– शशी पौडेल
लोकतन्त्र, गणतन्त्र, जनगणतन्त्र शब्दको परिभाषा गर्न सजिलो छैन । आदिकाल देखि अहिले सम्म पनि ‘‘लोकतन्त्र’’ शब्दको परिभाषा विवादमा मुछिदै आएको छ । विश्वभर आफूलाई लोकतान्त्रिक मुलुक भनी दावा गर्ने मुलुकहरु नेपाल सहित एघार दर्जन नागेको छ । यी एक सय तीस भन्दा बढी लोतन्त्रात्मक भनिने मुलुकहरुको राजनीतिक चरित्र, तौर तरिका, प्रतिवद्धता र परिभाषा भिन्न भिन्न देखिन्छन् । यहॉ मैले आदिकाल, मध्यकाल र वर्तमानमा गरिदै आएका लोकतन्त्रको परिभाषा र यस प्रतिको प्रतिवद्धता बारे चर्चा गर्ने जमर्को गर्ने छु । यदि हामीले लोकतन्त्र, गणतन्त्र तथा जनगणतन्त्रको विशुद्ध शाब्दिक अर्थलाई शब्द विन्यास गरेर हे¥यौं भने ग्रीक भाषाको Demos Kratein (डेमोज क्राटाइन अर्थात डेमोक्राटाइन ) बाट आएको पाईन्छ । जस अनुसार, डेमोज भनेको जनता र क्राटाइन भनेको शासन हुन्छ । यही डेमोक्राटाइन बाट अंग्रेजीमा डेमोक्रेसी भयो र यसलाई आ—आफ्ना भाषामा विभिन्न मुलुकहरुले अनुवाद लिए । जस्तै डेमोज भन्नाले नेपालीमा जन, संस्कृतमा गण र हिन्दीमा लोक । क्रेसी भन्नाले तन्त्र तथा शासन । यसरीनै नेपालका विभिन्न राजनीतिक दलहरुले आ— आफ्नो ढंगले शब्दलाई लिन थाले । नेकपा एमालेले जनवाद, माओवादीले जनगणतन्त्र, नेकाले लोकतन्त्र ।
‘‘जुन संविधान हामी कहा लागु छ यो संविधान अर्थात परिपाटी लोकतान्त्रिक संविधान हो । किन भने यो संविधानले अल्पसंख्यक जनताको हैन बहुसंख्यक जनताको निर्णय र चाहानालाई मान्यता दिएको छ ।’’
लोकतन्त्रको उक्त व्याख्या ग्रीकका राज्य प्रमुख पेरिकल (इसा पूर्व लगभग ५००—४२९) ले गरेका थिए । यसबाट के प्रष्ट हुन्छ भने जुन संविधानमा बहुसंख्यक जनताको मुल्य, मान्यता, हक र हित सर्वोपरी मानिन्छ, त्यस संविधानलाई जनगणतान्त्रिक अर्थात लोक तान्त्रिक मानिन्छ । लोकतन्त्रात्मक संविधान बहुसंख्यक लोकतन्त्र, गणतन्त्र र जनगणतन्त्र जनताको पक्षमा हुनु पर्छ र राज्यले सबै नागरिकको प्राकृतिक मान्यता, अधिकार र कर्तव्य बराबर छ भन्ने व्यवहारिक रुपमा प्रमाणित गर्नु पर्छ । सबै नागरिकहरु स्वतन्त्र र स्वाधिन हुनु उनीहरुको जन्मसिद्ध अधिकार हो भन्ने बुझ्नु र बुझाउनु पर्छ । र समाज जात जातीयताको उ‘च निचको भावनाबाट मुक्त हुनु पर्छ । तर समाजिक व्यवहारमा यसलाई कतिको लागु गरिन्छ ?
लोकतान्त्रिक सत्ता व्यवहारमा कसरी प्रयोग गरिन्छ ? भन्ने कुराको व्याख्या असाध्य भिन्न भिन्न तरिकाबाट गरिदैआएको छ ।
सरसर्ती हेर्दा ‘‘लोकतन्त्र’’ शब्दले वास्तवमा कुनै कुृराको छिनोफानो गर्न सक्दैन । लोकतन्त्र, गणतन्त्र वा जनगणतन्त्र शब्दले न त जनताको शासनको निर्विवाद अर्थात विवादरहीत ढंगले जनता माथि आफ्नो शासन चलाउनु पर्छ भन्छ, न त संपूर्ण जनता शासक हुन् भन्ने अर्थमा बुझ्न र व्यवहारमा लागु गर्न सकिन्छ । तर लोतन्त्र, गणतन्त्र वा जनगणतन्त्र शब्दले एक योग्य बहुमतको नेतृत्व हुनु पर्नेमा नितान्त आवश्यकता देखाउछ । तर यहानेर अर्काे पश््रन उठछ् अल्पमतको मान्यता र चाहाना प्र ितको जिम्मवोर को त ? यसबाहेक दोस्रो प्रश्न पनि उठ्न सक्छ — लोकतन्त्रमा संपूर्ण जनताहरु जुनसुकै अवस्थामा पनि सल्लाहाकार हुन् ? राजनीतिक निर्णय गर्ने र लागु गर्ने अधिकारी हुन् अथवा होउन् भन्ने चाहाना राखिन्छ अथवा संपूर्ण राजनीतिक कार्यनीतिहरुको बाडफॉडमा संपूर्ण जनतालाई सामेल गर्नु पर्छ भन्ने चाहाना राखिन्छ ?
अवश्य पनि लोकतन्त्रमा योग्य व्यक्तिहरुबाट सल्लह हुने गर्छ र राजनीतिक निर्णयहरु गरिन्छ । संपूर्ण जनताबाट निर्वाचनमा आफ्नो मत अर्थात निर्णय दिन पाउछन् र दिनु पर्छ भन्ने मात्र हैन खुला राजीतिक वातावरणमा आफ्ना प्रतिनिधीहरुलाई ऑट, जोश, जॉगर र सरसल्लाह दिने र खतराबाट सतर्क गराउने मात्र होइन विरोध गर्न पाउने अधिकार समेत लोकतन्त्रमा व्याख्या गरिएको छ । आदिकाल देखि नै लोकतन्त्र प्रति ठुलो आकर्षण देखिदै आएको छ । आदिकालमै पनि लोकतन्त्र ऑधी बेहरी जस्तोभएर विश्वभर फैलियो । तर कतिपय मुलुकमा बलियो र कतिपय मुलुकमा कमजोर भएर आयो । मध्यकालमा लोकतन्त्रको पहिलो भेल सन् १८२० मा शुरु भयो । फासीवादको हैकम र निरकुशताका कारण इटालीमा लोकतन्त्र जीवीत रहन सकेन । त्यसको केही समय पछि लोतान्त्रिक मुलुकहरुको संख्या १२ मा झ¥यो ।
तर दोस्रो विश्व युद्ध पछि लोकतान्त्रिक भेल फेरी शुरु भयो । सन् १९६० सम्ममा ३६ बटा मुलुकहरुमा राजतंत्र लाई सदाका लागि बिदा गरी लोकतन्त्र स्थापना गरियो । यस समयमा हाम्रो मुलुक पनि अछुत रहेन वि.सं. २००७ मा लोकतन्त्र जोश जॉगर र फुर्ती साथ आएको थियो । तर दुर्भाग्यवश वॉच्न सकेन । अनि तेस्तो लोकतान्त्रिक भेल विश्वमा सन् १९७४ बाट शुरु भएर १९९० सम्म निरन्तर बगीरहयो । जसबाट विश्वका अन्य ३० मुलुकहरु लोकतान्त्रिक प्रकृया तर्फ लागे ।
सन् १९८९—९० को युरोपेली परिवर्तनले नेपालको लोकतान्त्रिक आन्दोलनमा एकहद सम्म प्रभाव पा¥यो । यसरी एक्काइसौ सताब्दीको शुरुवात संगै लोकतान्त्रिक मुलुकहरुको संख्या एकसय एक्काइस पुगेको थियो । तर लोकतन्त्र स्थापना हुने क्रममा हरेक मुलुकको सामाजिक र आर्थिक स्थिती र वातावरण अनुसार भिन्न भिन्न तरिका र मान्यताबाट लोकतन्त्रको ‘‘क्रिष्टलाइज’’ भएकोछ । यस अर्थमा लोकतन्त्र कुनै फर्म अथवा कुनै खास ‘‘युनिभर्सल मोडेल’’ नभएर मुलुकको ऐतिहासिक, समाजिक, सांस्कृतिक र आर्थिक अवस्था र यसैगरी यसको योग्यतामा निर्भर हुने कुरा हो ।
लोकतन्त्र (Demokratein) शब्द पहिलो पटक परापूर्वकालमा ग्रीसमा प्रयोग गरिएको हो । यो शब्दको सबभन्दा पुराना सुत्रधार हेरोडोड (इसा पूर्व ४८४—४२५) हुन् । यो शब्दले ग्रीकमा त्यतिबेला थुप्रै कुराहरुको परिवर्तन ल्याएको थियो । एथेन्सका जनता इसा पूर्व ५०८ देखि ३२२ सम्म लोकतान्त्रिक गणतान्त्रिक जल्दो बल्दो अवस्थामा थिए । उनीहरुले झण्डै १७५ वर्ष आफैले राज्य चलाएका थिए । यसल्ाई ‘‘क्लासिकल डेमोक्रेंसी’’ नामाकरण गरिएको छ । तर पनि त्यहां ग्रीकका दार्शनिकहरुले लोकतन्त्रको आलोचना गर्न थाले । प्लाटोन (इशा पूर्व ४२७—३४७) र अरिष्टोटल (इशा पूर्व ३८४—३२२) हरुले लोकतन्त्र अर्थात डेमोक्रेसीलाई ‘‘अराजक, अशिक्षित र अज्ञानीहरुको जमघट हो’’ भन्ने संज्ञा दिएका थिए । त्यस पछि लगभग दुइ हजार वर्ष सम्म लोकतन्त्र प्रति जनसमुदायको दृष्टिकोणमा नकारात्मक प्रभाव प¥यो । यद्यपी जनता तानाशाहबाट मुक्त हुन चाहान्थे । बिश्वभर नितान्त र बिशुद्ध लोकतन्त्रका निम्ति भनेर जन आन्दोलनहरु छेडिन सकेनन् । तर असंगठित जनसमुदायको स्वतस्फूर्त आन्दोलन चाही भई नै रहे । यसको उदाहरण १६१८ देखि १६४८ सम्मको ३० वर्षे युरोपेली क्रान्तिलाई लिन सकिन्छ । यो क्रान्तिले राजनितिक जिम्मेवारी लिनु भन्दा बढी धार्मिक क्रान्तिको जिम्मेवारी लिएको पाइन्छ, हुन पनि यो (धार्मिक) अधिकारको माग मात्र राख्दै सुरु गरिएको क्रान्ति थियो । यसै क्रान्तिको प्रभावबाट स्वतस्फूर्त रुपमा उर्लिएको जनसमुदायले बेलायतमा सन १६४९ मा तत्कालिन राजा चार्ल प्रथमलाई मृत्युडण्ड सम्म पु¥याएको थियो । अझ प्रष्ट शब्दमा भन्दा १६४२ देखि शुरु भएको बेलायती संसद र राजाबीचको युद्धले राजालाई मृत्यु सन्मुख पु¥याएको हो । यो मृत्युदण्ड कुनै अदालतको फैसला नभै जनयुद्धको कारणबाट भएको थियो ।
अठारौं सताब्दीमा अझ खास गरी अमेरीकी र फ्रान्सेली क्रान्ति पछि मात्र लोकतन्त्रले आफ्नो सही मुल्य, मान्यता र प्रसंशा प्राप्त गर्न सफल भएको पाइन्छ । १८४८ मा कार्ल माक्र्स र फ्रेडरिक ऐगेलले कम्युनिष्ट पार्टीको घोषणा पत्र प्रकाशन गरे । त्यसको लगत्तै फ्रान्समा भएको क्रान्ति पछि फ्रान्सका राजनीतिज्ञ एवं दार्शनिक ‘‘फ्रन्सको गुइजोट’’ पछि माात्र डेमोक्रेसी शब्द विश्व व्यापी हुन पुग्यो । यसरी विश्व व्यापी हुने क्रममा नेपालमा पनि लोकतन्त्रात्मक गणतन्त्रले पाइला टेकेको छ यसलाई बलियो बनाउन संविधानसभाको निर्वाचन भएको थियो तर यो काम सम्पन्न नगरिकनै तुहियो । पक्ष र विपक्ष दुवै मिलेर ‘‘लोकतन्त्र जनताका लागि र जनताद्धारा’’ भन्ने मान्यता सहितको संविधान क्रिव्प्लाइज गर्नु पथ्र्यो । लोकतान्त्रिक संविधान क्रिव्प्लाइज गर्न लोकतन्त्रको संस्थाकरण र राजनीतिक अनुशासन बिना संभव छैन । किन भने राजनीतिक अनुशासन बिना जनताको आत्मसम्मान हुन सक्तैन । लोकतन्त्र बलियो र संस्थागत गराउन जनताको आत्मसम्मन भन्दा अरु कुरा केही हुन सक्दैन । सत्तामा पुगेका वा बाहिर बसेका सबै राजनीतिक पार्टीहरुले भर्खर पाइला टेकेको लोकतन्त्रको यथार्थलाई आत्मसात गर्दे अगाडि बढ्ने हो भने जनता सदैव उनीहरुका साथमा हुनेछन् । किनकी राजनीतिक पार्टीहरु नै जनताका सबभन्दा नजिकको दुख पोख्ने र सुख बॉड्ने संस्था हुन् । यदि मुलुकमा लोकतन्त्र बचाइ राख्ने अनि साच्चै लाकतान्त्रिक संविधान लेख्ने हो र लेखिने संविधान भित्र ‘‘जनताका लागि र जनताद्धारा’’ भन्ने यथार्थलाई सम्मानजनक राख्ने हो भने राजनीतिक पार्टीहरु सबभन्दा पहिले आफ्ना रंग रोगन, व्यक्तिगत र पार्टीगत स्वार्थबाट मुक्त हुनु पर्छ । अन्यथा पूर्व राजा ज्ञानेन्द्रले सत्ता सम्हालेमा कसैले आश्चर्य मान्नु पर्ने छैन ।
Shashi ji,
tapaiko yo lekh padhepachi malai ke lagayo bhane tapai please belayat nabasnus hamro muluk nepal lai tapai jasto manche chahiyako chha. yadi tapaile tapaiko buddi gyan mulukko lagi upayog garnu bhayana bhane tahailai matribhumile sarapne chin.