-करुणा पौडेल
म नेपालमा छंदा कहिलेकाँही गोरखा पत्रका लागि लेख्ने गर्थे । तर नेपाल छोडे पछि लेख्ने कुरा ओझेलमा प¥यो । तर आज बिएफ् बिएस् रेडियो सुने पछि केही न केही लेख्नु पर्छ भन्ने मनोबलको बिकाश भएको छ ।
म सानै थिए पाँच कक्षामा पढ्थें मेरो पिताजीले नेपाल छोडेर भारत गएर बस्ने निधो गर्नु भयो । उहाँमा यो के बाध्यता थियो मलाइ थाहा भएन । मेरो मनमा के लागेको थियो भने केही न केही बाध्यता नभैकन एक सम्पन्न परिबारको घरमुली आफ्नो परिवार चटक्क छोडेर जीवनको उत्तरार्धमा बिदेश लाग्दैन । मलाइ अझै सम्झना छ, मैले त्यतिबेला दुइ चिजलाइ अगोध माया गर्थें, ती दुइ हुन् प्रथम पिताजी अनि दोस्रो मेरो स्कूल । म कहिलेकाही अस्वस्थ्य हुदा आमाले स्कूल नजाने आग्रह गर्दा पनि लुकेर तयार भै पछाडीको बाटो स्कूल पुग्ने गर्थें । एकदिन म स्कूलबाट फर्केर घर आउदा बाबा भारत तिर प्रस्थान गर्नु भयो । बाबा बिना मलाइ घर असाध्यै नियास्रो लाग्यो । तर पनि स्कूल छोडेर बाबासंगै जाने हिम्मत पनि पलाउन सकेन ।
उता बाबालाइ पनि छोरा छोरीहरुलाइ एक्लै छोडेर आफूमात्र भारतमा बस्न कठिन भएको महसूष भएछ । बाबाको बर्दियामा पनि जग्गा जमिन भएको कारणले आमाले तानसेनबाट भन्दा भारतबाट जग्गाको रेख देख गर्न सजिलो पर्ने महसूष गरी आमाले हामी सबै बालबच्चालाइ लिएर भारत पुग्नु भयो । किन भने त्यतिबेला तानसेनबाट बर्दिया जान भारत भएरै जानु पथ्र्यो । म एकातिर असाध्यै खुसी भएं तर अर्कोतिर आफ्ना बच्चा देखिका साथीभाइ छोडेर जानु पर्दा बेखुसी हुनु स्वभाबिक रह्यो । यद्यपी बर्षमा एक पटक नेपाल आएर साथी भाइसंग भेटघाट भने भइ रह्यो । म लामै समयसम्म बाबा आमासंग बनारसमै बसें । मातृभूमिको पनि असाध्यै माया लाग्थ्यो । बाबाले यो संसार छोडेर जानु केही अघि मेरो बिबाह भयो, अनि म मेरो पतिसंग काठमाण्डुमा बस्न थालें । काठमाण्डुको बसाइको दुइवर्ष नहुदै फेरी बिदेश तिर लाग्ने निश्चय ग¥यौं । बिदेश लाग्नुको मुख्य कारण भने अरु अध्ययन गर्ने मौका मिल्योे ।
जर्मनीमा बसाइको क्रममा दुइ छोराहरु जन्मे । छोराहरु बिस्तारै हुर्किदै गए । तर हामीले भने नेपाल फर्कने योजना बनाउन थाल्यौं । र छोराहरुलाइ नेपाल लगेर स्कूलमा भर्ना गरिदिए । मलाइ जर्मनी फर्कनु थियो र फिर्ता हुनु एक दिन अघि सबै सामान मिलाएर तैयारी थिएं । यसैबीच छोराले भन्यो “आमा हजुरले हामीलाइ किन जन्माएको त यदि यसरी नेपाल लगेर राख्ने हो भने ? बरु हामी सानै छदै मारीदिएको भए भैहाल्थ्यो नि ।” छोराका यी कुराहरु सुनेपछि जोकोही पनि आमा बाबुको मन बिह्वल हुनु स्वाभाबिक रह्यो । म पनि यसबाट अछुत रहिन । त्यस पछि फेरी उनिहरुलाइ पनि लिएर जर्मनीमै फर्कें ।
बिदेशमा बच्चाहरु हुर्काउन आफु एक्लैले सबै थोक गर्नु पर्छ किनभने यहाँ हजुरबुबा हजुरआमा नहुने भएकाले उहाँहरुबाट पाउने सहयोग पाउन सम्भव हुदैन । उता आमाले सधै अव धेरै दिन बिदेश नबस्ने सल्लाहा दिदै भन्नुहुन्थ्यो “छोरी अव धेरै दिन बिदेश बस्ने होइन, यहाँ बसेर पनित सबैले पेट भरी खाएकै छन् नि” आमा त्यति स्वस्थ्य पनि हुनुहुन्थेन । यता बिदेशमा काम पनि गर्नु पर्ने बच्चा पनि हुर्काउनु पर्ने । अर्को ठूलो डर त के भने बच्चाहरुलाइ आफ्नो रिती, रिवाज सिकाउन नपाइने । यद्यपी हाम्रो बिदेशीहरु र नेपालीहरुसंग बराबर खालको सम्पर्क थियो । पतिको काम गर्ने ठांउ हामी बसेको शहर भन्दा अलि टाढा पथ्र्यो, कहिलेकाँही त बच्चाहरु र बाबुबीच झण्डै एकहप्ता सम्म भेट हुदैनथ्यो । सोच्यांै कहाँ जाने कसो गर्ने कसरी छोराहरुलाइ नेपाल चिनाउने र नेपाली सिकाउने ? यही समस्या समाधानार्थ बिभिन्न मुलुकको यात्रा ग¥यौं । संयोगबस हाम्रो परिचित एक परिवार जर्मनीबाट बेलायत बसाइ सरेका थिए । उनिसंग सम्पर्क गरेर उनलाइ भेट्न आयौ । उनले भने बेलायतमा नेपालीहरुको संख्या धेरै छ , यहाँ नेपाल र नेपालीत्व हराउनु पर्दैन ।
मेरो पतिले दिनको धेरैजसो समय काममा बिताउनु पर्ने र काममा आवत जावतमा पनि निकै समय बित्ने भएकाले मैले कता कता एक्ली महसूष गरेकि थिएं । त्यसैले हाम्रो बसाइको घर बेचेर उहाँले काम गर्ने शहरमै डेरा लियौं । तर मनले अझै मानेन त्यसैले बेलायत सर्ने कुरालाइ अगाडी बढाए । किन भने मैले सुनेकि थिएकि बेलायतमा बिदेशीलाइ हेर्ने आँखा अली नरम छ । तर त्यसमा कुनै सत्यता पाइन ।
परिचित मित्रको आग्रहमा मेरो पति बेलायत घुम्न आउनु भयो तर ती मित्र झण्डै चारसय किमि टाढा रहेछन्, उनले लण्डनमा एक परिचित पुरानो संस्थाका महासचिबको टेलिफोन नम्बर दिएछन् तर ती लण्डने आफूलाइ नेता भन्न रुचाउनेले भने भेट्न आउछु भनी झुट बोलेछन् । अर्को टेलिफोन नम्बर (जुन जर्मनीबाटै एक मित्रको सहयोबाट ल्याएको) मा सम्पर्क भएछ र उनले यता उता देखाइ दिएछन् । त्यसको केही समय पछि हामी दुबैजना बच्चाहरु सहित बेलायत आयौं र अर्का मित्र जो हामी जर्मनीमा संगै बसेका थियौं, उनिकहाँँ गएर बेलयतबारे बुझ्ने प्रयास ग¥यौं । उनले यता उता घुमाउने क्रममा एक नेपाली पसलमा पनि पु¥याए । नभन्दै त्यहाँ मेरो पतिले चिनेको एक ब्यक्ति भेटिए । उनले अगाडी भन्दै गए यहाँ जर्मनीमा जस्तो हैन यहाँत हाइली स्किलमा आएका ब्यक्तिहरु धेरै छन् । पढेलेखेका ब्यक्तिहरु धेरै छन् जस्तै डाक्टर, इन्जिनियर, शिक्षक आदी आदी ।
यत्तिकैमा हामीले बेलायत सर्ने निधो ग¥यौं । चार महिना पछि गुन्टा, लुगा फाटो पोका पा¥यौं । बेलायत सरेको लगभग एक बर्ष मात्र के भएको थियो । एकदिन पाँचजना भाइहरु हामी बसेको डेरामा आएर एउटा संगठनका बारेमा कुरा भयो, उहाँले पनि उक्त संगठनमा काम गर्न मन्जुर गर्नु भयो, पछि धेरै संगठन मात्र राखेर काम गर्न असजिलो हुने भन्दै आफु अध्यक्ष भएको संगठनलाइ अर्को संगठनसंग एकता गराउनु भयो । जव संगठनमा एकता भएको थियो अनि त्यहाँ फोहरी राजनिती खेल शुरु भयो सर्वप्रथम त बरिष्ठताको कुरामा बिबाद भयो । मैले उहाँलाइ यी सबै छोड्ने आग्रह गरें तर जसरी भनियो त्यति सजिलो थिएन ।
बेलायतमा च्याउ सरि संगठनहरु हुदाहुदै पनि पत्रकार साथीहरुले पत्रकारसंघ बनाउने प्रस्ताब लिएर आए । यसमा पनि हल्लै हल्ला मात्र । सबैलाइ पद चाहिने काम गर्ने मानसिकता भन्दा पद लिने मानसिकताको बिकाश भएको पाइयो । मैले सोचेकि थिए कि पत्रकार साथीहरु कमसेकम पढेलेखेका समूहमा पर्छन आफूलाइ भन्दा संगठनलाइ माथी राखेर हेर्ने छन् । आफूनै संगठन हूं नभनि आफू संगठनको एउटा सदस्य हूं भन्ने छन् । तर म गलत भएं ।
यस्तै बेलायतमा अन्य थुप्रै संगठनहरु छन् । जतीय, क्षेत्रीय संगठनहरु । यी संगठनका नेताहरुले आफ्नै पत्नी र छोरा छोरीहरुलाइ समेत समय दिन सक्तैनन् भने उनिहरुले संस्थालाइ कसरी समय दिन सक्लान् ? अझ अनौठो त के भने संस्थाहरुले बर्षमा एक दुइ चोटी भेटघाट गर्ने कार्यक्रमको आयोजना गर्दछन् तर उनिहरुका कार्यक्रमहरुमा बाल बच्चा एवं युवाहरुलाइ ब्यस्त गराउने खालका कुनै योजना गर्दैनन् । आफूहरु भने खान पिनमा मोज मस्ती गर्दछन् । यसप्रकारको कार्यक्रमले के अर्थ राख्छ ?
मैले अर्का खाले ब्यक्तिहरु कस्ता देखेकी छु भने दिनको बाह्र बाह्र घण्टा काम गर्दछन् अनि छोराछोरीलाइ एक्लै घरमा छोड्ने गर्दछन्, यसले कच्चामा कस्तो असर पर्छ भन्नेकुराको कुनै महत्व दिदैनन्, फलस्वरुप पैसा त सायद उनिहरुले कमाए होलान तर आफ्ना बाल बच्चाको भविश्य के भैरहेको छ भन्ने हेक्का गर्न सकिरहेका छैनन् । संघ संस्थामा काम गर्ने मित्रहरुले ख्याल गर्नु पर्ने कुरा केहो भने हामीहरुले आफ्ना छोरा छोरी त सायद गुमाइ सक्यौ भबिश्यमा पति पत्नी र आफ्नो परिचय पनि गुमाउनु पर्नेछ ।
म बेलायत छोराहरुलाइ नेपालीत्व, नेपालीपन, नेपाली रिती रिवाज कला र संस्कृति सिकाउन र उनिहरुको भबिश्य उज्जल होस भन्ने उद्धेश्यले आएकि थिएं । तपाइहरु पनि सायद यही उद्धेश्यले बिदेश लाग्नु भयो होला तर यस क्रममा मैले मेरो परिचय मेरो पति र छोराहरु लिएर आएकि रहिनछु । मैले त आफुलाइ गुमनाम बनाउन आएकि रहेछु । यस अर्थमा पति गुमाइ सकें भने अब केही बर्षमा छोराहरु पनि गुकाउने छु । अनि म सोंचदछु म यहाँ के खोजीरहेकी छु ? यस प्रश्नको उत्तर पाउन सकिरहेकि छैन । हो त मैले मेरो देश पनि गुमाइ सकेकी छु । यसरी गुमाउने क्रममा मैले मेरो अस्तीत्व र मेरो परिचय पनि गुमाइ सकेकी छु । यस्तै यस्तै सायद तपाइहरु पनि सोच्नुहुन्छ होला ।
waw Bhauju I did not know you are writing. Why you are silence these longtime, please be active we need active women here. I want to read every week from you.
Thanks Karuna ji,
Every one who they think they are community leader need to learn from you.
very nice,
very nice articl. Love to read it.
Outstanding real story. It’s touchable and mirror of the UK family life.Dijju Be optimistic , when you need your dear husband and kid will be with you. at the moment they just doing their duty.
यति उत्क्रिष्ठ लेख बल्ल बल्ल पढ्न पाईयो । शशी सर ले यती राम्रो फोरम को वेबसाईट खोल्नु भएकोमा वहाँ लाई साधुबाद!
बल्ल बल्ल यो लेख ले हामी जस्तालाई फेरी एक पटक आफु भित्र हेर्ने मौका लेखिकाले प्रदान गर्नु भएको छ, भावना को अवश्य मनन गर्नु पर्छ जस्तो लाग्छ।