-दिपक न्यौपाने, लण्डन
यसो वेलायतका बसाईमा फूर्सदको समय बसिवियालो गफ सफ गर्ने भनेर बरिष्ट पत्रकार शशी पौडेलले भेट्ने मनासयका साथमा मेरो के विचार हुनसक्ला भन्ने बुझ्न भनेर फोन गर्नु भयो । सधैको दौड धुप भागदौडको बावजुद अलिकती यसो होस हराउने गरी मदिराको रसस्वादन वेलायतको दैनिकी र अनाहकको राजनीति र सामाजिक कल्याणकारी स्वनामधान्य संस्थामा भूत न भविष्यको स्थितिमा हल्लिनु भन्दा त केही साथी बसेर समसायीक विषयबस्तुको बारेमा छलफल गरौंनत भन्ने सोच आएर होला उहांले मेरो विचार बुझ्न खोज्नुभएको भन्ने मैले बुझें । हाम्रा वीचमा यस्तो विषयमा छलफल त पहिले पहिले पनि नहुने त होईन, तर एउटा विषय बस्तुमा केन्द्रित भएर भने हाम्रो कहिल्यै पनि कुरा हुदैनथ्यो । मैले पनि उहांलाई यही हुनुपर्छ नभने पनि मेरो भावना पनि ब्यक्त गरें । अब निधो भयो भेट गने, कहां कहिले र को को भेट्ने भन्ने कुरामा हामी अलमलमा परेका थियौं, अचानक रोहितजीको पनि यस्तै आशय रहेको र पहिलो भेट उहांकोमा नै गर्ने हाम्रो निधो भयो । सामाजिक संस्थामा कल्याणकारी ब्यक्तित्वको रुपमा अति ब्यस्त रोहितजी नेपाली संस्थाहरुमा उल्लेख्यरुपमा उहांको उपस्थिति छ, त्यसैले उहांको कत्तिको ईच्छा रहन्छ, यो विशुद्घ गैरराजनितिक, गेरजातिय गैरसामाजिक अध्ययनशिल सानो समूह बनाउने र सकिन्छ भने बिभिन्न कृती रचनाहरु उत्पादन गरी प्रकाशन गर्ने भन्ने हाम्रो मनासय हो । तर हामीले यसलाई बाध्यकारी पनि नबनाउने निधो गरेका छौं । जसलाई जहा जुनबेला जसरी पनि छोडेर जान सक्ने हाम्रो एउटा साझा लेखकीय चौतारी बनोस जहां हामीले फलाएका फलेका परिकारहरु वांडेर रसस्वादन गर्न पाईयोस । आग्रह अनुग्रह उच निच अध्यक्ष सदस्य केही हुदैन हाम्रो बसाईमा । हामी छलफलका क्रममा तात्छौं पनि अनि सेलाई पनि हाल्छौं, किनकी हामीलाई न ठूलो मानिस बन्नुछ, नधेरै नै लाभको लागी लड्नुछ, हाम्रो लाभ भनेकै हाम्रा वीचका ज्ञान जो हामीहरुका वीच ज्ञानवर्दक होला अरुका लागि त्यती रुचिकर नहोला । मैले भनेको तैले मान्लास भन्ने हाम्रो भावना पनि छैन, मन लागे लिने हो नलागे शशीजी तपाईको विचार हजम भएन तपाईनै राख्नुस भन्ने हो त्यो हामी सबैका वीचमा लागू हुन्छ ।
हामी समूदायमा संस्कृत बचाउन संस्था खोलेको भन्ने गर्छौं तर हाम्र्रो संस्कृती फूटको होईन जुटको हो भन्ने हामीले बिर्सदै गएका छौं । विश्व एक दुई तीन हुदै परिवर्तन हुदै गईरहेको छ हामी भने तीन दुई एक तिर हुदै थांक्रोमा लहरामा फलेको कांक्रो फेरी लहरामा नै फर्कदै छौं । प्रकृतीको गतीलाई हामी नागरीकले पनि उल्टो दिशा तिर धकेलेकोले होला नेपाल मुलुकका नेताले पनि तजविजि राजनीति गरेर उल्टो मोडमा लगेका । यथार्थ जे होस् जसलाई जे गर्न मन लाग्छ गर्न सकिने उपभोग मूलक वातावरणवाट हामी पनि पन्छिने ठांउ छैन त्यसैले मनको बह दुई चार जना साथीलाई कह हुनेछ र निर्धक्कसंग भन्नुपर्छ हामी दुई चार जनाको ल्कब आत्मारतीमा रमाउने बसिवियालोमा नै रमाउने समूह भनेमा मेरो विचारमा आपत्ती हुनेछैन् । तर यसले कसैलाई रमाईलो बनाएछ भने हामीले यसलाई बोनस भन्ने छौं, कसैको मनमा चोट पुर्याएछ भने झलकमान गन्धर्व जो मेरो प्रेरणाको श्रोत हुन् को हरफ “बाबै………….भन्दिनु ” भनिदिए हुन्छ ।
यसै सन्दर्भमा अधिल्लो हप्ता रोहितजीकहां शशीजी, म र रोहितजी हामी गफाडीहरुको एउटा मजाको जमघट भयो । छलफल के मा गर्ने के विषय उप्काउने हामी आफैमा जिल्लिईरहेका बेला रोहितजीले भन्नुभयो “होईन शशीसर, नेपालीहरु अहिले वेलायतभरी प्रशस्त छन्, अति भौतिकवादी संस्कार बोकेका देशमा हामी द्धन्दात्मक भौतिकवादको कुरा गर्न सक्दैनौ ?” गजबको कुरा अजबको विचार मज्जाले हामी हास्यौं र गन्थन मन्थन शुरु भयो । शशीजीको विचार थियो हेर्नुस यो सबे नेपालीहरुको पविर्तनको आधारमा माक्र्सवादी सोच र त्यसको प्रयोगले ठूलो मान्यता राख्छ । माक्र्सवादी सोचवाट प्रभावित शशीजीको कुरा झर्न नपाउदै मैले पनि झोक्किएर भनिदिए माक्र्सवाद र उनका कृती त प्रयोग हुन नसक्ने पुस्तकालयका र्याक सुन्दरसंग सजाउने बस्तु हुन, यहांका नेपाली उपभोगवादबाट प्रभावित, पिडित र ग्रसित छन् । माक्र्सका चिन्तन त दूर दराजका बात हुन, मैले थपे, सर हामी त झलकमान गन्धर्ववाद या नै झलकमानको एउटै लोकगित पूरा हाम्र ठेलीका ठेली सिद्धान्त बन्न सक्छ, त्यसबाट हामी संचालित र प्रभावित छौं ।
चटक्कै देश छोडेर विदेशमा पैसा कमाउन आएको विस्तारै मौका पर्दा देश घर परिवार आफन्त सबैलाई ईतिहास बनाएर चटक्क विदेशी भईदिने हामी यहांवाट त्यहां “मेरो” वर्तमान खोजीगरिहेका छौं । दशौ हजार मर्दा हामी बांच्ने लोभमा तारानाथ शर्माको शब्द सापट लिदा पातालमा भासिने मृत्यू बोकेर झलकमानको पात्र भएर आंखाको निद्रामा जलप लगाउदै उर्वर जीवन अरुलाईनै अर्पण गरी “मरेछन् लाहुरे” को अन्त पर्खेका हामी ठूला ठूला कुरा र सत्य साधरण भूलेका छौं, त्यो देखाईदिने मेरो नेता भनेकै विदेशमा भासिएका म जस्ताको लागि त्यही झलकमान हो ।
कलेज (यहां म उच्च शिक्षा भन्न रुचाउदिन, किनकी केही उच्च छैन) शिक्षाको बहानामा होस् वा काम गर्नकै लागि बैदेशिक रोजगारका लागि विदेशिएका सबै नेपाललीको अन्तिम उद्देश्य भनेकै पैसा धन दौलत कमाउने र परिवारलाई सुख सुविधा दिने नै हो । धेरै अगाडी मुना मदनको वेदनामा चुर्लुम्म डुबेका लक्ष्मि प्रसाद देवकोटा हुन वा वर्तमानमा आफ्नो सेवाको मूल्य माग्ने फौजी हुन सबै धन दौलत र त्यसको दाशता बाट मुक्ति पाउन संधर्षरत छन् तर तिनका आवेगहरु आवश्यकताहरु तिनको आफ्नो दायरा भन्दा धेरै टाढा टाढा उडिसकेका छन् अब एउटै संयोग भनु या कटु यथार्थ भनु सास्वत सत्य मदनको अन्त्यसंगै झलकमानको पात्रमा गएर टुङ्गिने छ ।
शशीजी कसरी लेखौ र भनौ यथार्थ, दिनका एउटा दुईटा जस्ता पार्सल कफिनमा स्वदेश फर्कन्छन् अहिले तिनले देखेको सपना, एउटा झलकमानको आमाको बेदनामा गएर टुङ्न्छिन् । हरेक आशाहरु लाशमा फिर्ता हुन्छन् । पचास लाख भन्दा बढी युवा तातो हावा र रातो बालुवामा रगत छाद्ने तापमा सुकिरहेका छन् । तिनका वेदना अरु त के तिनिहरु आफैले बुझ्न सक्दैनन् । अनि तपाई हामी तिनलाई कहांको द्धन्दात्मक भोतिकवाद सिकाऔं । कहां तिनको मजदुरको अधिकार स्थापित गरी वर्ग द्धन्द र तिनको समाधान खोज्न जाऔं, जहां तिनका आफ्नै स्वंयको कुराको मूल्य हुदैन, तिनले को संग संघर्ष गरुन ।
राजनीतिक कुख्यातहरुले जीर्ण जीर्ण बनाएको देश गाउ गाउ बाट उठ बस्ती बस्तीबाट उठ भन्ने आवाजहरुमा लगाम लागेको छ, गाउ गाउबाट उठ्ने आवाजहरु गाउ गाउबाट गुमनाम भाग्न बाध्य बनाईएका छन्, राजनीतिक अपराधीहरु कोही माक्र्सको नाममा विकाउ छन्, कोही लेनिनको नाममा विकाउ छन् कोही गणतन्त्र र प्रजातन्त्रको नाममा विकाउ कोही माउ वा चल्ला के के मा बिकाउ छन् । नबिक्ने कोही छैन शशीजी त्यसैले तपाई हामी पनि बिक्रीको बस्तु बनाईएका छौं, आउनुहोस हामी पनि मज्जाले बिकौं । तर तपाई हाम्रो विकाईको बस्तु र राजनीतिक अपराधीको बिकाई आकाश जमिनको फरक छ । हाम्रो बस्तु श्रम हो हामी प्रत्यके पल पल बेचिरहेका छौं, तिनको बिकाउ बस्तु भनेको देशको धरोहर हो, देशको संस्कृती हो, देशको भूगोल हो, देशको समाज हो, देशको धर्म मर्म सबै हो अन्त्यमा सकेर भ्याएसम्म सिङ्गो देश नै हो । तिनको काम सधैं मोलतोलमा हुन्छ हाम्रो काम भने पल पल घडीको सुईमा हुन्छ, । ओपन सेक्रट, मिर्जा दिलसा वेगको अपराधिक राजनितीक सिद्धान्त र बाबृराम प्रचण्डको माक्र्सवाद माओवादको सिद्धान्तमा कुनै तात्वीक फरक पाउन सकिदैन । एउटा अपराधिक राजनितीक पृष्ठभूमीबाट आफ्नो ब्यवसाय शुरु गर्छ भने अर्को राजनितीक हत्या अपराधबाट सैद्धान्तिक मूल्य निर्धारण गर्न खाज्छ । मिर्जा, जमिम, बब्लु आदी देखि प्रचण्ड बाबुरामको उदगम बिन्दु एउटै हो, जहांबाट तिनको उदय भएको छ त्यही शक्तिकेन्द्रबाट तिनको अन्त्य पनि हुन सक्छ, त्यसैले त प्रचण्डले बारम्बार भन्ने गरेका छन् उनको जीवन प्रभूको हातमा छ । कांग्रेस काम नलाग्ने घोडा र एमाले अन्धो गोरु भईसकेको कमेन्ट बेला बखतमा छिमेकी नेपाल अध्याय हेर्ने विद्धानहरुबाट बिभिन्न लेख सभा सम्मेलनमा अप्रत्क्ष प्रत्यक्ष रुपमा नै नभनिएको पनि होईन । तराई देखि जनजातीको भाखा पनि द्रब्य दृष्टी भएका दिब्योउपदेश दिने शक्तिहरुबाट नै गाउनलगाइएको एकांकी न हो । त्यसैले नेपाल अहिले वर्तमानमा एउटा क्षेत्रिय, जतिय गृहयुद्धको प्रयोग र तिनको प्रभाव अध्ययन गर्ने थलो बनेको छ । र सबै नेपाली त्यही प्रयोगवादको कठपुतली भएका छन् ।
त्यसैले हामी जहांसुकै हौं, नेपालीमूलबाट आएका मानिसहरु एकदेशको बहुजातिय, बहुभाषिय पृष्ठभूमीबाट आएका आधुनिक मानिसहरुको द्धन्द र तिनको प्रभावकारिता साथै समाधानका मोडेलहरु बनाउन अभ्यस्त विद्धान, राजनैतिक अध्येता लगायत शक्ति खेलाउने खेलाडीहरुको प्रयोगमा हामी फसेका छौं र हामी विदेशमा आएर पनि तल्लो दर्जाको मानिस भएर जीविका गरिरहेका छौं । जुन हाम्रा विकाउ नेताको अर्कमण्यताको मूल्य हामीले मात्रै होईन अब सदियौं सदियौंसम्म नेपालीमूलका नेपालीले नेपालमा मात्रै नभई संसारभरी नै जहां रहे पनि चुकाउनु पर्ने छ । त्यसैले हामी प्रयोगवादको भूमरीमा फसेका नेपालीको जीवनको चक्करनै जीवनको खोजीमा आफैलाई हराउने झलकमानको पात्र भन्दा पर म केही देख्दिन शशीजी, कृपया मलाई माफ गर्नुहोला सायदै तपाई सहमत हुनु होला आजलाई बिट मारें ।
मार्कसवाद र आधुनिक मानचित्रभित्र म
Bookmark the permalink.
I quite like the argument but without any phylosophical base will be difficult for politics. via Facebook
That is only one side of a coin. Don’t be so pessimistic, in future, try to involve us as well then we will try to put other side of a coin.