– शशी पौडेल
म कबिता लेख्न सक्तिन
कविता लेख्न कल्पनाको सागरमा पौडी खेल्न सक्नु पर्छ ।
कविता लेख्न वास्तबिकताको धरातलमा उभिन सक्नु पर्छ ।
अहिले म यी दुबै गर्न सक्तिन ।
त्यसैले म कविता लेख्न सक्तिन ।
मालामाल हुने रहरमा घरवार वन्धकी राखेर युरोप नसके अरव तिरको यात्राको कविता लेखँकि?
अथवा
बिछोडको पीडामा प्रियसीले बलिनधारा आसु बगाएको कविता लेखँम म ?
जन्मदिने आमा बाबुलाइ असरल्ल छोडेर हिडेको पिडा लेखु म
अथवा
एक कल फोन पनि गर्न नसकेको दर्द पोखँु म
वा
हज्जारौ कोश टाढा हुँदा पनि नेपालीबाटै ठगिएको पिडा लेखु म ?
यदि चाहानु हुन्छ भने
रुसको कुनै कुनाबाट अध्यारो ट्रकको पछाडी चढेर शुरु गरेको यात्राको कविता लेखुँ म
यदि होइन भने मात्रीभूमिको दर्दको कविता लेखुँ म
होइन मैले कबिता लेख्नै सक्तिन ।
किन र कसलाइ पढाउन कविता लेखुँम ?
मैले त बेलायतमा पाल्पाली, पर्बते पाखरेली भेटे“
चितवने, गुल्मेली र स्याङ्घजाली भेटे“
पश्चिमेली पूर्बेली उत्तरेली र दक्षिणेली भेटे“
दर्शन समाज क्षेत्री र बाहुन भेटे“
मगर गुरुङ्घ राइ लिम्बु नेवार र मधिसे भेटे“
आफूलाइ पुराना रैथाने लण्डने भन्नेहरु भेटे“
जसले नेपाली बोल्न, पढ्न र लेख्न इन्कार गर्छन ।
तर नेपाली भेटिन
त्यसैले
किन र कसलाइ पढाउन कविता लेखुँ म ?
किन र कसलाइ सुनाउन कविता लेखुँ म ?
त्यसैले म कबिता लेख्न सक्तिन ।
बियोगान्त कविता को आफ्नै कथा हुन्छ। कसैको कविता बोल्छ ,कसैको मन बोल्छ। जे होस् कविता राम्रो लाग्यो है!!!
R Gurung
यो कविताले आज हामीलाई नै कविता हौँ भन्ने अनूभुति र बोध गराएकोछ । जीवन जगत र यस भित्रका हर्ष र आर्तनादहरू नै हाम्रो वास्तविकता हुन, हाम्रा कविता हुन । शशी ज्यु, कविता कोर्नु मात्र जानु हुन्न, कविता भित्र हामी सबै मानवलाई आँटाउन सक्ने सुन्दर ब्रमान्डको स्रिजना गर्नु हुन्छ । यति मात्रै भन्नु सकेँ । शशीजीलाई नमस्कार !
अत्यन्तै मार्मिक, अनि शुन्दर सब्दहरु , यस्तो लाग्यो यो कबिताले मलाई नै पछ्याईरहे छ,, मेरो बिछोडताको भोगाईलाई नजिकबाट च्याईर्हेको छ,,,,, शशी जी म मात्र हैन हरेक नेपालीले यो कबिताको भावमा आफ्नो जीवन देख्छ ,/// त्यसैले शशी जी तपाईलाई कविता लेखेको साह्रै सुहाउछ