पेशाले इन्जिनियर अनि लामो समय सम्म पेशागत अनुभव समेत प्राप्त गरेका आनन्द अरुण एकाएक गेरु वस्त्र पहिरिन आकर्षित हुन्छन् । चारदशक अघि भारतमा रजनीशलाई भेटेको बताउने आनन्द अरुण रजनीशको मनोवल, दृढता वाकपटुता र मानव सम्पदालाई चिरफार गर्न सक्ने क्षमताबाट आपूmमा रजनिशप्रति आर्कषण आएको बताउछन् । तीन छोराछोरीका पिता अहिले पनि आपूmले स्थापना गरेको एक कन्सट्रक्सन कम्पनिको अध्यक्ष पद छोडेका छैनन् । यद्यपी उनी एक आध्यात्मिक स्वामीका रुपमा तपोवनमा बस्दै आएका छन् । अलि कम जनसम्पर्क भएका योगीहरुको वासस्थानलाई जोगीकुटी भनिने र बढी जनसम्पर्क भएका योगीहरुको वासस्थानलाई आश्रम भनिने नेपालको एक परम्परा हो । उनको आश्रम तपोवन उनी आफैले स्थापना गरेका हुन् । घण्टौं नअमलिईकन प्रवचन दिन सक्ने क्षमता भएका आनन्द अरुण भौतिकवादी विज्ञानमा आधारित पेशा सिभिल इन्जिनियरबाट ओशो अर्थात रजनीशको दर्शनमा कसरी प्रभावित भए अनि कसरी आध्यात्मवादी योगी बनेर स्वामी आनन्द अरुणका रुपमा परिचित हुन पुगे त ? यो प्रश्न जोकोहीका मनमा उब्जने गर्दछ । अस्सीको दशकमा थुप्रै विवादमा मुछिएका रजनीशको प्रभाव अलि घट्दै गएको महसुस गरिए पनि ९० को दशकको शुरुताका पूर्वी यूरोपको समाजवादी शासन ढले पछि रजनीशका भाषणप्रति विश्व समुदायमा चस्का पर्न थाल्यो । रजनीशको प्रवचनहरु पुस्तकका रुपमा दशौं दर्जन प्रकाशित भएको भए पनि सर्वसाधारण जनसमुदायवीच खास गरी दुईवटा प्रवचनले हृदय छुन सकेको बुझिन्छ । ती हुन्– समाजवाद देखि सावधान र सम्भोग से समाधिके ओरतक ।
सिभिल इन्जिनियरको जागीरबाट सफलता प्राप्त गर्न नसके पछि कन्सट्रक्सन कंपनि खोलेका आनन्द अरुणले भौतिक सन्तुष्टी लिन सके पनि, भौतिक चारोले पेट भर्न सफल भए पनि आध्यात्मको भोक मेट्न नसकेकाले गेरु बस्त्र पहिरिएको भन्न उनी धक मान्दैनन् । आपूmलाई सवभन्दा ठूलो समाजवादी मान्दै उनले “यदि कार्लमाक्र्स जीवीत भए कार्लमाक्र्सबाट सबभन्दा पहिले धन्यवाद प्राप्त गर्ने थिएं” । उनको गर्व थियो । यिनै सेरोफेरोमा रहेर स्वामी आनन्द अरुणको बेलायत यात्राक्रममा गत वर्ष एभरेष्ट टाइम्सका लागि मैले कुराकानी गरेको थिएं । र अहिले उनि फेरी वेलायत यात्रामा भएकाले यो अन्तर्वार्ता पुनः यहाँ प्रकाशित गरेको छु ।
प्रश्नः सर्वसाधारण मानव समुदायले यहा“लाई कसरी चिन्ने ?
उत्तरः एउटा नेपाली जो कि समाजप्रति अलि जिम्मेवार भएर हिड्न खोजेको छ त्यसरी चिन्ने ।
प्रश्नः त्यत्तिले अलि पुगेन, यहा“को बाल्यकाल र युवावस्था बारे थाहा पा“उन ?
उत्तरः मेरो जन्म नेपालको तराईमा एउटा निम्न मध्यम वर्गीय परिवारमा भएको हो । मेरो अधिकांश शिक्षा भारतमा भयो । शुरुमा केही बर्ष एन सि सि एनमा ६÷७ बर्ष काम गरें । मैले सडक विभागमा पनि नियुक्ति पाएको थिएं तर मलाई काम गर्न मन लागेन । किनभने मेरो शुरु देखिनै धर्ममा रुची भएकाले काठमाण्डौं बाहिर जाने मन गरिन । मैले १९७० देखिनै नेपालमा अध्यात्मीक काम शुरु गरिसकेको थिएं । मेरो शुरुवात धार्मिक पुस्तकको प्रचार गर्ने र ओशोप्रति मानिसहरुलाई जागरुक गराउनेबाट भएको थियो । इन्जिनियरको पेशामा सरकारी संयन्त्रका कारण म सफल हुन सकिन र आफ्नै कंपनी खोलें । १९८० मा मैलै खोलेको विडिए फर्म अहिले अत्यन्त राम्रोसंग फस्टाएको छ । मलाई नेपालमा साथीहरुले इन्जिनियरको रुपमा पनि चिन्दछन् । यति ठूलो फर्म ह“ुदा मेरो पेटको भोजन प्राप्त गरें तर त्यसले मेरो आत्माको भोक मेटाउन सकेन । मैले आत्माको भोक मेटाउन साधना र धर्मको प्रचारमा लागें ।
प्रश्नः एउटा इन्जिनियरलाई कहा“बाट रजनिशको प्रचारक बन्ने प्रेरणा मिल्यो ?
उत्तरः प्रेरणा हुन एक प्रकारको व्यक्तिगत रुझानको आवश्यकता पर्दो रैछ । अव यही तपाईकै हेरौं न मान्छे विदेश गए पछि पैसा कमाउ घर बना“उ भनेर लाग्छन् तर तपाई एकपैसा फाइदा नै नभैकन पनि पत्रिका प्रकाशन तिर लाग्नु भो । तपाईलाई पेशागत सन्तुष्टी भएको होला । यो लडाईको .रुझान हो । त्यस्तै मैले के देखे भने जतिसुकै ठूलो इन्जिनियरिङ्ग काम गरे पनि मैले पैसा धेरै कमाउ“ला तर त्यसले मलाई सन्तुष्टी र आत्माको भोजन दिदैन । म आफै पनि अध्यात्मको खोज गर्ने मान्छे हु“ । ओशोको सिद्धान्त वैज्ञानिक छ त्यसैले होला अहिले ओशोमा बढी ठूलो संख्या ओशो सन्यासी भएका छन् ।
प्रश्नः मैले थाहा पाउन खोजेको के भने कुनै यस्तो घटना घट्यो जसले तपाईलाई यहा“सम्म आई पुग्ने प्रेरणा मिल्यो ?
उत्तरः मैले इन्जिनियरिङ पढ्न प्रवेश गरेको केही बर्षमै ओशोलाई भेटें ।
प्रश्नः कहिले होला ?
उत्तरः मैले १९६९ मा उहा“लाई भेटेको हू“ । उहा“को आग्नेय प्रवचन सुनें र उहा“को दृष्टिकोण यो दुनियालाई राम्रो बनाउनु पर्छ । म जस्तो संसारमा आए“ त्यस्तै छोडेर गएं भने मेरो जीवन व्यर्थ हो भन्ने पाएं । उहा“को यो दृष्टिकोणका कारण मैले पनि सोचे कि मेरो जीवन पनि समाज सुधार, अथवा अलग संसार बनाउने काममा लगाउनु पर्छ । यसका निम्ति मैले मेरो जीवन ओशोलाई सुम्पनु आवश्यक देखें । मलाई त्यतिखेर ओशोसंग संसार सुधार्ने कामका निम्ति ज्ञान, क्षमता, र कला छ भन्ने विश्वास जाग्यो ।
प्रश्नः मैले तपाईका केही प्रवचनहरु सुनेको छु र तपाईले प्राय जसो आफ्नो प्रवचनमा धर्मले समाज जुटाउने तर राजनीतिले समाज फुटाउने प्रंसंग ल्याउनु हुन्छ तर रजनीश अर्थात ओशोका समग्र प्रवचन भने राजनीतिमा आधारित हुन्थे जस्तै समाजवाद देखि सावधान गान्धीको विरोध आदि आदि । तपाई ठिक कि राजनीश ठिक ?
उत्तरः मैले राजनीतिको विरोधमा कुरा गर्दिन । ओशोले पनि राजनीतिलाई सुद्धिकरण गर्न खोज्नु भएको हो । ओशोको वारेमा मानिसहरुलाई अलिकता भ्रम छ । उहा“ समाजवादको विरोधी वा गान्धीको विरोधी भन्ने एक भ्रम हो । ओशो जत्रो समाजवादी मैले संसारमा भेटेको छैन । म स्वयं पनि समाजवादबाट प्रभावित व्यक्ति हू“, र म विद्यार्थी फेडेरेशनको सक्रिय सदस्य थिएं । मलाई पनि वर्गीय समाज र वर्गीय शोषणको अन्त हुनु पर्छ । ओशो जत्तिको प्रगतिशील र वर्गविहिन समाज बनाउने मान्छे संसारमै पाइन । उहा“कोमा पैसा चल्थेन, यो धर्म त्यो धर्म भन्ने थिएन । उहा“को राज्य विहिन समाज थियो अर्थात राज्यका कुनै सिमा थिएन । भाषाको विभेद थिएन । यहा“ सम्म कि स्त्री र पुरुषवीचमा कुनै भिन्नता थिएन । स्त्रीले यो काम गर्ने र पुरुषले त्यो काम गर्ने भन्ने थिएन । कार्ल माक्र्सले परिकल्पना गरे जस्तै थियो । म विद्यार्थी संगठनमा काम गर्दा पढेको मध्ये कार्ल माक्र्सका दुईवटा कुराले म प्रभावित छु । समाजले समाजलाई सघाउने भन्ने जुन माक्र्सको परिकल्पना हो त्यो अत्यन्त उच्च छ । ७० बर्षसम्म वर्गविहिन समाज बनाउन रुसले जुन गर्न खोज्यो त्यो पृथ्वीमा ठूलो प्रयोग थियो तर पनि त्यहा“ सच्चा समाजवाद लागु भएन । अर्थात वर्गविहिन समाज बन्न सकेन । त्यहा“ पनि अर्कै प्रकारको शोषण भयो । जो कम्यूनिष्ट पार्टीका सदस्य थिए उनीहरुलाई अलग्गै सुविधा र उनीहरुमा सम्पन्नता थियो । उनीहरु वस्ने घर उनीहरुका कार अथवा पाहुना घर अर्कै थिए भने सामान्य व्यक्तिहरु ती घरमा छिर्ने सक्थेनन् । त्यहा“ अर्कै प्रकारको वर्गीय समाज शुरु भयो । अमेरिकामा रजनीशले जुन स्थान बनाउनु भयो मैले त्यहा“ देखें, त्यहा“ पैसा चल्थेन । इन्जिनियर होस् वा डाक्टर शारिरीक काम गर्नै पथ्र्यो । त्यहा“को सहायक चान्सलरले पनि दुईघण्टा वाटो बढार्नै पथ्र्यो र म इन्जिनियर भएर पनि चर्पी सफा गर्नु पर्दथ्यो । सवै मान्छेले यसरी काम गर्नै पर्ने थियो । यहि आधारमा मैले नेपालमा तपोवन, जस्तो कम्यून चलाएको छु । यदि कार्ल माक्र्स आज जिउदै हुने भए म जत्रो कम्यूनिष्ट कोही छैन भनेर मलाई तक्मा दिनु हुने थियो ।
प्रश्नः रजनीशले सम्भोगबाट समाधीसम्म पुग्ने कुरो गर्थे तर तपाईले यौन स्वतन्त्रताको विरोध गर्नुहुन्छ । ओशो भक्तहरुले कस्को कुरा पत्याउने ?
उत्तरः मैले यौन स्वतन्त्रताको नाममा हुने यौन उछ्रिङखलताको विरोध गर्छु । पश्चिमा मुलुकमा अहिले के भएको छ भने यौनको रिआक्सन भैरहेको छ । अहिले भएको यो रिआक्सन कुनै स्वतन्त्रता हैन । हेर्नुस् इशाई धर्मले यौनलाई हजारौं बर्ष दवायो । जहा“ दवाव हुन्छ त्यहा“ प्रतिरोध त हुन्छ नै । त्यस क्रममा वीसौं सताब्दीमा आएर यसको रिआक्सन भयो । रिआक्सन अन्र्तगत समलिङ्गी विवाह, विवाह नभैकन छोराछोरी पाउने आदि कुराहरु भएका छन् । म यसलाई के ठान्छु भने यो स्वतन्त्रता हैन यो उछ्रिङखलता हो । हुन त सबै धर्मले यौनलाई दवाएका छन् । तर अझवढी इसाइ र मुसलमान धर्मले दवाएका छन् । हिन्दु धर्म र बुद्ध धर्मले दवाएको होइन । त्यसै कारणले यी दुवै धर्मवीच भएको बढी रियाक्सन भयो । मुसलमान मुलुकहरुमा असाध्यै धेरै समलिङ्गि सम्वन्ध हुने गर्छ । र अर्को कुरा त्यहा“ ठूलो हिंसा छ । अलिकति शंका ग¥यो भने हात काट्ने, ढुंगा हान्ने यहा सम्म कि लिङ्ग काट्ने समेत गर्दछन् । यी सबै प्रकारका दवदवाले उछिङखलता बढी आयो । तर हामी यौन स्वतन्त्रताको पक्षपाती हौं ।
प्रश्नः यौन उछ्रिङखलता आउनुका पछाडी यौन दुराचार र दवावको कारण हो भन्ने तपाईको सारांश हो ?
उत्तरः हो, त्यसो नै हो । हाम्रो भनाई चाही यौन स्वतन्त्रता हो तर यसमा आपूm भित्र अनुशासन चाहिन्छ ।
प्रश्नः अलिकति पुराना कुरा कोट्याउ“, प्रसंग ७० को दशकको हो । मैले सुने अनुसार रजनीश सी आइ ए बाट परिचालित व्यक्ति हुन् । त्यसैकारणले उनले समाजवादको विरोध गरेका थिए । यो सिआइएको शित युद्ध ताकाको एउटा रणनीति थियो भनिन्छ । र उनलाई यसो गर्न खर्च पर्च पनि दिने गरेको हल्ला थियो । के तपोवनका लागि पनि सिआइएको लगानी छ ?
उत्तरः सिआइएबाट ओशो जति प्रताडित छ त्यती अरु कुनै संस्था छैन । ओशो अमेरिका जानु भो सिआइए उहा“को पछि लाग्यो । सिआइएले उहा“लाई खतम गर्ने योजना बनायो तर कुनै कानूनी गल्ती नभेटे पछि उहा“लाई विष खुवायो । जसबाट उहा“को मृत्यु भयो । आज पनि पुनाको जुन आश्राम छ त्यहा“ सिआइए माफियाको घेराबन्दीमा छ ।
प्रश्नः तर भनाइ त रजनीशले शुरु शुरुमा सिआइएका लागि काम गरे । पछि आफ्नो अलि प्रचार र जनधार भएपछि सिआईएले भनेको मान्न छोडेकाले मारेको भन्ने छ नि त ?
उत्तरः जसले ओशोलाई चिनेको र बुझेको छ त्यसले बुझ्न सक्छ । ओशो जस्तो विद्रोही व्यक्ति । उहा“लाई कसैले डो¥याएर डोरिने व्यक्तिनै होइन । उहा“ अत्यन्त विद्रोही व्यक्ति हो । उहा“लाई सिआइएले कुनै दवाव दिन सक्ने व्यक्ति नै हैन । उहा“ले के का लागि आपूm विक्ने ? पैसाको कुरा गर्ने हो भने उहा“का ७०० किताव छन् । यसबाट पाउने रोयल्टीले मात्रै पनि अमेरिकाको राष्ट्रपति भन्दा राम्रो जीवन गुजार्न सक्नु हुन्थ्यो । उहा“को लाखौं प्रति बर्षमा विक्छ । हरेक दिन ओशोको तीनवटा किताव विक्छ र हरेक दिन एउटा नया“ किताव प्रकाशित हुन्छ । अरवौं डलरको आम्दानी रोयल्टीबाट आउनु सक्थ्यो । त्यसैले उहा“ले आफ्नो जीवननै सर्वस्व समाजका निम्ति लगाउनु भयो । उहा“को प्रवचन सुन्न हुन्छ भने अमेरिकी समाजको जति पोल खोल्नु भएको छ । अमेरिकी डेमोक्रेसीको जति उहा“ले आलोचना गर्नु भएको छ अरु कसैले अहिले सम्म गरेकै छैन ।
प्रश्नः त्यहा“ भित्र पसेकाले त कुरा थाहा पाएको हुनु पर्छ हैन र ?
उत्तरः हो उहा“ अमेरिका गएपछि अमेरिकी प्रजातन्त्र र मानअधिकारको जुन कुरा छ – त्यो कति खोक्रो कुरा छ । म पनि बेलाबेलामा अमेरिका जान्छु । जव कि त्यहा“ अमेरिकी जनसंख्याको एक प्रतिशत भन्दा बढी जनता जेलमा छन् । दुनियामा यति ठूलो प्रतिशत जेलमा कही हुदैनन् । त्यसमा पनि अधिकांश कालाजातीका । कालाजाती एकचोटी जेल पसे पछि निस्कनै पाउदैन । उसको कुनै सुनवाई हुदैन । त्यहा“ असाध्यै ठूलो रंगभेद छ । र मानअधिकारको कुरा गर्छ तर आफ्नै देशमा छैन । ओशोसंग नै अमेरिकी शासकले मानवअधिकार खोस्यो । उहा“लाई विना कारण र विना पक्राउ पुर्जी जेलमा राख्यो । उहा“लाई बाह्रदिनमा आठवटा जेल चलान ग¥यो । कुनै अदालतले उहा“लाई सजाय दिएको छैन । जमानत पनि हुन नदिने । छोड्न पनि नछोड्ने । अन्तमा उहा“लाई मारियो । यसले के देखियो भने मानवअधिकारको उनीहरुको ढोङ्ग मात्र रहेछ । चाहिएको बेला सिआइएले सबै मानवअधिकारको उल्लंधन गर्दो रहेछ । सिआईएले विभिन्न मुलुकका सरकार पल्टाउने ठूलो राजनैतिक षडयन्त्र गर्दो रहेछ । एकजना सिआइएका उच्च अधिकारीले लेखेको एउटा पुस्तक पढ्ने मौका मिलेको थियो । उक्त पुस्तकमा सिआईएले अफ्रिका र एशियाका राजनैतिक पार्टीलाई फुटाउन कति खर्च गर्दो रहेछ कसरी सत्ता फुटाउदो रहेछ भन्ने फेहरिस्त पढे । अमेरिकाका प्राय सबै पा“चतारे होटेल सिआइएका हुन् । यती ठूलो नेटवर्क । ओशो जव नेपाल आउनु भयो मैले उहा“लाई नेपालमा ४६ दिन राख्न मलाई यति खतरा भयो कि तीनचार चोटी मलाई मार्न मान्छे खटाइए । नेपालमा यत्रो ठूलो सिआइएको पकड भएको तपाईलाई बताउदा आश्चर्य लाग्ला । ४६ दिन सम्म मेरो फोन चलेन । १० वटा फोनमा दुई घण्टा भन्दा बढी कुनै फोनले काम गरेन । टेलिकम्यूनिकेशनमा सिआइएको यत्रो पकड रहेछ कि रजनीश आउना साथ फोन कट्यो । मेरो दुईवटा फोन काटिए पछि छिमेकीको फोन लिएं । गुरु आएको वेला विश्वभर सम्पर्क गर्नुपर्ने तर सबै फोन २४ घण्टा भन्दा बढी नचल्ने काटी दिने । मेरा साथीहरु टेलिकम्यूनिकेशनमा थिए । मैले उनीहरुलाई गुहा“रे । लाइन जोडिन्थ्यो तर दुईघण्टामै चट काटिन्थ्यो । ४६ दिन ओशो नेपालमा बस्दा दशवटा फोन राखें । कुनै फोन चल्न दिएन । नेपाल टेलिकम्यूनिकेशनमा समेत सिआइएको पकड छ । उनीहरुले चाहेको वेला तपाईका सबै कुरा रेकर्ड हुन्छन् । लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुनुहुन्थ्यो मैले उहा“लाई गुहा“रे तर सिआइएको अगाडि उहा“को केही लागेन ।
प्रश्नः तपोवन आश्रम र कार्टर सेन्टरको सम्वन्ध कस्तो छ नि ?
उत्तरः आज सम्म मैले कार्टर सेन्टरका बारेमा सुनेको पनि छैन । मैले जिमी कार्टरको नाम चाही सुनेको छु । हाम्रो संस्थालाई कुनै पनि त्यस्ता संस्थाले आजसम्म एक रुपिया पनि मद्दत गरेको छैन । हाम्रा ६५ हजार सन्यासी छन् र नेपालमा तीनलाख सर्मथक छन् । उनीहरुकै सहयोग र कामबाट हाम्रो संस्था चलेको छ । हामीलाई त्यस्ता संस्थाको सहयोग लिने आवश्यकता परेकै छैन । यदि हामीले त्यस्ता संस्थाबाट सहयोग लियौं भने हाम्रो वैचारिक, धार्मिक र सामाजिक अस्तित्व नै खतम हुन्छ । हामी त्यो चाहान्नौं । त्यस्तो कुरा कुनै पनि ओशो सन्यासीले सोच्न पनि सक्तैन
। प्रश्नः तपाईको परिवारिक अवस्था ?
उत्तरः मेरा तीन वच्चा छन् । दुईवटा अमेरिकामा छन् । त्यस मध्य एउटा चिकित्सक छ । सफल चिकित्सक । छोरी धरान मेडिकल सेन्टरमा चिकित्सक थिइन, अहिले छोडेर विराटनगरमा आफ्नै क्लिनिक चलाउन थालेकी छ ।
प्रश्नः तपाईले बेलायत स्थित नेपाली कम्यूनिटीलाई के सन्देश दिन चाहानु हुन्छ ?
उत्तरः ६÷७ बर्ष देखि योग साधनाका निम्ति म विभिन्न देशमा घुम्ने गरेको छु । यस हिसावले विदेशमा वस्ने नेपाली समाजसंग म परिचित छु । त्यसैले मेरो एउटा चिन्ता के छ भने तपाईले यस अघि नै एउटा कुरा उठाउनु भयो– धर्मले एकता गर्छ राजनीतिले खण्डीत गर्दछ । हाम्रो मुलुकमा राणाकालमा वा पंचायत कालमा एक जाती र अर्को जातीवीच केही दवाव शोषण भए होला त्यसमा कुनै शंका छैन, यद्यपी हामी एक थियौं । हामीले कहिल्यै पनि अर्को प्रदेश मागौला, अर्को क्षेत्र मागौला अन्यत्र कही राजधानी वनाऔला यस्तो हामी नेपालीले कहिल्यै सोचेको थिएनौ । धार्मिक सहिष्णुताका कुरा गरे पनि नेपालमा एक धर्म र अर्को धर्मवीच कुनै लडाई युद्ध भएको छैन । तरवार लिएर जातीय संघर्ष पनि गरेका छैनौं । अलिकति शोषित भए पनि सहेरै बसेका थिए । तर अहिले राजनीतिज्ञहरुले आफ्नो नितान्त आफ्नो स्वार्थ सिद्धि गर्न जातीय राज्यको नारा समेत दिए । यो असाध्यै खतरनाक कुरा हो । जसले गर्दा राज्यको घागो चुड्यो । हेर्नुस न तपाईले लगाएको कोट कति राम्रोसंग जमेर बसेको छ । तर अव यसबाट ८÷१० वटा घागा थुतेर फाले भने कोट फाट्छ । राजनीतिज्ञहरुले नेशनल फाइवर अर्थात राष्ट्रिय वनोटलाई विगारे । म राजनीतिज्ञहरुसंग सहमत हुना किन सक्तिन भने उनीहरुले आफ्नो नितान्त तत्काल स्वार्थ सिद्ध गर्न दुरगामी परिणाम नहेरीकन कुनै पनि नारा दिन्छन् । जस्तै काठमाण्डौं नेवारकै हुनु पर्छ । तराई एक मदेश एक प्रदेश हुनु पर्छ भन्छन् । यसको दुरगामी परिणाम के हुन्छ उनीहरु सोच्दैनन् । ल हेर्नुुुस् न हरेक जातीको आफ्नो संगठन छ र उनीहरुको आफ्नो स्यानो स्यानो आर्मी पनि छन् । यो खतरनाक हो । यसले राष्ट्रिय अस्तित्व माथि धावा वोलेको छ । यस्तो अवस्थामा तपाई विदेशमा बस्नेहरु नेपालको राजनीतिसंग केही लिनु छैन बरु तपाईहरु केही दिनु हुन्छ । तपाईहरु यो फुटाउको संस्कृतिबाट मुक्त भएर नेपाललाई एकतामा बा“ध्ने प्रयास गर्नुस् । मैले एउटा नारा सुने यदि हाम्रो माग पुरा नभए वीरगंजलाई राजधानी घोषणा गछौं भन्ने । कत्रो खतरनाक कुरा । ल हेर्नुस् यस्तै हुने हो भने अर्को धरानलाई गर्ला त अर्काले डडेलधुरा । एउटा देशमा कतिवटा राजधानी राख्ने । देशमा जातीय राज्यको जुन अवधारणा राजनीतिज्ञहरु आफ्नो स्वार्थका निम्ति ल्याए यसले नेशनल फाइवरलाई नराम्रोसंग विगा¥यो । यसबाट मुलुकलाई बचाउन धर्म, संस्कृति आवश्यक छ, किन भने धर्मले एकता गराउछ । म उदाहरण दिन चाहान्छु । भारत विखण्डन भैसकेको थियो शंकाराचार्यको अत्यन्त दुरदृष्टीके भयो भने यत्रो ठूलो राष्ट्रलाई एकता गर्न भारतको चार कुनामा चारवटा धाम (तिर्थ) बनाइदिनु भयो । पूर्वमा पुरी, पश्चिममा द्धारिका, दक्षिणमा रामेश्वरम । उत्तरमा बद्रीनाथ । हरेक हिन्दुले यी चारवटा धाममा जानु पर्ने । जसले के भयो भने दक्षिणको मान्छे जो की उत्तरसंग केही पनि मिल्दैन । न भाषा मिल्छ न खानेकुरा मिल्छ तर पनि बद्रिनाथ उत्तरमा भएकाले उसले जीवन भरी के सोच्दछ भने एकचोटी बद्रिनाथको दर्शन गर्नु पर्छ । यस्तै उत्तरको मान्छेले पनि के सोच्दछ भने एकचोटी रामेश्वरमा पुग्नै पर्छ । यसरी एउटा राष्ट्रिय एकताको भावना पैदा ग¥यो । नत्र भारत टुड्थ्यो । शंकराचार्यको दुरदृष्टी थियो भारतलाई एक राख्नु । यसरी धर्मले र संस्कृतिले समाजलाई एकता गर्छ । अहिले हाम्रो मुलुकमा आवश्यकता भन्दा बढी राजनीति हावी छ । कपाल काट्ने नाईहरुको पनि संस्था छ । संगठन हुनु ठिक हो, पेशागत संगठन भएमा तर त्यहा“ भित्र पनि माओवादीको अलग, का“ग्रेसको अलग, तराईवासीको अलग आदि आदि । औषधी विक्रेतामा पनि पार्टी संस्था । हाम्रो इन्जिनियरहरुको पनि संस्था थियो । वामपंथी, प्रजातन्त्रवादी र राजावादी थिए । म भन्थें पेशागत कुरा गरौं यो नचाहिदा राजनीतिको कुरा छोडौं । यो हामीलाई के मतलव यदि हामी पनि एक हुन सकेनौं भने विज्ञान नै असफल भयो । इन्जिनियरिङ्ग असफल भयो मैले भन्ने गर्थें । हेर्नुस् सधैं लड्ने युरोप एक भएको छ । तर सधैं मिलेर बसेका नेपाली फुट्दैछन् । यो अवस्थालाई नेपाली समाजले जति ध्यान दिनु पर्ने हो, त्यति दिन सकेको छैन । अव भन्नुस् कसैले वीरगंजलाई राजधानी बनाउछु भन्छ भने यो भन्दा ठूलो खतर्नाक कुरा के हुन सक्छ ?
प्रश्नः अव मैले सातवटा एउटा शब्दवाट उत्तर दिनु पर्ने प्रश्न राख्ने छु ।
-मनपर्ने खाना ? –चोकर सितको सुख्खा रोटी
–मनपर्ने दर्शन? –ओशो दर्शन
–रजनीशको वाहेक अन्य कुनै मनपर्ने पुस्तक ? –योगानन्दको वुद्धको पुस्तकहरु
–इन्जिनियर र स्वामी हुनु वाहेक मनपर्ने पेशा ? – संगीत
–प्रवचन र ध्यान वाहेक मनपर्ने ? –सं/गीत
–मनपर्ने अन्तर्राष्ट्रिय नेता ? –नेलशन मण्डेला, महात्मा गान्धी
–नेपाल बाहेक मनपर्ने मुलुक ? –भारतको गडवाल हिमाल
उ जस्तो बिद्द्वान र जान्ने अरु कोहि छैन भनेर अमिताभ बच्चन 'खुदा गवाह' को सुटिंग गर्न नेपाल आउँदा ईन्टरभ्यु लिन…