-शशी पौडेल
वासिंगटन र किभले पूर्बी युक्रेनमा सरकारी भवनहरु र स्लोभाजान्सोक नामक शहरु रसियन सेना र सुराकीहरुले कब्जा गरेको भनी प्रचारबाजी गरिरहेका छन । तर उनिहरु आफैले उत्पादन गरेका प्रमाणहरु प्रति भने आफैले पनि बिश्वास गरिरहेका छैनन् । क्रेमेल(रुस)ले बिश्वास गर्ने झन् कुरै भएन । उता क्रेमेल पनि प्रोपागाण्डा गर्न पछि परेको छैन । रुसको प्रोपागाण्डा भने अली सिंगार पटार गरेको देख्न असहज छैन ।
ह्वाइट हाउसले युक्रेनमा रसियन सेना र सुराकीहरु भएको प्रमाणका रुपमा भन्दै गत मंगलबार २२ अप्रिलका दिन देखि एउटा सैनिक पोसाकधारी ब्यक्तिको तस्वीर छापेर प्रचार गरिरहेको छ । ह्वाइट हाउसद्धारा उक्त तस्वीर प्रचारमा ल्याए लगत्तै वासिंटनले प्रश्न उठाएको कुरा न्यूयोर्क टाइम्सले खुलासा गरेको छ । न्यूयोर्क टाइम्सका अनुसार “पूर्वी युक्रेनमा रसियन पोसाकधारी सैनिक भनि खिचिएको तस्वीर के साँच्चै रसियन सेनाको होत ?” प्रश्न चिन्ह खडा गरेको छ । यो प्रश्न चिन्ह खडा भएपछि ह्वाइट हाउसलाइ उक्त प्रमाण भनि प्रचार प्रसारमा ल्याइएको तस्वीको सत्यता बिश्वसामु ल्याउन हम्मे हम्मे परेको छ ।
हप्तौं देखि वासिंगटन र किभको अडान रस्सा बिरुद्ध रहेको छ । त्यस्तै उनिहरु भन्छन् पूर्बी युक्रेनमा रसियन सेना र सुराकीहरुले कब्जा गरिरहेका छन् र त्यहाँको समस्या रुसले युक्रेनलाइ च्यात्तै छोडेको खण्डमा मात्र समाधान हुन सक्ने छ । तर सत्य थाहा पाउन कठिन भए पनि सत्यता अलि फरक भएको अनुमान गर्न भने कठिन छैन ।“हो रसियन सेनाहरु युक्रेनको पूर्बी र उत्तरपूर्बी सिमा क्षेत्रको रस्साको भूभागमा तैनाथ रहेका छन्” भन्दै अमेरिकाबाट प्रकाशित हुने एउटा अर्को प्रशिद्ध म्यागाजीन टाइमले एउटा लामो रिपोर्ट छापेको छ । म्यागाजीन टाइमको एउटा पत्रकार समूह केही हप्ता देखि युक्रेनमा कार्यरत थियो । उनिहरुले त्यसक्षेत्रको भ्रमण गरेपछिको रिपोर्टमा लेख्छन् “अमेरिकाले जुन ठाँउहरुमा रसियन सेना र सुराकी रहेको दाबी गर्दै आइरहेको छ त्यस क्षेत्रमा रसियन सेना र सुराकीहरु रहेको पत्ता लगाउन हामीलाइ कठिन पर्यो । त्यतिमात्र नभएर रसियन सेनाहरु सैनिक पोसाकमा त्यस तर्फ तैनाथ रहेको भन्ने कुरा पत्याउन पनि गाहारो पर्यो । किनकि यदि त्यहाँ रसियन सेना र सुराकीहरु रहेको भए युक्रेनका जनता र ती रसियन सेनाबीच दुस्मनीपूर्ण ब्यबहार हुने थियो । एउटा साथी र अर्को दुस्मन संगै रहने बस्ने कुरा पत्याउन अलि कठिन छ ।” टाइम अगाडि लेख्छ “बरु के कुरा अलि पत्यार लाग्दो हुनसक्छ भने, रसियाले मस्कोबाटै युक्रेनमा हलचल मच्चाएको हुनसक्छ । हामीले ती ब्यक्ति जसको तस्वीर ह्वाइट हाउसले रसियन सैनिक भनेर प्रचार प्रसारमा ल्याएको छ ती ब्यक्तिसंग कुराकानी गर्न पुग्यौं । उनले हाँस्दै भने “केही पत्रकारहरुले मेरो फोटो खिंच्न जबरजस्ती गरे । म अहिलेसम्म जर्जियन गएकै छैन ।”
टाइम अगाडी लेख्छ “हो मोसाजेश रसियन हुन् र उनले दक्षिणी रुसको सिमाक्षेत्रमा राष्ट्रिय रक्षकका रुपमा आउन आफैले रसियन सरकारसंग अनुरोध गरेका थिए ।”
रस्साको सहयोगबिना युक्रेन बाँच्न सक्तैन भन्दै आन्दोलनमा उत्रिएका जसलाइ अमेरिकी र पश्चिमेलीहरुले रसियन पृथकताबादी भन्ने गर्दछन्, का नेता बाटसेलोम पानोमाजोभले टाइमसंग अन्तरबार्ता दिदै अहिले सम्म एउटा पनि रसियन सेना युक्रेनको स्लोभाजान्सोकमा नआएको दाबी गरेका छन् ।
रसियन सेना युक्रेनमा आएको प्रमाणका रुपमा भन्दै एउटा फोटो प्रचारमा ल्याएको तीन दिनपछि अमेरिकाले रुसी सैनिक हवाइजहाज युक्रेन माथी उडेको दाबी गरेको छ । तर उसले यी पंतीहरु तयार पार्दासम्म यसको बिस्तृत बिबरण भने दिन सकेको छैन ।
क्रेमेल पनि कम छैन प्रोपागाण्डाका लागि :
एक समाचारका अनुसार माक्सिम डोनोयुक नामक एक फोटो ग्राफर युक्रेन समस्या सुरु भएदेखिनै फोटो खिच्दै र आफ्ना फोटोहरु बिभिन्न संचार माध्यमहरुलाइ दिने मात्र नभएर आफैले पनि इन्टरनेटमा अपलोड गरेको बताउछन् । उनले केही दिनअघि इन्टरनेट मार्फत प्रकाशित गरेको उनको एउटा फोटोलाइ युक्रेन मेडियाले अटार बटार गरी पुन प्रसारण गरे पछि रुसले आफना सेना वा सुराकी स्लोमोजान्सकमा नभएको तर रसियनहरु आफ्नो खुसीले सिमाक्षेत्रमा गएको प्रतिकृया दिएको थियो ।
डोनोयुकले युक्रेनमा आन्दोलनको सुरुदेखिनै घटनास्थलका फोटोहरु खिच्ने र प्रकाशनका लागि दिने गरेको बताउछन् । ती मध्य एउटा फोटो रसियन सैनिकको भुवादारी टोपी लगाएको थियो । उनका फोटो “युक्राइनिस प्राभ्दा” भन्ने वयबसाइटमा आउने गर्दछ ।
अवश्य वासिंगटन र किभले प्रोपागान्डा गरेजस्तै मस्कोले पनि युक्रेनको आन्दोलन बारे प्रोपागान्डा गर्ने गरेको छ । जस्तै सिआइए निर्देशक जोन ब्रेनेन् ब्यक्तिगत रुपमै युक्रेनको राजधानी किभ आएको र युक्रेनका सेनालाइ पुर्बी युक्रेनमा आन्दोलनरत “रसियन पृथकताबादी”हरु बिरुद्ध उक्साएको दाबी गरेको छ । अमेरिकी पक्षले भने सिआइएका निर्देशक जोन ब्रेनेनको नियमित भ्रमण मध्य युक्रेनमा संयोगले त्यो भ्रमण परेको तर युक्रेनका सेनालाइ पुर्वी युक्रेनमा अहिले भैरहेको पृथकताबादीहरुको आन्दोलन बिरुद्ध नउक्साएको प्रतिकृया दिएको छ । तर अमेरिकी पक्षबाट भने यो प्रतिकृया निकै ढिलो आयो । त्यसैले संसारका अरबौं सर्बसाधारण जनतामा एउटा प्रश्न निरुत्तर भएर उभिएको छ , त्यो प्रश्न हो “सिआइएका निर्देशक यही बेला किन किभ आए त ?”
जर्मनीमा प्रकाशित हुने जर्मनी भाषको प्रसिद्ध साप्ताहिक पत्रिका “डि छाइट”संग कुरा गर्दै शितयुद्ध ताका ७०को दशकका जर्मनीका पूर्ब चान्सलर, रक्षा एवं अर्थमंत्री समेत रहेका ९४ बर्षिय हेल्मुट स्मिथको भने युक्रेनको समस्याबारे अलि फरक तर्क रहेको छ । जर्मनीको इतिहाँसमै एक सफल चान्सलर एवं चतुर राजनितीज्ञका रुपमा लिइने पूर्व चान्सलरका अनुसार युक्रेन यस अघि पनि कहिल्यै स्वतन्त्र थिएन । युक्रेन कहिले पोलेण्डको त कहिले अस्ट्रिया वा कहिले रुसलैण्डको अन्तर्गत रहदै आएको छ । यसअर्थमा रुसको चाहाना बुझ्नु पर्ने उनको तर्क रहेको छ ।
उनका अनुसार युरोपियन युनियन यस सवालमा किन रुसबिरोधीको रुपमा उभिएको छ बुझ्न कठिन छ । उनले भन्छन् “अमेरिका र रुसबीच कुनै किसिमको बन्द ब्यापार, सामाजीक सम्बन्ध वा साँस्कृतिक सम्बन्ध प्राय सून्य छ । तर युरोपको सवालमा त्यसो होइन । युरोपको रुससंग थुप्रै कुराहरु जेलिएका छन् । सामाजिक, साँस्कृतिक र आर्थिक सम्बन्धका कुरा गर्ने हो भने अहिलेको अवस्थामा रुस र युरोपियन युनियनको सम्बन्ध निकै गाढा हुनुपर्ने हो । यदि रुसले गलत गरेको छ भने गलत भयो यसमा सुधार गर भनेर सल्लाहा र सम्झौताबाट समाधानको बाटो खोज्नु पर्नेमा आर्थिक नाकाबन्दी गर्नु वा सैनिक परिचालन गर्ने धम्की दिनु र एकतर्फी दोसी ठहर्याउनु सायद बुद्धीमानी काम होइन । कुनै पनि काम त्यसको प्रतिकूल असर के पर्छ भन्ने नसोचिकन र अरु कसैको लहलहैमा लागेर गर्दा कहिलेकाँही ठुलै नाक्सानी बेहोर्नु पर्ने हुनसक्छ ।”
उनी अगाडी भन्छन् “राजनितीमा मुलुकको उत्पत्ती र यसको जरा कहाँबाट आएको हो र यसको बिकाश कसरी हुदै आइरहेको छ भन्ने बुझ्नु जरुरी हुन्छ । यदि त्यसबारे चासो नदिएर फुटाउ र राज्य गर भन्नेतिर मात्र लाग्यो भने त्यसले कालान्तरमा आफैलाइ नोक्सान गर्ने छ । युक्रेनको सवालमा अमेरिका र हामी पश्चिमेलीहरु सयौं बर्षको इतिहाँसलाइ बिर्सेर बीस बर्ष देखिको इतिहाँसलाइ मात्र बोकेर उफ्रिरहेका छौं । मैले कहिलेकाही आफैले आफुलाइ प्रश्न गर्दछु कि सोभियतसंघको बिघटन पछि युक्रेनले आफुलाइ एक रिपब्लिक राज्य भन्यो तर यहाँ प्रश्न उठ्छ त्यसको सामाजिक, राजनैतिक, साँस्कृतिक र आर्थिक सम्बन्ध यसबीच पनि कहाँ जोडिएको थियो वा छ ? के यस कुरालाइ हामी नजरअन्दाज गर्न सक्छौं ? चाहे हामी बेलारुस, युक्रेन वा अन्य मुलुक जुन सोभियतसंघको बिघटन पछि रिपब्लिक भनिएका छन् के ती मुलुकहरु यस अघि कहिल्यै स्वतन्त्र राज्यका रुपमा देख्यौं ? त्यसैले युरोपियन युनियनको यो गलत बुझाइले, हामी आफैले रुखको टुप्पोमा बसेर फेंद काटिरहेका छौं । हाम्रो आफ्नै बुझाइले हामी आफ्नो शक्तिलाइ क्षीण गराइरहेका छौं । हुनसक्छ अहिलेका युवा राजनितीज्ञहरुको सोचाइमा यतिखेर रुसबिरुद्ध जाइलाग्दा रुसलाइ कमजोर वा सानो बनाउन सकिन्छ भन्ने होला । सायद त्यो सोचाइ शीतयुद्ध पछि पलायो होला तर यतिखेर युक्रेनको सवालमा सयौं बर्षको इतिहासलाइ बिर्सनु भनेको राजनितीमा बिषबमन गर्नु जस्तै हो ।” (यो मैले बेलायतबाट प्रकाशिन हुने सत्य तथ्यको अप्रेल अंकका लागि लेखेको हुं । )
उ जस्तो बिद्द्वान र जान्ने अरु कोहि छैन भनेर अमिताभ बच्चन 'खुदा गवाह' को सुटिंग गर्न नेपाल आउँदा ईन्टरभ्यु लिन…