मान्छे

– शशी पौडेल

हा“स्न सक्छ मान्छे
रुन सक्छ मान्छे
ह“साउन र रुवाउन सक्छ मान्छे
त्यसैले त उ मान्छे हो ।

सतहमा हिड्ने हो मान्छे
उकाली ओरालीमा कुद्ने हो मान्छे
भ¥याङ चढन र चढाउन सक्छ मान्छे
त्यसैले त उ मान्छे हो ।

नदीको किनारको बगर जस्तै हो मान्छे
पानीको छाल आएर डुबाउन सक्छ
टन्टलापुर घामले तताउन सक्छ
बिहानीको शीत लहरले सेताम्य पार्न सक्छ
त्यसैले त उ मान्छे हो

चेतनाको खानी हो मान्छे
निराश र आशाको भण्डार हो मान्छे
जोश र जा“गरको पोका हो मान्छे
निरुद्धेश्य र उद्धेश्य बीचको द्वन्द हो मान्छे
त्यसैले त उ मान्छे हो ।

भ¥याङ चढने चाहाना हुन्छ उसमा
उकालो बाटो तय गर्ने चाहाना हुन्छ उसमा
गति लिन खोजेको हुन्छ उसले
तर बुझदैन मान्छे आफूभित्रको मान्छे
छाम्दैन उसले आफूभित्रको मान्छे
अरु घोडा चढे गधा चढ्ने रहर गर्छ मान्छे
अरु भ¥याङ चढे उफ्रिन खोज्छ मान्छे
त्यसैले त उ मान्छे हो ।

बुझने प्रयास गर्दैन मान्छे
कुन धरातलमा उ उभिएको छ
छाम्ने प्रयास गर्दैन मान्छे धरातल कति बलियो छ
सन्तुलन मिलाउन सक्दैन मान्छे
क्ष्यमता र जिम्मेवारी बीचको
जब उ बिबेक शून्य हुन्छ 
भ¥याङबाट पछारिन्छ मान्छे
जत्ति माथि उक्लेको हुन्छ मान्छे
पछारिने खाल्टो त्यत्ति तल हुन्छ उसको
अस्तित्व गुमाउन सक्छ मान्छे
चेतना गुमाउन सक्छ मान्छे
फेरी कहिल्यै नउठने गरी ।

Bookmark the permalink.

3 Responses to मान्छे

Leave a Reply

Your email address will not be published. Required fields are marked *