यारीटी संस्था दर्ता गर्ने निर्णय गरी १९९७ मा यती लण्डन वयलफेयर फौण्डेशनको नाममा एक च्यारिटी संस्था गठन गर्यौ । उक्त च्यारिटी संस्थामा तत्कालिन कार्यसमितीका पदाधिकारीहरु ट्रष्टी हुने ब्यवस्था गरियो । यती लण्डन वयलफेयर फौण्डेशन यतिकै एक भाग हो भन्ने जान्दा जान्दै पनि हामीले कानुनी रुपमा यसो भन्न मिल्दैनथ्यो । यदि त्यसो भनेको खण्डमा यतिको सबै हिसाव किताब सरकारी निकायलाइ देखाउनु पर्ने हुन्थ्यो । त्यसैले यी दुइ एक अर्कामा पुरक भए पनि अलग अलग राख्नु पर्ने अवस्था थियो ।
पछि क्रमश नेपालीहरुको बेलायत आगमन बढ्न थाल्यो र हाम्रो संस्था पनि क्रमश झांगिदै जान थाल्यो । सदस्य संख्या बढ्न थाले । लोकतान्त्रिक मुल्य र मान्यताको बिकाश हुन थाल्यो । साथीहरु यसैमा सक्रीय हुन थाले । सक्रीय साथीहरुबीच मत भिन्नता हुनुलाइ बिबादका रुपमा नहेरीकन यसलाइ स्वभाबिक प्रकृयाका रुपमा हेर्नु पर्ने मेरो मान्यता छ । तर पनि २००८मा भएको निर्बाचनमा केही साथीहरुले अनियमितता भएको भनि कुरा उठाए र त्यतिबेला भने बिबादले जरा गाडेको महसुस गरिन थाल्यो तर अहिले यतीमा कुनै बिबाद छैन ।
डा राघव धितालले २००८मा सम्पन्न निर्वाचनमा बिबाद भएको संकेत गरेकाले मैले त्यतिबेला निर्बाचित घोषणा गरिएका ब्यक्ति चिरन्जिबी ढकालसंग पनि सोही प्रश्न सोधेको थिंए ।
चिरन्जिबी ढकाल भन्छन् — २००८ को निर्वाचनमा कसरी धाधली हुन पुग्यो त्यो मलाइ खासमा केही थाहा भएन । मुठा मुठा मतपत्र भेटियो भन्ने कुरा आयो । त्यो मैले गर्ने कुरै भएन । त्यस्तो कसरी भयो मैले भन्न सक्ने कुरै भएन । यस अगाडी पनि मैले यतीको नेतृत्व गरेकै हो । थुप्रै सामाजिक काम गर्न सफल भएका हौं । संगठन राम्रोसंग चलेकै हो । संगठन भित्र केही द्धन्द्ध हुनु स्वभाबिकै हो । त्यो सकारात्मक पनि हो । एउटा भनाइ छ “गुडीरहने ढुंगाले लेउ जम्मा गर्दैन” । त्यस्तै सांगढनिक कार्यमा हुने द्धन्द्धले संगठनको बिकाशमानै टेवा पुर्याउंछ । संगठनलाइ खरो, ताजा र चलायमान बनाउछ भन्ने अर्थमा मैले लिएको छु । निर्वाचन हुनु, निर्वाचनमा समुह समुहले उम्मेदवारी दिनु, द्धन्दी प्रतिद्धन्दी हुनु र हार जीत हुनु लोकतान्त्रिक प्रकृया हो । लोकतान्त्रिक प्रकृयाका आफ्नै सवल र दुर्बल पक्ष पनि हुन्छन् । हामीले जहिले पनि लोकतन्त्रका सवल पक्षलाइ अंगिकार गर्न सक्नु पर्दछ । र यति संस्था भित्र पनि लोकतन्त्रको सवल पक्षलाइ नै संगठनको जीवन हो भनेर अगाडी बढ्न सक्नु पर्छ । म यो संगठनमा लाग्दा सामाजिक सेवा गर्ने प्रेरणाले नै लागेको हुं । यदि कसैले इतिहाँस लेख्ने क्रममा इतिहाँस बंग्याउन वा इतिहाँसका पाना बिर्षन चाहान्छ भने त्यसले कतै आफु हिड्दै गरेको आफ्ना पाइला पनि मेटिने सम्भावना रहन्छ भन्ने बुझ्नु नितान्त जरुरी रहन्छ ।
Like us on Facebook
Categories लेख तथा समाचार
Monthly Magazine मासिक-पत्रीका
Coming Soon..................
4 Responses to सभ्यताको हलचलको एउटा पाटो हो यति