लगभग तीन बर्ष अघि पूर्व राजा ज्ञानेन्दको् “राजतन्त्र अझै मरेको छैन” भन्ने आसयको अभिब्यक्तिले नेपाली राजनीतिमा चर्चाको बिषय बन्यो । त्यति बेलाका प्रधानमन्त्री देखि विपक्षी दलका बाबुराम भट्टराई सम्मले यसवारे आपत्ती जनाए । अहिले बाबुराम भट्टराइ प्रधानमन्त्री छन् । पूर्व राजा ज्ञानेन्द्रले अहिले देशलाइ म चाहिए आउन तयार छु भन्ने आशयको अभिब्यक्ति दिए । पूर्व राजा ज्ञानेन्दको अभिब्यक्तिको जवाफमा बाबुराम भट्टराइले उनले पाइआएको सुबिधा कट्टा गर्ने धम्की दिए । अर्थात कागले कान लग्यो भनेर अर्को कान समाएर जोगाउनुको वदला काग जता जता उड्यो त्यतै त्यतै दगुरे । त्यतिबेलाको उपरोक्त राजनीतिक घटनाक्रमलाई यहा दुई पंतीमा राखेर विश्लेषण गर्ने प्रयास गरेको छु ।
प्रथम, नेपालको लोकतान्त्रिक आन्दोलनका सवालमा महत्वपूर्ण भूमिका निर्वाह गरेका ब्यक्ति गिरिजा प्रसाद कोइरलाको निधन र उनको निधनमा समवेदना ब्यक्त गर्न आएका भारतीय राजनेताहरु मध्ये भाजपाका नेतावाट हिन्दूराज्यको पक्षमा बोल्नुलाई कागताली मान्न सकिन्न । यसको दुई दिन पछि मात्र पूर्वराजा ज्ञानेन्द्रले राजतन्त्र जिउदै रहेको प्रसंग उठाउनु भनेको पूर्व राजा ज्ञानेन्द्रले जुवाको खालमा पासा हान्नु हो ।
नेपाली लोकतान्त्रिक क्रान्तिको निशाना भनेको त्यतिखेर सामन्ती, प्रतिगमनकारी र यथास्थितीवादी शक्तिहरु हुन् र नेपाली राजनीतिक दलहरुको संयुक्त संघर्षको निशाना तिनै शक्तिका विरुद्ध सोझ्याउनु हो । किन भने उनिहरु नै यतिवेला परिवर्तनको सम्पूर्ण प्रवाहका विरुद्ध जाइलाग्ने छन् । यतिवेला सामन्ती, प्रतिगमनकारी, र यथास्थितीवादी शक्तिहरुका विरुद्ध संघर्ष गर्दै शान्ति प्रकृयालाई पूर्णतामा पु¥याउने, राज्यको पुन संरचना गर्ने, सामाजिक आर्थिक रुपान्तरण गर्ने , र नया“ संविधान बनाउने दायित्व संविधान सभा र दलहरुको थियो । यसो गर्न संविधान सभा भित्रका सबै दलहरु सहमतिमा आउनु पथ्र्यो । अझ खासगरी नेकपा एमाले , एनेकपा माओवादी, नेपाली काँग्रेस र मदेशी जनअधिकार फोरमलाई यो जिम्मेवारी जनताले विशेष रुपमा सुम्पेका थिए । उपरोक्त राजनीतिक दलहरुले गहिरो समझदारीको विकाश गर्दै सामन्ती, प्रतिगमनकारी एंव यथास्थितिवादी शक्तिहरुका विरुद्ध ब्यापक राजनीतिक मोर्चावन्दी गर्न जरुरी थियो । तर त्यसो नभै मुलुकको राजनीतिक पर्दामा अर्को दृश्य देखियो । एक आपसमा लडाई, झगडा, पदका निम्ति तछाड मछाड आदि । अनि सम्बिधान बन्न सकेन ।
यतिखेर मलाई मैले वाल्यकालमा सुनेको एउटा कथा सम्झना भएको छ । कथा यस प्रकारको थियो । जंगलमा दुईवटा वाँदरले एउटा ठूलै मासुको टुक्रा भेटेछन् । अनि दुवै तेरो वा मेरो भनि झगडा गर्न थाले छन् । एउटाले भन्छ यो मैले भेटेको हो । अर्कोले भन्छ धत कहा“ हुन्छ मैले पो भेटेको । केहि परवाट एउटा चतुर स्यालले त्यो सबै दृश्य हेरिरहेको रहेछ । अनि स्यालले विचार ग¥यो यो मासु त मैले पो पाउनु पर्ने । तर कसरी ? केही क्षण पछि उपाए पत्ता लगाएर चतुर स्याल वादरहरु समक्ष पुगेछ । हलो साथीहरु हो । के गरिरहेछौं ? वादरहरुले एक स्वरमा जवाफ दिए, ल हेर न यो मासुको टुक्रा मैले भेटेको हो यसले मलाई दिदैन । दुवैको भनाई एउटै थियो । चतुर स्यालले भन्यो, हट् लठ्ठकहरु हो यसलाइ काटेर आधी आधी वांढे भैहाल्यो नि, आफू आफू पनि कहि झगडा गर्दछन् ? वादरहरुले सोधे कसरी ? अनि स्यालको पालो आयो र उसले सोध्यो म भाग लगाइ दिउ तिमीहरुलाई ? वादरहरुले एक स्वरमा हुन्छ , हुन्छ, भने । अव चतुर स्यालले भान्सा पस्ने मौका पायो । मासुलाई एकातिर ठूलो र अर्को तिर स्यानो गरेर काट्यो । तराजुमा राख्दै भन्यो ए हेर यता ठूलो परेछ भन्दै ठूलो भाग तराजुवाट वाहिर झिकेर आधा काटेर आफ्नो मुखमा हाल्दै भन्यो । यो ठूलो पट्टिको भाग हो त्यसैले मैले खाएको । तिमीहरुलाई झगडावाट बचाउन । अनि अर्को तिरको भाग ठूलो अर्थात तराजुमा गरुङ्गो भयो । त्यता पट्टीको पनि फेरी आधा काटेर पहिलेको वाक्य दोह¥याउदै मुखमा हाल्यो । यस्तै क्रम चार पाँच पटक गरे पछि मासु सकियो । यसैलाई भन्छन् “ भाई फुटे गँवार लुटे” ।
दुई सय चालिस बर्ष राज्य गरेको राज्य ब्यवस्थालाई निर्मूल पार्दै अघि बढ्न चाहेको लोकतन्त्र ढल्मलाएको छ । यो ढलमलले नेपाली राजनीति अहिले ऐतिहासिक महत्वपूर्ण चौराहामा पु¥याएको छ । प्रथमः विरालोले आफ्नो आची पुरेर छोडे जस्तो गरी सामन्तवादी सत्ता अवशेषको अन्त गराएर समाजवादको वाटो तय गर्ने कि दोस्रोः अलि लचिलो तर साम्राज्यवादी शक्तिहरुको आडमा पूजींवादी वाटो तय गर्ने , तेस्रोः पूर्व राजा ज्ञानेन्दले भने जस्तो राजतन्त्र अझै मरेको छैन । यी तीन वाटा मध्य कुनै पनि वाटो तय गर्दा देश काल परिस्थीति र मुलुककोे आर्थिक सामाजिक भौगोलिक अवस्थाको विश्लेषण गरिनु जरुरी छ । मुलुकको वर्तमान अवस्थाको निश्पक्ष भएर विश्लेषण र मूल्यांकन गर्ने हो भने नेपालमा समाजवादी लोकतन्त्रको विकल्प छैन । एकातिर भने अर्को तिर विश्व राजनीतिक स्थिति र नव उदारवादी अर्थनीति र ग्लोवलाइजेशनको चपेटामा परेको दुई विशाल राज्यवीचमा अवस्थित नेपालमा निर्वाध रुपमा समाजवादी लोकतन्त्रात्मक वाटो तय गर्न साम्राज्यवादी शक्तिहरु तगारो भएर उभिने छन् ।
समाजवादी लोकतन्त्रात्मक वाटो तय गर्न वा त्यहँ“ सम्म पुग्ने कडी भनेको सर्व प्रथम हरेक राजनीतिक कर्मिले आफूवाट सामन्तवादी चिन्तन हटाउन सक्नु पर्छ । हुदै जाने राजनीतिक, सामाजिक विकाशलाई द्धन्दवादी ढंगले विश्लेषण र लागु गरिनु पर्छ । पल पलमा देखिएका राजनीतिक अस्थिरता र ब्यक्तिवादी मनोविज्ञानवाट मुक्त हुनु पर्छ । राजनीतिक दलहरु भित्र देखिने वच्चापन एंव उग्र मनस्थितीवाट मुक्त हुनु पर्छ । नीति र सिद्धान्तका आधारमा सिंगो मुलुकलाई समाजवादी लोकतन्त्रात्मक राज्यमा रुपान्तरण गर्न एउटा साझा मापदण्डका आधारमा विभिन्न राजनितिक शक्ति जो सामतन्वाद विरुद्ध उभिन सक्छन् संग संवाद गरेर एउटै मोर्चामा उभिन सक्नु पर्छ । सामन्तवाद एंव साम्राज्यवादी शक्तिको विरुद्ध तप्कामा उभिन सक्ने, नेपाली लोकतान्त्रिक आन्दोलन सम्पन्न गर्न दृढ मनोवल भएका सम्पूर्ण तप्कालाई मैत्रीपूर्ण ढंगले सम्बन्ध विकास गर्दै जानु पर्ने आजको माग हो । नकि पूर्व राजा ज्ञानेन्द्रले के भने भनेर हाउगुजी देखाउने वेला हो ।
राजतन्त्र सत्तावाट फ्याँकिएको छ । राष्ट्रपति शासन आईसकेको छ तर विर्सिनै नहुने कुरा के हो भने राजसंस्थाको अवशेष र सामन्तवादी चिन्तन अहिलेका राजनीतिकज्ञहरुमा अझै वाँकी छ । उनिहरु यसवाट अझै मुक्त हुन सकिरहेका छैनन् । यो कुरालाइृ बुझेर ज्ञानेन्द्रले एक वा दुई पटक पासा खालमा फाल्नुलाई माइक लगाएर घङकुरी बजाउने वेला अहिले हैन ।
अर्को तिर राजनीतिक दलहरुले कुकुर र विरालाको चरित्र प्रर्दशन गरिरहेका छन् । यो कुरा पूर्व राजा ज्ञानेन्द्र सामु दिनको घाम जतिकै छर्लङ्ग छ । र उनले के पनि देखिरहेका छन् भने माथीको कथामा जस्तै नेपाली राजनीतिको वग्गी त्रीवाटोमा पुगेर अल्मलिई रहेको छ । कुन वाटो तय गर्ने निश्चित गर्न सकिरहेको छैन । आफूहरुले तय गर्ने उपयुक्तवाटो खोज्नु र यसवारे समय दिनुको बदला वालुवाटार र सिहंदरवारको छिनझम्टीमा लागेका छन् । यो राजनीतिक दृश्य पनि उनका सामु छिपेको छैन । यस्तो अवस्थामा उनले आफ्नो पक्षमा पासा फाल्नु स्वाभाविक हुन्छ । राजनीतिक दलहरुले यो पासाका विरुद्ध मोर्चावन्दी गर्न सक्नु पर्छ । मुलुकमा शान्ति कायम गर्न सक्नु पर्दछ । त्यस निम्ति आम नेपाली जनताको स्वार्थ र हित नै लोकतन्त्रकामी जनताको स्वार्थ र हित हो भन्ने बुझ्नु पर्छ । राजनीतिक दलहरु हर बखत जनताको हक र हितको रक्षाकवच बन्न सक्नु पर्छ । समाजलाई अग्रगमनतिर लैजाने कार्यक्रम ल्याउनु पर्छ । त्यसैले उनिहरु सधै जनतासंग रहनु पर्छ । समाजमा वर्ग हुन्छन् । ती वर्गलाई कसरी परिचालन गर्नु पर्छ । र उनिहरुसंगको सम्वन्धलाई गाढा पार्न सकेमा हाउगुजीसंग डराउनु पर्ने अवस्था आउने छैन । अन्यथा दुई वादरहरुको सामुन्ने चतुर स्यालले सम्पूर्ण मासुको टुक्रा निले जस्तै पूर्व राजा ज्ञानेन्द्रले चतुर स्यालको उपमा दिएमा कुनै आश्चर्य हुने छैन ।
2 Responses to राजतन्त्र अझै मरेको छैन रे