प्र मं डेबिड क्यामरोन यतिखेर ठुलो संकटमा परेका छन् । एकातिर आफ्ना धनाढ्य मित्रहरु जसलाइ युरोपियन युनियनसंगको ब्यापार प्रति मायाँ मोह र लगाव छ र युरोपियन युनियनसंग सहकार्य हुने राजनैतिक बिकाश चाहन्छन् । अर्को तिर आफ्ना पार्टी भित्रका साथीहरु जसले उनलाइ १० डाउनिङ्ग स्ट्रिट सम्म धकेलेर पुर्याए, अति दक्षिणपन्थी वर्ग, युरोपियन युनियनलाइ घृणा गर्दछन् र अन्धो राष्ट्रियताको गीत गाउछन् ।
प्र मन्त्री डेबिड क्यामरानले ५ बर्षमा यसबारे जनमत संग्रह गराउने भन्ने भाषण गर्नुमा कुनै अनौठो मान्नु पर्ने कुरा केही थिएन । किनभने एउटा राष्ट्रभक्तले आगामी पुस्ताको लागि सोंच्दछ भने एउटा राजनितीज्ञले आगामी निर्वाचन सम्मका लागि मात्र । हो डेबिड क्यामरोनले तेही गरे जुन एउटा राजनितीज्ञले सोंच्ने गर्दछ, उनले आगामी निर्वाचन २०१५ सम्मका लागि सोंचे । जनमत संग्रहको लोभ देखाएर २०१५ को निर्बाचनमा टोरी पार्टी र आफ्नो भाग्यको ताल्चा खोल्ने प्रयत्न गरे ।
डेबिड क्यामरोनलाइ के पनि थाहा छ भने, जव १९९० मा बर्लिनको पर्खाल भत्काइयो, १९९१मा रुसमा ७० बर्ष सम्म राज्य गरेको समाजबादी ब्यबस्था ढल्यो । अनि जर्मनीका तत्कालिन चान्सलर हेल्मुट कोलले युरोपियन इकोनोमिक्स कम्युनिटीलाइ अव बन्द ब्यापारका लागि मात्र होइन राजनैतिक रुपमा पनि युरोपको एकता गर्ने प्रस्ताव ल्याए । उक्त प्रस्तावलाइ टोरी पार्टीका तत्कालिन प्रधान मन्त्री जोन मेजरले पनि स्वीकार गरे । १९९३मा युरोपियन युनियनको गढन भयो । युरोपियन युनियनको गठन पश्चात तत्काले युरोप भित्र एकल मुद्रा ल्याउने प्रस्ताब अघि सारियो । बिभिन्न चरणका बहस र छलफल पछि २००२ देखि युरोपभर एउटै मुद्रा “युरो” प्रचलनमा आयो । तर बेलायतले यसबाट अलग्ग रहने निर्णय गर्यो । बेलायतमा युरो प्रचलनमा ल्याउने बाहेक अन्य सबैजसो राजनैतिक सवालमा टोरी प्रधान मन्त्री जोन मेजरले स्वीकार गरे । यद्यपी जोन मेजरको आफ्नै पार्टीको दक्षिणपन्थी हाँगा यसको बिरोधमा थियो । यसैबीच १९९७ मा भएको आम निर्वाचनमा कन्जरभेटिभ पार्टी पराजय भयो र लेबर पार्टीका टोनी ल्बेयर प्रधान मन्त्री बने । १९९७ को आम निर्वाचनमा टोरी पार्टी पराजय हुनुको एउटा कारण युरोपियन युनियनमा प्रबेश गर्नु पनि थियो भन्ने भ्रम आज पनि टोरी पार्टीको दक्षिणपन्थी हाँगाले पालेर बसेको छ । प्रधान मन्त्री डेबिड क्यामरोनले युरोपियन युनियनबारे जनमत संग्रह रुपी पासा जुवाको खालमा फाल्नु एउटा प्रमुख कारण त्यो पनि हो । यस्तै अर्को कारण १९७९ मा प्रधान मन्त्री पदमा निर्बाचित भएकी मार्गरेट थ्याचरले युरोपियन इकोनोमिक्स कम्युनिटी देखि युरोपियन युनियन सम्मलाइ आलोचनात्मक दृष्टिकोणले हेर्दै आइरहेकी छन् । मार्गरेट थ्याचर एरा सकिए पछि पनि बेलायतका बिभिन्न राजनैतिक, आर्थिक, एवं सामाजिक कामहरुबारे मार्गरेट थ्याचरको पालामा भएका निर्णयहरु अहिले सम्म पनि लागु हुदै आइरहेका छन् । जस्तै रेल सेवा, हुलाकसेवा एवं राष्ट्रिय स्वास्थ्य सेवा का प्रइभेटाइजेसनहरु । अर्को तिर बेलायतमा महिलाहरुको एउटा यस्तो पुस्ता छ जो मार्गरेट थ्याचरको अन्धभक्त छ, १९६० भन्दा अघि जन्मेको महिलाको पुस्ता र त्यो पुस्तानै सवभन्दा बढी निर्बाचन बुथमा उपस्थित हुने गर्दछ ।
यी सबै कुरा बुझेका डेबिड क्यामरोनलाइ आगामी आम निर्बाचन २०१५ को स्ट्राटजिक ल्पान बनाउन कुनै कठिन भएन र उनले युरोपियन युनियनसंगको बेलायतको सम्बन्धको सवालमा जनमत संग्रह रुपी पासा बनाएर जुवाको खालमा फाले । यति सम्म सतर्कता पुर्वक कि यदि यो जनमत संग्रह २०१५को आम निर्वाचन अघि गर्यो भने जनमत संग्रहको परिणामले नै उनको भबिश्य तय गर्ने छ । यदि त्यसो भयो भने उनी आफ्ना फ्याट क्याटबाट बिश्वास जित्न पनि असक्षम हुने छन् ।
उता प्रतिपक्षका नेता एड् मिलिब्याण्डले हामीले कुनै जनमत संग्रह चाहदैनौं भनेका छन् । तर उनको यो भनाइ कति बिश्वासयोग्य छ त ? यो प्रश्न भने अझै अनुत्तरित छ । किनभने बेलायती जनताले यो सवालमा एड मिलिब्याण्डलाइ अझै बिश्वास गर्न सक्ने आधार पक्का भैसकेको छैन । उनि लेबर पार्टीको सिद्धान्त र पार्टीको घोषणा पत्रबाट भन्दा नवउदारबादी सिद्धान्तबाट बढी प्रभाबित भएको सहजै अनुमान गर्न सकिन्छ । जसरी टोनी ल्बेयर र गोर्डोन ब्राउन थिए । उनिमाथि खास गरि युरोपियन युनियनको सवालमा बिश्वास गर्न नसकिने अरु पनि कारणहरु छन् । जस्तै युरोपियन युनियन भित्र देखिएको आर्थिक मंदी, युरोपियन युनियन भित्र गरिएको जथाभाबी प्राइभेटाइसन, कामदारहरुको अधिकारको सवालमा देखिएको अस्थिरता, युरोपियन युनियनको नाटो स्टाइलको मिलेट्रीफोर्स ट्रान्सफरमेशन आदी आदी । किन भने एड मिलिब्याण्ड अझै सम्म यी सवालहरुमा मौन छन् ।
अझ यी भन्दा बाहेक युरोपियन युनियन भित्र देखिएका अलोकतान्त्रिक सवालमा उनले आफ्नो कुनै पोलिसी सार्वजनिक गर्न सकेका छैनन् । जस्तै ग्रिस र इटलीमा टेक्नोक्रेटहरुले राज्य चलाइरहेका छन् । टेक्नोक्रेटहरुले राज्य संचालन गर्नु भनेको मुलुकको राजनिती असफल हुनु हो । राजनैतिक नेताहरु असफल हुनु हो । यसले जनतामा दोधार स्थिती मात्र पैदा हुने नभै राजनैतिक अस्थिरता अरु बढ्दै जान्छ । राजनैतिक संजालको सम्बन्ध बिच्छेद हुदै जान्छ । जव राजनैतिक संजालको सम्बन्ध बिच्छेद हुन थाल्छ तव जनता र सरकारबीचको सम्बन्ध पनि बिच्छेद हुन थाल्दछ । जनता र सरकारबीचको सम्बन्ध बिच्छेद हुनु भनेको लोकतन्त्र असफल हुनु हो । लोकतन्त्र असफल भए पछि कुनै पनि पन्थी (उग्र दक्षिण वा उग्र बामपंथी) मुलुकमा हाबी भएर आउने सम्भावना रहन्छ । यस्तो अवस्थामा एड मिलिब्याण्डले ग्रिस र इटलिका लेबर पार्टीहरु र त्यहाँका मजदुर संगठनहरुसंग नजिकको सम्बन्ध राखेर त्यहाँको राजनैतिक समस्या समाधान हुने प्रस्ताव राख्न सक्ने एक प्रकारको थिंङ्क ट्याङ्क तयार पारी सकनु पथ्र्यो , त्यो हुन सकिरहेको छैन ।
यदि एड मिलिब्याण्डले प्रतिपक्षी दलका प्मुखको हैसियतले राजनैतिक बिकल्पको खाका कोरी सैद्धान्तिक दृष्टिकोण दिन सकदैनन् भने बेलायती मतदाताहरु पनि मत खसाल्न अल्मलिने छन् र उनिहरुको मत गलत ठाँउमा खस्न सक्छ । त्यतिखेर बेलायतले युरोनियन युनियनसंग समबन्ध बिक्षेद गर्नु पर्ने भन्ने पक्षमा बढी मत खस्न पनि सक्छ । त्यसैले प्रधानमन्त्री डेबिड क्यामरोनले आब्ह्वान गरेको २०१७मा हुने भनिएको जनमत संग्रह यथार्थमा बेलायत युरोपियन युनियनको सदस्य रहेर बस्नेकि सदस्य नरहने भन्ने प्रश्न भन्दा पनि बेलायती जनताले कस्तो प्रकारको बेलायत चाहान्छन् अर्थात बेलायतको बागडोर कसले लिने त भन्ने कुराले बढी महत्व राख्ने छ । जस्तै बेलायतका बर्तमानका तीन ठुला पार्टीहरुको चाहाना बेलायतको बागडोर ल्गोबल पुजीपतिहरुले रिमोट कन्ट्रोलद्धारा सम्हाल्ने भन्ने रहेको बुझिन्छ र बर्तमानमा त्यस्तै पनि भैरहेको छ । किनभने यी तिनै ठुला पार्टीहरुमा ल्गोबल पुजीपतिहरुको बोलवाला रहेको छ । अर्को तिर कन्जरभेटिभ पार्टीको दक्षिण पन्थी समुह र युके इन्डिपेन्डेन्ट पार्टीका अनुसार बेलायतलाइ बेलायतका पुजीपतिहरुद्धारा सन्चालन होस् भन्ने चाहाना रहेको बुझिन्छ ।
Like us on Facebook
Categories लेख तथा समाचार
Monthly Magazine मासिक-पत्रीका
Coming Soon..................